?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

हामीले त तीन महिनामै संविधान बनायौं
   सूर्यनाथ उपाध्याय
 

Warning: getimagesize(article_uploaded_files/08006suryanath-upadyaya.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

सूर्यनाथ उपाध्याय ०४७ को संविधान बनाउन गठित मस्यौदा आयोगमा सदस्य( सचिव हुनुहुन्थ्यो।

जलस्रोत सचिवबाट अवकाश पाएको केही समयपछि नै उहाँ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुनुभयो। र, आयोगको जिम्मेवारी एवं आफूले गरेका कामका कारण उहाँ चर्चित पनि हुन पुग्नुभयो।  
    मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत्गृह रहेको स्थानमा अवस्थित भक्ति नमूना माविबाट सुरु भएको थियो, उहाँको जागिर(यात्रा। संयोग पनि कस्तो, अवकाशप्राप्त जीवनपछि उहाँ जलस्रोतका सम्बन्धमा काम गर्ने जलस्रोत विकास संस्था नामक गैरसरकारी संस्था खोलेर अवकाशप्राप्त जीवनको सदुपयोग गर्दै हुनुहुन्छ।
 
    ० संवैधानिक निकायका प्रमुखको नियुक्तिमा पनि किन दलहरू हानथाप गर्छन्?
 
    ( संवैधानिक निकायको प्रमुख हुनु भनेकै महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो महत्त्वपूर्ण निकायमा छनोट गर्दा उपयुक्त र सक्षम व्यक्तिको छनोट होस् भनेर नै दलहरूबीच छलफल भएको होला।
 
    ० यति धेरै लफडा भएको रामै्र मान्छे छान्नलाई हो त?
 
    ( बजारमा विभिन्न हल्ला चलेका छन्। तैपनि, राम्रै मान्छे छान्नलाई भएको होला भन्छु म। हुन त, अदालतमा प्रमुख प्रतिपक्षी दलको नेताबाट सिफारिससम्बन्धी निर्णय असंवैधानिक भयो भनेर मुद्दा पनि परेको छ क्यारे! के भएको हो, अदालतले सबै कुरा बुझेर फैसला गर्ला।
 
    ० अख्तियार प्रमुखमा आफूले सिफारिस गरेको व्यक्ति नियुक्त हुँदा त्यो पार्टी र नेतालाई कत्तिको फाइदा हुन्छ?
 
    ( यस्तो महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको मान्छेले मेरो मान्छे, उसको मान्छे भन्न थाल्यो भने उसको के मर्यादा रहन्छ? दोस्रो कुरा, जो मान्छे अख्तियारको प्रमुख वा आयुक्त भएर जान्छ, त्यो मान्छेलाई म फेरि सरकारी जागिरमा आउँला भन्ने आशा हुँदैन। त्यसैले पनि उसले निष्पक्षतापूर्वक काम गर्छ।
 
    ० राजदूत हुन पाउँछु कि भन्ने लोभ त भइहाल्छ नि, होइन?
 
    ( त्यस्तो अवसर त आउला नै। तर, मानिसले यस्तो सोचेर काम गर्लान् भन्ने मलाई लाग्दैन। मान्छेका आ(आफ्ना विचार र स्वभाव होलान्। तर, हामीले सुरुदेखि नै नकारात्मक दृष्टिले हेर्नुहुँदैन। जिम्मेवारी पाएको मान्छेले इमानदारीपूर्वक नै काम गर्छ भन्ने सोच्नुपर्छ।
 
    ० तपाईं अख्तियार प्रमुख भएको गिरिजाबाबुले रुचाउनुभएन, किन हो?
 
    ( हरेक मान्छेले अर्काे व्यक्तिका बारेमा प्रश्न उठाउन सक्छ। यसमा कसैलाई बन्देज छैन। म अख्तियार प्रमुख छँदा मेरैविरुद्ध दुई(तीनवटा मुद्दा परे। सार्वजनिक पदमा बसेको मान्छेका क्रियाकलाप ठीक/बेठीक के हुन् भन्नेबारे सबैले हेरिरहेका हुन्छन्। तर, त्यो ठाउँमा जाने मान्छे कानुनबमोजिम कसैको पक्ष/विपक्षमा नलागी काम गर्छु भन्ठानेर जानुपर्छ। मैले पनि कसले के भनेको छ, त्यो नहेरी आफ्नो कर्तव्य के हो, त्यो सम्झेर काम गरेँ।
 
    ० अख्तियार प्रमुखले नै अख्तियार दुरुपयोग गरेको रहेछ भने कसले कारबाही गर्छ?
 
    ( यसका पनि प्रावधान छन्। खराब आचरण गरेमा संसद्ले छानबिन समिति गठन गर्न सक्छ। पदीय मर्यादा र आचरणअनुसारको काम नगरेको पाइएमा ऊविरुद्ध महाअभियोग लाग्न सक्छ। भ्रष्टाचार गरेको छ भने कारबाही पनि हुन सक्छ।
 
    ० अख्तियारले मुद्दा दायर गर्छ, अदालतले प्रमाण पुगेन भनेर अभियुक्तलाई मुद्दा जिताइदिन्छ, किन यस्तो हुन्छ?
 
    ( एउटा कालखण्डमा यस्तो भयो  पनि। तर, अहिले त्यस्तो छैन। भटाभट, दनादन निर्णय भएको छ। बिगोको हकमा तल(माथि होला, तर अख्तियारले दायर गरेका मुद्दाका सम्बन्धमा अदालतले फैसला गरेको छ। र, अभियुक्तले सजाय पाएका छन्। पहिलेका कतिपय चर्चित मुद्दा, जसमा अभियुक्तले सफाइ पाएका थिए, तिनकाबारे पनि अख्तियारले पुनः अपिल गरेको छ। अब अदालतले झन् राम्रोसँग यस्तो मुद्दा हेर्ला भन्ने आशा गरौँ।
 
    ० अख्तियारजस्तो निकाय हुँदाहुँदै किन भ्रष्टाचार बढिरहेको छ यो देशमा?
 
    ( गल्ती गर्नेहरूलाई कारबाहीको डर छैन। त्यसैले, 'कानुन पालना गर्नुपर्छ, कानुन पालना नगर्नेमाथि कारबाही हुन्छ' भन्ने कुरा सबैभन्दा पहिले स्थापित हुनुपर्यो । यो मान्यता स्थापित गर्ने काम अख्तियारको मात्र होइन, अरू निकायले पनि यो कुरा स्थापित गर्न उत्तिकै भूमिका खेल्नुपर्यो । अख्तियार दुरुपयोग गरी अवैध सम्पत्ति कमाउने मात्र होइन, अन्य अपराधमा पनि कारबाही गर्नुपर्योम। हामीकहाँ मान्छे मार्नेदेखि चोरी(डकैती गर्नेसम्मले राजनीतिक संरक्षण पाएका छन्। राजनीतिक संरक्षणले गर्दा समाजमा दण्डहीनता बढेको छ। राजनीतिक विवादको असर अख्तियारमा पनि परेको छ। राजनीतिक खिचातानीका कारण लामो समयसम्म अख्तियारमा आयुक्त नै भएनन्। यसले गर्दा जसले जे गरे पनि कारबाही हुँदैन भन्ने जनमानसमा पर्नु स्वाभाविक हो।
 
    ० नेपाली कांग्रेस तपाईंप्रति अलिक पूर्वाग्रही हुनुको कारण के हो?
 
    ( कुनै पार्टीका कुनै कार्यकर्ताले कुनै कालखण्डमा मलाई कुनै नमीठो कुुरा भनेका होलान्। आफू ठीक हुनुपर्छ, आरोपहरू आफँै ठेगान लाग्दै जान्छन्।
 
    ० डा. रामशरण महतसँगको द्वन्द्वचाहिँ के हो?
 
    ( कुनै वेला हामी सँगै एउटै स्कुलमा पढाउँथ्यौँ। म हेडमास्टर थिएँ, उहाँ मास्टर हुनुहुन्थ्यो। म र त्यो स्कुलको सञ्चालक समितिको सचिवले उहाँसँग अन्तर्वार्ता लिएर उहाँलाई मास्टरमा भर्ना गरेका थियौँ। उहाँले रामै्रसँग पढाउनुभएको हो। पछि उहाँलाई कति कुरा मन परेन होला, भनेजस्तो भएन होला। नाखुस हुनुभयो। र, अर्काे स्कुलमा जानुभयो। यो धेरै ठूलो कुरा होइन। स्कुलमा यस्ता कुरा भइरहन्छन्।
 
    ० के संविधान लेख्न साँच्चिकै गाह्रो हुन्छ?
 
    ( संविधान लेख्ने गाह्रो काम होइन। तर, अहिलेको परिस्थितिमा विचार मिल्नु गाह्रो कुरा हो। विचार मिल्यो भने कति चाँडो संविधान लेखिँदोरहेछ भन्ने उदाहरण ०४७ को संविधान हो। के(के कुरा राखेर संविधान बनाउने भन्ने सूची आयोगलाई दिइएको थियो। त्यसैको जगमा संविधान बनाउनुपर्ने थियो।
 
    हुन त, त्यहाँ पनि विभिन्न शक्ति थिए। भिन्न(भिन्न विचार राख्ने नेपाली कांग्रेस र वामपन्थी शक्ति थिए। राजाका मान्छे पनि थिए। संविधानमा के(के राख्ने भन्नेबारे तिनै राजनीतिक शक्तिबीच सहमति थियो। संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रलगायतका कुरा राख्ने सहमति भयो। यति भएपछि हामीले तीन महिनामा संविधान निर्माणकार्य सम्पन्न गर्यौँ ।
 
    तर, अहिले संविधान निर्माण गर्ने पक्षबीचमै आधारभूत कुरामा विमति छ। यसमा अझै सरकार कसले चलाउने भन्ने कुरा पनि थपिएर आएको छ। संविधान बनाउने शक्तिहरू चुनावबाट आए, चुनावमा जाँदा एकले अर्काेलाई समाप्त गर्नेगरी प्रचार गरे। यसले गर्दा पनि उनीहरूबीचको सम्बन्ध अरू चिसो भयो। संविधान बनाउँदा राजनीतिक स्वार्थ हेरेर होइन, व्यापक रूपले सोचिनुपर्छ। त्यो नहुँदा पनि समस्या उत्पन्न भएको हो।
 
    ० आधारभूत कुरामा सहमति भयो भने लेख्ने वेला कुनै समस्यै आउन्न त?
 
    ( संविधान 'ड्राफ्ट' गर्ने कार्य भनेको निकै 'स्किलफुल' काम हो। त्यसैले, आधारभूत कुरामा सहमति भए पनि ड्राफ्ट गर्ने वेला केही प्राविधिक समस्या आउँछन्। तर, मूलभूत कुरामा सहमति हुने हो भने यस्ता साना(तिना समस्या र व्यवधान सहजै हटाउन सकिन्छ।
 
    अहिले सबैलाई आफ्नो कुरा संविधानमै लेखिनुपर्ने भएको छ। कसैले भात खान पाएन, त्यो कुरा पनि संविधानमा हुनुपर्योह। कसैले स्कुल जान पाएन, त्यो पनि संविधानमा उल्लेख हुनुपर्योन। यस्ता(यस्ता माग आएका छन् अहिले। सबै जातभातका कुरा संविधानमा लेखीसाध्य छैन। त्यसैले, के(के कुरा संविधानमा लेख्ने हो, त्यो कुरा पहिले तय हुनुपर्योत।
 
    कतिपयलाई संविधान भनेको के हो भन्ने कुरै थाहा छैन। संविधान भनेको देशको मूल कानुन हो। त्यसैले, संविधानमा मूल कुरा मात्र लेखिन्छ। अरू माग त भोलि सरकार बनाउनेले पूरा गर्ने हो। हामीकहाँ सरकारले दिने कुरा पनि संविधानमै माग्ने काम भएको छ। त्यसैले, यो कुरा बुझाएर के कुरा संविधानमा लेख्ने भन्ने कुरा छिमल्नुपर्छ।
 
    सरकार र राज्यको स्वरूप कस्तो हुने भन्ने कुराको टुंगो नलागीकन पनि संविधान लेखनकार्य सम्भव हुँदैन। संघीय राज्य बनाउने त भनियो, तर संघहरूको निर्माण केका आधारमा गर्ने? समयमै संविधान लेख्ने हो भने यी दुई कुरामा सहमति हुनु जरुरी छ।
 
    ० पासपोर्ट छपाइजस्तो विषयमा समेत हाम्रा छिमेकीको रुचि किन देखिएको होला?
 
    ( यस्ता कुरामा पनि छिमेकीले रुचि राख्दारहेछन् भन्ने कुरा देखियो। किन रुचि राखे, त्योचाहिँ म भन्न सक्दिनँ। भारतीय राजदूतले लेख्नुभएको भनेर सार्वजनिक भएको चिठ्ठीमा यो कुरा उल्लेख  छैन। व्याख्या नगरिकनै यसले हाम्रो सुरक्षा चासोलाई सम्बोधन गर्छ भन्ने कुरा भारतीय राजदूतको चिठीमा देखिन्छ। के(कसरी सम्बोधन गर्ने हो, त्योचाहिँ उहाँलाई नै थाहा होला। तर, त्यो चिठी सार्वजनिक भएपछि हामी नेपाली सतर्क भएका छौँ।
 
    ० पासपोर्टकाण्डमा सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने होइन?
 
    ( कस्तो खालको निर्णय हो, त्यसमा भरपर्छ यो कुरा। प्रमुख विपक्षी दल, संसद्ले र प्रधानमन्त्रीको पार्टीले पासपोर्ट भारतलाई छपाउने निर्णय फिर्ता लिनुपर्ने भन्यो। त्यसपछि मन्त्रिपरिषद्ले त्यो निर्णय फिर्ता लियो। टनकपुरमा पनि त्यस्तै भएको थियो। त्यसवेला 'मेमोरेन्डम' दुईपटक संशोधन भएको थियो। तेस्रोपटकमा त अझ धेरै बिजुली पाउनेगरी महाकाली सन्धि भयो। पासपोर्टकाण्ड पनि त्यस्तै(त्यस्तै हो। टनकपुरमा जस्तै पहिले एउटा निर्णय भयो, पछि त्यो निर्णय संशोधन गरी अर्काे निर्णय गरियो।
 
    ० नेताहरूबारे के भन्नुहुन्छ?
 
    ( जनताको चाहना र नेताहरूको काम(कारबाहीबीच निकै ठूलो खाडल छ। जनताले एकथोक खोजेका छन्, नेताले त्यसको ठीक विपरीत गरिरहेका छन्। महँगीप्रति बरु जनताको त्यति ठूलो गुनासो छैन, किनभने शान्ति हुने हो भने महँगी घट्ला। तर, जनताले खोजेको शान्ति पाएका छैनन्। नेताहरू जनतामा सुरक्षाको भावना बढाउन अक्षम देखिएका छन्। दिनदिनैको झगडा र बन्दबाट जनता आजित भइसके।
 
    अब त के कुरामा दिक्क लाग्न थाल्यो भने, पार्टीहरू आफू सत्तामा हुँदा बन्द, हडताल नगरौँ भन्छन्, तर आफू सत्ताबाट हटेको भोलिपल्टै आफैँ बन्द र हडताल गर्न थाल्छन्। चाहे सत्तामा होस् चाहे विपक्षमा, जहाँ भए पनि पार्टी न्यूनतम तहमा समान व्यवहार गर्नुपर्छ। तर, हाम्रा नेताले सत्तामा हुँदा एउटा कुरा र विपक्षमा हुँदा अर्काे कुरा बोलिरहेका हुन्छन्।
 
    ० गैरसरकारी संस्था खोल्नतिर लाग्नुभएछ, पैसा कमाउन हो?
 
    ( कानुन, त्यसमा पनि अन्तर्राष्ट्रिय कानुन पढेको मान्छे म। युवावस्थामा सुरुमा शिक्षक बनियो, वकालत पनि गरियो। अनि सरकारी जागिर खाइयो, विभिन्न अनुभव सँगालियो। धेरैतिर लागियो। जीवनमा धेरै समय जे विषयमा काम गरियो, त्यही विषय रमाइलो लाग्थ्यो। रिटायर्ड हुनुअघि जलस्रोत मन्त्रालयमा काम गरेँ। त्यहाँ करिब १२ वर्ष बिताएँ। रिटायर्ड भएपछि साथीहरूले एउटा संस्था खोलौँ भन्नुभयो। त्यसपछि यो (जलस्रोत विकास संस्था) खोलिएको हो। म अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएपछि साथीहरूले नै यो संस्था चलाउनुभएको थियो। अख्तियारबाट पनि अवकाश पाएपछि साथीहरूले आउनु भन्नुभएकाले आएको हुँ। म यहाँको सामान्य मान्छे हुँ।
 
    ० पदमा हुँदाको सम्पर्कको फाइदा उठाउँदै धेरै सचिवले रिटायर्ड हुने भएपछिका लागि यसैगरी एनजिओ खोल्दारहेछन् नि?
 
    ( जुन मान्छेले जे विषयमा काम गर्छ, उसलाई त्यही विषयमा जानकारी हुन्छ। जागिर छाडिसकेपछि त्यही विषयमा काम गर्यो  भने झन् राम्रो हुन्छ। थप अनुभव प्राप्त हुन्छ। र, सरकारलाई पनि त्यो अनुभवबाट फाइदा हुन्छ।
 
    हामी अरू गैरसरकारी संस्थाजसरी दबाब दिने काम गर्दैनौँ। यो संस्थाले नीति निर्धारण गर्ने काम गर्छ। जलस्रोत विषयका सम्बन्धमा सरकारसँगै बसेर यसले सरकारका काम(कारबाहीका सम्बन्धमा मद्दत पुर्यारउँछ।
 
    नयाँ बन्ने संविधानमा जलस्रोतका विषयमा के(कस्तो व्यवस्था गर्नुपर्छ भन्ने सल्लाह पनि हामीले दिएका छौँ। एनजिओ खोलेपछि धेरै पैसा कमाउँछन् भन्ने मानिसलाई लागेको होला। तर, हाम्रो संस्था त्यस्तो किसिमको होइन।
 
    ० अरुण तेस्रो योजनाबाट विश्वबंैकले हात झिक्नुमा भारतको हात थियो रे, होइन?
 
    ( त्यसवेला म जलस्रोत(सचिव थिएँ। दुई कारणले अरुण तेस्रो योजनाबाट विश्वबैंकले हात झिक्यो। पहिलो, त्यो योजनाबारे देशभित्रै सहमति हुन सकेन। दोस्रो, विश्वबैंकभित्रै पनि केही व्यक्तिको त्यो योजनाबारे सकारात्मक दृष्टिकोण थिएन। 'सानो देशमा ठूलो योजना दिन लागिएको छ, फेरि योजनाबारे राजनीतिक दलहरूभित्रै विवाद छ' भन्ने कुरा सोचेर विश्वबैंकले लगानीको निर्णय फिर्ता लिएको हो। यसमा भारतलाई दोष दिनु बेकारको कुरा हो। त्यो योजना जानु नेपालका लागि दुर्भाग्य हो।
 
    ० नेपालको जलस्रोतमा भारतको 'इन्ट्रेस्ट' छैन त?
 
    ( कुनै(कुनै योजनामा नहोला। तर, धेरैमा छ। हामी तीनतिर भारतबाट घेरिएका छौँ। नेपालको राजनीति र पासपोर्टमा त उसको रुचि छ भने जलस्रोतमा उसको रुचि नहुने कुरै छैन। तर, अरुण तेस्रो योजनामा चाहिँ भारतको रुचि रहेको प्रत्यक्ष अनुभव मैले गरिनँ।
सीताराम बराल  

Source: Weekly Nepal.

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork