दक्षिण कोरियामा पास्टर यज्ञराज सुवेदीको नाम नसुन्ने कमै होलान । अझ बुसान छेउछाउमा बस्ने नेपालीहरुको लागि त उनी हरेक सानो ठूलो समस्याको उद्दारकनै हुन् । प्रायको मुखबाट सुनिन्छ यस्तो समस्या परेको थियो पास्टर यज्ञराज सुवेदी कहाँ िहंडेको । को हुन त यज्ञराज सुवेदी ? कोरियामा स्थापित नाम हुनु अगाडि उनको संघर्षमय जीवन कस्तो थियो त ? रोजीरोटीकोलागि कामको खोजीमा १९९६ मा दक्षिण कोरिया प्रवेश गरेका यज्ञराज सुवेदी ताप्लेजुङको सांघु भन्ने गाउँमा मध्यम वर्गीय परिवारमा जन्मिएर पनि हाल कोरियामा आफ्नो राम्रो पहिचान बनाउन सफल भएका छन ।
एक दशक भन्दा बढिको यो बसाईमा आफ्नो अथक परिश्रम र लगनशीलताले आज उनलाई प्रगति पथमा लम्काउदै छ । हाल कोरियाको दक्षिणी भाग किम्हेमा नेपाली चर्च चलाएर १ छोरा १ छोरी र श्रीमतीको साथ बस्दै आएका छन । यसपालिको प्रेरणादायी व्यक्तिसँगको अन्तर्वार्ता उनै हाल कोरियाको ख्यङसाङनाम्दो राज्य परिषदको सदस्य तथा कोरिया स्थित विभिन्न संघ संस्थासंग आवद्ध रहेका सुवेदीसँग कुराकानी गरी उनकै शब्दमा प्रस्तुत गरिएको छ ।
मेरो जन्म २०२९ भाद्र कृष्ण जन्माष्टमीको दिन सन १९७२-०९-०१ पूर्वि पहाडी जिल्ला ताप्लेजुङको साघुं गाविस वडा नं. ३ मा जन्म भएको हो । घरदेखि ४५मिनेटको पैदल दुरीमा रहेको नारायणी निमाविमा कक्षा ६सम्मको अध्ययन गरियो । कक्षा ७ देखि ढुंङ्गेसाघु मावि मैवा खोला माध्यमिक विद्यालयमा एस.एल.सि. सम्मको अध्ययन गरियो । मध्यम वर्गीय परिवार राजनीतिक वातावरणमा हुर्किएर होला सानैदेखि राजनैतिक रुचि बढन थाल्यो । कक्षा ९ मा ऐच्छिक विषयमा Math लाई छान्ने लहड भएपनि घरलाई झुक्कयाएर अर्थशास्त्र लिएको क्षण अझै याद आउँछ । त्यसबेला देखिनै आफूलाई सामाजिक परिवर्तन र आर्थिक क्षेत्रको भुमिकामा रुचि बढेकोले अर्थतन्त्रको बारेमा अध्ययन गर्नु पर्ने महसुस आफूलाई सानै देखि भएको थियो । त्यसबेला आफनो घरमा आउने कामदारको अवस्थालाई हेर्दा देशमा आर्थिक विकास कति जरुरी छ भन्ने महसुस भएको हो ।
२०४५ सालमा एस.एल.सी. गरेपछि सरस्वती बहुमुखी क्याम्पस काठमाण्डौमा भर्ना भएदेखि राजनैतिक सकि्रयता पनि बढयो ।२०४५ सालको मट्टितेल आन्दोलन बाट सुरु भएको विधार्थी आन्दोलनसंगै २०४६ सालको राजनीतिक आन्दोलनमा सकि्रय रुपमा सहभागी पनि भएँ । त्यसैगरी २०४८ सालको आम चुनावमा पनि सकि्रय रुपमा लागंे ।
२०४४ सालमा बुबाआमा बसाई सरेर झापा जानुभएको थियो । त्यसबेला २०४८ सालको चुनावको लागि काठमाण्डौबाट ताप्लेजुङ र झापा गइयो । राजनीतिले पढाईलाई बाधा पनि पुर्यायो । पढाई संगै बुवाको व्यापारमा सहयोग पनि गर्थे । म विधार्थी राजनीतिबाट पार्टी राजनीतितिर पनि तानिए । B.Com को अध्ययनको लागि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा भर्ना भए । तर त्यसबेलाको स्थानीय स्तरमा देखिएको अन्तरपार्टी द्धन्दको कारण म काठमाण्डौ नै फर्किए । दोश्रो वर्षको अध्ययन आफ्नो पुरानो क्याम्पस सरस्वती मै निरन्तरता दिएँ ।
त्यस बीचमा सरस्वती क्याम्पसमा सभापति र सचिव को अनुपस्थितिका कारण एक जना साथीले सभापति र मैले सचिवको जिम्मेवारी लिएर स्ववियू पनि चलाईयो । स्ववियूमा रहेर काम गर्दा विधार्थीको समस्याहरुमा काम गर्ने एउटा अनुभव बटुलियो । त्यसपछि ०५३ को मध्यावधि चुनाव मा पनि म गाउँ गएको थिए ।
मध्यावधि निर्वाचनमा आफूले चाहेको शक्ति सरकारमा आए पनि आफूले सोचे अनुसार सामाजिक परिवर्तन हुन सकेन । यसले उत्साह भन्दा पनि निरुत्साह जाग्यो । र राजनीतिले मात्र समाज परिवर्तन र आर्थिक विकाश हुन्छ भन्ने सोचाईमा परिवर्तन आउन थाल्यो साथै रोजगारिको आवश्यकताको महसुस पनि भयो । त्यसै बीचमा १९९६मा लुम्बिनी म्यानपावरले इन्ििड्रष्ट्रियल ट्रेनीड। को लागि दक्षिण कोरियाको कामदार लैजाने कुरा थाहा भयो । पढाईको असफलता राजनीतिक निरुत्साह व्यापारमा लागेको घाटा जस्तो कुराले म पनि विदेश आउन बाध्य भएँ ।
१९९७-१० -१३ गते आफनो आर्थिक अवस्था सुधार्ने सोचाईले कोरिया प्रवेश गरें । कोरियाको थेजनको प्लाष्टिक कम्पनीमा कामदारको रुपमा काम गर्न थालंे । काम गर्न थालेको दशौं महिनादेखि आर्थिक मन्दि शुरु भयो । आ.एम.एफ. मन्दी भनिने त्यो मन्दी संगै आफूले काम गर्ने कम्पनी पनि बन्द भयो । त्यसबेलाको २ महिनाजतिको मासिक ४ लाखको दरले कम्पनीले पैसा दिन पनि बाँकी थियो । आर्थिक मन्दीको कारण कामदारलाई समस्या परयो । त्यसको लागि सहयोगको आशा गरी पहिलो पल्ट नजिकैको थेजनको चर्चमा गईयो र लगातार जान थालियो ।
बिशेष गरेर चर्च का पाष्टर ले दिने प्रवचन मा धार्मिक कुरा भन्दा देशको लागि केही गर्ने कुरा अनि सामाजिक परिवर्तन र आर्थिक मन्दीलाई कसरी हटाउन सकिन्छ भन्ने जस्ता कुराहरुले विश्वासीहरुको जीवनमा परेको असरले मलाई समाज विकास र पविर्तनको लागि मानसिक परिवर्तन हुनुपर्छ भन्ने कुरा ले उत्साहित बनायो र ९७ को आर्थिक मन्दिलाई जित्नको लागि कोरियनहरुले आफुलाई भन्दा अरुलाई गरेको मायाले मलाई पनि नयाँ बाटोमा आकर्षिात गर्यो ।
यसरी आर्थिक मन्दीको त्यो बेला आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठने प्रेरणाले मलाई आकर्षित गरयो । राजनीतिक परिवर्तनले भन्दा मानसिक परिवर्तनले समाज परिवर्तन हुने महसुस गरी परिवर्तन आफूबाट नै हुनुपर्ने संम्झि कि्रश्चियन सम्बन्धी अध्ययन शुरु गरें । २ वर्षजति कम्पनीमा काम गरे पछि म आफ्नो भिसालाई अध्ययनमा परिवर्तन गरी कि्रश्चियन धर्म सम्बन्धी मास्टर डिग्रीको अध्ययनमा लागे । त्यसपछि मानवशास्त्रको अर्को डिग्रीको अध्ययन गरे ।
त्यसपछि आफ्नै सकि्रयतामा इन्टरनेश्नल फेलोशिप सेन्टर "IFC" संस्था खोलेर चलाउन शुरु गरें । त्यसक्षेत्रमा विदेशीहरुको पहिलो संस्थाको रुपमा काम शुरु गरें। थेजनमै २००२ प्रुेबुअरी १४ मा ४ जना नेपालीबाट चर्च चलाएँ । २००५ मा काम गरी छोडदा ३०० सदस्य थिए । त्यस संगै मानवअधिकार संबन्धी समस्या समाधान गर्ने काम पनि गरें । आफ्नो भिसा सकिने बेला भएको हुदा चर्च अरुलाई जिम्मा दिए र म नेपाल फर्कने सोचमा थिए ।
त्यसबेलाको २०५८ माघ १९ को राजदरबार हत्याकाण्डसंगैको राजनैतिक परिवर्तनको अवस्थाले तत्काल नेपाल फर्कन सकिएन । एयरपोर्ट समेत बन्द रहेको अवस्था भएको समेतको समस्या थेजनको इमिग्रेशनमा गएर राखंे । त्यहाँको कर्मचारीले कोरियामानै बसेर चर्च चलाउन सकिने जानकारी र त्यसको प्रकि्रया समेत बताईदिए ।
२००५ को मे मा थेजन बाट किमे आएर किमे फोरेन मिसन चर्चको नामले विदेशीहरु को पहिलो चर्चको रुपमा स्थापना गरियो । नेपालीहरु कम भएको यस क्षेत्रमा अरु राष्ट्रका कामदारहरु नै बढी मात्रमा भेटिने गरिन्छ । २००६ मा यस क्षेत्रमा भएका नेपालीहरु लाई भेला गरेर संगठित रुप्ा दिई विभिन्न कार्यक्रम आयोजना गरि नेपाल र नेपालीहरु लाई चिनाउने प्रयत्न स्वरुप्ा हाल करिब ३०० जना नेपालीहरु यस क्षेत्रमा काम गरि संगठित भएका छन ।
यस वर्षको मात्र तथ्याङ्कलाई हेर्ने हो भने गत सेप्टेम्बर ३० सम्म यस चर्चमा काउन्सीलीङ्गको लागि आउने १८४ जना मध्ये १६४ जना नेपालीहरु थिए । जस मध्ये लगभग ६० प्रतिशत को तलब र थेजिकम सम्बन्धि समस्या र बाँकी कम्पनी परिवर्तन दुर्घटना बिरामी तथा अन्य समस्या बाट आएका जस मध्ये करिब ११ करोड कोरियन वन पिडित कामदारहरु को रकम उपलब्ध गराउन सफल भइयो । विगत ५ वर्ष देखि वैदेशिक कामदार र मानव अधिकार सम्बन्धि काम गर्दौ नेपाली संस्कृतिलाई यस क्षेत्रमा चिनाउने उद्देश्यले विभिन्न संस्कृतिक कार्यक्रमहरु को आयोजना गर्दै आएको छौं ।
गत वर्ष देखि वैदेशिक कामदारहरु को पहिचानलाई बढाउनलाई सामाजिक कार्यहरु जस्तै ः सरसफाई दैविक प्रकोप उद्धार सामाजिक अपराध नियन्त्रण जस्ता सामजिक कामहरुमा कोरियन संघ संस्थाहरु संग हातेमाले गर्दै कार्यक्रमहरु संाचालन गर्दै आएका छौ । फलस्वरुप्ा भरखरै गठन गरिएको मानार्थ वैदेशिक पुलिस प्रमुखको रुपमा रहि कार्य गर्दै छु ।
गत २४ तारिख कोरियन अध्यागमन कार्यलयले केही कानूनी प्रकि्रया पुरा गरी उत्तम विदेशीको रुपमा कोरियन नागरिकताको प्रमाण पत्र दिएको छ । आगामि दिनहरुमा वैदेशिक कामदारहरुको साथै सामाजिक पहिचानहरुलाई कायम गराउन साथै कोरियाको विभिन्न संघ संस्थाहरु सँग हातमालो गर्दौ नेपाल र नेपालीहरु को सामाजिक परिवर्तनको लागि विभिन्न कार्यक्रमहरु अझ सशक्तरुपमा साचालन गर्ने योजना बनाइएको छ ।
पास्टर यज्ञराजसँग यति मात्रै होइन धेरै राम्रा कामहरुको योजना रहेछन् । उहाँका शुभकार्यहरुको सफलताको लागि नेपाल कोरिया न्युजडट कम परिवारबाट शुभकामना दिदै कुराकानी टुङयाइयो ।