?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियाप्रती मेरो लगाव
   राजिव भण्डारी
 
सानो छँदा मेरो स्कुलमा हाजिरजवाफ प्रतियोगितामा योगी हरुको मुलुक भनेर कोरिया चिनिन्छ भनी जवाफ दिन्थे मैले  बुझेर भन्दा पनि विभिन्न ज्ञानवर्धक किताबमा उक्त उत्तर भेट्थे । समय सङ्सगै मेरो सानो गाँउमापनि केबुल च्यानलको मध्यामबाट Arirang च्यानल आउन थाल्यो । झन मलाई कोरिया प्रती लगाब बढाउन बुझ्न निकै सहयोग गर्ने संचार पाएपछी मलाई कताकता कोरियाको कलासंस्क्रिती  बुझ्न्रे मौका मिल्यो । जब म पहिलो चोटि 10 july २००८मा कोरिया आँए टेलिभिजन हेरेर मैले जानेको भाषा(नेपाली भाषामा भन्नु पर्दा नमस्ते छिटो छिटो माया गर्छु)  आनेङ्हासेयो, पालीपाली , साराङ्हेयो जस्ता आधारभुत कुरा सुन्नु पुर्व नै किम्ची खाने मौका पाँए म टेलिभिजनमा देखेको किम्ची प्रत्यक्ष्य रुपमा खाने अवसर पाँउदा निकै दंग थिए । कोरिया आउना साथ् एअरपोर्टमा देखिने संस्कार त्यो मिठो लवज शिर निहुराइ गर्ने अभिवादन सफा कोरियन हरुको अगाडि म आँफुलाई मैलो फोहोर पाएको थिंए । एअरपोर्ट बाट छिरेपछीको संसार मलाई बेग्लै लागेको थियो । म कालो वर्णको मान्छे सबैको बिचमा फरक पाँउथे । मलाई सबैले हेर्दा आनेङ्हासेयो भने लगत्तै साराङ्हेयो  भन्दिंदा त्यो अनुपम मुस्कान ले मलाई निकै तरंगित पार्थ्यो। मलाई अझै ताजा छ म  ट्रैनमा बिना काम २ दिन सम्म लगातार हिँडेको, यात्रा गर्दा सबैले हेर्ने मलाई तरपनी म निर्लज्ज पाराले घुम्थे मैले Arirangमा देखेको कोरिया आँखा अगाडि छुन, भोगगर्न अवसर पाएको थिए । त्यो बेला २ हप्ता बसाँईको अवधी भर म कोरिया बुझ्नलाई  तल्लिन रंहे । म खाना खान जाँदा मेनु हेर्दा अझै पनि ताजै छ पारीकारै पारीकार को बिचमा मगाएको खाना खान हम्मेहम्मे पर्थ्यो । स्वादको कारणले तर पनि आउन पाउने हो कि नाँइ म मिठो मानेर खान्थे । खाने ठाँउमा मिठो होस् या नहोस् खाए पछी मिठो गरी खाए भन्ने त्यो बानी बाट म ठुलो प्रभावित भएको थिए जुन कुरा मेरो देशमा   यदी मेरो सन्तुस्टि भएन भने तत्कलाई म बिरोध गर्ने संस्कार बाट हुर्केको ब्यक्तिलाई पनि गतिलो पाठ सिकाउने संस्कार थियो ।   यँहा गर्ने सम्मान बाट म निकै सिकेको छु । त्यो समय म कोरियाको गाँउमा पुगेर एकजना हजुरआमा जो ८७ वर्ष कि थिन उँहाको किसानि काम बाट म प्रेरणा लिएर फर्केको थिए । बिरलै मात्रा काम गर्ने हामी नेपालीलाई हजुरआमाको त्यो मेहनतले मेरो नैतीकलाई झापाड हानेको महशुस अझै गर्दै छु । २५ जुलाई २००८ मा म २ हप्ता को बँसाइ पस्चात अनेकौ अधुरा चाहना हरुलाई पछी अनुभव गर्ने सोच का साथ् नेपाल फर्के।
       सिदार्थ राजमार्गको छेउमा मेरो घर छ ।  भगवान गौतम बुद्ध जन्मेको ठाँउ घुम्न जाने प्रत्यक कोरियन जो घाममा शितल छाहारी खोज्दै घर छेउको ढाव मा पेय पदार्थ पिँउन ओर्लने  यात्री कोरियनहरु सित मैले नचिने पनि मेरो कोरिया को अनुभव बताउन अघी सर्थे । म कोरिया बाट सिकेको सिको उँहाहरुलाई नै भन्दा मायाको ढाडस पाँउदा  भाषा र आफ्नो संस्क्रिती कती माया हुँदोरहेछ उँहाहरुको त्यो मुस्कान बाट महसुस गर्थे । मैले गर्ने सानो सानो व्यवाहार बाट मेरो हजुरबुवा खुशी हुनुहुन्छ । किनकी कोरियन संस्क्रितीको प्रत्यक्ष प्रभाव मेरो बोलिमा मेरो गराइमा देखिन्छ नि बाबु भन्नुहुन्छ,कारण यो आँफैमा सुन्दर र निस्चल छ र मेरो हजुरबुवा लाई समेत यो संस्कारले केही हद्सम्ममा प्रभाव पारेको छ  ।
       जब म अध्यानको सिलसिलामा कोरिया आए  अझ गहिराहिमा म बुझ्दैछु । बिशाल संसारनै  अटने यो सुक्ष्म देशमा  म रमाएको छु , कता कता हराएको पनि छु । म कहिले काँही छुट्टीमा घर जाँदा मेरो आमाले मगाउने कोरियाको कोसेलीमा किम्ची, मियोग , जस्ता नितान्त कोरियन खाना मन छ बाबु ल्याइदेउन भन्ने गर्नुहुन्छ यो पनि सानो कोरियाको मेरो आमामा परेको प्रभाव , मेरा स्कुले साथीहरु जो उच्च शिक्षा को लागि अमेरिका अष्ट्रेलिया बेलायत जापान जस्ता ठाँउमा गएका छन उनिहरुको माग एउटै हुन्छ कोरियान मुभिको चक्का ।  हाम्रो देशमा पुर्वको एउटा सानो बस्ती छ त्यहाँ प्राय युवायुवती हरु कोरियान भाषा बोल्छन र म चिने जानेकोलाई संपर्क गर्ने हो भने मलाई कोरियान भाषामा बोल्न आग्रह गर्छन् र उनिहरुको भाषा सुन्दा साँचिकै कोरिया डैनामिक नै छ र आँफ्नो ठाँउमा भएर पनि हामी नेपाली को बिच्मा पनि यहाँ को भाषा बोल्ने रहेछौ भन्ने आभाश हुने गर्छ ।
  म अध्यन गर्ने कलेजमा साउथ एसियान हरुलाई हेर्ने बेग्लै आँखा लाई परिवर्तन पनि मेरो ठाँउबाट गर्दै छु । म कालो छाला भएको बिदेशी लाई हेर्ने नजरमा सकारात्मक सोच का साथ लिने साथीहरु को महौल्मा भाषा आदन प्रदान गर्दै छु । मलाई नमस्ते भन्ने साथीहरुलाई म आनेङ्हासेयो भनी जवाफ दिँदा हाम्रो निकटता अझ बढेको म ठान्छु । मलाई मन पर्ने खाना सामगेपसाल मेरो साथी लाई नान-रोटी म छक्क पर्छु हामी बिचको भिन्नता। मलाई साथी हरुले आँफ्नो घर लाँदा संगै बसेर खाने प्रविर्ती र मादक पद्दार्थ सेवन गर्दा सानोले ठुलाको अगाडि गर्ने सिस्टता यस्ता सानासाना कुरा देखी कोरियान भाषा सिक्दा जानी नजानी बोल्दा खाएका हप्काइ निकै मजाका छन। छोटो समयमा  कोरियान भाषामा मेरो प्रगती कोरियान साथीहरु को त्यो सहयोगि व्यबाहार बाट मात्र संभव भएको हो धेरैजसरी म सुरुमा पालीपाली शब्द सिंके मेरो कोरियान भाषा पनि 3 वर्ष को अवधिमा निकै राम्रो भएको म ठान्छु । म Foreign migrant shelterहरु बाट भाषा उल्था गर्ने गर्छु बेलाबेलामा र विभिन्न कार्यक्रममा जाँदा यँहा को बारेमा अझ बुझ्दै छु।  यँहाका सुन्दर ठाँउमा गएर म कथा समेत  लेखेको छु यँहाको कलालाई मेरो कवितामा समेत उतारेको छु । वास्तवमा कोरिया मेरो लागि स्वपन भुमी जहाँबाट मेरो कला साहित्य लाई हुर्काउन अतुलनिय योगदान दिएको छ । तर अझै पनि म स्कुले ति वालपनका दिनहरु सम्झन्छु किन योगी को देश भनेर कोरिया लाई भन्ने गरिन्छ? यो भने ३ वर्ष को अवधिमापनि  पत्ता लगाउन सकिराखेको छैन ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork