नेपालको वर्तमान राजनीतिक अन्योल, राज्यको पुनःसंरचना र संघीय स्वरूपका बारेमा मानिसहरू विभाजित छन् । कोही संसारका धेरै देशहरूमा संघीय प्रणाली असफल भएकाले नेपाल संघीयतामा जान जरुरी छैन भन्छन् । त्यसैगरी, अर्कोथरी वैज्ञानिक ढंगले संघीय स्वरूपको निर्धारण गर्ने हो भने त्यसले राष्ट्र टुक्र्याउने वा राष्ट्रिय एकतामा असर पार्ने होइन कि जनतालाई अधिकारसम्पन्न बनाउँछ र राष्ट्रिय एकता झन् बलियो बनाउँदै राष्ट्रिय अस्िमताको रक्षा गर्छ भन्छन् ।
यो सब माओवादीका कारणले बिगि्रएको ठान्नेहरू पनि प्रशस्त छन् । माओवादी युद्धको सहउत्पादनका रूपमा यस्ता अनेकौँ समस्याहरू उत्पन्न भएको उनीहरू दाबी गर्छन् । तराईमा जसरी आतंकपूर्ण र आपराधिक घटनाहरू भइरहेका छन्, त्यसको मुहान माओवादी नै हो भन्ने उनीहरूको मत छ । किनभने, जातजातिलाई राज्य बाँड्दै हिँडेपछि हामी बाहुन, क्षत्री, दलित, मुस्िलमहरू राज्य खोज्न कहाँ जाने ? यसले भोलि जातीय दंगा निम्त्याउला कि सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने काम गर्ला ? उनीहरूको प्रश्न छ ।
यस्ता प्रश्नहरूसहितका बहस अहिले जताततै चलिरहेका छन् । औपचारकि गोष्ठी, सभा, बैठकमा मात्र होइन, यस्ता चिन्तामिश्रति छलफल सडक, गाडी, चिया पसल, खेत खलिहान सबैतिर चलिरहेका छन् । वास्तवमा राष्ट्रिय महत्त्वका दीर्घकालीन सवालहरूमा निर्णय गर्दा हतारमा गर्नु हुदैन । त्यसैगरी, बहसलाई संविधानसभाको ग्यालरी बैठक वा मन्त्रिपरष्िाद्को सिंहासन वा राजनीतिक दलका केन्द्रीय बैठकहरूमा मात्र होइन, जनताको घरदैलोसम्म पुर्याउनु जरुरी छ ।
यतिबेला हुने कुनै पनि चुनावहरूमा महिलाले महिलालाई, नेवारले नेवारलाई मत दिने संस्कार हुर्किएको छ । राजनीतिक आस्था, विश्वास, क्षमता, योगदान र वर्ग आधारलाई वास्ता गरँिदैन बरु जात, क्षेत्र वा लिंगलाई आधार बनाइन्छ । पार्टीभित्रको चुनावमा समेत त्याग, समर्पण, योग्यता, क्षमतालाई वास्ता गरँिदैन । त्यसको सट्टा जनजातिले जनजातिकोलाई, उपत्यकाकाले उपत्यकाकालाई जिताउने प्रवृत्ति विकास भएको छ । निर्वाचनजस्तो उन्नत लोकतान्त्रिक अभ्यासबाट नेतृत्व छनोट गर्ने कुरामा पनि संकीर्ण जातीय, लैंगिक वा भेकीय नारा लगाउनु कति उपयुक्त होला ? राष्ट्रको वा पार्टीको नेतृत्व चयन गर्दा कुशल, सक्षम वा दूरदर्शी व्यक्ति छान्नुपर्ने होइन र ? त्यो महिला वा पुरुष जोसुकै होस्, त्यो कुनै पनि जातजातिको किन नहोस्, त्यो पूर्व-पश्चिम वा मधेस-पहाड जहाँ रहने पनि हुनसक्छ, छनोटको मापदण्ड जात, लिंग वा भेक हुनुहँुदैन ।
माओवादीहरूले आफ्नो 'जनयुद्ध'कालमा सबै जाति र समुदायको समर्थन लिनका लागि विभिन्न जातीय मुक्ति मोर्चाहरू गठन गर्ने र जातीय राज्यहरूको आश्वासन बाँड्दै हिँड्ने काम गरे । यतिबेला राज्यको नयाँ संघीय संरचना निर्माणको बहस चलिरहेको समयमा माओवादीहरूले संविधानसभालाई लत्याउँदै, अन्तरमि संविधानलाई कुल्चदै 'स्वायत्त गणराज्यहरू' घोषणा गर्दै हिँडेका छन् । यो माओवादीको वाध्यता पनि हो । रुसमा लेनिनले 'सम्पूर्ण सत्ता गणराज्यहरूमा' भनेझैँ माओवादीहरूले पनि स्वायत्त गणराज्य घोषणा गरेर राजनीति गर्न खोजेका छन् । तर, भविष्यमा यो उनीहरूकै लागि गलपासो बन्नेछ ।
दुनियाँका कम्युनिस्ट पार्टीले आदर्शको रूपमा गाउने अन्तर्राष्ट्रिय गीतले भन्छ, 'मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ ।' गीतको अन्तरवस्तु पनि यही नै हो । यसको अर्थ शाषक र शोषक वर्गले आफ्नो वर्गको स्वार्थ अर्थात् सामन्ती वर्गको सत्ता टिकाउनका लागि सामन्तवादले ल्याएको झेली वणर्ाश्रम व्यवस्थालाई कम्युनिस्टहरूले स्वीकार गर्दैनन् । कम्युनिस्टहरूको लक्ष्य भनेको जात, धर्म, वर्ण, लिंगका आधारमा अन्यायपूर्वक विभाजित समाजलाई ती भेदभावको अन्त्य गरी समतामूलक शोषणरहित समाज निर्माण गर्नु हो । जातीय समस्याको समाधान पनि वर्गीय आधारमा नै खोजिनु पर्छ । तर, आफूलाई खरो कम्युनिस्ट ठान्ने नेपालको माओवादी समूह भने सामन्तवादले जन्माएको जातीय विभेद अन्त्य गरी वर्गीय मुक्तिका लागि अघि बढ्नुपर्नेमा त्यसको उल्टो बाटो हिँडिरहेको छ । राज्य पुनःसंरचना गर्दा पनि जातभातलाई आधार बनाउनु जातीयतालाई 'प्रभोक' गर्नु र जातीय भावनालाई उचाल्नु हो । यो समस्या समाधान गर्ने होइन, अझ समस्यालाई बल्झाउने तरकिा हो । यतिबेला हिजो पढ्दै आएको दुई जाति महिला र पुरुष, दुई वर्ग धनी र गरबि भन्ने कहाँ हरायो ?
मजदुर मजदुर र पुँजीपति पुँजीपति मिल्नु, गरबि गरबि र धनी धनी मिल्नु स्वाभाविक हो, किसान किसान र जमिनदार जमिनदार, ड्राइभर खलासी र मालिक मालिक अनि शोषित शोषित र शोषक शोषक एक हुनु पनि स्वाभाविक हो । किनभने, उनीहरूबीच वर्गीय स्वार्थ र वर्गीय सम्बन्ध हुन्छ । एउटा पुँजीपतिले एउटा मजदुर वा श्रमिकको हित हेर्दैन, आफ्नो हित हेर्छ । उसले मजदुरलाई जतिसक्यो शोषण गरेर मुनाफा कमाउन चाहन्छ । एउटा जमिनदारले किसानको दोहन गरेर धनी हुन चाहन्छ । किनभने, त्यहाँ वर्गीय स्वार्थले काम गरेको हुन्छ । तर, दुःखको कुरा अहिले अर्कै भइरहेको छ । वल्लो गाउँको किसान र पल्लो गाउँको किसान भिडिरहेका छन् । मजदुर मजदुर मगर र क्षेत्री भएबापत लडिरहेका छन् । एउटा खलाँसी दलित छ, अर्को बाहुन तर तिनीहरू नै जात भनेर एकापसमा शत्रुता साँधिरहेका छन् । सर्लाहीको नेपाली र सिन्धुलीको अर्को नेपालीबीच दुस्मनी छ । यतिबेला वर्गीय प्रेम कमजोर भएको छ । 'वर्गीय समाजमा वर्गीय माया मात्र न्यानो र चोखो हुन्छ' भन्दै गाउँ, पाखा र पखेरामा गाउने गीतहरू यतिबेला ओझेलमा पर्न थालेका छन् । यसबाट वर्गीय लडाइँ वा वर्गसंघर्ष कमजोर हँुदै गएको छ । यसले मजदुर, किसान र श्रमिक जनताको होइन, पुँजीपति र जमिनदार वर्गकै हित हुन्छ । परण्िााम राष्ट्रिय एकता कमजोर हुन्छ र राष्ट्र विखण्डनको खतरा बढ्छ । जब राष्ट्रिय एकता कमजोर हुन्छ, विदेशीको प्रभाव हावी हुन्छ । उनीहरूको चलखेल र हस्तक्षेप बढ्दै जान्छ । यसको पूर्वाभ्यास र पूर्वआभास पनि भइसकेको छ । त्यसकारण सर्वप्रथम हामीले पहिले हामी नेपाली भन्ने भावनाको विकास गर्न जरुरी छ ।
नेपाल राष्ट्र रहे मात्र हामी नेपाली बनेर संसारसामु गर्वसाथ शिर ठाडो पारेर हिँड्न सक्नेछौँ । अनि, नेपाली अस्ितत्व रहे मात्र मधेसी, पहाडी वा विभिन्न जातको फूलबारी जोगाउन सकिनेछ । तब मात्र जातीय हिंसा, साम्प्रदायिक द्वन्द्व, राष्ट्रिय विखण्डनबाट हामी जोगिनेछौँ । त्यसकारण फेर िसम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूले हातमा हात, काँधमा काँध मिलाएर दह्रा मुठी उचालेर एकै स्वरमा बुलन्दीका साथ उद्घोष गरौँ, 'पहिले हामी नेपाली हौँ ।'
Source: Ekantipur