?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नम्रता, तिमी कहिले बोल्ने ?
   सरला गौतम
 

Warning: getimagesize(article_uploaded_files/f1ff7Namrata_shrestha.jpg) [function.getimagesize]: failed to open stream: No such file or directory in /home/samu/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/page.php on line 155

तीन पटकसम्म फोनमा कुराकानी भयो नम्रतासँग यो बीचमा। हरेक पटक भद्र र शालीन पाराले प्रस्तुत हुँदै उनले भनिन्, “मलाई फुर्सद हुनासाथ तपाइँलाई फोन गर्छु।” तर अहिलेसम्म गरेकी छैनन्।

केही समयअघिसम्म शहरको चर्चाको विषय थियो, नम्रता भिडियो प्रकरण। यो सुखद् कुरा हो, उनले आत्महत्या गरिनन्, भर नभएको कानुनको उपचार खोजिनन्, र चुपचाप आफ्नो पीडाबाट विस्तारै बाहिर आउने र व्यावसायिक जीवन अगाडि बढाउने प्रयास गरिरहिन्। त्यसैले उनको बारेमा लेखिएको समाचारको सन्दर्भ मानवअधिकार, महिला अधिकार र पत्रकार आचारसंहिता केहीको पनि विषय बनेन।

नम्रताको भिडियोको समाचारले काठमाडौं शहर तातिरहेको बेला म बाजुरामा थिएँ। काठमाडौँ फर्केपछि समाचार खोजेर पढेँ― नेपाली सिनेमाकी चल्तिकी नायिका नम्रता श्रेष्ठ अश्लील भिडियो विवादमा फँसेकी छन्...। अश्लील भन्न खोजिएको भिडियो थियो― नायिका नम्रता श्रेष्ठ र किचमय चित्रकार (डिजे तान्त्रिक) को प्रेमालापको। पहिलो कुरा त, आपसमा प्रेम गर्ने दुई वयस्क व्यक्तिले सहमतिमा राखेको स्वाभाविक र श्लील सम्बन्धलाई अश्लील भन्नु आफैंमा त्रुटिपूर्ण छ। विवाहित किचमयसँग नम्रताको सम्बन्ध बहसको अर्को पाटो होला, तर पनि यो उनीहरूको निजी मामिला हो। निजी जीवनका कुनै क्षणको भिडियो बनाएर राख्नु पनि व्यक्तिहरूको अधिकारको विषय हो, यदि त्यो सार्वजनिक हितविरुद्ध प्रयोग भएको छैन भने।

अश्लील र भद्दा काम त्यसले गरेको छ, जसले त्यो भिडियो चोरेर सार्वजनिक गर्‍यो। अश्लील काम गर्नेलाई प्रोत्साहन गर्दै त्योभन्दा बढी अश्लील काम सार्वजनिक दायित्व बोकेको राष्ट्रिय अखबारले त्यसको समाचार र तस्बिर छापेर गर्‍यो। त्यसैले अश्लील भिडियो होइन, त्यसलाई चोर्ने र सार्वजनिक गर्नेहरू हुन्। ती व्यक्तिको गोपनीयताको हकको सम्मान र सुरक्षा नगर्ने मानवअधिकार र मानवताका विरोधी पनि हुन्।

यस्तै मानवताविरोधी कामले गर्दा केही वर्षअघि नायिका श्रीषा कार्कीले आत्महत्या गरिन्। श्रीषाले अनाहकमा ज्यान फालिन्, त्यसैले उनको बारेमा लेखिएको समाचार मानवअधिकार, महिला अधिकार र पत्रकार आचारसंहिताविरोधी भयो भनेर नारा-जुलुस भए। यद्यपि सिद्धान्त र मान्यता दुवै विषयमा एउटै हुनुपर्ने थियो, तर नम्रताका बारेमा महिलाअधिकार र मानवअधिकारकर्मी कसैले कतै नारा-जुलुस नगरेकाले के जनाउँछ भने या त हामीलाई व्यक्तिकोे निजी कुराको अपहरणको बानी परिसक्यो, या नम्रताले ज्यान फालिनन्; त्यसैले यो बहसको विषय बनेन।

नम्रताको निजी जीवनको हरणविरुद्ध कोही केही नबोल्नुले संवाददाता, सम्पादक, पाठक र अधिकारकर्मी सबै अर्काको पीडामा रमाउने प्रवृत्तिको सिकार भएका त हैनन्? के यो नम्रताले मात्र गुहार माग्नुपर्ने विषय थियो? हो, नम्रता पनि साहसिलो भएर अगाडि बढ्न सकिनन्। तर, हाम्रो जस्तो पितृसत्तात्मक समाजमा नम्रताले त्यतिबेला साहस देखाउन सक्थिन्, जब कानुन जान्ने वकिल, अधिकारकर्मी, राम्रो-नराम्रो जान्ने विश्लेषक उनको पक्षमा कुनै न कुनै तरिकाले अगाडि आउँथे। यो कामका लागि उनीहरूलाई नम्रताको स्वीकृति पनि आवश्यक थिएन।

महिला हिंसाविरुद्धको अभियानलाई बलियो पार्न नम्रताले अगाडि आउनुपर्छ भन्ने लागेर मैले उनलाई बारम्बार सम्पर्क गरेकी थिएँ। उनको मौनताले नै कति गहिरो मानसिक तनाव भोग्नु परेेको होला भन्ने बताउँछ। उनी अगाडि नआए पनि उनको भिडियो बाहिर ल्याउने व्यक्ति र त्यसबारे लेख्ने पत्रिकालाई नैतिक चुनौती दिनु सबै सचेत नागरिकको कर्तव्य हो। के नम्रताले श्रीषाको जस्तो अप्रिय निर्णय नलिएको वा अदालत नगुहारेकाले नै न्यायका लागि बोलेर नथाक्नेहरूका लागि यो बहसको विषय नबनेको हो? यद्यपि केही समयअघि नम्रताले अङ्ग्रेजी दैनिक रिपब्लिका मा आफ्ना कुरा राखिन्। उनको अन्तर्वार्ता पढ्दा सहजै लाग्छ, हाम्रो जस्तो परम्परागत समाजमा आफ्ना कुरा बाहिर ल्याउनमा कति गाह्रो पर्‍यो भन्ने। त्यस्तै बुझन सकिन्छ, आचारसंहिता ख्याल नगरिकन गरिएको गैरजिम्मेवार पत्रकारिताबाट उनलाई कतिसम्मको मानसिक यातना भोग्नु पर्‍यो भन्ने। यद्यपि यति कुरा गरेर पनि आफूमाथि भएको अन्यायको विरुद्धमा कानूनी लडाइँको बारेमा भने मौन नै बसिन्।

नम्रता प्रकरण महिला हिंसाको ठूलो उदाहरण हो। महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय महासन्धिको पक्ष राष्ट्र नेपालले सन् २०१० लाई महिला हिंसाविरुद्ध वर्षको रूपमा मनाउने घोषणा गरेको छ। महिला हिंसाविरुद्ध बोल्नेहरू थरीथरीका अभियान चलाइरहेका छन्। तर महिलाको शरीर माथिको, यौनिकताको र अन्य अधिकारमा बहस गर्ने कसैका लागि पनि विषय बनेन नम्रताले सहेको मानसिक हिंसा। एउटी निर्दोष उदीयमान नायिकाले अनाहकमा भोग्नु परेको मानसिक यातनाविरुद्ध नेपाली समाजको यो मौनताले दण्डहीनतालाई बल पुर्‍याएको छ। अधिकारकर्मीहरूको मौनताले नेपाली महिला र मानवअधिकार आन्दोलन कति जुझ्ारु र स्वतस्फूर्त रहेछ भन्ने पनि छर्लङ्ग पारेको छ। नेपाली समाजको उन्नतिका लागि पत्रकारिता गर्नेहरूले श्रीषाको फोटो र नम्रताको भिडियोको समाचार छापेर समाजलाई कति उचाइमा पुर्‍याए, उनीहरूसँग जवाफ छ?

गोपनीयताको हक संविधान र कानूनले व्यक्तिगत अधिकारको रूपमा सुरक्षित गरेको कुरा हो। कुनै पनि पेशाको आड लिएर कानून र मानवताविरोधी काम गर्न पाइँदैन। अन्याय गर्ने र सहने दुवै दोषी हुन्छन्। स्वयम् नम्रताको मौनताले पनि कानून विरोधीलाई नै सघाएको छ। नेपाली समाज बदलिएको र महिलाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन आइरहेको पनि छ। नम्रताले यसको लाभ उठाउनुपर्छ। फेरि कुनै श्रीषाले समाचार छापिएको कारण मर्नु नपरोस् भन्नका लागि समयले नम्रताको भूमिका खोजेको छ। नम्रता, भन तिमी कहिले बोल्ने?

Himal Khabar

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
अखण्ड नेपाल
धोबीघाटमा धोबीहरुको भेला र प्रचण्डलाई धुने कसम
पहिचान विरूद्ध केही भ्रम
हामी भित्रको इच्छा शक्तिलाई कार्यन्वयन गरेमा संसार भरि नमुना बन्न सक्दछ NRN कोरिया
कोरियामा नेपाली कामदारहरुको आवाज र मुकदर्शक दूतावास
जुन मानिस जहाँ सर्वप्रथम बसोबास गरेको हुन्छ त्यस ठाँउको नाम पनि उसले आफ्नै भाषामा राखेको हुन्छ
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork