?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

अपहरणमुक्त भए लगतै डा.भक्तमानसँग कुराकानी
  
 

Warning: getimagesize(article_uploaded_files/f8020bhaktaman_shrestha.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155
तपाईं अपहरण परेपछि पूरै देश हल्लियो, खासमा तपाईं अपहरणमा कसरी पर्नुभयो ?

चितवन अस्पतालबाट अप्रेसन सकेर हाकिमचोकमा नजिकै आएको थिएँ । त्यतिवेला रातिको साढे १० भएको थियो होला । दुईवटा काला रंगका गाडी र मोटरसाइकल मेरो कारअगाडि आएर रोकिए । अनि तल ओर्लेर किन गाडी ठोक्काएको भनी उल्टै हपारे । मैले मेरो गल्ती होइन भनेँ । त्यसपछि एक्कासि चारजना मानिस मेरो गाडीमा चढे र आँखामा कालोपट्टी बाँधे । कन्चटमा बन्दुक तेस्र्याएका पनि थिए । कहाँबाट को आइलाग्यो यस्तो, मैले केही बोल्न नै पाइनँ । गाडीमा चार घन्टाभन्दा बढी समय हिँडाए, केही बोलेनन् । कता लगे भन्ने पनि थाहा पाइनँ ।

गाडीबाट कति वेला ओराले ?

ठ्याक्कै थाहा भएन । आँखामा पट्टी बाँधेको कारणले घडी हेर्न सकिनँ ।

अपहरणकारीले आफ्नो उद्देश्यबारे त केही त बताए होलान् नि ?

उनीहरूले प्रस्टै भने, 'राजधानीभन्दा बाहिरको चर्चित मान्छे तपाईं भन्ने थाहा पायौँ ।' अनि क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको छ भन्ने उनीहरूलाई लागेको रहेछ । उनीहरूले मलाई अनुसन्धान गर्न र सरकारलाई (हिन्दू जनता) पार्टीको अस्तित्वबारे जानकारी दिनका लागि अपहरण गरेको भनेका थिए । उनीहरूको भनाइ थियो, 'हामी हिन्दूराज्य स्थापना गर्न चाहन्छौँ, धर्मनिरपेक्षताको विरोधी हौँ, हाम्रो लडाइँ जारी छ, तपाईंले साथ दिनुपर्छ ।'

राजधानीबाहिर त अरू पनि चर्चित मान्छे छन्, तपाईं नै अपहरणमा किन पर्नुभो त ?

त्यो त मलाई थाहा भएन । उनीहरूले किन मलाई नै चर्चित देखे । होला क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भएको कारण । उनीहरूले मलाई यसै भनेका थिए ।

फिरौती रकम कति मागे र कसरी दिनुभयो ?

रकम मसँग एक पैसा पनि मागेनन् । १९ दिन उनीहरूसँग बस्दा एक दिन पनि रकम मागेनन् । पैसाको त कुरै भएन । सरकारलाई पार्टीको अस्तित्व देखाउनका लागि अपहरण गरेका हुन् रे । अर्का कुरा, क्यान्सर अस्पतालमा भ्रष्टाचार भएको कुरालाई अनुसन्धान गर्नका लागि पनि अपहरण गरेको मलाई भन्थे । अनुसन्धानले गर्दा (रिहाइमा) ढिलो भएको हो । ढुक्क हुनुहोस् तपाइंलाई हामी मार्दैनौँ भनेर पटक-पटक भन्थे । पैसाको कुरा कहिल्यै गरेनन् ।

पैसाका लागि नभए यति लामो समयसम्म अपहरण गरेर राख्नुको अर्थ पनि देखिँदैन नि ? होइन र ?

मैले भने नि मसँग उनीहरूले पैसाको एकपटक पनि कुरा गरेनन् । उनीहरूको भनाइलाई आधार मान्न हो भने अस्पतालमा भ्रष्टाचार भएको छ रे, त्यही पत्ता लगाउनका लागि अपहरण गरेका रै'छन् । अनुसन्धानमा मेरो केही गल्ती नपाएपछि मलाई छोडेको उनीहरूले बताए ।

हल्ला त तपाईंले फिरौती रकम बुझाउनुभयो भन्न छ नि ?

होइन । पैसाको बार्गेनिड भएको भए म उहिल्यै छुट्थेँ होला । मेरो ज्यान जोगाउनका लागि परिवारले पैसाको त जोहो गरिहाल्थे नि, होइन र ? यो हल्लामा कुनै सत्यता छैन ।

यसबीचमा घरमा फोन सम्पर्क भएन ?

(नजिकै बसेकी श्रीमती शिलुतिर हेर्दै) कतिपटक भयो रे । अँ दुईपटक उनीहरूले सम्पर्क गरेका थिए । म जीवित्तै छु भनेर जानकारी दिन । अरू त केही कुरा हुन पाएन ।

तपाईंको अपहरण प्रकरण माओवादी पार्टीसँग जोडिएर आयो नि । कतै जनता दलको नाममा माओवादीले त अपहरण गरेका होइनन् ?

होइन । म आफैं माओवादी पार्टीको मान्छे । अनि मेरै पार्टीले मलाई किन अपहरण गर्थ्यो र । माओवादीले होइन । मलाई अपहरण गरेको नेपाल हिन्दू जनता पार्टीले हो ।

नौलो नाम भन्नुभयो अपहरणकारी समूहको । कि यही भन्नु भनेर दबाब दिएका छन् ?

होइन । मलाई यही भन्नु भनेर कसैले पनि दबाब दिएका छैनन् । यो पार्टीको बारेमा मैले पनि पहिलोपटक सुनेको हुँ । अपहरण गर्नुअघि मलाई यो पार्टीको बारेमा कुनै पनि जानकारी थिएन ।

अपहरणकारीले के गर्ने भनेर निर्देशन दिएका छन् ?

अँ हँ केही निर्देशन दिएका छैनन् ।

तपाईंलाई अपहरण गरेपछि कति ठाउँमा राखे ?

एकै ठाउँमा राखेनन् । एक दिन दुई-चार मिनेट हिँडाएर अर्कै ठाउँमा लिएर जान्थे । अझ घुमाएर फेरि त्यही ठाउँमा लिएर आउँथे कि जस्तो लाग्छ, त्योचाहिँ जानकारी भएन । आँखामा पट्टी बाँधेको कारण कता हो कता मेसो नै पाइनँ । तर केही समयचाहिँ हिँडाउने गर्थे ।

तपाईंलाई कस्तो व्यवहार गरे उनीहरूले ?

मलाई सधै सम्मान गरेर बोलाउँथे । कहिले डाक्टरसाब भन्थे । कहिले सर भन्थे । भोक लाग्यो होला पनि भन्थे । र, भएको खानेकुरा मीठो-नमीठो ल्याएर दिन्थे । म पनि खान्थेँ । सधैं एउटै डर लागिरहन्थ्यो- बन्दुक पड्काउने हुन् र मलाई मार्ने हुन् कि भनेर । तर, बन्दुक पड्काएको आवाज पनि सुनिनँ । जति दिन उनीहरूसँग बसँे निकै तनावमा बसेँ । अब त मरिने हो कि भनी घरपरिवार, साथीभाइ सबैलाई सम्झेर बस्थेँ । उनीहरूले तपाईंलाई मार्नका लागि यहाँ ल्याएको होइन भनेपछि केही आशा पलाएर आउँथ्यो । म आत्तिएर सोच्थेँ- अरूको पञ्जामा छु । जिन्दगी यस्तै हो । अब र्फकेर घर पुग्दिनँ होला ।

तपाईंको कार पोखरामा र बि्रफकेस घोप्टेभीरमा फालेको जानकारी छ ?

छ । उनीहरूले नै मलाई भनेका थिए- तपाईंको कार घरमा पुगिसक्यो । बि्रफकेस पनि नारायणी नदीको छेउमा फालेका छौँ । नआत्तिनूस् एक-दुई दिनमा त्यो पनि घर पुग्छ भनेर भनेका थिए ।

त्यसो भए त अरू पनि धेरै कुरा गरे होलान्, अरू के-के भने ?

भ्रष्टाचारीलाई कारबाही गर्ने उनीहरूको उद्देश्य रहेछ । केही समयपछि हिन्दूराष्ट्र निर्माणका लागि मोर्चाबन्दी गरेर सार्वजनिक हुने उनीहरूको योजना रहेछ । यही क्यान्सर अस्पतालभित्र पनि उनीहरूका मान्छे छन् रे । यसै भनेका छन् । अरू त खासै केही कुरा भएन मसँग । मैले डरले धेरै कुरा सोध्न पनि सकिनँ ।

तपाईंलाई अन्तिममा कसरी छाडे ?

तीन दिनअघि नै उनीहरूले जानकारी दिएका थिए मलाई छाड्ने भनेर । राति चितवनमा लगेर छोड्छौँ भनेका थिए । म केही बोलिनँ । राति ४ घन्टाजति गाडीमा ल्याएर छोडे । गाडीबाट ओर्लने वेलामा हात मिलाएर बिदाइ पनि गरे । गल्ती भएमा क्षमा है डाक्टरसाब भनेका थिए । वरिपरि हाम्रा मान्छे छन्, ढुक्क हुनुहोस् तपाईंलाई केही हुँदैन पनि भनेका थिए । गाडीबाट ओर्लने वेलामा आधा घन्टा आँखाको पट्टी नखोल्न भनेका थिए । केही समयपछि आँखाको पट्टी खोलेँ । पर बाटोमा बत्ती बलेको देखेँ । वरिपरि पहाड भएकोले निकै डर लाग्यो । चितवन नै होइन कि जस्तो पनि लाग्यो । र, बत्ती बलेको स्थानमा गएँ । त्यहीँको एकजना भाइले घरमा भाइलाई फोन लगाइदिनुभयो र घर आएँ ।

Source :Nayapatrika

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork