?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सुजाताको कुरा मलाई नसोध्नुहोस्
   गोपालमान श्रेष्ठ, उपसभापति नेपाली कांग्रेस
 

Warning: getimagesize(article_uploaded_files/753ec9450_b.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

केन्द्रीय समितिको बैठकमा कुटाकुट नै भएछ नि  ?
- लोकतान्त्रिक पार्टीमा यस्ता कुरा सामान्य हुन् । विषयगत छलफल भइरहेको छ । अतिरिाजत तरिकाले साचारमाध्यममा आएजत्ति घटना हाम्रो पार्टीमा भएको छैन ।
के भएको हो  ?
- महाधिवेशन आयोजना गर्ने विषयमा छलफल चलिरहेको हो । साथीहरुले छिट्टै टुंगो लगाउनुपर्छ भनिरहेका छन् ।
कहिले टुंगो लाग्छ  ?
- छलफल चलिरहेको छ सम्भवतः छिट्टै टुंगो लाग्छ भन्ने आशा गरौं ।
आपनै सरकार ढाल्न संयन्त्र बनाउनुभयो होइन ?
- उच्चस्तरीय संयन्त्र सरकार ढाल्न निर्माण भएको होइन । यसको उद्देश्य सरकार परिवर्तन गर्ने हुँदैहुँदैन र त्यो म्यान्डेट यसलाई छैन ।
तर माओवादी अध्यक्ष प्रचण्डले त संयन्त्रमा सरकार परिवर्तन गर्नुपर्ने प्रस्ताव लानुभयो नि ?
- यो हल्लै हल्लाको कुरा हो । प्रचण्डजीले मैले भनेकै छैन भनेर भन्नुभएको छ । त्यो कुरा आफैं बारम्बार दोहोर् याइरहनु भएको छ । तर पनि उहाँको कुरामा विश्वास गर्ने आधार त छैन किनभने अघिल्लो दिन एउटा कुरा प्रेसमा आएको हुन्छ भोलिपल्ट फेरि बोलेकै छैन भन्नुहुन्छ । त्यसकारण उहाँले भन्नु नै भएन प्रस्ताव नै गर्नुभएन म भन्दिनँ तर पनि आफैंले खण्डन गरेपछि होइन भनेर विश्वास गरौं ।
आशंका गरेजस्तो सरकार ढाल्न सक्ने सामथ्र्य संयन्त्रले राख्दैन होइन ?
- शान्ति प्रकि्रया संविधान निर्माण तथा माओवादी लडाकुलाई समायोजन गर्न सहयोग पुर् याउने यसको उद्देश्य भएकाले सामथ्र्य र कमजोरीको कुरा कहाँबाट आउँछ
यो काम सरकारले गर्न नसकेपछि संयन्त्र निर्माण भएको हो ?
- हैन यो त पार्टी-पार्टीबीच सहमति जुटाउन निर्माण गरिएको हो । म त अझै के भन्छु भने यो संयन्त्र अपूर्ण छ । यसले अझै पूर्णता प्राप्त गर्नसकेको छैन ।
भन्नाले ?
- नेपाली कांग्रेस एमाले माओवादीमात्र होइन अरु पनि त्यसमा अटाउन सक्नुपर्छ । खासगरी मधेसवादी दल र प्रधानमन्त्रीलाई पनि यसमा राखिनुपर्छ । जसले शान्ति प्रकि्रया संविधान निर्माण र लडाकु समायोजन व्यवस्थापन पुनस्र्थापन के गर्नुपर्ने हो त्यो गर्न सजिलो होस् । सबैको सहमतिमा गरिएको कार्य दिगो हुन्छ ।
उपप्रधानमन्त्री सुजाता कोइरालाले सरकार परिवर्तन गर्ने कुरा गर्नुभयो नि ?
- यो सुजाताजीको व्यक्तिगत कुरा हो । पार्टीले अहिलेसम्म सरकार परिवर्तनको कुनै सोच बनाएको छैन । पार्टीले त अहिले माधव नेपालको सरकारलाई पूर्णरुपमा समर्थन गरेको छ । यो सरकार निर्माण गर्ने कार्यमा कांग्रेसकै ठूलो हात थियो र अहिले पनि संसदीय समितिले यही सरकारको समर्थन गरेको छ । यो अवधारणामा कांग्रेस विचलित छैन ।
पार्टीबारे सरकारमा नेतृत्व गर्ने उपप्रधानमन्त्री नै यो सरकारको विपक्षमा देखिनुभयो नि  ?
- उपप्रधानमन्त्री मन्त्री जे भए पनि उनको कुरो मैले भन्ने होइन नि ! सुजाताजीको कुरा सुजाताजीले नै भन्नुहुन्छ । उपप्रधानमन्त्री भएको मानिसले आपुनो सरकार आफैंले ढाल्छु भन्नु नैतिक रुपले मिल्दैन नि ! सरकार फेर्नुपर्छ सरकार परिवर्तन गर्नुपर्छ भन्ने कुरा बोल्नु हुँदैनथ्यो बोल्नुभयो ।
पार्टीले समर्थन गरेको सरकारविरुद्ध बोल्दा पनि तपाईंहरु किन प्रतिकि्रयाविहीन ?
- व्यक्तिगत विचार तथा व्यक्तिगत इवीले आपुनो अवधारणा राख्नुभएको होला । उहाँले राखेको त्यो व्यक्तिगत विचारमा मैले केही टिप्पणी गर्न जरुरी छैन ।
गत संसदीय दलको बैठकमा पनि युवा नेताहरुले यो सरकार परिवर्तन गर्नैपर्ने प्रसंग उठाउनु भएको छ नि ?
- सुझावहरु आउन सक्छन् । हाम्रो पार्टीका प्रवक्ताले नै भन्नुभएको छ कि संस्थागत निर्णय गरेर एमाले र माओवादीले कांग्रेसलाई नै सरकारको नेतृत्व गर्न अनुरोध गरे भनेमात्र यसबारे सोच्न सकिन्छ । व्यक्तिले के बोल्यो के प्रस्ताव राख्यो त्यसमा कांग्रेस जाँदैन । यस्ता कुराहरु आउँछन् सेलाउँछन् । सल्लाह सुझाव दिन्छन् तर सरकार परिवर्तन र नेतृत्व लिनुपर्छ भन्ने सवालमा पार्टीको कुनै धारणा बनेको छैन । म पार्टीको जिम्मेवार नेता भएकाले पार्टीको अवधारणाअनुसार बोल्ने हो ।
कांग्रेस सरकार परिवर्तन गर्ने पक्षमा छैन त ?
- हो कांग्रेसले सरकार परिवर्तन गर्दैन । आफैंले निर्माण गरेको सरकार आफैं ढाल्दैन । यो हाम्रो चासोको विषय पनि त्यो होइन ।
सेना समायोजनको विषय अत्यन्त विवादित छ यत्तिका समयसम्म किन गर्न नसक्नु भएको ?
- गर्न नसकेको होइन । सेना समायोजन विशेष समिति त्यसमा लागिपरेको छ । तर त्यसका लागि एनेकपा माओवादीले पूर्णरुपमा सहयोग गरेको छैन । माओवादीले सहयोग नगरेसम्म लडाकुको समायोजन पुनस्र्थापन तथा व्यवस्थापन केही पनि हुन सक्दैन । यो पनि विस्तृत शान्ति सम्झौताअनुसार हुनुपर्छ । सम्झौतामा जे छ त्यही हुनुपर्छ ।
शान्ति सम्झौतामा ६ महिना उल्लेख भए पनि अहिलेसम्म भएन किन होला  ?
- माओवादीको सरकार नौ महिनासम्म चल्यो त्यसले पनि गर्न सकेन । माधवजीको सरकारले यसमा धेरै कार्य गरेको छ । अनमिनले अयोग्य प्रमाणित गरेका लडाकुलाई बिदा गर्ने काम यही हप्ता सम्पन्न गरेको छ । समायोजन नगरीकन नयाँ संविधान आउन सक्दैन । यदि संविधान बनाउनु नै छ भने पहिला क्यान्टोनमेन्टमा रहेका माओवादी लडाकुलाई समायोजन व्यवस्थापन र पुनस्र्थापन गर्नुपर्छ । यसको टुंगो लागेपछि मात्र संविधान आउने हो ।
माओवादीले त नेपाली सेनामै समायोजन गर्नुपर्छ भनेका छन् कति उचित हो ?
- यसमा धेरै बहस र तर्क गर्नु जरुरी छैन । विस्तृत शान्ति सम्झौतामा जे लेखिएको छ जे-जे भनिएको छ त्योभन्दा बाहिर जानु हुँदैन । त्यसले जतापट्टि कोड गरेको छ त्यसैमा हामी दृढ छौं । अब नेपाली सेनामै हुनुपर्छ भन्ने उनीहरुको मागमा म टिप्पणी गर्न पनि चाहन्न । नेपाली सेना हुन मापदण्ड पुगेको हुनुपर्छ । मापदण्ड पुगेका प्रत्येक नेपालीले त्यसमा प्रवेश गर्न सक्छन् । त्यो अधिकार अरुलाई दिने माओवादी लडाकुलाई नदिने भन्ने पनि म मान्दिनँ । मापदण्ड पुगेपछि हुन्छ मापदण्ड नपुगी हुँदैन । यत्तिकै समूह समूह समायोजन हुँदैन । त्यसो त नेपाली सेनामा मात्र होइन जनपद प्रहरी सशस्त्र प्रहरीमा पनि मापदण्ड तोकिएको हुन्छ । लडाकु भयो भन्दैमा जो पायो त्यही र समूहगत प्रवेश हुँदैन ।
राज्य पुनसर्ंरचनाको निर्णयमा तपाईले त आपत्ति जनाउनुभयो किन र ?
- मैले आपत्ति जनाएको त मेरो पार्टीलाई हो । नेपाली कांग्रेसलाई हो ।
भन्नाले ?
- मेरो पार्टीले मेरो अध्यक्षतामा एउटा समिति गठन गर् यो र राज्य पुनसर्ंरचना गर्दा कस्तो हुनुपर्छ प्रतिवेदन पेस गर भन्यो । त्यसका लागि हामीले १०?407;१ महिना ुएक्सरसाइजु पनि गर् यौं र सोको प्रतिवेदन केन्द्रीय कार्यसमितिलाई पनि बुझायौं । त्यसमा व्यापक छलफल पनि भयो । केन्द्रीय सदस्य तथा सभासद्हरुले आ-आपुना दृष्टिकोण राखे । त्यसपछि सो छलफलको आधारमा त्यसलाई पुगे नपुगेको कुरालाई काटछाँट गरेर ल्याउन पुनः अधिकार प्रदान गर् यो । त्यसैको आधारमा हामीले महासमितिमा पेस गर् यौं । तर संविधानसभाको राज्यको पुनसर्ंरचना तथा राज्य शक्तिको बाँडफाँट समितिमा हाम्रो समितिले तयार पारेको नक्सा पेस गर्न पार्टीका केही नेताले षड्यन्त्रपूर्वक कार्य गरेर दिएनन् । जसकारण राज्य पुनसर्ंरचनाको सवालमा नेपाली कांग्रेसको भिजन नै रहनेछ भनेर पार्टीकै बद्नाम हुन पुग्यो । हाम्रो कांग्रेसको आधिकारिक समितिलाई निरुत्साहित गर्ने कार्य त गरे नै जसको परिणाम पार्टीकै बद्नाम भयो । त्यसमा मलाई दुःख छ ।
राज्यको नामाकरण गर्दा जातीय आधारमा हुनुपर्छ कि अन्य आधारमा ?
- केही पार्टीले जातीय आधारमा नामाकरण गरेका छन् । यसो गर्दा बाँकी जातिले दोस्रो नागरिक भएको महसुस गर्न सक्छन् । त्यो राम्रो होइन किनभने कोही दोस्रो दर्जाको नागरिक नबनोस् । जातीय नमाकरण गर्दा द्वन्द्व निम्तिन्छ भन्ने आशंका हो । जातीयभन्दा अरु नाम राख्नुपर्छ भन्ने मलाई लागेको ।

Source: Nepal Britain.

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork