?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

विदेशिएका प्रतिभालाई मौका दिनुपर्छ
   राजकुमार राई
 

नेपालमा तेक्वान्दो खेलको शुरुआत भएको २८ वर्ष बढी भइसकेको छ। यो अवधिमा तेक्वान्दोले मुलुकको गौरव बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माचमा शिर उँचो बनाएको छ।

विगतको त्यो यात्रा सहज थिएन। तीतो संघर्ष र मीठो अनुभवलाई सँगाल्दै र अँगाल्दै यो खेलको भविष्य उज्यालो बनाउने प्रयत्नमा खेलाडी प्रशिक्षक निर्णायकहरुले अप्ठ्यारा दिनहरु छिचोलेको हो। तर आज कताकता लाग्छ नेपाल तेक्वान्दो संघ र प्रशिक्षकहरुले यो खेलमा यागदान पुर्याउनेहरुलाई चटक्क भुलिरहको छ। इतिहासका सुनौला पानाहरुमा पढ्न नसकिने गरी मसी पोखाएर एउटा पुस्तकालयमा राखिदिएको छ। तेक्वान्दो खेलमा शुरुदेखि लागिपर्न इतिहास निर्माण गर्ने व्यक्तिहरु ओझेलमा छन् र निस्सासिएका छन्। उनीहरुको सही मूल्यांकन गरिएको छ जस्तो मलाई लाग्दैन।

सन् १९८६ को एसियाली खेलकुदमा पदक जित्ने पदकधारीहरु अहिले कहाँ छन् खै तिनीहरुको योगदानको कदर भएको यस्ता ऐतिहासिक खेलाडीहरुलाई सम्झिँदा खेलकुदको गरिमा घट्छ र इतिहास बोल्छ चम्किन्छ र सबल देख्छन्। हड्डी मासु नभएर उभिन सक्दैन। मासु हड्डीबिना अस्तित्वमा रहन सक्दैन। मासु हड्डी रगत र नसाबेगर मानव वा कुनै पनि सजीव वस्तु बाँच्न सक्दैन। यस्तै हो खेलाडी प्रशिक्षक र संघ। जब खेलाडीको महत्व हुदैन भने प्रशिक्षकको के महत्व हुन्छ परिषद् र मन्त्रालयको मत्व के हुन्छ ?

तेक्वान्दो संघको कुरा गरौं। संघले खुलेर आफ्नो राष्ट्रिय सम्पत्तिको रक्षा गर्न सकेको देखिँदैन। संघ सबै खेलाडीहरुको साझा घर हो। सबैले त्यो घरभित्र समान अधिकार पाउनुपर्छ। मिहिनेत र परिश्रमअनुसारको फल पाउनुपर्छ। संघले पूर्वखेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारीहरु र खेलाडीहरुको संरक्षण गर्नुपर्छ। इतिहास र ऐतिहासिक खेलाडीहरुको इतिहास र उनीहरुको फोटो तह-तह राखे के बिगे्रला नयाँ पुस्ताका खेलाडीहरुले अग्रजहरुको बारे थाहा पाउनुपर्छ। युवाहरुले पुराना पुस्ताबाट हरकुरा सिक्न सक्छन्। त्यो मौका दिइनुपर्छ। तेक्वान्दो खेलले सदाबहार बाँचिरहन्छ। हामीले शुरु गर्यौं हामीले अन्त्य गर्नुपर्छ।

अधिकांश खेलाडीहरु आज देशबाहिर छन्। तर खेलाडीहरुलाई देशबाहिर बस्नुको पीडा र आफ्नो देशको मायाले दोहोरो पीडा खपिरहेका छन्। म आफैं देशबाहिर छु। म देशलाई सरापेर बाहिरिएको होइन। बाहिरिएका सबैले देशको उन्नतिका बारेमा सधै सोचिरहन्छन्। म पनि हरॆक पल हरक्षण देश विकासका लागि के गर्न सकिन्छ भनेर सोचिरहन्छु।

संसार जसरी परिवर्तित हुँदै छ त्यसरी नै हामी र नेपाल तेक्वान्दो संघ पनि परिवर्तित हुनु जरुरी छ। त्यसैले मेरो अनुरोध छ हामै्र पालामा तेक्वान्दो तहस-नहस भएको देख्नु नपरोस्। बरु यसको विकासका लागि सबै एक भएर जुटौं र यो खेलको विकासका लागि अगाडि बढौं। यो खेलको संरक्षण गरौं। हामीले खाएको फल हाम्रा आउने सन्ततीहरुले पनि खान-पाउन सकून्। त्यसैले फूलको बोटलाई सबैले मिलेर मलजल हालौं।

गत सेप्टेम्बर २४ मा सम्पन्न भएको पहिलो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपले पनि प्रमाण दिएको छ कि हामी मिल्यौं भने केही असम्भव छैन। वर्तमान परिस्थितिमा तेक्वान्दो विकासका लागि स्वदेशी र विदेशी तेक्वान्दोपे्रमी एक हुनु जरुरी छ। अन्तर्राष्ट्रिय तेक्वान्दो युनियन इन्टा र नेपाल तेक्वान्दो संघको संयुक्त प्रयासले त्यो सफल भएको हो। यस्तै सहकार्यको जरुरी भोलिसम्म छ।

आज विश्वभरका खेलमा धेरै परिवर्तन भइसकेको छ। नेपालमा पनि यो परिवर्तन आउनुपर्छ भन्ने मेरो चाहना हो। हामी समयअनुसार बदल्न सिक्नुपर्छ। नयाँ-नयाँ कुराको चाहना गर्नुपर्छ। अनि मात्र तेक्वान्दोको वास्तविक विकास सम्भव छ। फूलको चाहना गर्ने हो भने पहिले बिरुवा रोप्नुपर्छ।

अहिले त एनआरएन भन्ने संस्था पनि गठन गरिएको छ। यसको उद्देश्य विदेशिएका नेपालीहरुले आ-आफ्नो क्षमताअनुसार देशलाई सहयोग गर्ने नै हो। अब समय परिस्थितिअनुसार एनआरएनमा भएका खेलाडीहरुलाई नेपाल राष्ट्रले र संघले सम्मान गर्दै राष्ट्रको सहभागिता गराउने ढोका खोलिदिनुपर्छ। त्यसैले यदि कोही नेपाली जो राष्ट्रका लागि खेल्न सक्षम छ प्रतिभाशाली छ भने उसलाई मौका दिँदा राष्ट्रलाई फाइदा हुन्छ। यसले प्रतिभाको कदर एकातिर हुन्छ भने अर्कोतिर खेलले पनि प्रगति गर्नेछ। तथ्यांकका अनुसार २८ लाख बढी नेपालीहरु विदेशिएका छन् जसमा प्रतिभाशाली खेलाडीहरुको संख्या पनि त्यति नै छ। तिनीहरु राष्ट्रका लागि धेरै गर्न इच्छुक छन् र गर्न सक्छन् पनि। परिस्थितिको यो आवश्यक मल किन नगर्ने मातृभूमि नेपालको माया विदेशिएका नेपालीहरुलाई अझ बढी हुने गर्छ। यो पीडा विदेशमा बसेका हामी जस्तालाई बढी महसुस हुन्छ। त्यसैले पनि मातृभूमिका लागि धेरैभन्दा धेरै गर्ने चाहना हुन्छ। यो कुरा बुझिदिनुपर्छ।

अन्त्यमा विगतका सबै कुरा बिर्सौं। सबै कुरा नयाँ ढंगले सोचौं। आऔँ हामी सबै मिलर तेक्वान्दो बनाऔं समाज बनाऔं मुलुक बनाऔँ र भावी पुस्तालाई नयाँ नेपाल दिऔं।

अमेरिकामा बसोबास गरिरहनुभएका राजकुमार राई तेक्वान्दोका सातौं डान ब्लाकबेल्ट प्राप्त प्रशिक्षक हुन्। उनले सन् १९८६ को सोल एसियाली खेलकुदमा कांस्य तथा नेपालमा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork