?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाली चलचित्र 'माइतीघर'को कथा
  
 

Warning: getimagesize(article_uploaded_files/17ab9maitighar.jpg) [function.getimagesize]: failed to open stream: No such file or directory in /home/samu/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home/samu/public_html/nepalkoreanews.com/page.php on line 155
• त्यतिबेला पोखरामा होटल नै थिएन। माला सिन्हा दरबारमा बसेकी थिइन् भने अरू कलाकारहरू ब्यारेकमा।

• नेपाली फिल्म भएकोले लता मंगेश्कर र आशा भोस्लेले सित्तैमा गीत गाइदिएका थिए।

• प्रेमध्वज प्रधान हिरो बन्न खोजेका थिए। तर हिरो उनी होइन गायक बन्न आएका सीपी लोहनी भए।

• स्वरसम्राट नारायणगोपालको स्वर यो फिल्मको गीतका लागि चयन भएनन्।

सन्तोष रिमाल, काठमाडौं, पुस ८- 'त्यो बेलाको गीतमा पनि अहिलेका कलाकारले कति राम्ररी नाचेका। आजसम्म गीत बचाइदिने तपाईंहरुलाई धन्यवाद,' निजी लगानीको पहिलो नेपाली फिल्म 'माइतीघर'का निर्देशक बीएस थापाले यति भनेपछि आँसु थाम्न सकेनन्।

नेपाल टेलिभिजनको डान्स रियालिटी शो 'छमछमी'मा जब प्रतियोगी पूर्णिमा श्रेष्ठले 'माइतीघर' फिल्मको 'यो हो मेरो प्राणभन्दा प्यारो' गीतमा नाचिन्, कार्यक्रमका अतिथि थापालाई ४५ वर्षअघिको समय सम्झना हुन थाल्यो। आँसु पुछ्दै उनी 'माइतीघर'को सेरोफेरोमा हराउन थाले।

'फिल्मकी हिरोइन माला सिन्हा नाच्न एकदमै डराउँथिन्। यो गीत यहाँ अझै यति लोकप्रिय छ भन्ने थाहा पाए रिटायर्ड हिरोइन माला पनि निकै खुशी हुन्छिन् होला,' मुम्बई निवासी निर्देशकले यो पनि बताए, 'नृत्यमा करिअर बनाउने नेपालीले कम्तिमा एकपल्ट यो गीतमा नाचेका छन् भन्ने सुन्दा साह्रै खुशी लाग्यो।'

८३ वर्षे थापाले कामको राम्रो मूल्यांकन भएको देख्दा फेरि नेपाल आएर फिल्म बनाउन मन लागेको बताए। 'अब फिल्म बनाउनु भयो भने कसलाई हिरोइन बनाउनुहुन्छ?'

'हिरोइन मात्र होइन। जुनसुकै काम पनि नेपालबाटै पूरा हुने अवस्था बनेको छ अहिले। त्यसैले आवश्यक सबै पक्षको व्यवस्था यतै मिलाउँछु,' मुम्बईकै प्राविधिकको सहयोगमा 'माइतीघर' बनाएका थापाले भने, 'नेपालका कलाकार, प्राविधिक, लेखक, विचारक कहीँका भन्दा कम छैनन्। अलिकति प्रोत्साहन पाए दुनियाँलाई देखाइदिन्छन् जस्तो लाग्छ।'

'माइतीघर'मा मुम्बईको सहयोग लिनुलाई उनी बाध्यता मान्छन्। 'त्यसबेलाको त हरेक कुरा कथाजस्तो लाग्छ अहिले,' व्यवसायिक फिल्मको कोसेढुंगाको रूपमा चर्चा हुने 'माइतीघर'सँग जोडिने धेरै प्रसंग निर्देशक थापालाई इतिहासजस्तो लाग्छ।

हिरो हुन निवेदन दिएका प्रेमध्वज प्रधानलाई फिल्ममा नछान्ने निर्देशक उनै हुन्। जो ख्यातिप्राप्त गायकको परिचयका साथ बाँचिरहेका छन्। स्वरसम्राट नारायणगोपालको स्वरलाई अस्वीकार गर्ने निर्देशक पनि उनै थिए। 'उताका चर्चित गायकगायिकाले गाउने भएकाले नारायणगोपाललाई नराखेको हुँला,' आफ्नो फिल्म 'माइतीघर'मा नारायणगोपालले किन गाउन पाएनन् उनैले बिर्सिसके।

'ब्ल्याक एन्ड ह्वाइट' फिल्म 'माइतीघर' उनकै स्मृतिमा पनि धमिलो भइसकेको छ। 'सबै कुरा त म पनि बताउन सक्दिन। त्यो एउटा जोशमा बनाइएको थियो,' यो काममा तत्कालीन जनरल नरशमशेरको सक्रियताको खुलेर तारिफ गरे थापाले।

'उनको ब्रेभ हार्ट नै फिल्म निर्माणको पहिलो चरण थियो,' मुम्बईमै संघर्षरत किशोर तिमिल्सिना र आफूले राखेको प्रस्तावमा सिधै सहमति जनाएका नरशमशेरबारे उनले भने। कसैले नगरेको काम थाल्दा सुरुमै उनलाई डर थियो पैसाको। जब पैसाको जिम्मा नरशमशेरले लिए, कलाकारको खोजीमा लागे थापा।

त्यसबेला मुम्बईमा चलेकी थिइन् नेपालीभाषी हिरोइन माला सिन्हा। थापा र तिमिल्सिना मालालाई खेलाउन चान्थे। तर, उनीसामु प्रस्ताव राख्ने हिम्मत दुवैमा थिएन। 'बडो नम्र भएर मैले मालालाई नेपाली फिल्म बनाउन लागेको जानकारी गराएँ। उनले निकै चासो दिइन्,' यसले हौसिएका थापाले आँट गरेर सोधे, 'तपाईंलाई खेलाउन पाए हुन्थ्यो भन्ने धेरैको इच्छा छ। के तयार हुनुहुन्छ?'

'कथा हेरौं न त,' मालाबाट नसोचेको प्रतिक्रिया पाए पनि देखाउनको लागि उनीसँग कथा थिएन। 'त्यति ठूलो कलाकारले कथा मन परे खेल्ने बताएपछि सब काम छाडेँ। र, कथा लेख्न तम्सिएँ। चार दिनमा काम सकियो,' नेपाली फिल्ममा लगानी मिल्ने आश्वासन पाएका थापाको लागि यो दोस्रो आश्चर्य थियो कि मालाले कथा मन पराइन्। र, नेपाली फिल्म भएकाले थोरै पारिश्रमिकमै अभिनय गर्न तयार भइन्। 'सायद भाषाप्रेमले उनी हाम्रो साथ दिन तयार थिइन्। निर्मातालाई अप्ठ्यारो पर्ने कुनै माग थिएन।'

ख्यालख्यालमै देखेको नेपाली फिल्मको सपना यथार्थको नजिक पुग्यो। पैसा, कथा र हिरोइन फाइनल। अब चाहियो हिरो। थापालेे यो काममा त्यति तनाव लिएनन्। कसैको सिफारिसका सुन्दर युवक काम गर्न तयार थिए। खोजेको हिरोइन भेटेपछि हिरोका बारेमा उनी त्यति गम्भीर बनेन्। तर, त्यतिबेला निर्देशकको टाउको दुख्यो जब अनुबन्धित हिरोले संवाद बोल्नै सकेनन्।

हिरो हट्ने भए। छिट्टै अर्को पात्र तय गर्नु थियो। झट्ट उनको नजर पर्‍यो 'माइतीघर'को गीत गाउन मुम्बई पुगेको नेपाली ठिटोमाथि। 'हेर्दा राम्रो। हास्न, बोल्न र हिँड्न फिट। तुरुन्तै नरशमशेरको स्वीकृति लिएर गायकलाई नै खेलाएँ,' फिल्ममा हिरोको संकट टर्‍यो। गायक बन्न गएका सिपी लोहनी हिरो बनेर फर्किए। साइनो फिल्मसँग मात्र सीमित रहेन। 
'उसको त मालासँग अफेयर पनि सुरु भएछ। फिल्म बन्दाबन्दै बिहे समेत गरे,' यो सम्बन्ध सम्झँदा उनलाई अझै पनि रमाइलो लाग्छ।

फिल्मको इन्डोर सुटिङ सेट लगाएर मुम्बईमै सकाइएको उनले बताए। 'आउटडोर' सुटिङ गर्न काठमाडौं आएका थापालाई पोखराको सौन्दर्यले त्यतिबेलै लोभ्याएछ। 'एकान्त ठाउँमा ठूलो ताल देखेपछि त्यहीँ सुटिङ गर्न मन लाग्यो,' अहिले 'नेचुरल स्टुडियो'को उपमा पाएको पोखरा धेरैको रोजाइ हो। फिल्म निर्माणका सरसामान समेत सहजै उपलब्ध हुन थालेको यो सहरको असहज दृश्य संगालेका छन् उनले।

'न राम्रो बाटो, न होटल, न त पसल नै थियो। माला त सबैले चिन्ने हिरोइन थिइन्। त्यसैले त्यहाँको दरबारमै बासको व्यवस्था मिल्यो। हामीले त टिनले बारेको ब्यारेकमा बसेर काम सकायौं,' ४० दिनमा सुटिङ सकाइएको यो फिल्मको सबै काम सकिन एक वर्ष लागेको उनले जानकारी दिए।

निर्देशक थापाले फिल्म प्रिमियरको भव्यता भुलेका छैनन्। फिल्म निर्माणदेखि नै चासो देखाएका तत्कालीन राजा महेन्द्रले फिल्म युनिटलाई दरबारमा पार्टी दिएको क्षणलाई उनी 'अविस्मरणीय' ठान्छन्। 'फिल्मप्रति ठूलो चासो भएरै गीत समेत लेखेका थिए महेन्द्रलेे,' नेपाली फिल्म भएकाले निःशुल्क स्वर दिने आशा भोंसले र लता मंगेशकरप्रति उनी अझै आभारी छन्।

'नेपाली फिल्म बन्दैछ भन्ने खुशी नेपालीलाई मात्र थिएन। भारतीय सहकर्मीले समेत यसलाई सुखद रूपमा लिए र सक्दो सहयोग गरे,' फिल्मलाई व्यावसायिक सफलता दिलाउन भारतीय दर्शकले दिएको साथ उनी बिर्सन सक्दैनन्।

'नेपालमा जम्मा दुइटा हल थियो। मलाई लाग्छ, फिल्मले नेपालमा भन्दा धेरै कलेक्सन भारतमा गरेको हुनुपर्छ,' सात लाखमा सकाउने भनेर सुरु गरेको फिल्मको बजेट १० लाख पुर्‍याएकोमा आलोचना समेत खेपेका निर्देशकले भने, 'फिल्मले व्यापार गर्छ। पैसा कमाउँछ भनेर यो काम थालेकै थिइएन। एउटा प्रयोग थियो। र, यो प्रयोगमा ठूलो धनराशी खर्च भएको थियो।'

नेपाली फिल्म क्षेत्रमा यो व्यवसायको बीउ रोप्ने व्यक्तिको रूपमा आफ्नो चर्चा हुने गरेको सुन्दा उनलाई खुशी लाग्छ। तर, त्यो बीउ अझै टुसाउन नसकेको खबर पाउँदा दुःखी पनि। '५० वटा फिल्म बन्छ रे। यो त राम्रो हो। फेरि पाँचवटाले मात्र लगानी उठाउँछ रे। यो त फेरि साह्रै दयनीय पक्ष हो नि,' फिल्म क्षेत्रको यो अवस्थाको मुख्य दोषी उनी निर्देशकलाई मान्छन्।

'फिल्म माध्यम नबुझ्नेले निर्देशन गरेर पनि कहीँ हुन्छ? पहिला निर्देशकको कर्तव्य बुझ्नुपर्‍यो,' तीन नेपाली फिल्मका निर्देशक थापाले थप एउटा फिल्म निर्देशन गर्ने धोको सुनाए। 'कान्छी' र 'मायाप्रिती' बनाएका थापालाई नेपाली फिल्मको कथा चयन नै ठीक लाग्दैन।

नागरिक न्युज

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
मोटोपन घटाउने उपायहरु
कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
दोस्रो बिहे गरेका बलिउड हस्तीहरु
माओवादीका दस गल्ती
सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला
यसकारण मैले दोस्रो विवाह गरें
पूर्व सदस्य सचिव शरदचन्द्र शाहको निधन
प्रचण्डले भने –"हो हामीले राज्य लुटेकै हौ"
बलत्कारी पक्रिने कण्डम
प्रेमिकाको नाम लिंगमा लेखाएपछि
माइकल ज्याक्सनको मृत्युमा डाक्टर दोषी ठहर
घुस माग्ने नासुलाई कार्यालय प्रमुखकै अगाडी थप्पड
सर्प पाल्दै राजवंशी परिवार
स्वाभिमानी जुँगा
ऐश्वर्या गर्भवती भएको घोषणा ससुरा अमिताभबाट
माओवादीको अर्को गोप्य कुरा बाहिरियो, भारतमा प्रचण्डले पक्राएको वैद्यको आरोप
फेब्रुअरी ३ मा धनकुटावासीहरुको बृहत भेला हुने
नेपाली चलचित्र 'माइतीघर'को कथा
स्टोरकिपरलाई ७२ लाख जरिवाना र ४ वर्ष कैदको आदेश
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork