?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

'एमाले-माओवादी सम्झौताको अर्थ छैन
   एमाले नेता केपी शर्मा ओलीसँग गोपाल खनाल र दुर्गा खनाल
 

Warning: getimagesize(article_uploaded_files/8ff00kp_20101003105757.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

नवौंपटकको चुनावबाट पनि मुलुकले प्रधानमन्त्री पाएन । जिम्मेवार नेताको हैसियतमा तपाईंलाई अप्ठेरो महसुस हुँदैन ?

राजनीतिक नेताहरूको ताल देख्दा अलिअलि अप्ठेरो लाग्छ । आन्तरिक उद्देश्य देख्दा अथवा शब्द होइन यथार्थ उद्देश्य बुझ्दा अप्ठेरो लाग्छ । जनताले यो बुझ्लान् र सबै उस्तै हुन् भन्लान् कि भन्ने पीर पनि लाग्छ ।

अप्ठेरो महसुस भए प्रधानमन्त्री चयनमा कुनै भूमिका खेल्नु पर्दैन ?

मैले त सहयोगीको भूमिका खेल्ने हो । म त्यसबारे निर्णय गर्ने ठाउँमा छैनँ । सही ढंगले राष्ट्रिय राजनीति अगाडि बढोस्, अन्य सामाजिक मुद्दा टुंगो लाग्न सकून् र संक्रमणकाललाई टुंग्याएर जान सकौं भन्नेमा मेरो अधिकतम प्रयास छ ।

त्यसो भए दसैंतिहारअघि सरकार बन्छ कि बन्दैन ?

दसैंतिहारसम्म सरकार परिवर्तनको सम्भावना देख्दिनँ । सहमति बनाउन नेताहरू तयार नभएकाले यस्तो भएको हो । एउटाले अर्कालाई मान्दैनन् अनि सहमति कहाँबाट हुन्छ ?

एमाले र माओवादीको तीनबुँदे सम्झौताप्रति कांग्रेसले शंका गरेको छ । कांग्रेस महाधिवेशन भएकै बेला किन सम्झौता गर्नुभयो ?

असोज १ गते भएको तीनबुँदे सम्झौताको खासमा केही अर्थ छैन जुन सम्झौताले पुष्पकमल दाहालको उम्मेदवारी फिर्ता हुने सहमति गरेको

छ । एमालेले आफू उम्मेदवारीबाट अलग भएपछि कांग्रेसलाई जिताएर खेल टुंग्याइदेला भन्ने माओवादीको जुन चिन्ता थियो त्यसैले उसलाई उम्मेदवारी लिन कठिन भएको  थियो, त्यो कठिनाइ नपरोस् भन्नका निम्ति यसै प्रक्रियामा एमाले पनि सरिक हुँदैन भन्ने सहमति गरेका हौं । यो सहमति माओवादीले पनि कार्यान्वयन गर्‍यो र हामीले पनि गरिरहेका छौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि उम्मेदवारी फिर्ता लिएर अचम्मै गरे । माओवादीले भनेको, लेखेको, सम्झौता गरेको कुरा पालना गर्‍यो भने त्यो अनौठो हो तर यसपटक अनौठो गर्‍यो । माओवादी धन्यवादको पात्र छ ।

तर राष्ट्रिय सहमतिका लागि आवश्यक अर्को पक्ष कांग्रेस त त्यहाँबाट हट्यो नि ?

हटेको छैन । त्यस सम्बन्धमा कुनै भ्रम छैन र हुनुपर्ने कारण पनि छैन । उम्मेदवारी किन फिर्ता लिइयो भन्ने लाग्छ भने अरूले पनि फिर्ता लिए भइहाल्यो । उम्मेदवारी फिर्ता लिएकामा पीर, चिन्ता लिनुपर्ने कुनै कारण छैन । उम्मेदवारी फिर्ताका सम्बन्धमा कांग्रेसले नबुझेर होइन, बुझेरै त्यस्तो भाषा प्रयोग गरेको हो । एमाले-माओवादीको सहमति कार्यान्वयन भयो तर यो सहमति उम्मेदवारी फिर्ता लिएपछि त्यतिबेरै सकियो । अब अर्को सहमतिबिना हामी निर्वाचनमा भाग लिन जाँदैनौं भन्ने कुरा कार्यान्वयन भइरहेकै छ । माओवादीले भाग नलिने भनेको छ । माओवादीलाई म यस सम्झौताको तर्फबाट बन्धनमुक्त गरिदिन चाहन्छु । माओवादीले त्यो सम्झौतामा त्यसो भनिएको भए तापनि निर्वाचनमा भाग लिन पाउँछ र सक्छ ।

कसरी सक्छ ?

सक्छ । सम्झौता तोडेको आरोप हामी लगाउँदैनौं तर प्रश्न यो मात्र होइन, शान्ति स्थापनाको हो । शान्ति स्थापना र संविधान लेखनको मुख्य कुरामा जान आवश्यक छ । जेठ १४ गते केही मिनेटभित्रै संविधानसभाको आयु समाप्त हुँदै थियो । त्यो माओवादीकै कारणले समाप्त हुँदै थियो । माओवादीले संविधानसभाको आयु थप्नेमा सहमति नगरेर समाप्त गर्दै थियो । हाम्रो ठूलो प्रयासले त्यसलाई जोगाइयो । थप एक वर्षमा संविधान बनाउन सकिएला कि भनेर माओवादीलाई मनाउन हामी लागेका थियौ । अब त्यसमा भएका अरूले गर्नुपर्ने कुरा कार्यान्वयन भइसके तर एक बुँदा किन कार्यान्वयन हुँदैन ? त्यस सम्झौतामा  राष्ट्रिय सहमति कायम गर्न तत्पर हुने भावनाको कदर किन हुँदैन ? संविधानसभाको एक वर्ष म्याद थप्नका लागि मात्र थपिएको होइन, शान्ति र संविधानलाई टुंगो लगाउनका लागि हो । त्यतातर्फ अहिलेसम्म ध्यान गएन । अबको चार महिनामा पनि त्यसतर्फ ध्यान गएन भने पछिल्लो चार महिनाको कुनै अर्थ हुँदैन । त्यो पछिल्लो चार महिनालाई सार्थक बनाउने अबको चार महिनाको हो । गएको चार महिना निराशाजनक छ । अब बीचको चार महिना सकारात्मक दिशामा अघि बढेन भने निरर्थक हुन्छ । त्यसैले म्याद थप्ने बेलामा भएको सहमति कार्यान्वयनका लागि माओवादी तयार हुनुपर्छ ।

लडाकु समायोजनमा माओवादी लचिलो भएको संकेत देखिएको छ नि ?

सरकारको नेतृत्व पाउनका लागि माओवादी लचक भएजस्तो गर्छ, नागार्जुन पनि जान्छ, (जब कि) अस्ति राजतन्त्रको अस्थिपञ्जर निकाल्दै थियो ।

यो लचक पनि त्यसकै लागि हो त ?

अवश्य त्यसकै लागि हो । प्रधानमन्त्री छानिएको छैन, त्यसैले आफू छानिनका लागि उसको छलकपट हो ।

छलकपट नै रहेछ भने पनि शान्ति प्रक्रिया टुंगियो र संविधान बन्यो भने त मुलुकलाई फाइदा भएन र ?

सकारात्मक संकेतजस्तो लाग्ने यी जुन छलकपट छन् प्रधानमन्त्री हुने उद्देश्यले प्रेरित भएका कपटपूर्ण खेल हुन् । व्यवहारले अन्यथा प्रमाणित गरोस् । त्यसो भएमा बाहेक यस्तो छलकपटमा अलिअलि विश्वास गर्नु र धेरै अल्मलिनुपर्ने कारण छैन ।

माओवादीसँग तीनबुँदे सहमति गर्दा तपाईं आफैं हुनुहुन्थ्यो, दुई दलको उच्च नेतृत्वले गरेको सहमतिलाई छलकपट मात्र भन्न मिल्छ ?

मैले त्यो सहमति किन गरेँ भने पालना नभए यथास्थितिमा बस्ने हो, पालना गरे सकारात्मक हुन्छ भनेर हो । त्यसकारण सहमति गर्नुमा हानिनोक्सानी थिएन । हामीले माओवादीलाई उम्मेदवारी सम्मानजनक रूपमा फिर्ता लिन बाटो दिएका हौं । भर्‍याङ नदिँदा बार्दलीबाट हाम फाल्थ्यो, हामीले भर्‍याङ दियौं ।

समझदारीअनुसार कांग्रेसले उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको प्रधानमन्त्री खोज्नुपर्ने होइन र ?

उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने भनेकोे मात्र हो, बाध्य पारिएको होइन । फिर्ता लिने, नलिने उसको खुसीको कुरा हो । जस्तो पुष्पकमल दाहालले उम्मेदवार फिर्ता लिने, नलिने उहाँको खुसीको कुरा थियो, त्यस्तै रामचन्द्र पौडेलले पनि फिर्ता लिने नलिने, उहाँको आफ्नो कुरा हो तर जसरी सभामुखकहाँ गएर उम्मेदवारी रद्द गराइदिनुपर्‍यो, प्रक्रियाको अन्त्य गराइदिनुपर्‍यो भन्ने गैरकानुनी, संवैधानिक, अलोकतान्त्रिक हास्यास्पद आग्रह, अनुनयविनय भयो, त्यो अनुचित र अनुपयुक्त छ ।

प्रक्रिया अन्त्य गराउन त एमालेकै नेताले पनि सभामुखलाई आग्रह गरे । एमालेको धारणा नै होइन यो ?

मैले कसैप्रति संकेत गरेको होइन । मैले लोकतान्त्रिक संसदीय अभ्यास, कानुनको परिपालन र कानुनीराज, लोकतन्त्रका आधारभूत मल्यमान्यताको पक्षपोषण गरेको हो । हामी सहमतिको कुरा गर्छौं भने उम्मेदवारी खारेज गरिदिएर सहमति किन ? लडाइँ नै गर्नु छ भने त घोषणा गरे भइहाल्यो नि र द्वन्द्व बढाएर सहमति हुँदैन । पेलेर सहमति हुन्छ ? यस्तो त राणाशासनमा हुन्थ्यो । सहमतिका लागि बलजफ्ती गर्ने सहमति होइन । त्यसकारण नेपाली कांग्रेसलाई हामी बलजफ्ती गर्दैनौं । राष्ट्रिय सहमतिमा आउन सम्झाउँछौं, आग्रह गर्छौं ।

एकजना उम्मेदवार बारम्बार लडिरहनुभन्दा कांग्रेस समझदारीमा आएर नयाँ प्रक्रियामा जाँदा राम्रो हुन्थ्यो होला नि त ?

किन नयाँ प्रक्रियामा जाने ? नयाँ प्रक्रियामा जाँदा कोको उम्मेदवार हुने, त्यो पहिले निर्णय गरौं न । को प्रधानमन्त्री हुने, त्यो पनि टुंगो गरौं । प्रधानमन्त्रीको राजीनामापछि दुई घन्टामा सहमति हुन्छ, शान्ति प्रक्रिया, संविधान निर्माणका सबै कुरा टुंगिन्छन् भनेर कराएर देशभरि ध्वनि प्रदूषण गर्नेहरू कहाँ गए ? अहिले पनि राष्ट्रिय सहमतिका नाममा सहमति हुन नदिनेखालका प्रयास उचित हुँदैनन् । राष्ट्रिय सहमति उम्मेदवारी फिर्ता लिएर वा नलिएर पनि गर्न सकिन्छ । रामचन्द्र पौडेलेकै नाममा राष्ट्रिय सहमति हुने भए उम्मेदवारी फिर्ता नलिए हुन्छ वा कांग्रेसले अरू एमाले, माओवादीसँग सहमति गरे पनि सहमति हुन सक्छ । त्यसपछि उम्मेदवारी फिर्ता लिएर ताजा प्रक्रिया थाल्नुपर्छ ।

तपाईंको धारणा पौडेलले फिर्ता लिनुअघि सहमति होस् भन्ने हो वा पौडेलकै नाममा सहमति गरौं भन्ने हो ?

सहमति कायम गर्न सकिन्छ । एमालेको तर्फबाट म भन्दै छु हतियारसहितको कारणले गर्दा माओवादीले नेतृत्व गर्न पाउँदैन भनेको हो । त्यस बाहेककामा हामी खुला छौं ।

तपाईंले भनेजस्तो माओवादीको हिंसा मोह कहाँ देखिन्छ ?

किन देखिँदैन ? जो मर्छ मरिहाल्छ, उसले मरेपछि थाहै पाउँदैन, बाँचेकालाई त्यो अनुभव नै हुँदैन । शान्ति प्रक्रियापछि कति पत्रकार मरे ? त्यो हिंसा होइन ? माओवादीले युद्घ स्थगित मात्र गरेको हो, हिंसा छाडेको छैन । माओवादीले हिंसा अपनाइनेछैन, विगतमा भूलबस गलत मूल्यांकनका साथ अवलम्बन गरेको हिंसाको नीति र बाटो परित्याग गरेको घोषणा गरोस्, त्यस्तो घोषणा गर्‍यो भने देशभरि ताली बजाएर, कर्तल ध्वनिसहित शान्तिको सन्देश विश्वलाई दिन्छु । त्यस्तो गर्‍यो भने सबैभन्दा पहिले पुष्पकमल दाहाललाई अबिर लगाउन म पेरिसडाँडा पुग्छु ।

कांग्रेसलाई समर्थन गर्नुपर्छ भन्ने कुरा तपाईंले पहिलेदेखि गर्नुभएको थियो, अहिले पनि त्यही अडान हो ?

मैले न तटस्थता भनेँ न कांग्रेसलाई समर्थन गर्नुपर्छ भनेँ । यो पत्रकारहरूले बङ्ग्याएको कुरा

हो । अहिले पनि रामचन्द्र पौडेलको उम्मेदवारी कायम राखेरै सहमतिका दुईवटा प्रक्रिया हुन सक्छन् । पहिलो कुरा, रामचन्दै पौडेलकै नाममा उम्मेदवारी हुँदाहुँदै सहमति बन्न सक्छ । दोस्रो कुरा, त्यो हुँदैन भने कुन नाममा सहमति हुन्छ भन्ने कुरा टुंगो लगाएर पौडेलले फिर्ता लिने र सहमति हुने, अरू कोही व्यक्ति हुन सक्ला । यी विकल्प हुन सक्छन् । पहिला हटिहाल अनि पछि सोचौंला भन्ने ठग कुरा हो ।

रामचन्द्र पौडेलले छोडिदिने अनि यो संसद्, संविधानसभा सबै 'फेल' भन्दै अराजकता सिर्जना गर्ने कदम हुन सक्छ । त्यसैले केमा सहमति गरेर को प्रधानमन्त्री बन्ने हो सहमति गरौं, पौडेलले पनि फिर्ता गर्नुहोस् ।

राष्ट्रिय सहमतिका नाममा मुलुकलाई खतरातर्फ लान खोजिँदै छ त भन्नुभयो त्यो कस्तो खतरा हो ?

केही पनि हुन नदिएपछि जनतामा वितृष्णा आउँछ । राष्ट्रिय सहमति भनेको छ, सरकारविहीनतामा अल्झाएको छ । बहुमतको  सरकार चलेकै थियो, फेरि पनि बहुमतको भए पनि सरकार बन्थ्यो, शान्ति प्रक्रियाजस्तो तात्कालिक विशेष साझा एजेन्डा त होइन नि सरकार बन्ने कुरा । सरकार राष्ट्रिय सहमतिको बन्यो भने शान्ति प्रक्रिया सफल र संविधान बनाउन सजिलो होला भन्ने कुरा न हो तर संविधान बनाउन जस्तै दुई तिहाइ त चाहिने होइन सरकार बनाउन तर सहमति हुनुपर्छ भन्ने अनि सरकारविहीन अवस्थामा राख्ने ? सहमतिको सरकार साँच्चै चाहिएको हो भने किन हुँदैन सहमति ? राष्ट्रिय सहमति चाहिएको हो भने कांग्रेस, एमाले, माओवादी कोही सहमतिको सरकारमा बस्न तयार छन् कि छैनन् भन्ने नेताहरूले खुला रूपमा भन्नुपर्‍यो ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork