?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मैले बुझेको MTU अनि KCTU
   गीरिराज कुँवर
 

रोजगारीको सिलसिलामा दक्षिण कोरिया प्रवेश गरेको म आफ्नो मन मस्तिस्क संधै समाजसेवाको भावनामा डुवाउन चाहान्छु । सोही भावना अनुरुप २ बर्ष पत्रकार महासंघ दक्षिण कोरियाको कोषाध्यक्ष पदमा रही काम गरें र दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुको छाता संस्थाको रुपमा चिनिने नेपाली सम्पर्क समितिको सचिव पदमा हालसम्म कार्यरत छु ।

बिदेशमा रहँदा जो कसैलाई पनि दुःख मर्का पर्न सक्छ । अतः मेरो बुझाइमा दुःखमा परेका साथीभाइको मद्दत गर्नु नै समाज सेवा हो । बिदेशमा रहँदा सबैले एक अर्कालाई सहयोग गर्नु आवश्यक छ । मर्कामा परेका साथीभाइलाई मद्दत गर्नुपर्छ । समाज सेवाकै क्रममा बिदेशीहरुको सेवामा समर्पित MTU र KCTU बारे बुझ्ने चाहना थियो । फल स्वरुप सो संस्थामा २०१० देखि कार्यरत श्री उदय राईसंग भेट गरी वहाँ कार्यरत संस्थाबारे थप बुझ्ने मौका पाएँ र सो संस्थाबारे केही लेख्ने जाँगर चलेका कारण उदय राईको भनाइ अनुसार संस्थाबारे जानकारी तपाईहरु समक्ष प्रस्तुत गरेको छु । 

सर्वप्रथम सम्पूर्ण प्रवासी मजदुर साथीहरुमा ढिलै भएपनि यहाँहरुलाई कोरियामा हार्दिक स्वागत गर्दै मजदुर आवाज बुलन्द गर्ने र हामी आँफै आफ्नो अधिकार "मागेर नपाए खोसेर पनि लिन सक्छौ" भन्ने हामी र हाम्रो विश्वाशलाई अलिकति पनि बिचलहित हुन नदिई कसैको प्रभाव अनि दबाब मा नपरी मजदुरीको उचित मुल्याङ्कन हुनुपर्छ यदि नभएमा हाम्रो आवाज सरकार वा जोकसैको पनि बिरुद्धमा उठने छ अन्तत: त्यो लडाईंलाई सफलताको उच्चतम बिन्दुमा हामी पाउने छौ |  आफ्नो हक, अधिकार प्राप्तीका लागि तपाईं प्रवासमा रहनु भएका सम्पूर्ण साथीहरुलाई कुनैपनि डर अनि त्रासमा नबसी कोरिया स्थित रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको "नेपाल ट्रेड युनियन महासंघ" (जिफन्ट) र गणतन्त्र कोरियाको ट्रेड युनियन महासंघ "कोरियन कन्फेडेरेसन अफ ट्रेड यूनियन्स"(KCTU) बिचमा भएको सम्झौतको मर्म अनि भावना भित्र रही आजै देखी KCTU अन्तर्गतको एम टि यु को सहयोगमा आफु र आफ्नो वरपरका साथीहरुलाई सहयोग गरी आफु भित्रको मानवताको अपमान नगरी मानवीय सहयोगका हातहरुसँग मिलेर हातेमालो गर्दै अनाधिकारको बिरुद्धमा आफ्नो हक अधिकार प्रप्तिका लागि सँगै सहयात्रा गर्दै ओतप्रोत मनले तपाईंको आगामी दिन मानव सेवामा समर्पण हुन्छ भन्ने पङ्तिकारले विश्वाश राखेको छु ।
        
गणतन्त्र कोरियाको ट्रेड युनियन महासंघ"कोरियन कन्फेडेरेसन अफ ट्रेड यूनियन्स" (KCTU) बिशेषगरी कोरियामा पनि कोरियान मजदुरका लागी १९९० मा राष्ट्रिय मजदुर संघठनको नामले स्थापना भएको थियो । आफ्नो कार्य सम्पादनको क्रममा ५ बर्ष पछी १९९५ मा राष्ट्रिय मजदुर संघठन बाट "कोरियन कन्फेडेरेसन अफ ट्रेड यूनियन्स" (KCTU) मा परिबर्तन भयो। KCTU ले आफ्नो कार्य क्षेत्र बिस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय मजदुर संगठन संग सहकार्य गर्ने निर्णय अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको "नेपाल ट्रेड युनियन महासंघ" (जिफन्ट) सँग 2010/09/28 मा सम्झौता भयो । सम्झौतानुसार KCTU  ले रोजगारी बढाउने, श्रम आयत तथा निर्यात गर्ने मुलुक बिच कुटनैतीक सम्बन्ध सुधार गर्ने साथै नेपाली श्रमिकलाई थप रोजगारी प्रबर्द्धन गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का लागि प्रतिनिधिका रुपमा उदय राई KCTU को कार्यालयमा कार्यरत हुनुहुन्छ। २ बर्षे कार्यकालका लागि प्रतिनिधिका रुपमा रहेका राईले 2010/10/13 देखी कार्य सुरु गरेका हुन् । KCTU ले उल्लेखित गरेको मजदुरहरुको अधिकार मध्येको मुख्य अधिकारमा (१)संगठित हुन पाउने अधिकार (२)सौदाबाजीको अधिकार (साहु सँग तलब आदी) र (३) हडताल गर्ने अधिकार तथा अन्य कृयाकलाप गर्ने अधिकार (श्रमको उचित मुल्ल्यङ्कन आदी आदी ) हुन। मजदुरहरुको लेवीबाट चलेको KCTU को EPS लाई WPS (Work Permit System) मा लैजानु पर्छ भन्ने जोडदार माग राख्दै मजदुरका हितमा नीति निर्माण गर्दै धरपकड कार्यको घोर निन्दा गर्दै त्यस प्रकारको कार्य तत्काल बन्द गर्नका लागि चेतावनी दिदै आएको छ। KCTU र Gefont बीचको सम्झौता पत्रमा कोरियाका लागि छोङ उई हन र नेपालका लागि बिष्णु रिमालले हस्ताक्षेर गरेका थिए।
  
प्रवासी मजदुर संघ (MTU) कोरियन कन्फेडेरेसन अफ ट्रेड यूनियन्सको मातहतमा रही बिशेष गरी प्रवासी मजदुरहरुको समस्याको निराकरण लागी 2005/04/24 मा स्थापना भएको हो। एम टि यूले बिबिध समस्याको लागि तलब, मजदुरको अन्य धेरै समस्याहरुको हल गर्दै मजदुर एकता, भैइपरी आउने समस्याको बारेमा पनि मजदुर परामर्श दिदै आएको छ। मजदुरहरुको हक अधिकारको सुरक्षाको लागि लड्ने, चेतनामुलक कार्यक्रम गर्ने जस्ता कामहरु गर्दै आएको छ। आगामी दिनमा EPS लाई WPS मा लैजानु पर्छ, अबैधानिकलाई बैधानिक बनाउनु पर्छ, धरपकड बन्द गर्नु पर्छ जस्ता मुद्दामा सरकारसँग माग राख्दै मजदुरको प्रतिनिधित्व गर्दै आएको र गर्ने जानकारी दिएका छन। कारीब ७०० सय सदस्य रहेको MTU को खर्च लेवीबाट नै चलेको छ। साथै MTU का मेम्बरको प्रती व्यक्ती 1500 वन KCTU लाई बुझाउनु पर्दो रहेछ । यसो नगरेमा KCTU को कुनै पनि औपचारिक कार्यक्रममा भाग लिन नपाउने व्यबस्था रहेछ ।

1991 मा कोरिया प्रबेश गर्नु भएका श्री उदय राई नेपाल ट्रेड युनियन महासंघ" (जिफन्ट) का तर्फबाट कोरिया प्रतिनिधिका रुपमा 2010/10/13 देखी काम गर्न थाल्नु भएको हो। उहाँले आफ्नो कार्य क्षेत्रलाई KCTU बाट सुरु गरी MTU को आपत्कालिन समितीको अध्यक्ष हुँदै आफ्नो सम्पूर्ण समय मजदुर हकहितका लागि खर्च गरेको बताउनु हुन्छ। राईले आफुलाई मजदुरको अधिकार प्रप्तिका लागि सहयोगी हातहरुलाई निम्त्तो दिनु भएको छ। साथै सम्पूर्ण मजदुर साथीहरुलाई आफ्नो समय भएमा मजदुरले नै मजदुर को मर्म अनि भावनालाई सम्झन सक्छ र सम्झनु पर्छ भन्ने मुल्य र मान्यता लाई आत्मसात गर्दै भोलिका दिनमा मजदुर एकताका लागि लड्नु सबैको कर्तब्य हो भन्ने उनको ठम्याई छ ।

अन्त्यमा यो पङ्तिकार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनिहरु, खेलाडी, समाजसेवी, बुद्धिजिवी बिशेष गरी पत्रकार साथीहरुलाई थोरै भएपनि मजदुरहरुको बारेमा आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिनु हुन हार्दिक हार्दिक अनुरोध गर्न चाहान्छु ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork