नेपालली राजनीतिक दलका सिर्सस्तनेताहरु कुनक्षेत्रको हुँनुमा आँफूलाई कालीदाश सम्झदैछन् र कुन जाती भएर घमण्ड गर्दैछन् सायद जेठ १४ पछिका दिनहरुले उनिहरुलाई नेपाको कुनै भूगोल, क्षेत्र, धर्म, जात , लिङ्घ, बर्ण जे देखे पनि चिर शान्तिको निद हरणहुने प्राय निश्चित छ । किनकी हामी नेपालीहरु अशान्ति, बेरोजगार, हिँसा, हत्या जस्ता जटिल परिस्थितिको बावजुद अखण्ड नेपालको निम्ति एक पटक मर्न तयार छौं तर हाम्रा कालीदाश नेताहरु जीवनभर पल पल मरेको देख्न पाइने छ सायद जेठ १४ पछि । २००७ सालमा जसरी काँग्रेसले हजारौं नेपालीहरुको बलिदानमा आफ्नो स्वार्थलुट्ने काम ग¥यो सायद स्व गणेशमानसिंहले पनि २०४६मा मात्र पत्ता पाए । उनको अन्तिम बिश्लेषण थियो “नेपाली जनता भेडा हुन” । तर यो छोटो शब्दले नेपाली जनतामा कुनै चेतनाको बिउँ छर्न भने सकेन फलस्वरुप पटक पटक नेपाली जनता भेडा बनि बिभिन्न गल्लि, चोक र शहरमा भौतारीरहे । तर अब जनता भेडोहुने परिस्थितिमा छैन । सक्छौ नयाँ बनाउँ सक्दैनौं नबिगार बेलैमा हेक्का राख यो जनताको अन्तिम सुझाब हो । दुई साता अघि देखि सुदूर पश्चिमा चर्किएको हिँसा पनि बिखण्डित नेपालको चिन्ताले जनतामा छाएको निराशाको एउटा प्रतिविम्ब मात्र हो ।
आफ्नो घरमा आगो लगाएर छिमेकिलाई गुहार्नुको सट्टा आगो सल्कन नदिँदा अरुले खेल्ने अवशर पाउँदैन, तर किन हाम्रा नेते ज्यू हरुको बुद्धी अरुले भुटीरहेका छन् । यो नै नेपाली जनतको चिन्ता र चासोको बिषय बनेको छ । अखण्ड नेपालका पक्षधर बाट माओबादी कार्यालय तोडफोडले नेपाली जनतामा कुनै क्षेत्र वा जाती बिशेषको भन्दा सिंगो नेपाल नै नेपालीको मनोकाँक्षा भएको प्रष्ट बुझ्न सकिन्छ । जातीय राज्य नै बनाउनु पर्छ भने राउटे, चेपाङ्घ, कुसुन्डा, माझी, गाँइने, बोटे जस्ता पिछडीएका जातीको नामबाट किन नराख्ने? एउटा जातीको नाममा राज्यको नाम राख्न तम्सिनेले अर्को जातीलाई किन उपेक्षा गर्दछ ? जुनसुकै राजनैतीक प्रणाली वा शासकिय स्वरुप अपनाएपनि जातीय बिभेदको बिजारोपणले बिकाशका बाटा बन्द गर्नुका साथै द्धन्द निम्तिने खतरा देखिन्छ । धर्म निरपेक्ष राष्ट्र घोषणा हुँदा खुसि हुनेले जातीय राज्य को वकालत गर्नु भनेको आँफैमा बिरोधावासपूर्ण बुर्जुवा अभिब्यक्ति दिनु नै हो । बुर्जुवा भन्ने कार्यप्रणाली र शिक्षानितीको बिरोध गर्दै जती नेपालीको रगत पसिना बग्यो अन्तत तिनका नेताहरुले पनि यतिका बर्ष संबिधान बनाउन गरेको प्रयास असफल भएमा जैठ १४ पछि ति राजनीतिका कालीदासहरुले बुर्जुवाको उपाधी पाउँने निश्चित छ । तर एकमुठ्ठी सासरहुन्जेल नेपाल र नेपालीको विकाशमा नयाँ उर्जादिने जुझारु जननेताको जनअपेक्षा माथी कुठाराघात गर्ननहुँने कुराको हेक्का कालीदाशहरुले राख्नु जरुरी देखिन्छ । सक्छु र गर्छु भन्नेले गरेरै बिगारे देश अनि जनतहरुलाई , कहिले पासपोर्ट काण्ड, कोही कालो बजारी, कसैको अपहरण पेशा, कसैलाई नाममात्रको जन्मकैद, कोही डन मन्त्रि, कसैलाई शक्ति र सत्ताको आडमा शैक्षिक प्रमाण पत्रको ब्यापार,यसरी ब्रम्हलुट गरिरहे जम्बो संबिधानसभाका अधिकांश अभिनयकर्ताहरुले । सबैभन्दा उदेकलाग्दो त संबिधानसभाका अगुवाले देश र जनताको बिकाश गर्न सत्र पटक सम्म सत्तामा बिराजमानहुन जुन किसिमले आँफुलाई प्रस्तुत गरे यसले भाबि नेपालमा प्रसस्त छोटा राजाहरुको खतरा निम्तिने संकेत देखिन्छ ।
भने अर्को तिर जनताबाट प्रत्यक्ष निर्बाचित राष्टपतिसहितको मिश्रित शासकिय स्वरुप र बहुपहिचान सहितका ११ प्रदेश बनाउने सहमतिले जेठ १४ भित्रै संविधान घोषणाको झिनो आसा जगाएको छ । प्रत्येक प्रदेशमा बिभिन्न जातीहरुको समिश्रण भएकोहुँदा जातीय पहिचानले पुन द्धन्द निम्तिने खतर बढ्ने प्रायनिश्चत देखिन्छ । एउटै भूगोलमा परस्परबिरोधि माघसहितका आन्दोलनले आत्मअधिकार नभै आत्माघाती कदमको सुरुवात भएमा सिंगो नेपालमा प्रश्नचिन्ह खडाहुने देखिन्छ ।
कार्यकारी अधिकार राष्ट्रपति र प्रधानमत्री दुबैमाहुने मिश्रित प्रणालीले शक्तिको आडमा द्धन्द मचिने हुँदा सरकारको निरन्तरता नभई सरकार गिराउने र बनाउने फोहोरी खेलको नयाँ शुरुवात नहोला भन्न सकिंदैन् । त्यसैले प्रचण्ड रुकमाङ्घत घटनाबाट नेतृत्व पंतीले बेलैमा पाठ सिक्नु जरुरी छ । संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संबिधान बन्ने लक्षण हुँदा हुँदै जनजाती, आदिबासी, मधेसी र बैद्य पक्षले बिरोधको आधार पेशगर्न नसक्नु जेठ १४ भित्रै बन्ने नयाँ सरकारमा च्याँखे थाप्नु सिवाय कुनै तुक देखिंदैन । नेपालका सबै जाती, धर्म, संकृती, भाषा हाम्रा सम्पती हुन् । नेपाली नागरीक लिएका हामी सबै आदीबासी मात्र हैन समान हैसियतका मुल बासी पनि हौं । त्यसैले आसा गरौं जेठ १४ को नयाँ संबिधानले हामीलाई आदीबासी हैन सबैलाई मुल बासीको समान अधिकार सम्मन्न बनाउने छ ।
लेखक एन.आर.एन कोरियाका कार्यसमिति सदस्य हुनुहुन्छ )