?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाली विदेशिने क्रम र परनिर्भरता
   खेमराज रानाभाट चिन्तन, डेनमार्क
 

नेपाल संसारलाई चकित पार्ने ऐतिहासिक आन्दोलनहरु अपेक्षाकृत शान्तिपूर्ण रुपमा संचालन गरि कागजमा विश्वका अन्य भू भागमा रहेका मानिसहरुले उपभोग गरेका हक अधिकारहरु प्राप्त गरे पनि व्यावहारिक रुपमा आजका दिनसम्म प्राप्त उपलब्धीहरु कायार्न्वयन गर्न सकेको अवस्था हामीसंग छैन ।२००७ साल,२०४६ साल हुदै २०६२/६३ को ऐतिहासिक आन्दोलनहरुका साथ साथै अन्य साना ठुलो विभिन्न आन्दोलनहरुमा जनताले उत्साहजनक सहभागिता जनाएकै हुन् । तर आन्दोलनका उपलब्धीहरु जनताले अनुभव गर्ने गरी कार्यान्वयन कहिल्यै हुन सकेन।जसको फलस्वरूप नेपालमा व्यवस्थामा धेरै पटक परिवर्तन आए पनि नेपाली जनताको अवस्थामा खासै परिवर्तन आउन सकेन । परिणामत: जनतामा निराशता बढेको छ र सुरक्षित भविष्यको लागि उमेर पुगेका प्राय: सबै नेपाली विदेशिदै छन् र विदेशिनी क्रम जारी छ। आज करिब ४० लाख नेपालीहरु संसारका विभिन्न मुलुकहरुमा रोजगारीका लागि विभिन्न क्रियाकलापमा आवद्ध छन् र दैनिक करिब १००० का दरले नेपाली विदेशिने क्रम जारी छ।

यी ४० लाख नेपाली जीविकापार्जन गर्न, आफु र आफ्ना सन्ततीको सुरक्षित भविष्यका लागि पल पलमा आफ्नो गाउँ ठाउं र परिवार सम्झेर जति सुकै दु:खकष्ट र आत्मागानी भएपनि विभिन्न देशमा जस्तो सुकै काम गर्न बाध्य भईरहेका छन्। उनीहरुको कमाई स्वरूप वार्षिक विप्रेषण आयको रुपमा करिव २६० अर्ब रुपियाँ नेपालभित्री रहेको छ। देशको कुल गार्हस्थ उत्पादनको २५ देखि ३० प्रतिशत आय यही विप्रेषण आयले ओगटेको छ ।आज नेपालमा कुनै पनि उद्योगधन्दा सफल रुपमा संचालन हुन नसकेको अवस्थामा र निर्यात करिब शुन्य र आयातमा दिनहुँ बढोत्तरी भईरहेको अवस्थामा यदि यी नेपाली आमाका सन्तान विदेशमा गई नकमाएका भए आज नेपालको अर्थतन्त्र टाट पल्टि सक्थ्यो । हो आज देशको अर्थतन्त्र टाट पल्टिनबाट जोगाउन र देशमा रोजगारी सिर्जना नभई रहेको वर्तमान अवस्थामा अर्थतन्त्र चलायमान राख्न विप्रेषण आय एउटा अचुक औषधी भएको छ ।तर के नेपाल सधै यसरी नै चलाई राख्ने त ? नेपाली उमेर पुगेपछि रोजगारीको लागी सधै विदेशतिरै लाग्नु पर्ने हो त ? के यो अवस्थाबाट छुटकारा पाउनलाई देशमा कुनै पहलकदमी भई राखेको छ त ? यस बारेमा हामी गम्भीर भएर सोच्नु पर्ने अवस्था आएको छ ।

नेपालले निर्यात गर्ने वस्तुहरुमा जुटका सामान,गार्मेट कपडा,गलैंचा,चिया,अलैंची,मसुरोको दाल लगायतका सीमित वस्तुहरु छन् । तर आयात तर्फ हेर्ने हो भने सियोदेखि मोटर, हवाईजहाजसम्म,कृषिजन्य विभिन्न उत्पादनदेखि अन्य औषधी,पेट्रोलियम पदार्थ,इलोक्ट्रोनिक समान र टेक्नोलोजीसम्म आयात गरिन्छ । बेच्ने केहि छैन तर खरिद गर्नु पर्ने सबै चीज छ । नेपालको कुल निर्यातले नेपालले अहिले आयात गरि रहेको विविध वस्तुहरुमा एक वस्तुको आयातलाई पनि धान्दैन,जुन तथ्यांकहरुले प्रस्ट देखाउंछ ।यस अवस्थामा शोधान्तर घाटा कम गर्ने एउटा मात्र स्रोत विप्रेषण आय भएको छ । तर दुर्भाग्य भन्नु पर्छ अस्थायी रुपमा देश टाट पल्टिनबाट जोगाउने काम वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आय रहे पनि ,के त्यो कमाई उत्पादनशील क्षेत्रमा लगानी भई रहेको छ त ? अवश्य पनि छैन । न त राष्ट्रिय रुपमा वार्षिक करिब २६० अर्ब विप्रेषण आय कुनै उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने काम भएको छ न त उल्लेखनीय रुपमा वैदेशिक रोजगारीमा जाने व्यक्ति आँफैले विदेशको कमाईलाई भोली स्वदेश मै बसी कमाउने आधार सिर्जना गर्नलाई कुनै सानातिना उद्योग व्यवसाय थालनी गरेको अवस्था छ ।

वैदेशिक रोजगारीको भरमा गाउँबाट शहर,शहरबाट सदरमुकाम र राजधानी बसाई सराई बढेको छ । घर घडेरी र गर- गहना जोडजाम जस्तो उनुत्पादनशील क्षेत्रमा लगानी बढेको छ। आफ्नो गाउँ ठाउँमा भएको जग्गा जमीन त्यसै बाँजै छाडि बजारमा विदेशबाट आएको कमाईमा पालिने आश्रित परिवारहरुको संख्या बढ्दो छ ।विप्रेषण आयको भरमा ती ४० लाखको परिवारमा लवाई खवाईमा ठुलै परिवर्तन आएको छ। उपभोगमा सुधारले ती ४० लाखको परिवारको जीवनस्तरमा माथि उठेको छ। तर उनीहरुको त्यो उपभोगले उत्पादन र उत्पादकत्वमा खासै प्रभाव पार्न नसकेको हुदा देशको अर्थतन्त्रमा विप्रेषण आयको योगदान यो अर्थमा सराहनीय मान्न सकिदैन । तसर्थ छोटो समयका लागी बेरोजगारी समस्या हाल गर्न र भुक्तानी सन्तुलनको अन्तर कम राख्न वैदेशिक रोजगारी एउटा उपाय भए पनि सधै वैदेशिक रोजगारीको भरमा अर्थतन्त्र चलाउनु कुनै पनि हिसाबले सही मान्न सकिदैन ।

कुनै पनि देशको अर्थतन्त्र चलायमान राख्न त्यो देशको मानव संसाधनको सही सदुपयोग हुनु अत्यन्त जरुरी देखिन्छ । हामी हाम्रो देशको मानव संसाधनलाई निर्यात गरी देशको अर्थतन्त्र चलाउनतिर नलागी कसरी देशमै रोजगारी सिर्जना गर्ने , विप्रेषण आय राज्य र स्वयं वैदेशिक रोजगारीमा गएका व्यक्तिले उत्पादनशील क्षेत्रमा लगानी गर्नु जरुरी देखिन्छ। वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु मिलि साना ठुला समूह बनाई तथा नेपालमा रहेका आफन्त र अन्य व्यक्तिहरु संलग्न गरी सामुहिक लगानीमा व्यावसायिक कृषि,पशुपालन,फलफुल खेती देखि पर्यतन उद्योग,जलविधुत,सञ्चार,स्वास्थ्य र यातायातमा लगानी गर्नु उपयुक्त देखिन्छ । विदेशी भुमिमा कयौं वर्ष लगाएर कमाएको आम्दानी घर घडेरी र गर-गहना जोडजाम जस्तो अनुत्पादनशील क्षेत्रमा मात्र लगानी गर्ने हाम्रो सोच र परम्पराले घर घडेरीको मुल्य आकशिएको त छदैछ साथै दैनिक जीविकापार्जनका लागि कमाईको स्रोत सिर्जना नगरिएको हुँदां सकुञ्जेल आफै नत्र सन्ततीलाई विदेश पठाएर घर चलाउनु पर्ने अवस्था सिर्जना हुँदैंछ र यस्तो बाध्यताकारी अवस्थाको द्रुतगतिमा बिस्तार हुँदैछ।

यो अवस्थाको अन्त्यको लागि पनि सामुहिक लगानीमा साना ठुला उद्योग सञ्चालन गर्न जरुरी भएको छ। आज विदेश्मा बस्ने सबै नेपालीको छाता संगठन गैर-आवासीय नेपाली संघको विश्व व्यापी सञ्जालले संसारको जुन सुकै देशमा रहेपनि हामीहरु बीच परिचय गराएको छ। यो चिनाजानीलाई मन सोच र भावी कार्य मिल्नेहरुको साना ठुला समुह बनाई सामुहिक लगानी गरी घर गृहस्ती देखि राष्ट्रको अधिक परनिर्भरतामा कमी ल्याउनुको साथै देशको सर्वाङिण विकासमा संलग्न भई भौगोलिक,प्राकृतिक र साँस्कृतिक रुपमा सुन्दर भरिपूर्ण देश नेपाललाई समृद्ध राष्ट्र बनाई समृद्ध राष्ट्रको नागरिकको रुपमा शिर उच्च गरी ज्युउने अभियानमा लाग्नु हामी सबैको कर्तव्य हुन आउँछ।

लेखक एन.आर.एन. पोर्चुगलका पुर्व सचिव हुन।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork