?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपालमा केही हुँदैन भन्नेहरूले मलाई भेटून्
   प्रा.डा.रामकण्ठ माकजु
 

Warning: getimagesize(article_uploaded_files/7412akoirala.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

धुलिखेलको सामान्य किसान परिवारमा जन्मिएका वरिष्ठ सर्जन रामकण्ठ माकजु नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य चासो राख्नेका लागि पनि आदरणीय नाम हो । १६ वर्षअघि अष्ट्रियाको अन्तर्राष्ट्रिय फोराल्वर्ग सिटी अस्पतालमा सर्जनको आकर्षक पद र आम्दानी छाडेर नेपाल फर्किएका रामकण्ठले आफ्नो थाकथलोमा विश्व स्वास्थ्य संघठनले निर्धारण गरेको युरोपेली मापदण्डको अस्पताल बनाएका छन् । करिब १ सय ४८ रोपनीमा फै लिएको उक्त अस्पताल कुनै त्यस्तो सेवाबाट अछुतो छैन, जुन राजधानीका प्रमुख अस्पतालले उपलब्ध गराउँछन् । करिब ३ सय ६० शय्याको यो अस्पतालले काठमाडौं विश्वविद्यालयको मेडिकल साइन्ससँग सम्बन्धित सबै विषयका सहायक  एवं विशेषज्ञहरू पनि उत्पादन गर्दै आएको छ । यो एउटै अस्पतालले नेपालका दुर्गम गाउँमा स्वास्थ्य केन्द्र पनि स्थापना गरेको छ, जसमा यही अस्पतालका विशेषज्ञ एवं इन्टर्न चिकित्सकहरूबाट स्वास्थ्य सेवा पनि प्रदान गर्छ । अध्यापन  एवं चिकित्सकीय सेवा दिइरहेको यो अस्पतालले आफ्नो कार्यलाई विस्तार दिँदै मेडिकल अनुसन्धानको काम पनि गरिरहेको छ । तातोपानीमा सुत्केरी गराउने जस्ता दर्जनौं नवीनतम प्रविधि नेपालमा भित्र्याएका कारण यसले केही अन्तरार् ष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको छ ।

प्रा.डा.रामकण्ठ माकजु, निर्देशक, धुलिखेल अस्पताल १५ वर्षअघि दुई कोठामा स्वास्थ्य सेवा प्रारम्भ गर्दा धुलिखेल अस्पताल यो रूपमा आउला भन्ने कल्पना गर्नुभएको थियो ?

इन्जिनियरले नक्सा नकोरी भव्य भवन बन्न सक्ला ? युरोपको प्रगति कसरी भयो ? आज जे सम्भव देखिएको छ, त्यसको योजना बुनिएको थियो कि थिएन भन्ने कुरा बुझेपछि यो प्रश्न गौण हुन्छ । तपाईं जुन काम प्रारम्भ गर्दै हुनुहुन्छ,  त्यहीबेला त्यो कहाँसम्म पुर्‍याउँछु भन्ने सोच्नुहुन्छ, त्यो त्यहीँ पुग्छ । तपाईर्ं धुलिखेल अस्प्ातालको यो रूपलाई धेरै ठूलो देखिरहनु भएको छ । यो साच्च्ौ नै आम मानिसले कल्पना गर्ने अस्पतालभन्दा भन्दा फरक छ । यसको अर्थ यसको  परिधि यति मात्र हो भन्ने होइन ।

धुलिखेल ठूलो स्थान होइन, तर तपाईंको अस्पतालको कल्पना र योजना अन्तर्राष्ट्रिय स्तरका छन्, यस्तो काम त राजधानीमै गर्नुपर्ने होइन र ?

राजधानीमा सरकारले पनि आफ्नो ठूलो संयन्त्र लगाएकै छ । प्राइभेट अस्पतालहरू पनि त्यहीँ व्यवसाय गरिरहेकै छन् । यदि म सेवा गर्छु भनेर त्यही थुपि्रने हो भने त्यो सेवा हुनेछैन । सेवा गर्न त गाउँमा पो जानुपर्छ । मैले मेरो गाउँको  छेऊमा यो अस्पताल खोलें । मेरा बुवालाई यहीँ अप्रेसन गरेर बचाएँ । राजधानी पुर्‍याउन नभ्याउने, आर्थिक अवस्थ्ाा नाजुक भएका यताका जनतालाई एउटै स्थानमा सबै सेवा दिएँ भने पो मैले सेवा गरेको ठहरिन्छ । सेवा गरें भन्नुु र सा ँच्चै महसुस हुने गरी सेवा गर्नु फरक कुरा हुन् ।

तैपनि सानो स्थानमा ठूलो कामको आँट गर्नु ....?

प्राचीनकालदेखि नै धुलिखेल पूर्वी पहाड तथा तराईको संगम स्थल थियो ।  बीपी राजमार्ग बनेपछि पूर्वी तराईसँग यसको नाता अझै गहिरिएको छ । धुलिखेल अस्पतालले पूर्वका पहाड र तराई दुवै क्षेत्रलाई समेटेको छ । त्यसैले पनि यहाँ  वाषिर्क १० हजारभन्दा बढी अप्रेसन हुन्छ । दुई हजारले प्रसूति सेवा गराउन थालेका छन् । करिब डेढ लाखले वाहिरंग सेवा लिइरहेका छन् । त्यसैले यो सानो क्षेत्र  होइन । फेरि ठूलो काम गर्न ठूलै ठाउँ चाहिन्छ भन्नु अज्ञनता हो । राम्रो  गरेपछि सानो स्थान पनि ठूलो हुन्छ । राजधानीका मानिस पनि यहाँ उपचार गर्न आउनु यसैको प्रमाण हो ।

बाटोको अभावका कारण गाउँमा एम्बुलेन्स पुग्दैन, उनीहरूलाई कसरी सेवा दिनुहुन्छ ?

यो मेरो पनि चिन्ताको विषय थियो । अब त्यो चिन्ता हटेको छ । अब बिरामी डाक्टरकहाँ होइन, डाक्टर बिरामीको घरमा जानुपर्छ । यसका लागि धुलिखेल अस्पतालको सेवा आवश्यक मानिएको गाउँमा एउटा स्वास्थ्य केन्द्र बनाइन्छ ।  त्यसमा हाम्रा इन्टर्न डाक्टर, सक्षम नर्स एवं स्वास्थ्य सहयकहरू बस्छन् । महिनामा एकपटक विशेषज्ञ चिकित्सकको टोली ती स्वास्थ्य चौकीमा पुग्छन् । कुन दिन कुन रोगका विशेषज्ञ त्यहाँ पुग्छन्, त्यसको सूचना अगावै दिइन्छ । थप  उपचारको आवश्यकता भए उनीहरूले नै धुलिखेल लिएर आउँछन् । अहिलेसम्म रामेछाप, काभे्र, सिन्धुपाल्चोक, धादिङ, सोलुखुम्बु, गोरखा जिल्लाका १७ गाउँमा यस्ता स्वास्थ्य केन्द्र खोलिइसकेका छन् । यसलाई दुर्गम जिल्लाका सबैतिर  विस्तार गर्ने योजना छ ।

धुलिखेल अस्पतालको भव्यता एवं यसको मेसिनरीमा करोडौं खर्च लागेको देखिन्छ । त्यसमा पनि गाउँ-गाउँमा स्व्ाास्थ्य केन्द्रहरूको स्थापनाले खर्च बढेको छ, यत्रो रकम कहाँबाट प्राप्त हुन्छ ?

तपाईं राम्रो काम गर्छु भनेर लाग्नुहोस्, सहयोग गर्ने हातहरू जताततै भेट्नुहुन्छ । आजभन्दा १५ वर्षअघि यो स्थान स्याल कुध्ने डाँडा थियो, मानिसहरू एक्लै आउन सक्दैनथे, तर तपाईंसँग साँच्चै नै सपना छ, त्यसलाई पूरा गर्ने आँट,  विश्वास एवं लगनशीलता छ भने सबैले सहयोग गर्छन् । धुलिखेलका जनता, स्थानीय निकाय एवं देश र विदेशका सहयोगी हातहरूले नै धुलिखेल अस्पताल यहाँसम्म आइपुगेको हो । यद्यपि यो काम कल्पना गरेजस्तो सजिलो थिएन । यस्तो  काम गर्न हृदयमा इमानदारी र काँधमा जिम्मेवारी बोकेर हिँड्नुपर्छ । एक शब्द, एक पाइला एवं एक योजना पनि यताउति भैदियो भने सम्झनुहोस्, ठूलो कुरा बन्दाबन्दै भत्कन सक्छ ।

तपाईं पनि आम नेपाली जस्तै पारिवारिक मान्छे, यति धेरै शक्ति र समय कसरी प्राप्त गर्नुहुन्छ ?

हो म एक अष्ट्रियन श्रीमती र एउटी छोरीको पीता हुँ । सर्जनको नाताले मेरो काम रोगीहरूको अप्रेसन गर्नु हो । किनभने यी मेरा हात भगवान्ले यसकारणले कौसलयुक्त बनाइदिए, ताकि म सरल रूपमा रोगीको अप्रेसन गर्न सकौं । तपाईं  एउटा परिवारको मात्र अभिभावक हुने कि सारा नेपालीको अभिभावक हुने ? सबैको परिवार चाहन्छ, मेरा अभिभावकलाई सबैले माया र सम्मान गरुन् । यदि असल काम गर्न तपाईं सँग स्पष्ट भिजन छ भने तपाईंलाई परिवारले पनि साथ  दिन्छन् । ईश्वरले शक्ति दिन्छन् । श्रीमती र छोरी मात्र होइन, यो अस्पतालमा काम गर्ने ५ सय ५० व्यक्ति मेरा परिवार हुन् । यी सबैको सहयोग र मायाले मलाई सघाइरहेको छ ।

अस्पतालको स्वरुप बढ्दै जाँदा तपाईंले आफूलाई कसरी परिवर्तन गर्दै आउनु भएको छ, किनभने हिजोको रामकण्ठ र आजको रामकण्ठमा धेरै परिवर्तन आइसक्यो, होइन ?

छैन, म सधैं ४ बजे उठिसक्छु । एक घन्टा शारीरिक एवं मानसिक व्यायाम गर्छु । किनभने लामो एवं स्वास्थ्य जीवन बाँच्न व्यायाम आवश्यक छ । साढे सातबजेसम्म घरमा नास्ता गरेर ८ बजेसम्म अस्पताल आइसक्छु । ठीक ८ बजे सबै  विभागका प्रमुखसँग दिनभरि गर्ने कामको मिटिङ हुन्छ । ९ देखि ११ बजेसम्म अस्पतालमा बिरामीको रिपोटिङ लिने काम हुन्छ । ११ बजेपछि म त्यस दिन गर्ने सबै अप्रेसन सक्छु । त्यसपछि अस्पताल हातामै रहेको संयुक्त क्यान्टिनमा  खाना खान्छु । खानापछि दिनभरि प्रशासनिक काम गर्छु । साँझदेखि घरपुग्नु अघिसम्म दाता, शुभचिन्तक एवं विशेषज्ञहरूसँग भेटघाट गर्छु । घर पुग्दा नौ बज्छ । १५ वर्षदेखि यो रुटिन परिवर्तन भएको छैन । मैले जीवन बुझेयता आफ्ना  लागि बाँचेको थाहा छैन ।

मानिसहरू के भन्छन् भने नेपालमा एक सय जना रामकण्ठ जस्तो इमान्दार व्यक्ति हुने हो भने दश वर्षमा देशले मुहार फेर्छ ?

गाउँघरका सबैजसो मानिस इमान्दार नै छन् । म यो देश नेताले विगारे भन्ने पक्षमा पनि छैन, तर मान्छे पनि पशु जस्तो यो साढे पाँच मिटर आन्द्रा भर्न रातदिन चिन्ता लिन्छ, राम्रो नराम्रो काम गर्छ । ए बाबा, यो साढे पाँच मिटर  आन्द्राको चिन्ता छाडिदेऊ । आफ्नो ड्युटि राम्रोसँग गर । त्यसले तिमीलाई पेट भर्ने खाना मात्र होइन, नाम र दाम पनि दिन्छ । सबैले आफ्नो ड्युटि जुन दिनदेखि पूरा गर्न थाल्छन्, देश बन्न बेर लाग्दैन । नेपालमा केही हुँदैन भन्नेहरूले  एकपटक मलाई भेटून् ।

कहिलेकहीँ आफ्नी छोरीलाई धुलिखेलको सामान्य स्कुलमा पढाउनु परेको वा अष्ट्रियन श्रीमतीलाई समय दिन नसकेकामा दुःख लाग्दैन ?

यो मैले रोजेको बाटो हो । पैसाका लागि काम गरेको भए म नेपाल र्फकन्नथेँ । यो कुरा श्रीमतीले पनि बुझेकी छिन् । म यहीँको विद्यालय पढेर चिकित्सक भएँ । यसको अर्थ मेरी छोरी पनि यहीं पढेर मजस्तै सक्षम हुन सक्छिन् भन्ने हो ।  हामी सबैले आफूसँग भएका कुराको सम्मान गर्न जान्नुपर्छ ।

निकै गम्भीर कुरा गर्नुभयो, व्यस्तताकाबीच पनि यी ज्ञान कहाँबाट पाउनु हुन्छ ?

प्रकृति ज्ञानको स्रोत हो । तपाईं चरालाई हेर्नुस्, रूखलाई हेर्नुहोस्, खोला-नालालाई हेर्नुहोस् । ग्रामीण जनतालाई हेर्नुहोस् । सबैबाट ज्ञान पाउन सक्नुहुन्छ । तपाईंको हेर्ने दृष्टिकोण सही हुनुपर्छ । आहा संसार कति रमाइलो छ, तर त्यो  रमाइलो बुझ्ने आँखा हुनुपर्छ । मानिस सबैथोक पाएर पनि दुःखी छ । नेपालीमा उखान छ नि, किन चाउरिस मरिच, आफ्नै पीरले ।

 

आश्विनी कोईराला इकान्तिपुर

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork