| |
| उपयोगी जानकारीहरू
|
१००० वनमा आईस स्केटिङ खेल्न जाने होइन त ?
हामी सबैलाई थाहा भएकै कुरा हो कि, यो संसारको मौसम परिवर्तन भैरहेको छ । यही समस्यालाई प्रमुख विषय बनाई संसारका विभिन्न शहरहरूमा विश्व सम्मेलन, विश्व गोष्ठी, विश्वब्यापी अभियान आदि भैरहेका छन् । के तपाईंलाई यसपाली क्रिसमसको दिन कोरियाको राजधानीमा हिउं नझर्दा सांच्चै नै विश्वको मौसम परिवर्तन भैरहेको रहेछ जस्तो लागेन?
यो कुरालाई यहीं छोडौं र आउनुस् म तपाईलाई एउटा जानकारी दिन चाहन्छु । यसपाली कोरियाको राजधानी सउलमा चाहे हिउं परोस् या नपरोस् राजधानीको केन्द्रमा रहेको सिटीहल अगाडी रहेको खुल्ला चौरमा तपाई केवल एक हजार कोरियन वन तिरी १ घण्टा आईस स्केटिङ खेली मज्जा लिन सक्नु हुनेछ । खेल्न आउंदैन भनी लजाउनु पर्दैन किनकि त्यहां हामी जस्तै भर्खर सिक्दै गरेका मान्छेहरू पनि धेरै हुन्छन् ।
त्यसैले जाने होइन त ?
|
|
| |
|