?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

धोबीघाटमा धोबीहरुको भेला र प्रचण्डलाई धुने कसम
   खग्रेन्द्र संग्रौला
 
माओवादी कम्युनिस्ट पार्टी हो । यसले जनयुद्ध लड्यो । परिवर्तनको ऐजेण्डाहरूलाई रगतको र शहादतको रूपमा यसले उठाएको हो भनेर म ठोकुवा गर्दछु । अहिले माओवादीभित्र धोवीघाटको कुरा छ , धोवीघाटमा धोवीहरू भेला भएर आफ्ना अध्यक्ष प्रचण्डलाई धुने कसम खाए । मैले सुने, काठमाडौको बिभिन्न मोलमोलाइचाको प्रवाहहरूमा धोवीघाट नाका सबैभन्दा फोहोर र अपवित्र छ ।

धोवीघाट अभियानले के कुराको संकेत गर्दछ भने एनेकपा माओवादीमा प्रचण्ड भन्ने मान्छे सबैभन्दा फोहोर हो । मलाई यो कुरा सुन्दा बडो अनौठो लाग्यो । इतिहास भन्छ, नेपालमा गणतन्त्र ल्याउने काममा, नेपालमा संघीयता ल्याउने काममा, धर्म निरपेक्षताको संकल्पमा, नेपालको राजनीतिलाई समाबेशी बनाउने संकल्पमा सबैभन्दा ठूलो योगदान एनेकपा माओवादीको रहेको थियो । नेपालको इतिहासमा दशबर्षको जनयुद्धको माध्यमबाट नेपालका अशक्तहरू, आवाज नभएका आवाज बिहीनहरू, बिपन्नहरू ,परित्यक्त र बञ्चितहरूलाई दृष्टि दिएको, आफ्नो अधिकारका लागि सडकमा उतारेको एनेकपा माओवादीले हो । परिवर्तनका ऐजेण्डा सस्थागत गर्ने सबैभन्दा ठूलो जिम्मेवारी पनि एनेकपा माओवादी कै हो । शान्ति र संविधानको कामलाई निश्कर्षमा पु-याउने काममा माओवादीले निर्णायक भूमिका खेल्छ कि खेल्दैन ? त्यसको परिणाममा एनेकपा माओवादीको भविष्य र गणतन्त्र नेपालको भविष्य पनि भर पर्छ ।

यतिबेला नेकपा माओवादीभित्रको नेतृत्व तहको क्रियाकलाप हेर्दाखेरी यो कम्युनिस्ट पार्टीजस्तो लाग्दैन । यो त कुम्भ मेला जस्तो लाग्छ । एउटा भिड जस्तो लाग्छ । दृष्टिबिहीन, दिशाबिहीन, दायित्वबिहीन र नैतिकताबिहीन जस्तो लाग्छ । नेपालको राजनीतिमा माओवादीमा अभिब्यक्त भइरहेको राजनीति अत्यन्त गम्भीर प्रकृतिको छ । यो माओवादीको मात्र चिन्ताको बिषय होइन । सबै नेपालीको चिन्ताको बिषय हो । हामीले पढेको र जानेको कुरा के हो भने कम्युनिस्ट पार्टी सिद्धान्तमा प्रतिबद्ध हुन्छ , कम्युनिस्ट पार्टी संरचनामा बाँधिएको हुन्छ , अनुशासनमा बाँधिएको हुन्छ र संकल्पबद्ध हुन्छ ।

माओवादीमा अहिले दुईटा छ । कार्यसूचिको र कार्यविभाजनको प्रश्न छ, त्यो सँगै नेतृत्व परिवर्तन र नेतृत्व सुधारको प्रश्न छ । खासगरीकन धोवीघाटको मण्डलीले आफ्नो सबै शक्ति लगाएर प्रचण्डलाई आक्रमणको केन्द्र बनाएको छ । नेतृत्व परिवर्तन गर्न सकिन्छ तर समय सन्दर्भ महत्वपूर्ण हुन्छ , विधि प्रक्रियाको कुरो पनि हुन्छ । प्रचण्डपथको निर्माण गर्दै प्रचण्डको देवत्वकरण गरियो ।

प्रचण्डको देवत्वकरण गर्ने प्रेरणा कमरेड स्टालिनबाट आएको हो । प्रचण्डपथ एक बिम्ब थियो प्रचण्डलाई बिशाल बिम्ब बनाइयो । राजनीतिक अधिकार, सैन्य अधिकार सम्पूर्ण अधिकार प्रचण्डमा केन्द्रित गरियो । त्यो परिपाटी, त्यो परम्परा अहिलेसम्म पनि चलिआएको छ । प्रतिस्पर्धाको राजनीतिमा जाने अवस्थामा एक ब्यक्ति एक पद न्यायोचित कुरा हो । तर तपाइले १८, १९ बर्ष लगाएर निर्माण गरेको जुन परम्परा छ, त्यसलाई रूपान्तरणको नाममा रातारात फेर्न सक्नुहन्न । समय लाग्छ । प्रचण्डका धेरै कमजोरी छन, प्रचण्डलाई देवता मानेकोले स्वभाविकरूपमा अलिकता अभिमान हुन्छ, स्वेच्छाचारिता हुन्छ , अरुलाई नगन्ने प्रवृति हुन्छ, सामुहिक रूपमा गर्नुपर्ने निर्णय पनि ब्यक्तिगत रूपमा गर्ने प्रवृत्ति पनि पनि हुन्छ । त्यो प्रवृत्ति प्रचण्ड एक्लैले बनाएको होइन । जोजोले मिलेर प्रचण्डपथ निर्माण गरे, ती सबैले मिलेर बनाएको हो ।

अहिले शक्तिकेन्द्रिकरण, साधन श्रोतको केन्द्रिकरणको नाममा आफ्नो अध्यक्षलाई जसरी किनारा लगाएर ताछ्ने, बदनाम गराउने काम गरिएको छ त्यो त तपाईहरू सबैको अपमान हो । जसले सबैभन्दा बदनामी गर्न खोजेको हो सबैभन्दा बदनाम त्यही हो । कुनैपनि संस्थाको अध्यक्ष भनेको तपाईले रोजेको मान्छे हो । संस्थाको अध्यक्ष भनेको संस्थाको टाउको पनि हो र संस्थाको मस्तिष्क पनि हो । तपाईले जब आफ्नो टाउकोको बिरुद्ध अभियान चलाउनु हुन्छ , जब आफू धोवी भएर त्यसलाई धुने कुरा गर्नुहुन्न्छ भने कम्युनिस्ट परम्परा र कम्युनिस्ट पार्टीको इतिहासमा त्यो भन्दा लज्जाजनक कुरा केही पनि हुन सक्दैन । अहिले त्यो अध्यक्षको बिरुद्धको जो गठबन्धनको निर्माण भएको छ , त्यो सिद्धान्तको आधारमा निष्ठाको आधारमा हो भन्ने लाग्दैन ।

नेताहरू पदको लालसामा हिडेका छन । मलाई प्रधानमन्त्री चाहियो । मलाइ यो चाहियो, त्यो चाहियो त्यो त टपरेहरूले माग्ने कुरा हो । आफ्नो संस्थाको अध्यक्षको बिरुद्धमा सार्वजनिकरूपमा नेपाली कम्युनिस्ट पार्टीको सस्थापक आदरणीय नरबहादुर समेतलाई फसाएर जसरी टपरे अभियान चलाइएको छ, त्यसले कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पार्टी सिद्ध गर्दैन । नेकपा माओवादी रगतमा लतपतिएर आएको पार्टी हो । माओवादीको आह्वानमा १५ १६ हजार मान्छेहरूको ज्यान गएको छ । क्यान्टोन्मेन्टमा १९ हजार लडाकु, क्रान्तिको भविष्य के होला ? मेरो भविष्य के होला ? भनेर चिन्ता बोकेर बसिरहेका छन । आफन्त हराएकाहरू आफन्तको खवर पर्खेर बसिरहेका छन । तिनका आँखामा आँसु सकिएका छैनन् । १६ हजार मान्छेको बलिदान तपाईलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाउन होइन । दश बर्षको जनयुद्धमा मर्न र मार्न तयार भएकाहरू, नेपालको इतिहासमा चेतनाको बाढी पु-याउनेहरू किनारामा पुगेका छन । बीचमा प्रवेश गरेकाहरू मिडियामा दात देखाउँदै हिडेका छन । मन्त्री र प्रधानमन्त्री पदको निम्ति टपरी थाप्दै हिडेका छन । आफ्नो गुटको सङख्या बढाउनको लागि, संख्या प-याउनको निम्ति कोही अर्का समूहबाट आएको मान्छेलाई हैसियत भन्दा बढी ठाउँ दिनुहुँदैन । जो धरातलमा उभिन्छ उ बिनम्र हुन्छ । त्यो यथार्थवादी हुन्छ , त्यो शालिन हुन्छ , टुप्पोबाट पलाएका हरू बैशाखी टेकेर माथि पु-याएकाहरूमा बिनम्रता हुँदैन । तपाईको शिरमा धेरै ठूलो भार छ । तपाईले सबै नेपाली जनताको भाग्य अटाउने संविधान लेख्ने संकल्प गर्नुभएन भने तपाईलाई घेर्न तपाइलाई चिथोर्न कमल थापा चाहिदैन, तपाईका पार्टीका असन्तुष्ट ब्यक्तिहरू नै धेरै हुनेछन ।

अव कुरा टुयाउछु । प्रचण्डका धेरै कमजोरी छन मलाई थाहा छ । प्रचण्ड नेपाली राजनीतिको सबैभन्दा मन पर्ने मान्छे पनि हो, मन नपर्ने मान्छे पनि हो । प्रचण्डको आलोचना गर्दा मैले जतिसुकै आलोचना गरेपनि उहाँले यो सही कुरा हो भन्नुहुन्छ । प्राय उहाँले भोलिपल्ट बिर्सनुहुन्छ । यो शान्तिप्रक्रियालाई टुंगोमा पु-याउने पात्रहरूमध्ये एकमात्र र निर्बिकल्प पात्र भनेको प्रचण्ड हो । त्यसैले संविधान निर्माण भएपछि तपाई महाधिवेशन गर्नुहोस , विधिसम्मत ढंगले तपाई प्रचण्डलाई फेर्नोस, योग्य र आकांक्षीहरूलाई अध्यक्ष बनाउहोस, त्यो पार्टीको सामान्य प्रक्रिया हो ।

अहिले प्रचण्डलाई घेर्ने प्रचण्डलाई ताछ्ने, प्रचण्डको कद घटाउने र प्रचण्डलाई बदनाम गराउने भनेको शान्तिप्रक्रिया र संविधान प्रक्रियालाई अवरुद्ध गर्ने कुरा हो । जनताका जे जति ऐजेण्डा छन तिनलाई कुल्चिने कुरा हो । मेरो आफ्नो विचार सुन्नुहुन्छ भने, बन्ने भनिएको राष्ट्रिय सरकारमा प्रचण्ड प्रधानमन्त्री भएको खण्डमा यो प्रक्रिया अगाडि जाला कि भन्ने मलाई झिनो आशा छ । प्रचण्ड बाहेक तपाइले जोसुकैलाई प्रधानमन्त्री बनाएपनि यो प्रक्रिया अवरुद्ध हुन्छ । ब्यक्तिको बिम्ब , ब्यक्तिको पहिचान, ब्यक्तिको प्रतिष्ठा, ब्यक्तिको प्रभावकारिता भनेको अर्कै कुरा हो । त्यसको बिम्ब तपाई धोवीघाटमा गएर एकरातमा धोएर धुन सक्नुहुन्न । म प्रचण्डसँग बिनम्र अनुरोध गर्दछु । तपाईको पार्टीमा तपाईको बिपक्षमा बहुमत पुगेको छ भने तपाई अध्यक्ष पद छोडदिनुस । माओवादीले यो जोखिम उठाउने बेला हो । यो प्रचण्डले साहस गर्ने बेला हो । शान्ति र संविधानको पक्षमा जो प्रतिबद्ध हुन्छ त्यसलाई साथ दिने बेला हो । जो प्रतिबद्ध हुँदैन उसलाई आफ्नो बाटो जान दिने बेला हो ।

माओवादी पार्टी फुटिसकेको छ । धोवीघाटको जम्बोले माओवादी पार्टी फुटाउने गम्भीर रिहलसल ग-यो । त्यसको परिणाम हामीले भोगिसकेका छौं । तर प्रचण्डले आदर्शलाई नबिर्सने, संविधान चाहने पार्टी भित्रका र पार्टी बाहिरकालाई साथ लिएर साहस गर्नुपर्छ । जोखिम उठाउनु पर्छ । आफूले उठाएका ऐजेण्डा सस्थागत गर्न सके प्रचण्ड र नेकपा माओवादीले जो गौरव बोकेको छ त्यसको इतिहास रहला, माओवादीको इतिहास रहला, यदि उहाँले त्यो जोखिम उठाउनु भएन , साहस गर्नुभएन, यो सिनेटबाट त्यो सिनेटमा उहाँ हल्लिरहनुभयो भने माओवादीको इतिहास समाप्त हुन्छ । प्रचण्डको इतिहास समाप्त हुन्छ ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork