?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
   सुरज गिरी
 

मुलुक अहिले कालो रातमा आँखा चिम्लेर हिड्न बाध्य भएको स्थिति छ । नेपालले थेग्न नसक्ने विषयलाई मुद्दा बनाएर विभिन्न राजनीतिक दलका नेताहरुले जनतालाई गुमराह गर्ने दृष्टिकोणको वावजुत आज देशले संविधान पाउन सकेन । विभिन्न जातजातिहरु मिलेर बसेको अखण्ड नेपाललाई टुक्रा टुक्रा पार्ने सोच, जनताबीचमा जातीय वैमनस्यताको बिजारोपण गर्ने अनिष्ठ कार्य, सत्ता र भत्ताको लोभमा विभिन्न समयमा रिसोर्ट, होटल र प्यालेसमा बैठकको नाममा दिन बिताउने चेष्ठा, राजनीतिक सिद्धान्तभन्दा बाहिर रहेर राष्ट्रलाई नयाँ नेपाल बनाउने सपना र बोलीमा कुनै प्रकारको सत्यता नभएको हुँदा आज नेपाल र नेपाली जनतालाई ठूलो कुठाराघात परेको हो भन्नु सान्र्दभिक नै हुन्छ ।

जेष्ठ १४ को दिन आज नेपालीहरुको लागि शनि संकटा र साढेसातको ग्रहले भरिएको कालो रात्रीको रुपमा देखा परेको छ । यो दिनलाई हरेक वर्ष कालो रात्रीको रुपमा सम्पूर्ण जनताले ग्रह निवारणका सामग्रीहरु बनाइ दोबाटोमा फाली नेपाललाई सहि दिशा निर्देशन दिने महान व्यक्तित्वको जन्म गराउन भगवानसंग प्रार्थाना गर्नु पर्दछ । जेष्ठ १४ ले गर्दा प्रत्येक महिनाको १४ गतेलाई अशुभ दिनको रुपमा बार बारन गरी यो दिनलाई भावी सन्ततीको लागि ताजास्थ राखिनु पर्दछ । भावी सन्ततीले पनि यो जानुन की जेष्ठ १४ मा संविधान दिन नसक्ने लाचारी राजनीतिक दल र तिनका नेताहरुको नामावली सजिलै उच्चारण गर्न सकुन् र इतिहास मै यस्ता नेताहरु तथा राजनीतिक दलहरुको सबैभन्दा ठूलो लापरवाहि र भूलको दिन हो भनि नेपाली मन र मस्तिष्कमा जिवीत राखिनु पर्दछ ।

संविधानको टुङ्गो नलागेपछि चुनावी प्रकृयाबाट संविधानसभाको टुङ्गो लगाउने भनि प्रम. डा. बाबुराम भट्टराइले मंशिर १७ को दिनलाई शुभलग्न ठह¥याइ घोषणा समेत गर्नुभएको छ । तर यो चुनावको दिन मंशिर १७ गते नभएर जेष्ठ १४ गते नै पारेको भए सायद उचित हुने थियो होला । जसले गर्दा सम्पूर्ण जनताहरुलाई पुराना विचार शैली र पटक पटक मन्त्री भएर सत्ता र भत्ता खानेहरुलाई सन्यास लिन लगाइ नयाँ नेतृत्वको खोजी गर्नको लागि दबाव सिर्जना गराउने एउटा माध्यम पनि बन्ने थियो । युवा वर्गहरुलाई विदेशतिर लखेट्नु पनि यही कारण हो । जबसम्म युवाहरु विदेशमा रहन्छन् तबसम्म वृद्ध नेताहरुको मरणान्तसम्म मन्त्री खाने सोच पुरा हुने छ । कयौं युवाहरुको प्राणको आहुती दिएर आउने भनिएको संघीय गणतन्त्र आखिर सडकको रणतन्त्र मै सिमित रहेर टुंगीयो । विभिन्न तरिकाले पटक पटक राजनीतिक दलहरुलाई सहयोग र साथ दिंदै सडकमा उत्रेका नेपाली युवा समाजले कुनै पनि प्रकारको सहानुभूति नपाइकनै संविधानसभा हराएर नेपालीको मन, मुटु र चाहनालाई छताछुल्ल बनाइ आपूmले देशप्रति दिएको योगदानलाई अनर्थ र व्यार्थ बनाएर अबका दिनहरुमा सोच्नु पर्ने वाध्यता सिर्जना गराएको छ ।

जब चुनावी प्रकृयाबाट आएको सरकारले जुन विषयबस्तुको टुङ्गो लगाउनु थियो त्यो नै गर्न नसकेपछि अब तिनै नेताहरुलाई फेरी चुनावमा उठाएर समस्याको समाधान हुन्छ भन्नु मुर्खता नै हुनेछ । यदि त्यसो भएमा भोलिको ४ वर्ष पनि यस्तै यस्तै सत्ता र भत्ताको खेलमै बित्नेछ र मुलुक अझ ठूलो संकटमा फस्ने छ । तसर्थ देशलाई सबै समस्याबाट मुक्त गराउनु नै पर्छ भन्ने बिचारले अग्रसर भएका राजनीतिक दल र तिनका नेताहरु छन् भने अबको चुनावमा नयाँ नेतृत्वको खाँचो खड्किएको छ । नेपालमा कुर्सिको खिंचातानीमा लागीरहने नेताहरुको शैलीले गर्दा नै सारा नेपालीलाई गरिबी, भोकमरी, लुटपाट, बलात्कार, चोरी, काटाकाट, मारामार र बोल्नेको पिठो बिक्ने जस्तै भएर राष्ट्र र राष्ट्रियतालाई विश्वभरी नै नराम्रो दृष्टिकोणको सिकार बनाएको कुरालाई पनि आत्मसाथ गर्नु कुनै गल्ति हुने छैन ।

चुनावी प्रकृयामा जानु पूर्व डा. बाबुराम भट्टराइले राजीनाम दिइ सबै पार्टीलाई समेटेर सर्वदलीय सरकार बनाइ सर्वप्रथम त संविधानसभा हुन नसक्नुका कारकतत्वहरुलाई मिलान गरिनु पर्दछ । जुन विषयमा सहमती भइ सकेको छ त्यसलाई यथेष्ट नै राखी सहमती हुन नसकेका बुँदा र मुद्दालाई सहमति तर्फ लगेर मात्रै चुनावी प्रकृयामा जानु उपयुक्त होला । नत्र चुनावपछि सहमतिको खोज भन्दै अर्को ४ वर्ष मुलुकलाई संकटमा होमिने कुरालाई मध्यनजर गर्दै यस्ता असहमतिका विषय बस्तुलाई दृष्टिगोचर गरी सम्पूर्ण नेपालीको आकांक्षा र मर्मलाई नियालेर सहमतिको बाटो रोजी भएका मुद्दालाई टुङ्गो लगाइ चुनावपछि लगत्तै संविधानसभा गराइ देशलाई नयाँ संविधान दिइनु बाहेक अर्को कुनै विकल्प नै छैन ।

सरसर्ति ६०१ जनाको सरदर रु.६९८६८.०० को दरमा तलबको मात्रै अनुमान लगाउँदा यस्तो गणितीय तथ्यांक निस्कन्छ । जुन निम्न प्रकारको छः
१ जना सभासदको मासिक सरदर तलब रु. ६९८६८.००
६०१ जना सभासदको तलब सरदरमा ६०१ गुण रु.६९८६८.०० को दरले गर्दा मासिक रु. ४१९९०
६६८.०० हुन्छ ।

अब १ वर्षको १२ गुणा रु. ४१९९०६६८.०० गर्दा रु.५०३८८८०१६.०० हुन जान्छ । ४ वर्षसम्म बिना कामको लगातार तलब खाँदा ४ गुणा रु.५०३८८८०१६.०० को दरले रु. २०१५५५२०६४.०० हुन्छ भने अब फेरी चुनावी प्रकृयाबाट संविधानसभाको टुङ्गो लगाउने भनि अगाडि बढ्दा बिना निस्कर्षको चुनावी प्रकृया र फेरी म्याद थप गर्दै ४ वर्ष बित्यो भने अहिलेको तुलनामा १० प्रतिशतले मात्रै पनि तलब वृद्धि हुन पुग्दा यो देशको विकासमा लाग्ने खर्च सबै सांसदको खल्तिमा मात्रै जाने हुन्छ ।

देशको विकास कहिले हुन्छ ? अहिले नेपालमा चुनाब गर्नु भनेको नोकरीको लागि आव्हानपत्र जारी गरेको जस्तै भएको छ । सभासद बनेर को कोले देशको ढुकुटीबाट तलब लिने भन्ने विषयलाई नै मध्य नजर गरी चुनावी परीक्षाको आव्हान गर्दै फेरी देशलाई अर्को आर्थिकस्थितिको दलदलमा धकेल्ने काम भएको हो भन्नुमा अत्युक्ति नहोला । यो त केबल तलबको मात्रै सरदर रकम निकाल्न खोजिएको हो । भत्ता, रिसोर्ट, होटल, प्यालेस, विदेश भ्रमण जस्ता कुराहरुको यथार्थ हिसाब गरिने हो भने खरवौं सम्पत्ति केवल ६०१ जनाको पोल्टामा मात्रै हराएर गएको छ । जनताको पसिनाले कमाएको पैसा र विदेशले नेपालको विकासको लागि लगानी गरेको रकम नै हो । त्यसैले नेपाली जनता अब होशियार भएर अगाडि बढ्नुको विकल्प छैन ।

२०६२÷०६३ को शसक्त जनआन्दोलनले शाहवंशीय परम्परालाई पन्छाएको थियो । किनभने राजा ज्ञानेन्द्रले एकलौटी शासन गर्न खोज्नु र र
ाजनीतिक दलहरुलाई निस्तेनावुत पारिन खोज्नुको संजाय स्वरुप राजा शब्दको लोप हुन पुगेको हो । अब पनि त्यहि शिलशिलालाई दोहो¥याइ एकपक्षिय निर्णयको बलमा सत्ता कब्जा गर्न खोज्नु अर्को राजाको जन्म भएको त होइन भनि नेपाली जनताले अर्को थप शसक्त क्रान्ति गर्नु नपरोस् । आफै मात्रै जान्ने सुन्ने भए झैं गरी अन्य दलहरुको विचार र असहमत पक्षलाई सहमतिको बिन्दुमा पु¥याउन नसकि सुनियोजित तरिकाले संविधानसभाको विघटन गरिएको भनि विभिन्न राजनीतिक दलले औंला उठाइ रहँदा पनि मौन रहेर चुनाव नै सबैभन्दा उच्च विषय बस्तु हो भन्नु पनि राम्रो थिएन । अब यहि चुनाबको शिलशिलालाई म्याद थप गर्दै फेरी शासन सत्ता हत्याउने चरित्र गरिएको हो भने यसलाई जनताले राम्रो मूल्यांकन दिएर साथ दिन नसक्ने कुरालाई पनि मनन गरिनु पर्दछ ।

तसर्थ यी सबै कुराहरुलाई बिचार गर्दा एउटा प्रश्नको जन्म हुन्छ त्यो हो–
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ? सरकारमा रहेर गरिएको चुनावी घोषणा कुनै ठूलो अभिव्यक्ति हो भनेर सोच्ने र नसोच्ने त नेपाली जनताले नै जानेको हुन्छ । जय देश जय नेपाल

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
अखण्ड नेपाल
धोबीघाटमा धोबीहरुको भेला र प्रचण्डलाई धुने कसम
पहिचान विरूद्ध केही भ्रम
हामी भित्रको इच्छा शक्तिलाई कार्यन्वयन गरेमा संसार भरि नमुना बन्न सक्दछ NRN कोरिया
कोरियामा नेपाली कामदारहरुको आवाज र मुकदर्शक दूतावास
जुन मानिस जहाँ सर्वप्रथम बसोबास गरेको हुन्छ त्यस ठाँउको नाम पनि उसले आफ्नै भाषामा राखेको हुन्छ
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork