?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

राजा वीरेन्द्र र अहिलेका नेता उस्तै(दरबार हत्याकान्डको १० वर्ष)
   salokya
 

आज जेठ १९, राजदरबार हत्याकान्डको वार्षिकी। आजको दिन नेपाल मात्र हैन, विश्वको इतिहासले पनि एउटा भयावह हत्याकाण्डका लागि सदा याद राख्ने दिन हो। एउटा पूरा वंशको नाश भएको थियो आजैको दिन।

ज्ञानेन्द्रको तुलनामा वीरेन्द्र धेरै उच्चकोटीका राजा थिए भन्न कुनै नेपालीले कन्जुस्याँई गर्दैनन्। तर यिनले देशलाई के योगदान गरे त? कुनै सशक्त चुनौति बेगर अकंटक २८ वर्ष शासन चलाउँदा पनि देश जस्ताको तस्तै, कुनै विकास भएन। बरु ४५औँ गरिब देशबाट हरिकंगाल भई दोस्रो गरीब देशको दर्जामा गनियो। के यो नालायकिपनको चरम नमुना होइन ?
यो हत्याकाण्डपछाडि सामन्ती राजतन्त्रप्रति जनताको आस्था पनि तीब्र गतिमा स्खलित भयो। देशमा विकासको बाधक नै सामन्ती राजतन्त्र हो, यसैले जबसम्म राजतन्त्रको उन्मूलन हुँदैन तबसम्म देशले सही दिशा पक्डिन सक्दैन भन्ने चेतनाको तीब्र प्रसार गर्न यो हत्याकाण्ड पश्चात् नै सम्भव भयो।
वीरेन्द्रको जडनेतृत्त्वको क्रमभङ्गता पश्चात परिवर्तनको गति तीब्र बनेर गयो। दरवार हत्याकाण्डपछाडि बचेखुचेका उत्तराधिकारीहरुले जनताको मनमा कुनै प्रभावशाली छाप छोड्न असमर्थ हुँदा पनि दरवारको साखमा कल्पना गरेभन्दा तीब्र गिरावट आएको कुरो पक्कै हो।
अब एकैछिन नेपालको वर्तमान प्रमुख पार्टीहरुलाई हेरौँ। लगभग सबैजसो पार्टीहरुमा अहिले दरवार हत्याकाण्डको जरुरत परेको छ। सबै पार्टीहरुमा विगत लामो समयदेखि जड नेतृत्त्वले कब्जा गरेर बसेको छ। काँग्रेसमा देउवा, रामचन्द्र पौडेल, सुशील कोइराला आदि, एमालेमा माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा, प्रदीप नेपाल, खड्ग ओली आदि, माओवादीमा प्रचण्ड, बाबुराम, किरण, आदि। यो जड नेतृत्त्वले सँधै नेतृत्त्व ओगट्ने, समस्या समाधान नगर्ने, र आ-आफ्नो मृत्युमा दह्रो मलामी खोज्ने चालबाजी मात्रै खेलेर बस्दा रहेछन्। दशथरी नौटंकी देखाउँदै दोष अरुलाई थुपार्ने र हलो अड्काउने खेल खेल्नु नै यिनीहरुको राजनीति रहेछ। जनतालाई सुख सुविधा दिनु, जनताको दैनन्दिन समस्याको दीर्घकालीन समाधान खोज्नु, विकास गर्नु जस्ता कामहरु यिनको प्राथमिकतामा पर्दैन यदि भने राजा वीरेन्द्र र यी नेताहरुमा फरक नै के भो त?दरवार हत्याकाण्डको पहिलो खबर पाउँदा शंकाको घेरामा माओबादी थियो, त्यस रातभरि टेलिफोनमार्फत यो खबर सबैतिर फैलिसकेको थियो। दिनदिनै बलियो हुँदै गएको माओबादीले दरबारभित्रै आक्रमण गर्न सकेछ भन्ने कुरो चलेको थियो साथीहरुमाझ, तर बिहानसम्ममा माओबादीको यस घटनामा कुनै संलग्नता नभएको कुरो आयो। त्यही दिन सेनाको एक स्रोतले दीपेन्द्रलाई दोष दिइसकेको थियो, तर रेडियोले स्वचालित हतियारको करामत भनेर फुक्न भ्यायो। पछि माओबादीले राजासित कार्यगत एकता भएको कुरा बताइरहँदा रामचन्द्र पौडेल हीरो बनेको थियो, किनकि उनैले एकपल्ट माओबादीहरु निर्मल निवासबाट सञ्चालित छन् भन्न भ्याएका थिए। अहिले महानायक बनेका गिरीजाको लोसे चालामाला र लाचारीपनसित आक्रोशित युवाहरु त्यो बेला कपाल खौरेर सडकमा उत्रिए भने तिनलाई तह लाउन कर्फ्यू नै लगाउनु परेको थियो। जनआन्दोलन-१ मा गुमेको छविलाई धुँदै पखाल्दै सर्वसाधारणको आदर जित्न सकेका वीरेन्द्र राजा रातारात महान राजा र जनप्रिय राजनेताको रुपमा दरिए। दीपेन्द्रका सम्भावित जाज्वल्यमान राजशाहीको असमयमै अवसान भएकोमा दु:खमनाउ गर्नेहरु पनि कम थिएनन्।

मेरो विचारमा वीरेन्द्र वास्तवमा एक नालायक राजा थिए। यो कुरो मैले पहिला पनि ब्लगमा कतै उल्लेख गरेको छु। शाह राजाहरु मध्ये सबैभन्दा धेरै शिक्षित, विवेकी, नेपालको गाउँगाउँ घुमेर जनताको दु:ख देखेका, विलासी दिनचर्यामा चासो नराख्ने, सबैको आस्था र आदर जित्न सफल, छिमेकी र मित्रराष्ट्रहरुको समेत दिल जित्न सफल राजा वीरेन्द्र शालीन ब्यक्तित्त्वका धनी थिए। ज्ञानेन्द्रको तुलनामा वीरेन्द्र धेरै उच्चकोटीका राजा थिए भन्न कुनै नेपालीले कन्जुस्याँई गर्दैनन्। तर यिनले देशलाई के योगदान गरे त? कुनै सशक्त चुनौति बेगर अकंटक २८ वर्ष शासन चलाउँदा पनि देश जस्ताको तस्तै, कुनै विकास भएन। बरु ४५औँ गरिब देशबाट हरिकंगाल भई दोस्रो गरीब देशको दर्जामा गनियो। के यो नालायकिपनको चरम नमुना होइन ? एउटा साधारण मेडिकल डाक्टर महाथिरले मलेसियालाई २० वर्षमा चरम गरिबीबाट मुक्ति दिलाए, के थियो महाथिरसित, मात्र विचार थियो, थोरै सहयोगीहरु थिए, देशभित्रको श्रोतसाधनलाई गरीब जनताको खातिर उपयोग गर्ने अठोट थियो। उनीसित कुनै सदभावी विदेशी मित्र पनि थिएन, एकअर्कालाई तीब्र घृणा गर्ने मलेय, चाइनिज र भारतीयहरु उनका वरीपरी थिए, सत्तालाई आफ्नै बनाउन षडयन्त्र गरिरहने ९-९ प्रान्तीय राजाहरु थिए, अशिक्षा र कुपोषणले ग्रस्त जनताहरु थिए। तर पनि ती सबैलाई मिलाएर उनले देशलाई उकासेर देखाइदिए। तर हाम्रा तथाकथित राम्रा राजा वीरेन्द्रको हकमा भन्ने हो भने, उनले जिन्दगीभरमा न त आफूले सिकेका राम्रा कुराहरुलाई प्रयोग गरे, न त आफूसित भएका अनुकूलताहरुको फाइदा नै उठाए।

नयाँ कुराहरु सिकोस्, संसारलाई बुझोस्, देशको विकास गरोस् भनेर उनलाई भारत, बेलायत, जापान, अमेरिका आदि मुलुकमा शिक्षा, उच्च शिक्षाको अवसर प्राप्त थियो। बीबीसीको अन्तर्वार्तामा सारा संसारलाई प्रभाव पार्ने कुरो बोलेका थिए, हरेक अन्तर्राष्ट्रिय मञ्चमा राम्रा भाषण दिए तर देशभित्र भने मौका पाएसम्म निरंकुश सत्ता चलाए। देशको दीर्घकालीन विकास हुने कुराहरुमा कुनै ध्यान पुर्‍याएनन्, फलस्वरुप नेपाल अविकसितको अविकसित नै रह्यो, नेपालीहरुले चरम दु;ख भोगेको भोग्यै गर्नु पर्‍यो। यी राजा वीरेन्द्र त यति निरीह र निर्दयी रहेछन् कि दरबार कै आडभरोसामा निर्दोष र निमुखा नागरिकहरुको हत्याहिंसा गर्दै खेलिएको राजनीतिक खेल र माओवादी जनयुद्धको समेत चुपचाप साक्षिकिनारा पो भइबसेका। हेत्तेरी, राजा पनि यस्तो हुन्छ कहीँ ? उनको हत्या जो सुकैले गरेको होस्, तर त्यो हत्या उनको कुशासनको प्रतिफल स्वरुप दु:ख पाएका र ज्यान गुमाउन परेका हजारौँ निर्दोष आत्माको श्राप पनि थियो होला शायद। यस्ता नालायक राजाको हत्या हुनु देशको लागि कुनै घाटा होइन भन्दाखेरी आफ्नै साथीहरुले समेत मेरो कुरो पचाउन गाह्रो माने त्यो बेलामा। (सार्वजनिक रुपमा त्यस्तो कुरो भनेको भए त्यो बेला शायद मैले रामधुलाई नै भेट्थे होला कि !!!)

मानौँ एकैछिनलाई, यो दरबार हत्याकाण्ड नभएको भए के हुन्थ्यो होला? जगजाहेर छ, हाल चरम राजतन्त्रविरोधी छवि बनाउन कसरतरत माओवादीले राजतन्त्रसित भित्री साँठगाँठ गर्दै गाउँगाउँमा कांग्रेस कम्युनिष्टका शीरच्छेदन अझै धेरै गर्थे होलान्, किनकि राजदरवार र माओवादीहरुको बीच कार्यगत एकता जो थियो। त्यसैपनि माओवादीले मारेका व्यक्तिहरुको बारे एक एक विश्लेषण गर्ने हो भने तिनीहरुले कति धेरै निर्दोष र इमान्दार काँग्रेस कम्युनिष्ट कार्यकर्ताहरुलाई बिना कारण सफाया गरेको छ भन्ने छर्लङ्ग हुन्छ। पूर्वपञ्च, राजाका कट्टर समर्थक, भ्रष्टाचार गरेर अकुत धन कमाउनेहरु जस्तालाई माओवादीले कहिल्यै पनि टार्गेट बनाएनन्। भविष्यले यस्ता गतिविधिको लेखाजोखा अवश्य गर्नेछ। तत्कालीन सरकारले पनि निकै धेरै निर्दोषहरुलाई नै माओवादीको नाममा मारेको छ, यसरी निर्दोषहरुलाई बलिको बोको बनाउँदै आ-आफ्नो राजनीतिक अभिष्टलाई पूरा गर्ने दुर्नियतपूर्ण खेल खेल्ने राजालाई एउटा अमूक ब्यक्तिको नेतृत्त्वमा भएको हत्याकाण्डले पाखा लगायो त के फरक पर्‍यो ? एउटा विचार नि।

अर्कोतर्फ यो हत्याकाण्डपछाडि सामन्ती राजतन्त्रप्रति जनताको आस्था पनि तीब्र गतिमा स्खलित भयो। देशमा विकासको बाधक नै सामन्ती राजतन्त्र हो, यसैले जबसम्म राजतन्त्रको उन्मूलन हुँदैन तबसम्म देशले सही दिशा पक्डिन सक्दैन भन्ने चेतनाको तीब्र प्रसार गर्न यो हत्याकाण्ड पश्चात् नै सम्भव भयो। सामन्ती राजतन्त्रलाई धुरिखाँबो बनाएर एक वर्ग, एक जाति, एक भाषा, एक भेषको पेवा झैँ खडा गरिएको सामाजिक संरचना नै गलत रहेछ भन्ने चेतना विस्तार गर्न पनि बाटो खुल्यो। आज आएर वीरेन्द्रको वंश नष्ट भएकोमा पश्चाताप मान्ने कुनै वर्ग, शक्ति वा समूह यदि छ भने त्यो त्यहि प्रतिक्रियावादी समूह हुनु पर्दछ जसले सामन्ती राजतन्त्रलाई नै अनेक बहानाबाजी गरेर मलजल गर्ने गर्दछ। त्यही हत्याकाण्डपश्चात् देशको नेतृत्त्वमा शताब्दियौँसम्म लगातार छाएर परिवर्तन र नयाँ विचारको प्रवाहलाई रोकेर बसेको सामन्ती नेतृत्त्वको पछिल्लो २८-वर्षे कडी टुक्रिएपछि त्यसको विरोधमा विद्रोह बोल्नेहरुलाई निकै सजिलो भएको कुरो निर्विवाद छ। वीरेन्द्रको जडनेतृत्त्वको क्रमभङ्गता पश्चात परिवर्तनको गति तीब्र बनेर गयो। दरवार हत्याकाण्डपछाडि बचेखुचेका उत्तराधिकारीहरुले जनताको मनमा कुनै प्रभावशाली छाप छोड्न असमर्थ हुँदा पनि दरवारको साखमा कल्पना गरेभन्दा तीब्र गिरावट आएको कुरो पक्कै हो। यसरी हेर्दा दरवार हत्याकाण्डले देशलाई प्रतिक्रियावादी अवस्थितिबाट प्रगतिशील धारतिर डोर्‍याउन धेरै नै सकारात्मक योगदान दिएको जस्तो लाग्छ।

अब एकैछिन नेपालको वर्तमान प्रमुख पार्टीहरुलाई हेरौँ। लगभग सबैजसो पार्टीहरुमा अहिले दरवार हत्याकाण्डको जरुरत परेको छ। सबै पार्टीहरुमा विगत लामो समयदेखि जड नेतृत्त्वले कब्जा गरेर बसेको छ। काँग्रेसमा देउवा, रामचन्द्र पौडेल, सुशील कोइराला आदि, एमालेमा माधव नेपाल, झलनाथ खनाल, अमृत बोहरा, प्रदीप नेपाल, खड्ग ओली आदि, माओवादीमा प्रचण्ड, बाबुराम, किरण, आदि। खै चलायमान नेतृत्त्व कहाँ छ? कुन पार्टीमा छ? यो जड नेतृत्त्वले सँधै नेतृत्त्व ओगट्ने, समस्या समाधान नगर्ने, र आ-आफ्नो मृत्युमा दह्रो मलामी खोज्ने चालबाजी मात्रै खेलेर बस्दा रहेछन्। दशथरी नौटंकी देखाउँदै दोष अरुलाई थुपार्ने र हलो अड्काउने खेल खेल्नु नै यिनीहरुको राजनीति रहेछ। जनतालाई सुख सुविधा दिनु, जनताको दैनन्दिन समस्याको दीर्घकालीन समाधान खोज्नु, विकास गर्नु जस्ता कामहरु यिनको प्राथमिकतामा पर्दैन यदि भने राजा वीरेन्द्र र यी नेताहरुमा फरक नै के भो त? बाँचुञ्जेल यिनले मस्ती गर्ने, मुखले राम्रो र चिप्लो कुरो गर्ने तर देशलाई कुनै गतिलो योगदान नदिने हो भने यिनलाई पनि वीरेन्द्रलाई जसरी नै राजनीतिको मैदानबाट हटाउने दरबार हत्याकाण्डको शिकार बनाउँदा नै राम्रो हुने भो नि। तर यिनीहरुलाई राजनीतिको मैदानबाट हटाउन दरबारमा प्रयोग भएको घातक एम १६ जस्ता हतियार नभैकन हरेक पार्टीभित्रका युवा कार्यकर्ताहरुको शक्ति प्रयोग हुन जरुरी छ। रक्तपातपूर्ण हत्याहिंसा होइन रक्तपातविहीन प्रजातान्त्रिक प्रक्रियाद्वारा जड नेतृत्त्व कायम रहने प्रथाको हत्या गरिनु पर्दछ। दरबार जस्तो पार्टीभित्र हुने त्यस्तो हत्याकाण्डको माध्यमबाट हरेक पार्टीहरुमा राजा झै हालिमुहाली चलाइबसेका त्यहाँका जडनेतृत्त्वलाई उखेलेर फाल्ने प्रक्रियालाई संस्थागत गर्नु जरुरी छ। जडनेतृत्त्वलाई चुनौती दिनसक्ने युवा नेतृत्त्व र नवीन विचारहरुलाई प्रोत्साहन गर्ने प्रजातान्त्रिक परिपाटी पार्टीरुपि दरबारहरुभित्र नबसुञ्जेल हाम्रो देशलाई वीरेन्द्रप्रवृत्तिले छोड्ने छैन। राजा पपुलर, जनता कंङ्गाल नेतालाई मस्ती कार्यकर्ता र जनतालाई सास्ती। यस्ता नेताबाट मुक्ति पाउन पार्टीरुपी दरबारभित्रै घटना-दुर्घटना हुनु जरुरी छ। जबसम्म ती दरबारहरुमा राजा वीरेन्द्र जस्ता नेताहरु रहन्छन् तबसम्म रक्तपातविहीन दरवार हत्याकाण्डहरुको आवश्यकता पनि रहिरहने छ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork