?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

माओवादीको अर्को गोप्य कुरा बाहिरियो, भारतमा प्रचण्डले पक्राएको वैद्यको आरोप
   By Salokya, on May 19th, 2011
 

प्रकाश तिमल्सिना/राजधानी, काठमाडौं, ४ जेठ
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले युद्धकालमा आफूसहित सचिव सीपी गजुरेललाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै भारतमा पक्राउ गर्न लगाएको खुलासा गरेका छन् । आफूनिकट नेताहरूको गोप्य भेलामा उपाध्यक्ष वैद्यले सो खुलासा गरेका हुन्।

स्रोतका अनुसार गोप्य भेलामा युद्धकालमा भारतमा आफूसहित गजुरेल, मातृकाप्रसाद यादव र कुलप्रसाद केसीको पक्राउ प्रसंग जोड्दै वैद्यले अध्यक्ष दाहालले नै आफूहरूलाई पक्राउ गराएको दर्जनौं दलिल पेस गरेका थिए । माओवादी युद्धकालमा भारतमा पक्राउ परेको वैद्य र गजुरेल शान्ति प्रक्रियापछि रिहा भएका हुन् । सोही कारण उनीहरूले शान्ति प्रक्रियासम्बन्धी चर्चित चुनवाङ बैठकमा भाग लिन पाएका थिएनन्।

‘मलाई र गौरव कमरेडलाई भारतमा पक्राउ गर्राई चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्र पास गराउने काम अध्यक्ष प्रचण्डबाट भयो,’ वैद्यको भनाइ उद्धृत गर्दैर् बैठकमा सहभागी केन्द्रीय समितिका एक सदस्यले राजधानीसँग भने, ‘हामीलाई पक्राउ गराएर लोकतान्त्रिक गणतन्त्र पास गराइयो, प्रचण्ड जे पनि गर्न सक्ने मान्छे भएकाले हामी सबै र्सतर्क भई सोचीबिचारी कदम चाल्नुपर्छ।’

उपाध्यक्ष वैद्यले अध्यक्ष दाहाल आफूहरूलाई ‘सिध्याउन’ लागिरहेको भन्दै चनाखो भएर लाग्न पनि आफूनिकट नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्। आफू पक्षधरका जिल्ला सेक्रेटरीभन्दा माथिल्लो तहका नेताहरूलाई राजधानी बोलाएर रणनीति र योजनाबारे प्रशिक्षण दिने क्रममा वैद्यले दाहालमाथि गम्भीर आरोप लगाएका हुन्।

स्रोतका अनुसार वैद्यले पछिल्लो एक सातामा पर्ूर्वी र मध्य कमान्डका निकटस्थ नेताहरू राजधानीमा भेला गरी आफ्नो रणनीति बताएका छन् भने बाँकी तीन कमान्डको भेला हुँदै छ । केही दिनदेखि बानेश्वरमा जारी सो भेलामा वैद्यसहित सचिव गजुरेल, स्थायी समिति सदस्यद्वय देव गुरुङ र नेत्रविक्रम चन्द तथा पोलिटब्युरो सदस्य पम्फा भुसाल, धर्मेन्द्र बाँस्तोलालगायतको उपस्थिति छ।

अध्यक्ष दाहालप्रति निकै आक्रोशित ढंगले प्रस्तुत भएका वैद्यले युद्धकालमा महासचिव रामबहादुर थापा ‘बादल’ नेतृत्वमा फौजी आक्रमण सफल भएपछि पार्टी कब्जा गर्छ भन्ने डरले पम्फा भुसालसँग नाम जोडेर ‘ब्लेम’ लगाएकोे पनि उनले बताएका थिए। ‘बादल कमरेेड र भुसालजीलाई जोडेर कहिले नैतिक पतन गराउने त कहिले गौरवजी सेतै कपाल फुलाएर युरोप भासिए भनेर अरूमार्फ भन्न लगाइयो,’ वैद्यको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बादलले पार्टी कब्जा गर्न लाग्यो भनेर त्यो ब्लेम लगाइएको थियो, अहिले पनि हामीलाई ब्लेम लगाइयो भने अचम्म मान्नुपर्ने छैन।’

अन्तर्राष्ट्रिय सन्दर्भमा कम्युनिस्ट (माओवादी) आन्दोलनबारे प्रशिक्षण दिएका चन्दले अध्यक्ष दाहालले १४ जेठअगाडि पार्टी विभाजन गरेर नजान अनुरोध गरेको पनि भेलामा खुलासा गरेका छन्।

‘प्रचण्डले मलाई १४ जेठअघि पार्टी फुटाउन आग्रह गर्नुभयो,’ चन्दको भनाइ उद्धृत गर्दैर् स्रोतले भन्यो, ‘तर, मैले विचारमा सहमत हुन सकिँदैन भने पार्टी फुटाएर भए पनि विचारको रक्षा गर्नुपर्छ भन्ने जवाफ दिएको छु।’

अध्यक्ष दाहाललाई पार्टी विभाजन हुन्छ भन्ने ठूलो त्रास भएको सहभागीहरूलाई चन्दले जानकारी गराएका थिए । ‘त्यसकारण, अध्यक्ष पक्षधरहरू पार्टी विभाजन भए पनि पार्टी कार्यालय भने आफैंले कब्जा गर्नुपर्छ भनेर रणनीति बनाइरहेका छन्,’ चन्दले भेलामा खुलासा गरे । वर्षमान पुन, हरिबोल गजुरेल, लोकेन्द्र विष्टमगर लगायतले कुनै पनि हालतमा वैद्य पक्षधरलाई पार्टी कब्जा गर्न नदिन गोप्य भेला गरिरहेको पनि उनीहरूको ठहर छ। अध्यक्ष दाहालले आफूहरूले पार्टी विभाजन गर्न लागेको भन्ने आन्तरिक रूपमा हल्ला चलाइरहेको निष्कर्षा वैद्य पक्षधर रहे पनि तत्काल पार्टी विभाजनको पक्षमा भने नभएको एक नेताले बताए । ‘पार्टीभित्र पार्टी संगठनभित्र संगठन र योजनाभित्र योजना बनाएर हामी जान्छौ तर पार्टी विभाजन गरेर जाँदैनौ,’ ती नेताले राजधानीसँग भने ।
उनका अनुसार दाहाल वा उपाध्यक्ष डा. बाबुराम भट्टर्राई पक्षधरको इन्चार्ज भए आफूहरूले सेक्रेटरी माग्ने र त्यो पनि नभए सहइन्चार्ज भए पनि लिएरै छाड्ने योजना वैद्य पक्षधरको छ । जिल्ला तहदेखि केन्द्रसम्मको ‘पोर्टफोलियो’का लागि ‘सम्झौताहीन बार्गेनिङ’ गर्ने योजना पनि जानकारी गराइएको र त्यसैअनुसार आफ्नो तहबाट परिचालन हुन निर्देशन भएको पोलिटब्युरोका अर्का नेताले राजधानीलाई बताए ।

गोप्य भेलामा नेता गुरुङले आफूलाई झुक्याएर अध्यक्ष दाहालले संवैधानिक समितिको विवाद उपसमितिबाट कांग्रेस र एमालेको एजेन्डा पास गराएको बताएका थिए ।
‘मलाई समेत झुक्याएर संवैधानिक समितिमा पार्टीले एजेन्डा पास नगराई अध्यक्षले कांग्रेस-एमालेको एजेन्डामा सहमति गराउनुभयो,’ गुरुङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

अध्यक्ष दाहालमा मध्यपन्थी, सारसंग्रहवादी, विर्सजनवादी चरित्र देखापरिसकेको तथा दक्षिणपन्थी चरित्र उन्मुख हुँदै गएको भन्दै पार्टी क्रान्तिका लागि त्यो निकै खतराका रूपमा देखापरेको वैद्य पक्षको ठहर छ।

यता, संगठनमा पकड जमाउन वैद्य पक्षधरले युद्धकालमा महासचिव बादलको नेतृत्वमा रहेको ‘इन्टेलिजेन्स ब्युरो’लाई ब्युँताएको छ । हाल निष्त्रिय रहेको सो ब्युरोलाई ब्युताउँदै चन्दलाई त्यसको कमान्डर तोकिएको एक नेताले बताए । चन्दको नेतृत्वमा रहेको सो इन्टेलिजेन्स ब्युरोमा करिब दुई दर्जन सदस्य रहेको स्रोतले बतायो । ‘त्यसको काम सूचना संकलन गरेर केन्द्रमा पुर्‍याउने हो,’ एक नेताले भने । आफ्ना सहकर्मीलाई मोबाइल र टेलिफोनबाट भन्दा पनि भेटेरै कुरा गर्न ब्युरोले निर्देशन दिइसकेको सहभागीहरूको भनाइ छ ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
मोटोपन घटाउने उपायहरु
कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
दोस्रो बिहे गरेका बलिउड हस्तीहरु
माओवादीका दस गल्ती
सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला
यसकारण मैले दोस्रो विवाह गरें
पूर्व सदस्य सचिव शरदचन्द्र शाहको निधन
प्रचण्डले भने –"हो हामीले राज्य लुटेकै हौ"
बलत्कारी पक्रिने कण्डम
प्रेमिकाको नाम लिंगमा लेखाएपछि
माइकल ज्याक्सनको मृत्युमा डाक्टर दोषी ठहर
घुस माग्ने नासुलाई कार्यालय प्रमुखकै अगाडी थप्पड
सर्प पाल्दै राजवंशी परिवार
स्वाभिमानी जुँगा
ऐश्वर्या गर्भवती भएको घोषणा ससुरा अमिताभबाट
माओवादीको अर्को गोप्य कुरा बाहिरियो, भारतमा प्रचण्डले पक्राएको वैद्यको आरोप
फेब्रुअरी ३ मा धनकुटावासीहरुको बृहत भेला हुने
नेपाली चलचित्र 'माइतीघर'को कथा
स्टोरकिपरलाई ७२ लाख जरिवाना र ४ वर्ष कैदको आदेश
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork