?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

समाजसेवामा
   देवमान हिराचन
 

"तपाई जस्तो मान्छेले आँफूले भोगेको, आफूँले जानेको र आफूँलाई लागेको कुरा समाजमा दिनु पर्छ । यो दिने माध्यम भनेको लेखाई नै हो । त्यसैले तपाइले आफ्नो जीवनका अनुभवहरुलाई लेख्नुस् र किताब बनाउनुस् ।"

सन् २०१० को शुरुवात तिर मेरा केही मित्रहरुले यस्तो सुझावदिए पछि मलाई आफ्नो जीवनका अनुभवहरु लेखेर पोख्ने जाँगर चलेको थियो । तर कसरी लेख्ने ? एकातिर एनआरएनको अध्यक्षको जिम्मेवारी अर्काेतिर आफ्नो व्यवसायी कामको पनि दायित्व, यी दुवै कामका लागि मैले दैनिक सरदर १६ घंटा खट्नु पर्ने बाध्यता नै थियो । दिनमा त मैले फुर्सद पाउने सम्भव नै थिएन । राती पनि एनआरएनका साथीहरुसँगको भेटघाट, बैठक र पत्राचार जस्ता कामले गर्दा ९ । १० त बजि नै हाल्थ्यो । तै पनि जहाँ इच्छा त्यहाँ उपाय भने झै मैले लेख्ने समय र विषयवस्तु तय गरे, त्यो समय थियो विहान ०३ देखि ०६ बजे सम्मको । यसरी लेख्ने विचार त बनाएँ तर मलाई देवनागरि (नेपाली) लिपिमा टाइप गर्न नआउने, त्यसैले कलमले नै लेख्नु पर्ने बाध्यतै भयो ।

विषयवस्तुका बारेमा मैले आफूले गरेका काम र भोगाइहरुको फेहरिस्त नै हुने भएकाले मैले यसका बँुदाहरु नै तय गरें । पहिलोमा मेरा भोगाईहरु जस्मा मुस्ताङमा घोडा चराउँदा देखि जापानमा जेम्सस्टोनको उद्योग चलाउदासम्म, पोखरामा अण्डा बेच्दा देखि जापान र नेपालमा ट्राभल एजेन्सी चलाउदा सम्म, जापान जाने अवसर पाउदा हर्ष विभोर भएको अवस्था देखि जापानमा नै आत्म हत्या गर्न तम्सने परिस्थिति सृजना भएको अवस्था सम्म, मार्फाको स्कुलमा क्लास मनिटर हुँदा देखि एनआरएनएको केन्द्रीय अध्यक्ष हँुदा सम्म । आदि जस्ता स्मृतिहरु मेरो मानसपटलमा ओइरिए झै भए । अनेकौ कष्ट र हर्षका अवस्थाहरुबाट गुज्रदै नागिबेली रुपमा तय गर्दै आएको मेरो जीवनयात्राका यस्ता अनुभव र अनुभूतिहरुलाई मैले कापीको पानामा जम्मा गर्दै गएँ ।

म पढाइको हिसावले स्वास्थ्य प्राविधिज्ञ भएता पनि पेशा र अनुभवका हिसावले एउटा उद्यमी, व्यवसायी तथा अर्थ प्रणाली सम्बन्धमा पनि रुची राख्ने भएकाले अवको नेपालमा आर्थिक र सामाजिक विकासलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पनि आफ्ना अनुभव तथा धारणाहरु राख्नुलाई पनि सान्दर्भिक नै ठानें । म समाजशास्त्र र इतिहाँसको विद्यार्थी होइन, तथापी अनौठो प्राकृतिक बनावट र रोमाञ्चकारी इतिहास भएको मेरो जन्मस्थल मुस्ताङको भूगोल र इतिहासलाई मैले खोजी खोजी पढेको थिएँ । मैलेपढेका यस्ता कृतिहरुबाट कतिपय उद्दरणहरु लिएर तिनलाई पनि यथासक्य उतार्ने काम गरे ।

अल्पसंख्यामा रहेको भए निकै प्राचीन सभ्यताको इतिहासभएको परिश्रमी, सृजनशील र जातीगत रुपमै व्यवसायिक कौशलता भएको मेरो जाती थकालीको इतिहासका आधारभूत पक्षहरु उतार्नुलाई पनि मैले जायज नै ठाने । यसरी आफ्नोजीवनका भोगाई, अनुभव र जानेका केही ज्ञानहरुलाई सरसरती उतारे पछि मैले यसको शीर्षकलाई "कर्म" नै राख्ने निकौर्लमा पुगें मैले प्रत्यक दिन माथि उल्लेख गरिएको समयमा लेखेर लगभग ६ महिना (नोभेम्बर २०१० देखि अप्रिल २०११) मा "कर्म" लेखि भ्याएँ । लेखेर त सकें तर यसको भाषा देखि कतिपय सन्दर्भहरु सिलसिलाबद्ध रुपमा मिलेको छैन कि भन्ने आफैलाई लागिरहेको थियो । किन भने मैले कैलेकहीं आफ्नो पेशा र अनुभवका बारेमा केही फुटकर लेख अनि कैलकहीं मनमा कुनै भावना तरंगित हँुदा लघुकथा, नाटिका र छोटा कविता वा मुक्तक सम्म लेख्ने गरेको भए पनि भाति पुयाएर कुनै लामै कृति लेख्ने अभ्यास भने गरेको थिइन । त्यसैले म भाति पुयाएर भाषा र सन्दर्भ मिलाउन जान्ने हुनुका साथै मेरा भावना र धारणालाई राम्ररी ठम्याउन पनि सक्ने सम्पादकको खोजिमा थिएँ । यसै क्रममा मुस्ताङी जनताको सामुदायिक विकास लगायत शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत विगत २० वर्ष देखि सेवारत रहेका जापानी नागरिक तारुकोन्दो (जसलाई म १० । १२ वर्ष पहिले देखि चिन्दथें) को माध्यमबाट ज्योतिलाल बनसँग मेरो सम्पर्क हुन पुग्यो ।

श्री बनमा मैले लेखकीय अनुभवका साथै मेरा भावना र धार णालाई बुझ्न सक्ने विशेषता पनि रहेको अनुभव गरे पछि वहाँलाई नै मेरो "कर्म" पुस्तक सम्पादन गर्न दिने विचार गरें । यसै सन्दर्भमा बनजीले कुशल सम्पादन सीप भएका चर्चित लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जन तथा आफूँ समेत भएर "कर्म" को सम्पादन गर्ने प्रस्ताव राख्नु भयो । यो प्रस्ताव मलाई उचित नै लागेकाले मैले वहाँहरु दुवैसँग आँफूले "कर्म" लेख्नुको उद्देश्यका बारेमा मौखिक जानकारी समेत गराई पुस्तक सम्पादनको जिम्मा दिएँ । मैले चाहे झै नै वहाँहरुले पुस्तकको सम्पादन कार्य सम्पन्न गर्नु भए पछि यसको प्रकाशन हुन पुग्यो । यसरी लेखकमा म देवमान हिराचन, प्रकाशकमा ललित सब्बा र सम्पादकमा राजेन्द्र महर्जन तथा ज्योतिलाल बन रहेको, ३१० पृष्ठको "कर्म" पुस्तक सन् २०१२ फेब्रुअरिको शुरुवात तिर पहिलो संस्करणमा १००० प्रति प्रकाशित हुन सक्यो । प्रकाशनको लगत्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइलाका हातबाट यसको विमोचन भयो । विमोचन पश्चात रु. ५०० मूल्य राखिएको यो पुस्तक प्रवासी नेपाली साथीहरु लगायत अन्य पाठकहरुले पनि झण्डै हारालुछ जस्तै गरी किनेर लानु भयो । यसरी प्रकाशन भएको करिव दुई महिना भित्रमा "कर्म" लगभग सवै नै हुन लागि सेकेको छ ।

यस प्रकार पहिलो संस्करण बिक्री भै सकेकाले अब दोस्रो संस्करणको तयारीमा छु । सकभर नयाँ वर्ष २०६९ को प्रारम्भिक महिना भित्रैमा "कर्म" को दोस्रो संस्करण निकाल्ने हाम्रो प्रयास रहनेछ । जसलाई पैरवी प्रकाशनले बिक्री वितरण गरिरहेको छ । कुनै पनि पाठक वर्गले त्यहाँबाट "कर्म" खरिद गर्न सक्नु हुनेछ । "कर्म" पुस्तकको विक्रीबाट आएको र आउने सवै रकम नेपालको सामुदायिक विकास तथा शिक्षाको क्षेत्रमा लगाउने उद्देश्य राखेका छु । विगत दुई दशक देखि नेपालका पिछडिएका समुदायका लागि शिक्षा तथा स्वास्थ्य सेवामा योगदान पुयाउदै आएको शिक्षा तथा विकास केन्द्र (यसोडेक) नामक संस्थाको माध्यमबाट गाउँका विपन्न वर्गहरुको आर्थिक अवस्था उकास्नको लागि वाख्रा पालन होस् या कफि खेतीका लागि निशुल्क विरुवाहरु किनेर वितरण गरेर सहयोग गर्ने मेरो सोचाइ रहेको छ । साथै सामुदायिक सेवामा यस रकमको उपयोग गरिने योजना बनाइएकोछ ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork