?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

एचआईभी संक्रमित भएपनि कोरियामा जान पाउने
  
 

काठमाडौ, कार्तिक ४ - 
एचआईभी संक्रमित भए पनि भाषा परीक्षामा उत्तीर्ण नेपाली कामदार कोरिया जान पाउने भएका छन् । 

दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत भाषा परीक्षा भइसकेर स्वास्थ्य परीक्षणको समय तोकिएको अवस्थामा सरकारले हालै यस्तो निर्णय गरेको हो ।  

वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाका अनुसार यसपटक स्वास्थ्य परीक्षणको क्रममा एचआईभी/एड्सको परीक्षण गरिने छन् । तर यसअघि सन् २००८ मा कोरिया जानेको रोस्टर तयार गर्दा एचआईभी परीक्षण गरिएको थियो । त्यसबेला एचआईभी संक्रमित कोरिया जान पाएका थिएनन् ।

कोरियाले भदौमा लिएको भाषा परीक्षामा पास भएका व्यक्तिको स्वास्थ्य परीक्षण कात्तिक ७ गतदेखि सुरु हुँदैछ । 'संयुक्त राष्ट्रसंघको परिपत्रअनुसार हामीले यसपटक स्वास्थ्य परीक्षणमा एचआईभी परीक्षण नगर्ने भएका हौं,' सापकोटाले भने, 'संघले हालै एचआईभी संक्रमितलाई भेदभाव नगर्न परिपत्र जारी गरेको 

छ ।' तर अन्य किसिमका रोगको भने परीक्षण गरिने उनले बताए । 'अन्य किसिमका सरुवा रोगको परीक्षण हुन्छ,' उनले भने, 'त्यस्ता व्यक्ति कोरिया जान योग्य हुँदैनन् ।' 

आइतबारदेखि हुने स्वास्थ्य परीक्षामा 

भाषा परीक्षा पास भएका ४ हजार १ सय ८० कामदार सहभागी हुनेछन् । स्वास्थ्य परीक्षण १४ गतेसम्म हुनेछ । 

'हामीले दैनिक करिब ६ सय जनाको स्वास्थ्य परीक्षणको योजना बनाएका छौं,' उनले भने, 'भाषा परीक्षाको परीक्षाफल प्रकाशित गर्दाको सूचीमा पहिलो स्थानमा आउनेको सुरुमा परीक्षण हुनेछ ।' कुन व्यक्तिको परीक्षण कहाँ हुने जानकारी ग्वार्कोस्थित ईपीएस कार्यालयबाट पाइनेछ । 

स्वास्थ्य परीक्षण पाटन, टेकु, वीर र टिचिङ अस्पतालमा गरिनेछ । 'यसमा सबैभन्दा बढीको स्वास्थ्य परीक्षण टेकुबाट हुनेछ,' उनले भने, 'बीचमा कुनै अस्पतालको चाप बढी भए चाप कम भएको अस्पतालमा पनि पठाइन सकिन्छ ।' उनले सकेसम्म एकै दिनमा स्वास्थ्य परीक्षणको काम सक्ने योजना रहेको बताए । 

परीक्षण गराउन जाँदा राहदानीको सक्कल, भाषा परीक्षाको लब्धांकपत्रको प्रतिलिपि/प्रवेशपत्र, पासपोर्ट साइजको २ प्रति फोटो चाहिन्छ । स्वास्थ्य परीक्षणका लागि झन्डै ३ हजार ९ सय ५० रुपैयाँ -५५ दशमलव ६६ डलर) बुझाउनुपर्छ । 

मार्कसिट वितरण सुरु

काठमाडौं- कोरियन भाषा परीक्षा पास भएकाको लब्धांकपत्र वितरण बिहीबारदेखि सुरु भएको छ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत लिएको परीक्षामा पास भएका ४ हजार १ सय ८० को प्रमाणपत्र बिहीबारदेखि वितरण सुरु गरी १० गतेभित्र सबैलाई दिइनेछ । यस्तै यही १८ गतेभित्र रोजगार आवेदन फाराम भर्ने काम पनि पूरा गर्ने योजना रहेको छ । 'एकैपटक भीड नहोस् भनेर हामीले रोल नम्बरअनुसार लब्धांकपत्रको वितरण सुरु गरेका छौं,' वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने । जसमा सुरुमा ४ देखि ४ हजार ९१ रोल नम्बर भएकाको लब्धांकपत्र वितरण गरिएको हो । यस रोल नम्बरभित्र ५ सय ९७ जना पास भएका नेपाली छन् । औसत यही संख्यामा दैनिक लब्धांकपत्र वितरण गरिनेछ । लब्धांकपत्र लिने जानेले परीक्षाको प्रवेशपत्र र नागरिकता वा राहदानीको सक्कल लिएर जानुपर्छ । 

प्रहरी रिपोर्ट, स्वास्थ्य परीक्षण रिपोर्ट, भाषा परीक्षाको लब्धांकपत्र, कम्तीमा एक वर्षको समय भएको राहदानीको रंगिन फोटोकपीसहित कामदारले रोजगार आवेदन फाराम भर्नुपर्छ । रोजगार आवेदन फाराम वितरण र दर्ताको काम १२ गतेदेखि सुरु गरी १८ गतेसम्म सक्ने योजना छ । यसका लागि ग्लोबल बैंकको काउन्टरमा ५ अमेरिकी डलर -३ सय ५५ रुपैयाँ) बुझाउनुपर्छ । 

महानिर्देशक सापकोटाले राजधानी बाहिरबाट आउने धेरै बस्नु नपरोस् भनेर छिटो काम सक्न लागेको बताए । आवेदन फाराम भरेपछि तयार गरिने रोस्टरमा रहने व्यक्ति कोरिया जान योग्य हुनेछन् । तर उनीहरूले कोरियामा रोजगारी पाउने निश्चित भने हुँदैन । 

नेपाली युवामाझ लोकपि्रय बनेको कोरियाको रोजगारीका लागि यसपटक भाषा परीक्षामा ३६ हजार १ सय ८१ जना सहभागी भएका थिए । जसबाट सबैभन्दा बढी अंक ल्याउने ४ हजार १ सय ८० पास भएका हुन् । भाषा परीक्षा भदौ १२ र १३ गते भाषा परीक्षा भएको थियो । यसअघि सन् २००८ मा करिब ३० हजार भाषा परीक्षामा सहभागी भएकामा ६ हजार ५ सय ८० जना पास भएका थिए ।

दक्षिण कोरियाले १५ देशबाट कामदार 

लैजान्छ । उसले ईपीएसअन्तर्गत भियतनाम, मंगोलिया, थाइल्यान्ड, चीन, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, बंगलादेश, म्यानमार, किर्जिस्तान र पूर्वी टिमोरबाट कामदार लैजान्छ ।

 

कान्तिपुर

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
मोटोपन घटाउने उपायहरु
कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
दोस्रो बिहे गरेका बलिउड हस्तीहरु
माओवादीका दस गल्ती
सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला
यसकारण मैले दोस्रो विवाह गरें
पूर्व सदस्य सचिव शरदचन्द्र शाहको निधन
प्रचण्डले भने –"हो हामीले राज्य लुटेकै हौ"
बलत्कारी पक्रिने कण्डम
प्रेमिकाको नाम लिंगमा लेखाएपछि
माइकल ज्याक्सनको मृत्युमा डाक्टर दोषी ठहर
घुस माग्ने नासुलाई कार्यालय प्रमुखकै अगाडी थप्पड
सर्प पाल्दै राजवंशी परिवार
स्वाभिमानी जुँगा
ऐश्वर्या गर्भवती भएको घोषणा ससुरा अमिताभबाट
माओवादीको अर्को गोप्य कुरा बाहिरियो, भारतमा प्रचण्डले पक्राएको वैद्यको आरोप
फेब्रुअरी ३ मा धनकुटावासीहरुको बृहत भेला हुने
नेपाली चलचित्र 'माइतीघर'को कथा
स्टोरकिपरलाई ७२ लाख जरिवाना र ४ वर्ष कैदको आदेश
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork