बिल्लु रानीको आत्मा हत्याले त्यहाँ हेर्न जाने सबैको मथिंगल घुम्यो । प्रमुख जिल्ला अधिकारी शिवहरी बन्जराले यसो नजानिदो चालमा नाक खुम्चाएर सम्झे , श्रीमती र नानीहरु माइत पठाएको बेलामा बिल्लु रानीसंग बितेका रंगिन रातहरु । आखा भित्र गाडिएका , गालामा खोप्ला बसेका , भर्खर आमाको जूठो बोकेका प्रमुख जिल्ला अधिकारीले नजानिदो पाराले आफूले लगाएको सेतो भुत्ले टोपी टाउकाबाट झिके र बिल्लु रानी प्रति श्रदान्जली अर्पण गरे । एस पी जग बहादुरले रात भरी स्थानीय खोया बिर्केको नशामा राता आखा बनाउदै बिल्लु रानीसंग काटेका कामोतेजक रातहरु सम्झदै ऊसंग आएका एक हुद्धा पुलिस कर्मी पट्टी फर्किएर टाउकाबाट टोपी फुकाल्दै उर्दी गर्यो , ए केटा हो ! लासको पोस्ट मार्टमको लागि सर्जमिन गर जिल्ला सभापति हर्क मान लिन्देनले पनि अतितलाई सम्झदै भन्यो , सबैलाई खुशी राख्नेको एक दिन हालत यस्तै हुन्छ भन्दै भुइँतिर हेर्यो र एक छिन हरायो ।
त्यस भेकका नामूद तन्त्र बिद्ध्य र झाक्री पेशामा निपुण खगेश्वर निरौलाले पनि बिल्लु रानी बिरामी पर्दा झारफूकको निहूले उसका लाज हुने अङ्गहरु छोएको सम्झदै , बिचरी अकालमा नै मरिछ , स्वर्गको बास होस् भने । भारतीय सैनिकबाट भर्खरै निवृतिभरण पाएको तुलाराम शाहीले मन मनै सम्झ्यो , अरे के नाम भन्छन , यो त मेरा लागि हेमा मालिनी थिई , कसरी ज्यान गुमाई ? अफसोस ब्यक्त गर्यो । बजारको वीचमा ठूलो पसल चलाएर बसेको पवनलाल घेदु (आलु साहू) ले बिल्लु रानीसंग बिताएको रातबाट उब्जिएको झगडामा कान्छी स्वास्नीले पुन्यूले निधार उडाएर लागेको खत छाम्दै भन्यो , यो कसैको साजिस हो कलेजका प्राध्यापक , स्कूलका शिक्षक , गा वि सका सचिव , वकिल , मानव अधिकार कर्मी सबैलाई कही न कही बिल्लु रानीको मृत्युमा शोक थियो ।
पहाड र मधेस गरी गाडी कुदाउने हेम लाल गुरुजीलाई खाना दिन लाग्दा बिल्लु रानीको संबेदनशिल अङ्गमा ठोकिएको घटना आलै जस्तो लाग्यो ....खलासीले पनि आफूलाई कर्के आखा लगाएर हेर्दै जिस्काउदै गरेको घटना सम्झ्यो र एक छिन घात गर्यो । आखिर बिल्लु रानीलाई सबैले मालपोत कार्यालयबाट पंजीकृत गरी पास गरेको आफ्नो लाल पूर्जा सम्झिन्थे बिल्लु रानीको होटलमा आउने सबै खुशी भएर हासेर जान्थे । होचो होचो शरीर ,ठूल-ठूला बाटुला आखा, चुच्चो नाक , मिलेका सेता दात , शरीरको अगाडिको भाग देखेर मानिसहरु मर्थे ।
नाकमा नथ्था लगाएकी , माथि ब्लाउज र तल घुडा घुडा सम्म आउने लुंगी लगाउथी एक हिसाबले भन्ने हो भने , बिल्लु रानी कसैलाई जीवन संगी लाग्यो , कसैले श्रीमती पनि भने , कसैले प्रेमिका भने , कसैले बाहरवली भने , कसैका लागि जुवामा बसेकी खाल भई भने कसैको लागि पुरानो रक्शी भई । हुन पनि यसो झट्ट हेर्दा बिल्लु रानी बारी भरी पहेलै फुलेकी तोरीको फूल थिई , माहुरी र भमराहरु महको शिकार गर्थे । के पीरले हो कुन्नि ? त्यस्ती मगमगगाउदी फूल त्यसै ओइलाएर गई । ऊसंग जो जो खेले , सबैले आ-आफ्नो पाराले माया र आत्मा सम्मानले मौन रुपमा श्रदान्जली दिए कसैले पार्टीको झन्डा ओढाएनन , कसैले सहिद घोसणा गरेनन , कसैले दस लाख क्षतिपूर्ति दिनु पर्छ भनेनन , बरु उसको लास जलाउनलाई सबैले अलि अलि गरेर चन्दा उठाएर दाह संस्कार गरे एल एन सुवेदी "हस्ती"
हाल दुबई, यू ए ई ।