?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कथा : शालिनीको सुख
   -रमेश गौतम पाल्पाली
 

आम्मै ! कति चाँडै बूढी भएकी हो यो ! मभन्दा तीन महिनाले जेठी त होस् नि तँ ! परिस्थितिले बूढो गराउँदो रहेछ । तँ त झन् तरुनी भइछस् । के छ नि तेरो हालखवर ? ठीकै छ, बरु तेरो बता न । मेरा भिनाजु, अर्थात् विष्णु सरको खवर के छ ? खै के छ ? मलाई थाहा छैन । उसैलाई सोध् । मेरो त भेट नभएको पनि १७/१८ वर्षभयो ।

उसको बोलीबाट ऊ जीवनप्रति सन्तुष्ट भएजस्तो लाग्दैनथ्यो । म अकमक्क परेँ । भँगेरा जस्ती चञ्चले मान्छे पनि यति गम्भिर भइछ । मैले विचारै गर्न सकिन ।

बीस वसन्तपछि बल्ल आज उसित भेट भएको थियो । ऊ अर्थात् शालिनी । मेरा साथीहरू मध्ये ज्यादै मिल्ने साथी थिई ऊ । हाम्रो घर पनि नजिकै थियो र कक्षा पनि एउटै थियो ।

एस.एल.सी. हामीले संगै दियौँ र आइ. ए. पनि सँगै दियौँ । बि.ए.को पहिलो वर्षसम्मपनि सँगै थियौँ हामी, तर दोस्रो वर्षपूरा नहुँदै शालिनीले भिनाजु रोजी । त्यसपछि हाम्रो विछोड भएको हो । आज अचानक पुरानै माइती घरमा हाम्रो भेट भएको छ ।

हामीले बि.ए. दोस्रो वर्षा प्रवेश पाउनासाथै उसको भेट विष्णु सरसित भयो । पहिलो भेटमै विष्णु सरको बाहिरी व्यक्तित्व र कुरा गर्ने तरिकाले शालिनीलाई मोहित पारिहाल्यो । उसले आमासित आफ्नो मनको गाँठो खोलिदिई कुनै कुरा नलुकाएर ।

बढेकी मात्र होइन, पढेकी समेत छोरीले आफ्नो जीवनसाथी रोजी भने आमालाई पनि केको आपत्ति ? तर मान्छेको रूप रङ्ग देखेर मात्र भएन । चिन्नु न जान्नु, त्यसै छोरीलाई दिएर पठाउन आमालाई गाहारो पनि पर्‍यो ।

घरवार कहाँ हो ? के हो ? एक पटक दाजुलाई बुझन पठाउँछु । राम्रै रहेछ भने टीका लाएर पठाउँला भनिछन् उनले ।

अर्को दिन सुरेश अर्थात् शालिनीको दाजुलाई विष्णु सरको मनसाय र घरवार आदि बुझ्न स्कूलमा पठाइन् । विष्णु सरले शालिनीलाई धेरै पहिलेबाटै ड्वाकिरहेका रहेछन् । बोल्न मात्र सकेका थिएनन् भन्ने कुरा सुरेशलाई बताए ।

हुन त शालिनीले पनि पहिले विष्णु सरलाई देख्दैनदेखेकी त कहाँ हो र ? नारायणघाटको सानो बजारमा स्कूल क्याम्पस जाँदा आउँदा बाटोमा धेरैजसो देखादेख हुनु सामान्य नै हो । साथै विष्ष्णु सरले शालिनीलाई देखेर मन पराउने, उसले उनलाई देख्दैदेखिन होली त कसरी पो भन्ने ? यत्ति हो विष्णु सरले उसलाई रुचाएर हेरे, उसले त्यस दृष्टिले हेरिन । यति हुँदाहुँदै पनि बोलचाल नहुनु भने अर्कै कुरा हो ।

सुरेशले विष्णु सरको नाम लिनेबित्तिकै उनले ठम्याइहाले, यी शालिनीका दाजु हुन् भन्ने । साथै हिँजो भएको एक्सिडेण्टको बारेमा कुरा गर्न आएका हुन् कि ? भन्ने पनि उनलाई लाग्यो । किन कि जानि बुझी साइकिल ठोकियोस् र एक्सिडेण्ट होस् भन्ने उद्देश्यले नै उनले आफ्नो साइकिल शालिनीको नजिक लगेका थिए । शालिनी समालिन नपाउँदै उसको साइकिल विष्णु सरसित गएर ठोकिएको थियो । त्यसैले सुरेशलाई देख्नेवित्तिकै विष्णु सरलाई शङ्का लाग्यो । हुन त शालिनीसित नराम्रो व्यवहार उनले गरेका थिएनन् । उसले पनि नराम्रो मानेजस्तो त गरेकी थिइन । बरु जाने बेलामा हाँसेर गएकी थिई । यी सबै कुरा उनले मनमनै सोचे । प्रकटमा बोल्न भ्याएका थिएनन् । सुरेशले दोहोर्‍याएर भन्यो ?

मैले याहाँलाई नै सोधेको । विष्णु सर यहाँ नै हो कि ? भनेर ।

ए ! हो, मलाई नै विष्णु भन्छन् । मैले यहीँ मा.वि.मा पढाउँछु । यहाँ शालिनीको दाजु होइन त ? हो, यहाँले शालिनीलाई चिन्नुहुन्छ ?

मैले उहाँलाई चिन्न त पहिले पनि चिन्थेँ, तर बोलचाल भएको थिएन । हिजो मात्र एक्सिडेण्ट परेर बोलचाल भएको थियो बाटोमा । के त्यही एक्सिडेण्टकै बारेमा सोध्न आउनुभएको हो कि ?

होइन, मलाई एक्सिडेण्टको बारेमा थाहै थिएन । के कस्तो एक्सिडेण्ट भएको थियो र ? तपाइँ नै भन्नुहोस्न

ठूलो एक्सिडेण्ट त होइन, शालिनीजीको साइकिलले मेरो साइकिललाई ठक्कर दिँदा म साइकिलबाट झरेको थिएँ । उहाँ पनि हडबढाएर साइकिलबाट झर्नुभयो । उहाँका किताबहरू साइकिलबाट सडकमा छरिए । त्यत्ति  हो, अरु त केही भएको थिएन ।

मलाई त यस्तो एक्सिडेण्टको थाहा नै थिएन । म त त्यसै घुम्दै आएको थिएँ । संयोगवस तपाइँसित भेट भएकोले तपाइँको नाम सोधेको थिएँ ।

मलाई पनि हिँजो शालिनीसित एक्सिडेण्ट पर्नु आज तपाइँसित भेट हुनु, खुसी लाग्यो ।

अनि यहाँको घर कहाँ नि ?

मेरो घर झापा हो । २/३ वर्षदेखि यहीँ माविमा पढाउँछु । विष्णुले सोधेभन्दा बढी उत्तर दिएका थिए ।

झापाको मान्छे यहाँ कसरी काम गर्न लाग्नुभयो त ?

यहाँ एक जना साथी थिए, उनलाई भेट्न आएको बेला त्यत्तिकै जागिर खान लागियो ।

घरमा को को हुनुहुन्छ त ?

घरमा बुबा, मुमा हुनुहुन्छ ।

बुबा पनि जागिर खानुहुन्छ कि ?

पहिले जागिर खानुहुन्थ्यो, अब पेन्सन खानुहुन्छ र घरको खेतीपाती गर्नुहुन्छ ।

राम्रो रहेछ परिवार । यहाँ को विहे भयो त ?

यति कुरा हुँदासम्म विष्णु सरले सुरेशको आसय बुझिसकेका थिए । छिलँग्याएर भने-

भएको छैन । अब विचार गर्दै छु । शालिनीजस्तै कोही सुशील केटी पाए बिहे गर्ने विचारमा छु ।

शालिनीको त बि.ए. पूरा भएको छैन । भर्खर दोस्रो वर्षमा पढ्दै छ । बिहे भएपछि पनि बि.ए. गर्न सकिन्छ । धेरैले गरका छन् । ठिकै छ, यहाँको आसय बुझेपछि भेटौँला । भनेर सुरेश फर्केको थियो ।

धेरै सोधखोज भएन । यत्तिकैमा शालिनीको बिहे भएको थियो । विहेपछि विष्णु सर मेरा भिनाजु बनेका थिए र विहेको लगत्तै उनीहरू चितवन छोडेर झापातिरै गएका थिए । झापा गएको १/२ वर्षम्म त फोनमा कुरा पनि हुन्थे, तर समयले विछोडको घाउ पुरिँदै गएपछि फोन हुन पनि छोड्यो । मेरो पनि बि.ए. दोस्रो वर्षसकिएपछि बिहे भयो र म काठमाडौंतिर गएँ । अहिले चितवन आएको बेलामा बीस वर्षछि शालिनीसित भेट भएको हो ।

विचरी ! सुखी होइन, मलीन देखिन्थी । आफ्नी मनमिल्ने साथी हुनाले मैले मन थाम्न सकिन र सोधेँ-

शालिनी ! तैँले आफै रोजेर विहे गरेकी थिइस् विष्णु सरसित तर तेरो दाम्पत्य जविन त्यति सुखी भएजस्तो लागेन नि ! भन् त कस्ता छन् मेरा भिनाजु ?

त्यसको कुरो नगर । मलाई त त्यसलाई सम्झिँदा पनि घृणा लाग्छ ।

के भनेकी शालु तैँले ? आफै मन पराएर दुई जनाको कुरा मिलेर विहे भएको होइन ? किन त्यसो भन्छेस् ? के भयो भन् त ।       

छोडिदे यी सबै बितेका कुरा । अब ऊ मेरो सर्म्पर्कमा छैन । वेकार पुरिएको खाटा किन कोट्याउने ?

तेरो अनुहारले तँलाई त्यति सुखी देखाउँदैन । तँलाई देखेर मेरो मन कस्तो कस्तो भइरहेको छ । तैँले मलाई नभनेर कसलाई भन्छेस् ?, ल भन् त ?

त्यो त ठीकै हो, तर किन बितेका कुरा कोट्याइरहने ?

त्यसो भनेर हुन्न । यतिका दिनमा भेट भएको छ । तैँले सबै कुरा भन्नै पर्छ । मैले कर गरेँ

त्यो विष्नेले मलाई मनपराएको होइन रहेछ, मेरो रूप र यौवन मन पराएको रहेछ । मलाई र मेरो दाजुलाई फस्लांग फुस्लुंग पारेर मलाई लयो । केही दिन त मलाई पनि मजै आयो । त्यसले जे जे भन्यो, जसो जसो गर भन्यो, घोप्टो, चेप्टो, नेप्टो, उठेर, बसेर, सुतेर जस्तो भन्यो मैले पनि त्यसै त्यसै गर्दैगएँ । घरको अवस्था जेजस्तो भए पनि उसको मायाँ र यौवन हेरेर सुखी नै भएँ ।

घरको अवस्था भन्नाले के ? बाबुको पेन्सन र खेतीपाती रहेन छ र ?

पेन्सन त हो, तर बहिदारको पेन्सन रहेछ । बूढालाई जाँड खान पनि नपुग्ने । अरु खर्च केले पुग्ने ? जमिनको नाममा २/३ कट्ठा जमिन, सासू बज्यैले दश नङ्ग्रा खियाएर बल्ल तल्ल जीवन धानेका रहेछन् । घर भनेको साधारण दुई कोठाको घर रहेछ । बूढाबूढीलाई मात्र ठिक्क । हामी त्यहाँ अट्ने कुरै भएन । छुट्टै कोठा लिएर बस्नु पर्‍यो, त्यसै गरियो ।

होइन, उनले छँदा छँदैको जागिर छोडेर किन उता गएका थिए त घरको हालत त्यस्तो भए ?

यहाँ सर त भएको रहेछ, तर प्राइमरीको । मा.वि.मा पढाउँछु भनेर उसले धाक मात्र दिएको रहेछ । प्राइमरीको तलबले मलाई कसरी पाल्ने ? यहीँ बसे त पोल खुल्ने भयो नि ! त्यसैले मलाई लिएर गएको रहेछ । त्यहाँ गएर पनि त्यही प्राविको नोकरीसम्म त पायो, तर त्यसले के गर्ने त्यसैले मैले पनि पढाइ छोडेर पढाउन थालेँ ।

त्यस पछि के भयो त ?

दुई जनाको नोकरीले कसैगरी निर्वाह भएको थियो । तर त्यसको दुर्मतीले हाम्रो जीवनमा चिरा पर्न लाग्यो।

के भयो ?

त्यसलाई एक जनाबाट सन्तोष हुने रहेनछ, राम्री केटी भनेपछि देख्नै नहुने । पहिले पनि त्यसै भएर बेसरी चुटाइखाएर नारायणघाट आएको रहेछ । त्यहाँ गएको केही दिनपछि फेरि आफ्नै स्कुलकी मास्र्टर्नीसित रङ्गरहेली गर्न लागेछ । मैले थाहा पाएर त्यसलाई त पन्छाएँ, तर हाम्रो जीवनमा खटपट पर्न लाग्यो ।

के के भयो ? सबै भन् न ।

के हुनुथियो र ? उसले सधैंजसो जाँड खाएर आउन थाल्यो । मैले सहन नसकेर बोलेँ भने पिट्न पनि थाल्यो । म रिसाएर सुते पनि सुख पाइन । विरामी भएर पनि सुख पाइन ।

के गर्थ्यो उसले ?

जाँड खाएर अर्ध होसमा आउँथ्यो । आएर मलाई गिजल्थ्यो । मासुका डल्ला मसार्ने मात्र होइन, बेसरी मन्टा निमठ्थ्यो । म सहन नसकेर चिच्याउँथेँ । तैपनि दया माया रहन्नथ्यो उसमा । चुस्थ्यो, बोगड्थ्यो र निस्तेज नभएसम्म ममाथि उफ्रिरहन्थ्यो । म सहन बाध्य थिएँ ।

के सधै यस्तै गथ्र्यो त उसले ?

भने नि, कुनै दिन खाली रहेन । सधै मलाई गिजल्थ्यो र ममाथि उफ्रन्थ्यो। जसलाई मैले पहिले रूप, यौवन र हृयाण्डसम देख्तेँ । उसले जति गिजल्थ्यो र ममाथि जुनसुकै तरिकाले उफ्रन्थ्यो मलाई त्यही मन पथ्र्यो । मैले आँखा चिम्लेर आनन्दानुभूति गर्थेँ । त्यही मलाई स्वर्ग लाग्थ्यो, ऊ मेरो इन्द्र थियो । यसरी झण्डै डेढ वर्ष बित्यो मैले पत्तै पाइन । मानिसको मन र शरीर थाक्दै गएपछि इच्छाहरू बदलिँदा रहेछन् । इन्द्रको रूपमा देखिने त्यही मान्छे अब यमराजको रूपमा मेरा सामु आउँथ्यो र ममाथि खुरी खेल्थ्यो । यसरी करीब डेढ वर्षअरु बित्यो । त्यसपछि एउटी छोरी जन्मी । छोरी जन्मेपछि म निख्रिसकेकी लाग्न थालेँ उसलाई । अब त ममाथि उफ्रनपनि मन लागेन क्यारे ? मबाट टाडा हुँदैगयो । एक दिन त डेरा छोडेरै गयो, मैले पनि वास्ता गर्न छोडेकी थिएँ, खोजिनिति गरिन ।

छोरी कहाँ छ त तेरी ?

छोरीले आफ्नो बाटो लिई भनौं कि उसले मलाई बाटो छोडिदिई भनौं ? १० महिनाकी भएपछि दुई दिनको ज्वरोले गई । म फुक्का भएँ ।

त्यसपछि ऊसित भेट भएन तेरो ?

त्यसपछि मलाई झापामा बस्न मन लागेन इलाम गएँ । त्यसैले ऊसित त भेट भएन अर्को एक जनासित भेट भयो । त्यसैसित अर्को एक पटक जालमा परेँ । उसले पनि मलाई होइन, मेरो बँचेखुँचेको यौवनसित माया गरेको थियो । झण्डै तीन वर्षम्म मलाई चुस्यो, गिजल्यो । ममाथि उफ्रने काम गर्‍यो । बस, त्यो पनि पाखा लाग्यो, अनि म एक्लाको एक्लै रहेँ ।

त्यसपछि त्यतिका वर्षकसरी बिताइस् त ?

त्यस पछि निश्चय गरेँ कि अब कसैलाई पनि स्थायी रूपमा अँगाल्दिन भन्ने । मैले आइ.ए.सम्म पढेकै थिएँ । बजारदेखि अलि परको एउटा प्रा.वि.मा पढाउन लागेँ । म एउटीलाई साधारण रूपमा खान बस्न नपुग थिएन । फर्मायसी गर्नलाई बढी धन चाहिन्थ्यो भने शारिरिक प्यास मेटाउन पुरुष चाहिन्थ्यो । एक सिँडी झरिसकेकी थिएँ दोस्रो सिँडी र्झन मलाई मुस्किल परेन । अवस्था अनुसार चल्न थालेँ ।

के त तैँले अरु केटाहरू खेलाउन थालिस् त ?

हो, त्यसपछि कुनै पुरुषको इच्छाले मलाई गिजोल्न र ममाथि उफ्रन दिने होइन कि मेरो इच्छा र आवश्यकता अनुसार कसैबाट म गिजोलिन्छु र चाहिएको जति आफू माथि उफार्छु

के तँ यसैमा सुखी छस्त ?

बस्, अब मलाई धेरै नसोध, म यसैमा सुखी रहन खोजेकी छु । मलाई यसै रहन दे ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
म के सोच्दछु दुनियाँले के सोच्लान
प्रणयका फूलहरू
देश भक्तिको एउटा सिंगो माला गाँस्नु छ
ढलेका सपनाहरु
सोच बिनाको गन्तब्य
कविता सग्रह छुटेको जुत्ता विमोचन
विजयकुमारको आत्मकथा
बिपी विचार यात्रा सुरु
समरलभको सिक्वेल भदौ २३मा सार्वजनिक हुने
तनहुँमा राष्ट्रिय साहित्य सम्मेलन हुने
गजल
आमाको भक्तिमा
लौ हिडौ कान्छी
भो अस्तित्व नखोज कविता
"पहिचान"
आमा कविता
क्रान्ति कविता
सहकार्य कविता
छलाङ्ग
म : (कविता) कमल अर्याल
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork