जर्मनको वान आइकल सहर स्थीत काइजर हलमा जुलाई ११ मा छुटटै रौनक थियो । कार्यक्रम हल फुल माला र व्यानरहरुले सजिसजावट थियो, नेपाली झण्डा अनि नेपाली गित संगतिहरुले हल गुन्जी रहेका थिए । कार्यक्रम हलको प्रवेसद्धारमानै उभिएका आयोजकहरुले नमस्ते भन्दै हात जोडेर स्वागत गर्दा नेपाली पनको आभास हुन्थ्यो ।
राष्ट्रिय गानको धुन बजाएर सुरु भएको सो कार्यक्रममा नेपालबाट आउनुभएका बरिष्ठ संगितकार तथा गायक प्रदिप बम्जन तथा नायीका रेजीना उप्रेतीको प्रस्तुती हेर्नको लागि आफनो कामनै छाडेर टाढा टाढाबाट नेपालीहरु जम्मा भएका थिए ।
सगरमाथा समाज, हिमालयन आइज जर्मन, चौतारी सोसाइटी इभि जर्मनी, लाली गुराँस परिवार, गेल्जेन किरचन, जनसम्पर्क समिति युरोप लगायत आधा दर्जन नेपाली संस्थाले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरेका थिए । छोटो तयारीमा गरीएको भनिएको सो कार्यक्रम व्यवस्थीत र भव्य थियो । नेपाली गित संगितलाई प्रवासी नेपालीहरुले कति माँया गर्दा रहेछन भन्ने कुरा उनिहरुको उपस्थीतिले बताइरहेको थियो ।
दुई महिना देखि युरोपका बिभिन्न देशहरुमा कार्यक्रम गदै जर्मन पुग्नु भएका बरिष्ट संगितकार एवं गायक प्रदिप बम्जनले कार्यक्रममा नेपाल माँ नेपाल, यो मुटु नेपाल बोलको राष्ट्रिय भाबको गित गाउनु भएको थियो । कला र गलाका धनी गायक बम्जनको राष्ट्रिय भाबले ओतप्रोत भएको गितले प्रवासी नेपालीलाई एक छिन भएपनि भाबुक बनायो । कार्यक्रम भरीनै उहाँले नेपाली राष्ट्रिय गितहरुनै गाउनु भयो ।
गित संगै बिचबिचमा बम्जनले नेपालको राजनैतिक अवस्था र सारा नेपालीहरुको पिडाहरु पनि सुनाइरहनु भयो । तपाँइले छाडेर आउनु भएको देशको कल्पना गरेर मैले गित गाँए नेपालमा संबिधान आएन, सबै जाती समुदायलाई मान्य हुने संबिधान जारी नभई बिचैमा तुहियो भन्दै नेपाली राजनीतिलाई स्मरण गराइरहंदा कार्यक्रममा उपस्थीत दर्शकहरु आफनो मात्री भुमिलाई नेपाललाई सम्झिएर एकछिन स्तव्ध समेत भए । तपाँइहरु जन्म भुमि छाडेर परदेशमा बसेपनि नेपाल अनि नेपाली कला संस्कृतिलाई नभुल्नु होला देशलाई यसै गरी माँया गरीरहनु होला बम्जनले प्रवासी नेपालीलाई सुझाब दिनुभयो । दुई महिना युरोप यात्राको अन्तिम कार्यक्रम जर्मनमा सिध्याएर नेपाल र्फकन लाग्नु भएका बम्जनले वारी जमुना पारी जमुना, जमुनैको फेदैमा मनकामना भन्ने गित गाएर दर्शकलाई नचाँउदै बिदा भए । रेजीना र बम्जनको दुई महिना युरोप यात्राको अन्तीम कार्यक्रम यहि थियो । नेपाली चलचित्रकी नायीका रेजीना उप्रेतीले भने प्राय आफुले बिदेशको कार्यक्रमहरुमा सहभागी हुदा नाँच्ने गरेको म प्यार बेचि दिन्छु .. भन्ने गितमा नृत्य गरीन् । रेजीनाको प्रस्तुतिलाई हेर्नका निम्ती प्रतिक्षारत प्रवासी नेपालीहरुको अगाडी छोटो स्कर्ट र टिर्सट लगाएर देखा परेकी रेजीनाले कार्यक्रमको अन्तीम सम्म दर्शकलाई नचाइन । उनीसंगै कार्यक्रमा सहभागी प्रवासी नेपालीहरु साथै कार्यक्रममा सहभागी केहि जर्मनी नागरीक समेत रेजीना संगै नाँचेका थिए । रेजीनाले तिन वटा नेपाली गितमा नृत्य गरीन सबै गितमा उनलाई दर्शकहरुले साथ दिएर नाँचे ।
रेजीना र प्रदिपका प्रस्तुतिहरुको बिच बिचमा जर्मनका स्थानीय कलाकारहरु निलु पौडेल, इसा पौडेल, गोमा शर्मा, जिल्भीया श्रेष्ठ, आल्सीया श्रेष्ठले नृत्य गरेर दर्शकलाई मनोरन्जन दिएका थिए । त्यस्तै स्थानीय चर्चीत कलाकार बेल गुरुङले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले लगायत आधा दर्जन नेपाली गित गाएर दर्शकहरुलाई मनोरन्जन दिएका थिए । प्रवासमा रहेर पनि नेपाली कला संस्कृतिलाई जर्गेना गरीराखेको भन्दै स्थानीय कलाकारहरु प्रति धन्यवात दिदै संगितकार बम्जनले उनिहरुसंग पनि गित गाएका थिए । प्रदिपले तामाङसेलो गाँउदा जर्मनमा रहेका कलाकार तथा वाध्यवादनमा लक्ष्मण जोसी, नोर्वु गुरुङ, हानुप दर्नाल, र प्रवीधिमा ध्रुव शाक्यले साथ दिएका थिए ।
कार्यक्रमको सन्चालन आयोजक संस्था सगरमाथा समाज जर्मनका संयोजक दयाराम पौडेलले गर्नुभएको थियो । कार्यक्रम मा स्वागत मन्तव्य व्यक्त गदै लालीगुराँस परिवारका भुपु अध्यक्ष तथा जेष्ठ नागरीक राम बहादुर गुरुङले कार्यक्रम सफल बनाउनको निम्ती मुख्य सहयोगी बिजय मोत्तान , स्थानीय संघ संस्था, आर्थीक सहयोग गर्ने सहयोगीहरु तथा कार्यक्रमलाई सफल बनाउनको निम्ती सबै भन्दा धेरै आर्थीक सहयोग गर्ने जनसम्पर्क समिती युरोपका सभापति दिल गुरुङलाई धन्यवात दिनु भयो ।
चौतारी समाजका अध्यक्ष कृष्ण प्रसाद गौतमले छोटो समयमा उत्कृष्ट र उदाहारणीय कार्यक्रम भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा प्रचारप्रसारमा सहयोग गर्ने लाली गुराँसका सचिब प्रकाश शर्मालाई धन्यवात दिनु भयो ।
नेपाली कला संस्कृति संगै कार्यक्रममा सरीता आचार्यले नेपाली खाना खुवाएर प्रवासी नेपालीलाई नेपाली पनको आभास दिलाउनु भएको थियो । त्यस्तै यातायत व्यवस्थापनमा सहयोग गरीदिए वापत हिमालय आइका अध्यक्ष दिपक लामालाई आयोजकले धन्यवात दिएका थिए । स्थानीय कलाकार सन्जु लामाले गित गाँउदा दर्शकहरु पनि सँगै नाँचेका थिए ।
जर्मनको वान आइकल देखी ४०० किलो मिटर टाढा रहेको हाम्बुक सहर देखी पनि प्रवासी नेपालीहरु साँस्कृतिक कार्यक्रममा सहभागी हुन आएका थिए ।
साँस्कृतिक कार्यक्रमा बिदा माग्नु अगाडी बरिष्ठ संगितकार तथा गायक प्रदिप बम्जनले प्रवासी दर्शकसामु नेपालमा सडक दुर्घटनामा खुटा गुमाएका पत्रकार रबिन थपलिया र उहाँलाई जर्मन सम्म ल्याएर खुटा लगाउन प्रयत्न गरीरहेका नमस्ते संस्थाका तारा थापा र उहाँका श्रीमान लव थापालाई मन्चमानै बोलाएर बम्जनले धन्यवात दिनु भयो । उहाँले भन्नु भयो यहि हो नेपाल प्रति देखाउने माँया भनेको अनि नेपाली प्रतिको माँया पनि यहि हो आफना लागि धन सम्पती मात्र हैन समाजको निम्ती पनि केहि गरौ भनी प्रवासी नेपालीहरुलाई सुझाब दिनुभयो ।
कार्यक्रमा पत्रकार रबिन थपलियाले कृतिम खुटा लगाउनको निम्ती सहयोग गर्ने तारा तथा लव थापालाई धन्यवात दिदै एक जना श्रमजीवि नेपाली पत्रकार माथी देखाएको त्यो सहयोगी भाबनाबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो । उहाँले जर्मनमा आफनो निम्ती सहयोग गरीदिनु हुन एनआरएन जर्मन तथा प्रवासी नेपालीहरुलाई आग्रह समेत गर्नुभयो ।
पत्रकार थपलियाको तिन बर्ष अगाडी काठमाण्डौको बालाजुमा ट्रकले ठक्कर दिएर दाहिने खुटटा गुमेको थियो । उहाँको अवस्थाको बारेमा मिडीयाबाट जानकारी पाएपछि तारा तथा लव एक महिना अगाडी नेपाल गएको अवस्थामा थपलियालाई उपचार गराउन सँगै जमन ल्याएका हुन् ।