?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

निमहरुको देशमा
   जगेन्द्र छन्त्याल
 

           कोरियामा अर्थात निमहरुको देशमा रहंदा बस्दा अनायास यो लेखक पनि असमकक्षी देखि समकक्षीहरुसम्मद्वारा निम भनेर सम्बोधित हुन पुगेछु। दारुभक्षीदेखि आरुभक्षीसम्मका मानिसहरुको मुखमा यो निम शब्द झुण्डिएको हुन्छ। कोरिया निम पदधारीहरुको बाहुल्य भएको देश हो। साधारण मानिसलाई हजूर भन्नको लागि प्रयोग गरिने ख्गीनिम् होस वा मण्डलीको वरिष्ठ पादरीलाई उसको अभिशिक्त पद झल्काईदिन सम्बोधन गरिने मोक्सानिम होस, यी सबै निमहरुको व्यापक प्रयोगको कारणले नै यस देशलाई निमहरुको देश भन्दा फ़रक नपर्ने यस रचनाकारको ठहर छ। ठाउं न कुठाउं आफ़ूलाई अरुले तपाई नभन्दै मपाई भनाउन भ्याउने भर्खरका ओठ निचोर्दा आमाको दूध झर्ने साधारण प्रचारकहरु देखि योइडो फ़ुल गस्पेल चर्चका पाष्टर जस्ता चर्चारत व्यक्तित्वहरुलाई सम्बोधन गर्दा समेत मोक्सानिम शब्दको बजारु प्रयोगले अचेल सो पदलाई अभिशिक्त वा अभिशप्त के बनाउन खोजिएको हो भनेर छुट्टाउन सो शब्दको प्रयोगकर्तालाई भन्दा श्रोतालाई कठिन भएको छ। नामका पछाडि निम जोडिने मानार्थी विशेषणहरु कोरियामा कति छन् कति। विस्तारै बयान गर्ने छु।
            यस लेखकको निम अनुभव कति अवस्थामा सुखद रह्यो भने कति अवस्थामा निकै दुखद। यात्रामा रहंदा गिसानिमको साथ चाहिने। यसो कहिं घुम्न जानु पर्यो भने "गिसानिम फ़ाक्के खाघोसिफ़्फ़यो" भन्नै पर्ने। गिसानिम अर्थात ड्राइभर् ज्यूलाई मनखाए पछि कारमा राखेर सरर यात्रा गराउने। होइन घिसानिमको मन केही कारणले धमिलिएर अमिलिएको रहेछ भने उहांको व्यवहार पनि नेपालको निम जस्तै तीतो र तर्रो प्रकट हुने।एकपटक जरुरी कामले बोंगह्वा जांदा अलि जंगे घिसानिमसित पारिदिनु भएछ आफ़्नो मण्डलीको मोक्शानिमले।"उहांलाई बोंगह्वा पुर्याएर सुरक्षित ल्याउनू" भन्ने मोक्सानिमको आदेशलाई यी जंगे घिसानिमले उहांलाई स्वर्गपुराएर फ़र्काईदिनू भनेको पो बुझेछन् क्यारे।आम्मै नि! एकसय तीसको गतिमा कार हांकेर आफ़्नो योजाछिंग्खु सितको झगडाकोजम्मै रीसको प्रयोगशाला झण्डै मलाई नबनाएको!पछि ईन्छन् फ़र्केर आएपछि सबिस्तार बुझ्दा पो थाहा भयो-यी मापाका घिसानिमको रामकहानी पनि निम जस्तै तीतो रहेछ।वित्तले शासन गरेको मुलुकमा चित्त हुंदा हुंदै पनि आफ़्नी खाइलाग्दी योजाछिंगु उसको सामुने अर्को वन्जांगनिमसंग गैछ।त्यस दिनदेखि उनको घांटिभित्र छिर्ने शोजूको नदिमा पानीको आयतन बढ्न थालेको रहेछ।दिउंसो मेरो झण्डै सातोलिने गरि गाडिहांकेको कारणले गहन घ्रीणाको पात्र बनेका यी घिसानिम प्रति अनायास मलाई असिम दया जाग्यो। उपभोक्तावादको बाहुपासमा परेर उनकि बिहे हुनै लागेको योजाछिंगुको मन यी जस्ता बलिष्ठ मन बहादुरलाई छोडेर हाकाहाकि अर्कै पिलन्धरे धन बहादुरसंग बिहे गरेको द्रिश्यलाई मैले पनि यिनको आंखा मुनि टिल्पिलाएका आंसुको सागरमा देखें।यसरी यी घिसानिमलाई असफ़ल प्रेमको बिर्सन नहुने रोगले घिसारिरहंदो रहेछ।

गिर्जाघरका पादरी अर्थात मोक्सानिम,उहांको सहायक (कोरियामा सहायिका नै बढि)छन्दोसानिम,खोन्सानिम,चिफ़्सानिम र मण्डलीले रोइकराइ परमेश्वरको राज्य विस्तार गर्न भनेर जम्मा पारेको भेटिदान बोकेर कार्यक्षेत्रमा प्रवासिने शंग्योशानिमहरुसंग यस निम्छरो लेखकको गहिरो निम अनुभव छ।सबैभन्दा पछिल्लो निम अर्थात शंग्योसानिमहरुको"पहिला ईश्वरको राज्य र उहांको धार्मिकताको खोजी गर र सबै थोक तिमीलाई थपिनेछ "भनेर ठाउं न कुठाउंमा विश्वासी भाइ बहिनीहरुलाई दिईने अर्तीकलादेखि कार्यक्षेत्रमा पुगिसके पछिका तिनका वास्तविक अनुहार झल्काउने चर्तिकलाहरु समेतको चश्मदीद गवाह हुन पुगेको मेरो जीवनले निम जस्तो तीतो बनेर घरी घरी "अरुको न्याय नगर!" भन्ने धर्मशास्त्रीय आग्याको सिमारेखालाई उल्लंघन गर्न खोज्दछ।किनभने यी पछिल्ला निमहरुले येशूजीको वचनलाई सुनाएका मात्र छन् आफ़्नो जीवनमा लागु गरेका छैनन्।कति त यतै हुनेखाने हुन्छन् र मण्डलीको दौलतलुट्ने काम गर्दैनन्।कति यता हुंदाखानेहरुले उता गएपछि हुने खाने भएर आएका छन्।कति यताबाट उता गका शंग्योसानिमहरु व्यभिचारी ठहरिएका छन्।एउटाले त पैसाको बलमा आफ़्नै घरमा काम गर्ने एउटी अवोध नेपाली नारीलाई बलात्कार गरेको प्रमाणित आरोप यी कानहरुले सुनेका छन्।उमेरले मेरो भाइ पर्ने रेभ.शरदले त्यस सम्बन्धि पत्रिकामा प्रकाशित समाचारको फोटोकपि समेत लिएर आउनु भएको थियो।सो पढेपछि फ़ेरि मेरो मन निम जस्तै तीतो भयो।

सामोनिम कै कुरा गरौं- नेपालमा हुंदा अंग्रेजी साहित्यमा स्नातकोत्तरतहको अध्य़ेयन सकिसकेपछि मलाई हाम्रा गाउंका "माहिला साहूको शब्दमा" बहुलाउन मन लाग्यो।मैले इश्वरशास्त्रलाई स्नातक तहबाट अध्य़ेयन गर्न थालें।नजिकै रहेको भवनमा एउटा चर्च थियो ।कोरियाको आशा चर्चका जूझारू आत्मिकी योद्दा थिईन यी पेसाले नर्स र आष्थाले इसाई स्त्री।सन १९९९ देखिको यी सामोनिमसंगको उठबस र टाढाको चिनापर्ची आफ़्नै अगुवाको घरबूढी हुन थालेदेखि र म बहुलाउन थालेदेखि नजिक हुन पुगेको हो।यिनीसंगको निम अनुभव सबैभन्दा रुखो र सबैभन्दा महजस्तो गुलियो दुवै सावित हुन पुग्यो।त्यसैको साख खान लागिरहेको छु मैले।
 अर्को अनुभव चाहिं कस्तो रहयो भने एउटी ओन्जांगनिम थिईन।रुपवती!उनको एउटा काम विगारे वापत मैले ४०,००० वोन उल्टै तिरेको छु।त्यो पनि काम गरिसकेपछिको कुरा हो।उनीसंगको निम अनुभव पनि निमै जस्तो तीतो भयो।भनुं भने गाउंको मुख्य,नभनुं त कुखुरा सक्के भन्ने उखान उसको र मेरो जीवनमा ठ्याक्कै लागु भयो।

स्नातकोत्तर तहको पढाई सिद्दिएपछिको कुरा हो।सन २००८ को वसन्तमा गर्मी विदाको बेला यसो दुईचार पैसा कमाउं र गोजी खर्च बनाऊं भन्ने मनसायले निमहरुको देशको कार्खानामा छिरियो।बाह्र र अठार बर्ष त्यही काम गरिरहेका दुईटा नेपाली भाइहरु थिए।एउटा गुरुंग परिवारको अर्को ब्रह्माण परिवारको। निमहरुको नियम मुताविक यी मेरा सम्बेनिमहरु परे।यिनीहरु संगको संगतले कोरियाली समाजमा मानिसहरु कतिसम्म दलिएर बस्दो रहेछन् भन्ने थाहा भयो।नाराण दाइले त भन्दथे-मनमेरो उराठ मन् बुझाउने देउराली चुरोट!
         कोरियाको उत्तरपूर्वी सीमान्त प्रान्तमा सुंग अरी भन्ने डांडाको छेउमा एउटा तालुखुइले पुछांगनिम थियो।कोईन्टल भन्ने बस बिसौनी नेर पर्ने त्यो कार्खानाको एक किलोमिटर परिधिमा जासूसी केमराहरु थिए।छुलिब्कुकको मान्छे आएको अग्रिम जानकारी दिने ती केमराहरुले विलुपेल्लाई प्रभाकरणको गुप्त क्याम्पको झलक दिन्थे।त्यहां केही नेपाली कामदारहरु थिए।यो जीन पाइन्ट बनाउने कार्खाना थियो। ऊ संगको निम अनुभव सबै भन्दा तीतो हुन गयो।ऊ भ्न्दा माथिल्लो ओहदाको म्यानेजरलाई दोभासे राखि राखि भनेर विदा लिएर गको मान्छे म। घरमा पैसा पठाउन सऊल गको बेला रात परेर उतै के बसिया थियो| उसले त मारिहाल्ला झैं गरि गालि गर्यो अर्को दिन।उसले देख्ने बितिक्कै सफ़ाईका शब्दहरु नै पेस गर्न नदिएर भनि हाल्यो- न घे शेक्या अजे अडि खा?पालि नाका!न थेजी!न घेशेक्या! न सिफ़्फ़ाल!(You baby of dog!Where did you go yesterday?get lost!You pig!You puppy!You corpse!) भाषा नबुझे पनि इसारा नै काफ़ि भने जस्तो त्यो झण्डै मुडुले पूजांगनिमका शब्दहरु मेरा स्वाभिमानी कानहरुमा पगालेका शिसाहरु झैं पसे।स्वाभिमानलाई बचाउन उसको गालीलाई पैसाको लागि पचाउन सकिन र मेरो झोला र गीतार बोकेर एकपटक क्रोधपूर्ण सलाम थोक्दै म विश्वविध्यालयको छात्रवासतिर हिंडे।उसले गरेको गालीमा मैले हजारौं नेपालीहरुको अपमान भएको देखें।स्वदेशमै एउटा जीवनको विश्वविध्यालय खोल्ने अठोट गरेर मैले आफ़्ना सामानहरु पोको पारें।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
अखण्ड नेपाल
धोबीघाटमा धोबीहरुको भेला र प्रचण्डलाई धुने कसम
पहिचान विरूद्ध केही भ्रम
हामी भित्रको इच्छा शक्तिलाई कार्यन्वयन गरेमा संसार भरि नमुना बन्न सक्दछ NRN कोरिया
कोरियामा नेपाली कामदारहरुको आवाज र मुकदर्शक दूतावास
जुन मानिस जहाँ सर्वप्रथम बसोबास गरेको हुन्छ त्यस ठाँउको नाम पनि उसले आफ्नै भाषामा राखेको हुन्छ
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork