?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

उद्यमी भनेको मौरी हो
   कर्ण शाक्य
 

Warning: getimagesize(article_uploaded_files/6977bimage.php.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

नेपालको सन्दर्भमा कर्ण शाक्य बिरलै भेटिने प्रतिभा हुन्। बाबु-बाजेको परम्परागत सुन-चाँदी व्यवसायबाट मनग्गे आम्दानी भए पनि उनले ४ सय २० रुपैयाँ प्राप्त हुने वन अधिकृतको सरकारी जागिर खाएर करियर प्रारम्भ गरेका थिए। ५  वर्ष वन अधिकृतका रूपमा देशका जंगल चहार्दा-चहार्दै उनको जीवनमा परिवर्तन आयो। नेपालको ठूलो सम्पत्ति भनेको प्रकृति हो भन्ने कुरा बुझेपछि उनले यसैलाई व्यवसाय बनाउने निर्णय गरेर पर्यटन क्षेत्रमा हात हाले। चितवनको  जंगललाई राष्ट्रिय निकुञ्जमा परिवर्तन गर्नुपर्छ भन्ने प्रस्ताव उनकै हो। त्यसैले उनले यसको सीमाङ्कन गर्ने जिम्मा पाए। राष्ट्रिय निकुञ्जको प्रस्ताव पूरा भएपछि हौसिएका कर्णले लगत्तै अन्नपूर्ण हिमालय क्षेत्रलाई पनि संरक्षण क्षेत्रमा  परिवर्तन गर्ने अवधारणा ल्याए। अहिले यो विश्वकै प्रमुख गन्तव्यमध्ये एक हो। त्यसपछि भिजिट नेपाल-१९९८ को योजनाकारका रुपमा उनको अर्को प्रस्ताव आयो। भिजिट नेपाल-९८ पनि सफल भएपछि उनले क्यान्सर पीडितहरूको  उपचारका लागि एक खिल्ली चुरोटमा एक पैसा कर लगाएर त्यसको आम्दानीले सुविधासम्पन्न क्यान्सर अस्पताल निर्माण गर्नुपर्ने प्रस्ताव ल्याए। यो प्रस्ताव पनि सरकारले स्वीकार गरेपछि भरतपुर र भक्तपुरमा आधुनिक क्यान्सर अस्पताल  सञ्चालन भैरहेको छ। केशरमहलस्थित स्वप्न बगैंचा, रत्नपार्क वरपरको चौडा सडकजस्ता कर्णका दर्जनौं योजना पनि पूरा भैसकेका छन्। यसबाहेक उनको परिचय चर्चित लेखक एवं चलचित्र निर्मातासम्म फैलिएको छ। 

कर्ण शाक्य धेरैतिर छरिएको छ, पर्यटन व्यवसायी, संरक्षणविद्, वातावरणवादी, विकासविद्, लेखक आदि । आखिर तपाईं के हो ?

म पर्यटन व्यवसायी नै हुँ । पुछारमा जे-जे झुन्ड्याए पनि मेरो दाल-भात पर्यटन व्यवसायबाट मात्र चल्छ । प्रकृतिको संरक्षण एवं विकासका काम गर्दा देशको विकास भयो होला, तर त्यसले पर्यटनको विकासलाई नै सहयोग गर्‍यो । यस  अर्थमा घुमिफिरी मैले आफ्नै रोजीरोटी चलाएको छु । 

मानिसले कर्ण शाक्यका बारेमा कुरा गर्दा नेपालको विकासका लागि ठूलो त्याग गरेको भन्दा रहेछन्, कस्तो लाग्छ ?

धेरै ठाउँमा आफ्नै अघि यस्तो प्रशंसा सुन्छु, तर सत्य के हो भने पहिलोपल्ट जागिर छाडेर ठमेलमा गेस्ट हाउस खोल्दा मैले पर्यटनको विकास गर्छु भन्ने उद्देश्यले होइन, आफ्नो पेट पाल्ने उद्देश्य लिएको थिएँ । अमेरिका बस्ने प्रस्ताव आउँदा म गइनँ, यसको अर्थ नेपालको मायाले अमेरिका नगएको होइन । त्यहाँ दोस्रो दर्जाको नागरिक भइन्छ, बरु नेपालमा जस्तो भए पनि व्यवसायी भइएको छ भनेर नगएको हुँ । यदि कुनै लेखकले देशका लागि लेख्छु, कुनै नेताले देशका  लागि जेल जान्छु भन्छ भने त्यो बिल्कुल झूटो कुरा हो । 

देशका लागि जो काम गरिरहेका छन्, त्यो देखावटी मात्र हो, भन्न खोज्नुभएको ?

देशको खाँटी सेवक को हो, थाहा छ ? किसान, मजदुर, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू, साधारण व्यवसाय गरेर पनि कर तिर्ने व्यापारीहरू । यी हुन्, देशका असली सेवक । ठूलो पदमा हुनेबित्तिकै, मजस्तो ठूलो गफ गर्नेबित्तिकै  उसलाई देशको सेवक भन्यो भने वास्तविक सेवकहरूको अपमान हुन्छ । 

यो अलि बढी आदर्शवादी कुरा भएन ?

यथार्थ नै यही हो । यहाँ त जसले चर्को भाषण गर्‍यो, जो जेल-नेल गयो, जसले पैसा कमायो उसैलाई ठूलो मानिन्छ । आज देश जुन स्थानमा पुगेको छ, यो ठाउँमा पुग्नुको कारण नै काम गर्नेहरूको सम्मान नभएर हो । झन्डा बोक्नेहरू,  गाडी चढ्नेहरू, बन्द हड्ताल गर्नेहरू देशका सेवक होइनन्, चुपचाप आफ्नो काम गर्नेहरू, कुनै गुनासो नगरी पसिना चुहाउनेहरूचाहिँ देशका सेवक हुन् । 

त्यसो भए तपाईं आफूलाई कुन वर्गमा राख्नुहुन्छ ?

म देशलाई कर तिरेर पर्यटन व्यवसायमा लागेको व्यक्ति हुँ । मेरा लागि पैसा र समय धेरै महत्वपूर्ण छ । म आफ्नो जीवन सकेसम्म खुसीसाथ बिताउन चाहन्छु । यही खुसी रहन मैले विभिन्न काम गरें हुँला, तर म देशसेवा गर्न, पर्यटनमै  जीवन अर्पण गर्न वा देशको मायाले मरिमेटेको होइन । यस्ता गम्भीर शब्दको प्रयोग गर्दा ती शब्दकै अपमान हुन्छ । म एउटा असल मानिस हुन सकिन्छ कि भन्ने प्रयासले मात्र काम गरिरहेको छु । 

त्यसो भए त चुपचाप पर्यटन व्यवसाय मात्र चलाएको भए भैहाल्थ्यो, दशतिर किन हात हाल्नुपर्‍यो ?

त्यसको कारण छ । बलेको मैनबत्तीको मुनी अँध्यारो हुन्छ । यदि मैले छेउमा अरू मैनबत्ती बाल्न सकिनँ भने आफ्नो अँध्यारो हटाउन सक्दिनँ । मानौं म देशको चर्चित व्यवसायी भएँ, अर्बौं-अर्ब पैसा कमाएँ, तर देश र समाज अघि बढ्न  सकेन भने म त्यही खत्तम देश र समाजको नागरिक भएँ । मैले कमाएको पैसा र प्रतिष्ठाको के अर्थ भयो ? आफूलाई माथि राख्न पनि समाज र देशलाई माथि उठाउनुपरेन ? 

जे होस्, तपाईंले ल्याएका नयाँ-नयाँ योजनाले देश विकासमा महत्वपूर्ण योगदान गरेको छ, यस्तो सोच कहाँबाट आउँछ ?

आँखा चिम्लेर शान्तिसँग बस्दा मलाई आफ्नो टाउकोको पछाडिबाट कुनै सन्देश आइरहेको महसुस हुन्छ । जस्तो नेपालको पर्यटनको मुख्य बिन्दु भनेको यहाँको प्रकृति र संस्कृति हो । यो प्रकृति बचाउन के गर्नुपर्छ भनेर सोच्दा चितवनको  जंगललाई राष्ट्रिय निकुञ्ज बनाउनुपर्छ भन्ने सोच आयो, अन्नपूर्ण क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने सोच आयो । यसलाई प्रवर्द्धन गर्न भिजिट नेपाल मनाउनुपर्छ भन्ने योजना बन्यो । जब मेरा श्रीमती र छोरीको मृत्यु क्यान्सरले भयो, तब मात्र  मलाई थाहा भयो कि नेपालमा क्यान्सरको उपचार हुँदो रहेनछ । क्यान्सर अस्पताल निर्माण गर्न सरकारसँग पैसा छैन । त्यसो भए जसले चुरोट खान्छ, उसले नै क्यान्सर अस्पतालको निर्माण गर्नुपर्छ । एक खिल्ली चुरोटमा एक पैसा कर  लगाएपछि अहिले त्यही पैसाले क्यान्सर अस्पताल चलिरहेको छ, अर्थात् जति पनि राम्रा काम भए, मेरै व्यक्तिगत घटनाबाट प्रभावित भएर आएँ । हरेक व्यक्तिमा यस्तो घटना घटिरहेकै हुन्छन् । यत्ति हो, कसैले त्यसलाई महसुस गर्छ र  अघि बढ्छ । कोही त्यस्ता सन्देशलाई महत्व दिँदैनन् । 

तपाईंले म पैसा र समयका लागि बाँच्छु भन्नुभयो, यसको अर्थ जीवनमा अरू कुराको महत्व हुँदैन ?

म मात्र होइन, सबैले पैसा र समयलाई महत्त्व दिनुपर्छ । पसिना बगाएर कमाएको पैसा जसले जथाभावी खर्च गर्छ, उसलाई ईश्वरले पनि माफ गर्दैनन्, अनि यति अमूल्य जीवनमा पाएको समय त्यसै खेर फाल्दा पनि त्यसको अपमान  हुन्छ । अहिले तपाईंले मसँग दुई घण्टाको समय माग्नुभएको छ, यदि यो दुई घन्टामा केही राम्रा कुरा हुन सक्छन्, भने यो दुई घन्टा सँगै बस्नुको अर्थ छ, होइन भने अर्काको कुरा काटेर, अरूलाई गाली गरेर, आफ्नो आत्मप्रशंसा गरेर किन  समय फाल्ने ? मैले यसलाई जीवनकै सूत्र बनाएको छु । म बैठक, गोष्ठी र प्रवचनहरूमा बिनाअर्थ लामा-लामा तर्क गरेर समय खर्च गरेको देख्नै सक्दिनँ । दिनभरि तास र जुवा खेलेर, चौतारामा बसेर विना अर्थका तर्क गरेर जीवन व्यथर् मा बिताउनु हुँदैन भन्छु । यसको अर्थ म कन्जुस होइन । जीवनमा जसले पैसा र समयको महत्व बुझ्दैन, उसको सबै काम महत्वहीन हुन्छ । 

त्यसो भए यति धेरै पैसा कमाउनुभएको छ, त्यो पैसाको के अर्थ ?

के अर्थ ? लौ सुन्नुहोस् । एकपल्ट म आँखामा समस्या आएर तीलगंगा अस्पताल गएको थिएँ । त्यहाँको व्यवस्थापन, मानिसहरूप्रति गरिने व्यवहार एवं उपचार शैली देखेर म प्रभावित भएँ । आँखामा औषधि हालेकाले पोलिरहेको थियो । आँखा चिम्लिएर मैले सोचें, 'कमाएको पैसा त यस्तो काममा खर्च गर्नुपर्छ ।' मैले तुरुन्तै चेक काटेर सहयोग गरें । एक महिनापछि मलाई अस्पतालबाट फोन आयो । मेरो पैसाले कुन-कुन दुर्गम गाउँका कसकस्का आँखाको अप्रेसन भयो  त्यसको नामावली मलाई सुनाइँदै थियो । मैले दुई-चार लाख जुवामा उडाउन सक्थें, तर त्यहाँ दिँदा त्यसले कतिको उपचार भयो ? कमाएको पैसाको महत्त्व यही हो । म यसैगरी खर्च गर्छु । 

समयका बारेमा पनि विशेष केही घटना छ कि ?

किन छैन । आज तपाईं 'सोच', 'खोज' र 'म सक्छु' पुस्तक पढेर मेरो अन्तर्वार्ता लिन आउनुभएको छ । म एउटा व्यवसायी हुँ, धेरै व्यस्त हुन्छु, तर पनि समय व्यवस्थापन गर्दा तपाईंहरूजस्तो बौद्धिक व्यक्तिलाई पनि प्रभाव पार्ने पुस्तक  निस्कन सक्दो रहेछ नि । एउटा सानो कमिलाले कति ठूलो प्रयास गरेर खानेकुरा ओसार्छ । त्यो त देख्नुभएकै होला । हाम्रो प्रत्येक पल महत्वपूर्ण छ । यही नै हो समयको महत्त्व । 

लेखक हुने रहरचाहिँ कहिलेदेखि जाग्यो ?

रहरले लेखक भइन्छ र ? साँच्चै भन्ने हो भने म लेखक नै होइन । त्यो त एक्सिडेन्टली भएको हुँ, जुन बेला 'सोच' लेख्ने सोच आयो, त्यो बेला मानिसहरू द्वन्द्वका कारण निराश थिए । यो देशमा केही हुँदैन, सबै बेइमान छन् जहाँ पनि  यही निराशा, जहाँ पनि यही तिक्तता । त्यो देखेपछि लाग्यो, एउटा मानिस गरिब भएर केही हुँदैन, तर निराश भयो भने बर्बाद हुन्छ । देश गरिब भयो भने त्यसलाई धनी बनाउन सकिन्छ, तर हीनताबोधमा गयो भने त्यसलाई उकास्न समय लाग्छ । यो कुरा बुझेपछि मलाई लाग्यो, एउटा यस्तो पुस्तक लेख्नुपर्छ,  जसले मानिसमा सकारात्मक भाव जगाओस् । म सकारात्मक भावमा बाँच्ने मानिस, आफ्ना अनुभव व्यक्त गर्दै जाँदा पुस्तक तयार भयो । 

अहिले तपाईंको पुस्तकको बिक्री १ लाख पुगेछ, मानिसले सोच र खोज पुस्तक किन यतिविधि मन पराए ?

किनभने मैले मनले लेखें । म असनमा हुर्किएको नेवार, १२ वर्षको उमेरसम्म त नेपाली पनि बोल्न आउँदैनथ्यो । अहिले पनि एक पेज लेख्दा आधाआधीमा सुधार गर्नुपर्छ, तर मनको भाषा सबैले बुझ्छन् । पुस्तक लेख्दै जाँदा म जहाँ-जहाँ  रोएको थिएँ, पाठक पनि त्यहीँ रोए । म जहाँ जहाँ खुसी भएँ, पाठक पनि खुसी भएँ, अर्थात् पाठकको मनमा छोइएछ । मानिस दुःखी भएर बाँच्न चाहँदैन, आशावादी हुन चाहन्छ, ऊ प्रगति गर्न चाहन्छ । ऊ सपना देख्छ र त्यसलाई पूरा  गर्न चाहन्छ । मेरा पुस्तक ती सबैका प्रतिनिधि बने । मेरो पुस्तक पढेपछि मानिसलाई लाग्यो, नेपालमा धेरै गर्न सकिन्छ । यहाँ धेरै सकारात्मक कुरा छन् । 

लेखकको परिचय बनेपछि मानिसलाई लेख्ने भोक लागिरहन्छ, अब त तपाईं फसिसक्नुभयो, के गर्नुहुन्छ ?

म लेख्नका लागि लेख्दिनँ । पहिले पत्रपत्रिकामा लेख्थे, अहिले त्यो पनि छाडिदिएँ । किन थाहा 

छ ? किनभने मैले लेखेको देशका एक प्रतिशत व्यक्तिले पनि पढ्दैनन् । जो पढ्न सक्छन्, उनीहरू आफैं जानकार छन् । जथाभावी लेखेर आफ्नो पनि समय बर्बाद, पढ्नेको पनि बर्बाद । त्यसो भए किन लेख्ने ? तर पनि 'मोज' नामक  पुस्तक लेख्दैछु । 

भर्खरै भन्नुभयो किन लेख्ने, समयको बर्बादी ? फेरि भन्नुहुन्छ, मोज लेख्दैछु, कुरा अलि बुझिएन नि ?

जसले पढ्नुपर्ने हो, उनीहरूले मैले लेखेको पढ्नै पाउँदैनन् । किनभने उनीहरूसँग न त किताब किन्ने क्षमता छ, न त फुर्सद नै छ । राम्रोसँग काम गरिरहेका छन्, देशको विकास गरिरहेका छन् । जसले मेरो पुस्तक पढ्छन्, उनीहरू काम  गर्दैनन्, केवल बौद्धिक बहस गरेर समय बर्बाद गर्छन्, तर मोज पुस्तकचाहिँ लेख्दैछु । किनभने मोज शब्दको प्रयोग गलत अर्थमा भयो । मानिस खुसी हुन चाहन्छ, रमाइलो गर्न चाहन्छ । तर यसको गलत रूपमा व्याख्या भयो । मोजलाई  बुझाउन सकियो भने युवाहरूलाई कसैले गाली गर्दैनन् । सबैले बुझ्नेछन्, मोज गर्नु नराम्रो होइन । 

पुस्तक लेख्दालेख्दै चलचित्र निर्माण थाल्नुभयो, किन ?

किनभने पुस्तक पढ्ने निश्चित वर्ग हुँदो रहेछ, चलचित्र सबैले हेर्दा रहेछन् । पुस्तक निश्चित उमेरसमूह र शिक्षित समुदायमा पुग्छ । चलचित्र सबै समुदायमा पुग्छ । मेरो उद्देश्य मानिसमा सकारात्मक भाव जगाउने हो । म सबै वर्गमा  सकारात्मक भाव जगाउन चाहन्छु, त्यसैले पुस्तकभन्दा चलचित्र सशक्त माध्यम हुन्छ भन्ने विश्वास छ । 

चलचित्रले मानिसमा परिवर्तन ल्याउने भए वर्षमा पचासौं चलचित्र बन्छन्, देश त चरित्रवान् भैसक्नुपर्ने होइन र ?

एक दिन म स्वयम्भूमा घुमिरहेको थिएँ । दुई-चार जना सडक बालबालिका राजेश हमाल र निखिल उप्रेतीको नक्कल गर्दै फाइट खेलिरहेका थिए । त्यो यति राम्रो थियो, लाग्थ्यो उनीहरूले वर्षौं फाइटको तालिम लिएका छन् । चलचित्रले  उनीहरूलाई त्यही सिकायो, त्यही गर्न सक्ने भए । यदि चलचित्रले उनीहरूलाई दिमाग चलाउन सिकाएको उनीहरू त्यहाँ दिमागी कसरत गरिरहेका हुन्थे । संसारभरि हेर्नुहोस्, चलचित्रले मानिसलाई ठूलो प्रभाव पार्छ । त्यसैले त्यस्तो  चलचित्र बनाउनुपर्छ जसले मानिसलाई नयाँ कुरा सोच्न बाध्य बनाओस् । मेरो चलचित्रले पढ्न नसक्ने वा नपढ्ने दुई चार मानिसलाई परिवर्तन गर्न सक्यो भने पनि त्यो चलचित्रको उद्देश्य पूरा हुन्छ । 

दुई-चार मानिस परिवर्तन गर्न ६० लाख रुपैयाँ लगानी गर्नु मुर्खता होइन ?

हेर्नुहोस्, मैले अघि नै भने म पैसा र समयको ठूलो ख्याल राख्ने मानिस हुँ । पैसा र समय लगाउँदा धेरै विचार पुर्‍याउँछु । मैले हात हालेको प्रोजेक्ट अहिलेसम्म असफल भएको छैन, यो पनि सफल हुन्छ । मेरो चलचित्र विद्वान्ले पनि हेनेर् छन्, आममानिसका साथै सडक बालबालिकाले पनि हेर्नेछन् । 

अरू चलचित्र र तपाईंको चलचित्रमा के फरक हुन्छ ?

तिहारपछि रिलिज हुँदैछ, त्यसपछि 'पल' अरू चलचित्रभन्दा कति फरक छ, त्यही बेला महसुस गर्नुहुनेछ । अहिले यति भन्न सक्छु, 'पल' यस्तो चलचित्र हो, जुन चलचित्र विश्व सिनेमामा पनि विरलै बनेको होला । त्यसको कथा र  प्रस्तुतीकरण अहिलेका चलचित्रभन्दा धेरै फरक छ । यो सबैले बुझ्छन्, रमाइलो मान्छन् तर छक्क पर्छन् । 

यसको कुनै चर्चा पनि छैन, पोस्टर पनि छैन, प्रचार प्रसार बिना पनि चलचित्र चल्छ ?

म आफ्नो व्यवसाय वृद्धि गर्न सहर फोहोर हुने गरी पोस्टर टाँस्ने कामको विपक्षमा छु । आफ्नो स्वार्थका लागि सहरका भित्ता फोहोर बनाउने हक कसैलाई छैन । म पत्रपत्रिकामा विज्ञापन दिन्छु । सानो पुस्तिका बाँड्छु, तर सहर फोहोर  बनाउँदिनँ । यसको प्रचारको शैली भिन्न छ, किनभने चलचित्र पनि भिन्न छ । 

तपाईंको सोच्ने शैली सकारात्मक छ, राजनीतिमा किन जानुहुन्न ?

म उद्यमी नै ठीक छु । किनभने एक जना नेताले सय व्यक्तिलाई बेरोजगार बनाउँछ । व्यवसायीले सय जना बेरोजगारलाई रोजगारी दिन्छ । व्यवसायी मौरी हो भने नेता झिंगा हो । मौरीले जीवनभरि मह बनाउँछ, आफू पनि खान्छ, अरू लाई पनि मह नै ख्वाउँछ । उसले फूलबाट रस चुस्छ, तर फूल बिगार्दैन । बरु त्यसको पराग फैलाएर फूलको बोट वृद्धि गर्छ । जतिसुकै डुले पनि साँझ घारमा र्फकन्छ । जीवनभरि मह पार्ने मौरी मर्दा पनि त्यसबाट मैन उत्पादन हुन्छ ।  व्यवसायी र मौरी एउटै हुन्, तर झींगा... ।

 

 

Source: Ekantipur

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork