?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा नेपाली कामदारहरुको आवाज र मुकदर्शक दूतावास
   रघु त्रिपाठी
 

नेपाल र कोरिया वीच द्विपक्षीय सम्बन्ध स्थापित  भए पछि नेपाललाई कोरियाले आर्थिक तथा प्राविधिक सहयोगहरु गर्दै आएको छ । तुलनात्मक रुपमा ढिलो गरि २०६३ सालको अन्त्य तिर मात्र कोरियामा नेपाली राजदूतावास स्थापना गरिएको हो । विगत लामो समयदेखि नेपाललाई कोरियाले सहयोग प्रदान गर्दै आएको र नेपालले कोरियालाई मानव स्रोत उपलब्ध गराउँदै आएको छ । कोरियामा करीब १४ हजार जति नेपाली कामदारहरु काम काज गर्दै आएको तथ्यांक रहेको छ । कोरिया विश्वको औद्योगिक विकसित र नेपाल विकासोन्मुख राष्ट्र हो, त्यसैले गर्दा प्रत्येक वर्ष ठूलो मात्रामा नेपालीहरु कोरियाको कलकारखाना र उद्योग धन्दामा काम गर्न आउने गरेका छन् । यसबाट कोरियालाई खाँचो हुँदै गएको श्रम शक्ति पूर्ति हुँदै जाने र नेपालीले पनि ठुलो मात्रामा रेमिट्यान्स भित्र्याउने अवसरका रुपमा लिएको पाइन्छ । देश यस्तो विसम परिस्थितीबाट गुज्रिरहेको बेलामा नागरिकले शुन्दर भविष्यको चाह राखी अन्य डायस्पोरामा रोजगारीको अवसर खोज्नुलाई गलत मान्न सकिदैन । तर सरकारले आफ्ना नागरिकलाई विदेश पठाए पछि उनिहरुको अवस्थाको बारेमा पनि जानकारी राख्न सक्नुपर्छ ।

कोरिया आएकाहरुको यथास्थीति के कस्तो छ , उनीहरुको समस्या के छ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको जस्तो देखिन्छ । नेपाल र कोरियाबीच ईपिएस सम्झौता भएपछि कोरियन भाषा परिक्षा उत्तिर्ण  भएका करीव १० हजार नेपालीहरु  कोरिया प्रवेश गरी सकेका छन् । उता सन् २०१२ का लागि कोरियन भाषा परीक्षा उत्तिर्ण गरेका  करीव १५ हजार नेपालीहरु कोरिया आउने प्रतिक्षामा छन् । उनीहरु कोरियाका उद्योग धन्दा र कलकारखानामा काम गरी राम्रो रकम आय आर्जन गर्ने र पछि नेपाल फर्केर आफ्नो सुनौलो (सुखद) जीवन व्यतित गर्ने उच्च आकांक्षाका साथ कोरिया प्रवेश गर्ने गर्छन् ।

यसरी नेपाल र कोरिया बीचमा मानवीय श्रम शक्तिको माध्यमबाट सहयोग गर्ने क्रममा कोरियामा प्रवेश गर्ने नेपालीहरुले सम्झौतामा उल्लेख गरिए बमोजिमको आर्थिक सुविधाहरु नपाउने गरेको गुनासो नौलो होइन । कोरिया नेपालको असल मित्र राष्ट्र हो । तर पनि नेपालबाट कामदार भीसामा आएका व्यक्तिहरुले के कस्ता काम पाएका छन् ?  कोरिया आएकाहरुको अवस्था के कस्तो रहेको छ भन्ने विषयमा श्रम मन्त्रालयले कुनै पनि किसिमको अनुगमन गर्ने गरेको छैन र अहिले सम्म मन्त्रालयको तर्फबाट कुनैपनि अनुगमन संयन्त्रको स्थापना भएको पनि छैन ।

नेपालको एयरपोर्टबाट उनीहरुलाई उडाएपछि आफ्नो दायित्व समाप्त भएको कुरा नेपाल सरकारले सम्झन्छ । कोरियामा ४ वर्ष अघि स्थापना भएको नेपाली राजदूतावास त छ तर त्यसले कामदारहरुको विषयमा सोधखोज गर्ने, अनुगमन गर्ने र राम्रो सँग काम पाएका छन् कि छैनन्, नेपालीहरु कुन ठाउँमा कुन अवस्थामा  छन् भन्ने विषयमा उचित मात्रमा राजदुतावासको ध्यान पुग्न गएको पाइदैन । केही समय अघिमात्र कोरियामा आएका नेपाली कामदारहरुले सम्झौता बमोजिमको काम नपाएको, काम गर्न धेरै गाह्रो भएको, आफ्नो क्षमता र काम बीचमा तालमेल नमिलेको भन्ने विषयमा कामदारहरुको गुनासो कोरियामा सर्वत्र व्याप्त छ । तर पनि नेपाल सरकार, राजदूतावासले यस विषयमा जानकारी हुँदाहुँदै पनि त्यति चासो दिएको पाइदैन । यस अघि  धेरै नेपाली नागरिकहरुले कोरियामा आफ्नो श्रवण शक्ति, दृष्य शक्ति गुमाएका, अंगभंग भएको र त्यसको उचित  क्षतिपूर्ति नपाएको गुनासाहरु सुन्न र देख्न सकिन्छ ।

हाल कोरियामा इपियस अन्तर्गत आएका कामदारहरु मध्ये लगभग ५० भन्दा बढी नेपाली कामदारहरु अंगभंग भएर अस्पतालको बेडमा लडिरहेका छन् । कैयांै कामदारहरु अलपत्र परिरहेका छन् भने  कैयांै नेपालीले आफ्नो ज्यान गुमाउन पुगेका छन् । कती कामदारहरु आत्महत्या गर्न समेत वाध्य पारिएका छन् । यस विषयमा राजदूतावासलाई कतिको जानकारी छ ? र समस्या न्यूनिकरणका लागि अहिलेसम्म कस्तो प्रयास भैरहेको छ? स्पष्ट हुन सकेको छैन ।
 
नेपालमा लोकतान्त्रिक सरकार सत्तामा आएपछि पनि कोरियाका कामदारहरुले भोग्नु परेका दैनिक पीडादायी समस्याहरु यथावत नै रहने हो भने कोरियावासी नेपालीहरुले नेपालमा लोकतन्त्र आएको महसुस गर्ने कहिले होला भन्ने प्रश्न कहिले सम्म निरुत्तरित रहने हो ? यस सन्दर्भमा नेपाल सरकार र सरकारको प्रतिनिधि नेपाली राजदूतावास कोरियाको अहम दायित्व हुन आउँछ । ४ वर्ष अघि कोरिया आएका नेपाली राजदूत आफ्नो कार्यकाल समाप्त गरि स्वदेश फिर्ता भएपछि दुतावास अहिले राजदुतबिहिन अवस्थामा रहेको छ । न्यूनतम कुट्नीतिक दक्षता समेत नभएका कर्मचारी कार्यवाहक राजदूतको ओहदामा बस्दा समस्या झन जटिल बन्ने देखिन्छ । दूतावासमा महिला अपराध र मानव तस्करमा सकृय रहेका ब्यक्तिहरुको चलखेल बढ्ने गरेको देखिन्छ ।

दूतावासको कार्यशैली प्रति ७० प्रतिसत नेपालीहरुले असन्तुस्ट देखाएको एक अनलाईन सर्वेक्षणले समेत देखाएको थियो । अहिले दूतावासको माथिल्लो ओहदामा आसिन कर्मचारीहरु नेपाली कार्यरत कम्पनी भ्रमण गर्ने बाहानामा अफ्ना आसेपासेको सहयोगमा कस्टमेटिक विज्ञापनमा जुटेको देखिन्छ । यता कृषी तथा फिसिङमा आएका कामदारहरुले भोग्नु परेका पिडादायी समस्या, दर्ता बिहिन नेपालीका समस्या, विवाह गरेर आएका महिला तथा पुरुषहरुका समस्या, विद्यार्थी तथा ब्यवसायीहरुले भोग्नुपरेको यावत समस्यामा दूतावास मुकदर्शक बनेको पाइन्छ । उल्लेखीत  समस्या समाधानका लागि नेपाल सरकार स्वयंले नभने सम्म कोरिया सरकार आफैले नेपालीहरुको स्थितिको बारेमा स्वयं जानकारी लिने विषय होइन । दुई देश बीचको कुरो अन्तर्राष्ट्रिय कानून अन्तर्गतको विषय हो । कुरो नबुझिकन बीच बीचमा नेपालीहरुलाई दोहोरो तेहेरो मार पर्ने काम कारवाही कहाँबाट हुन्छ किन हुन्छ र त्यसको समाधानमा सारकारी व्यवस्थापन किन चनाखो हुदैन ?

यसरी कोरियाली श्रम वजारमा नेपालीहरुको स्थिति र अवस्था सवै चीरफार गरे पछि कोरियाली श्रम वजारमा नेपाली कामदारहरुको अवसर वढाउन त जरुरी छ नै त्यो भन्दा पहिले हाल भएका कामदारहरुको उचित र मानवीय दृष्टिले कल्याणकारी व्यवस्थापन तर्फ नेपाल सरकारको ध्यान पुग्न ढिलो भैसकेको महसुस हुन्छ । कि त श्रम सहचारी को व्यवस्था तुरुन्त हुनुपर्यो अथवा यहां रहेको नेपाली राजदुतावासले नै श्रमिक कल्याण डेस्क राखेर काम गर्ने व्यवस्था गर्नु पर्यो भन्ने कोरियाली कामदारहरुको चर्को आवाज सुनिन्छ ।

यदि हामी सजग नेपाली बन्ने हो भने  ठग, दलाल तथा नेपाल सरकारको मंत्रालय भित्र रहेका भ्रष्ट नेता, मंत्री तथा कर्मचारीहरुलाई हामीहरु नै एक भएर नंग्याउन सक्यौं भने  कोरियाको सपनालाई हामी साकार पार्न सक्छौं । अन्यथा हाम्रो पैसा र सपना माथि खेलबाड गर्नेहरुको पंजा बाट हामी कहिले पनि मुक्त हुन सक्तैनौ ।  त्यसो  त मंत्रालय भित्र पनि त्यस्ता भ्रष्ट कर्मचारीहरु नभएका होइनन् । त्यसमा बिचार पु-याउन जरुरी छ । अपेक्षा गरौ लोकतान्त्रिक सरकारको कानमा   यो आवाज छिट्टै पर्ने छ  ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork