नातिबाबु भट्ट
जुन २६, २०१२
कोलोराडो, अमेरीका
नयाँ टेक्नोलोजी आविष्कारगरि ब्यापार ब्याबसायमा अमुल्य योगदान पु¥याए बापत अमेरिकामा एक नेपालीले राष्ट्रिय एवार्ड हातपार्न सफल भएका छन् ।
अथक परिश्रमबाट नेटवर्क सेक्यूरिटी सिष्टम बिकासगरी त्यसको सफल परिक्षण पछि “आउट स्ट्न्डिक इप्लिमेन्ट टेक्नोलोजी एवार्ड” नाम गरिएको उक्त एवार्ड कोलोराडो निवासी बासु भवानी दाहालले हात पार्न सफल भएका हुन ।
नयाँ प्रविधीले ग्रोसरी स्टोरहरुमा ग्राहाकले प्रयोगगर्ने कार्डको जानाकारी चुहावट रोकी चोरी नियन्त्रणमा गर्न, प्रयोग समय कम भई स्टोरहरुमा ग्राहाकको लाईन घटाउन समेत ठुलो सहयोग पु¥याएको बताईन्छ । यतीमात्र होईन नयां सिष्टम सुरुगरेपछी स्टोरहरुमा पर्ने धेरै समस्याहरु घटेको, समस्या परीहालेपनि समाधान गर्न धेरैे सजिलो भएको बासुको दावी छ ।
अमेरीका स्थित एक राष्ट्रिय म्यागजिन सि एस न्यूजलेले बर्ष भरिको सर्भेक्षणबाट दाहालको प्रविधी उत्कृष्ट ठह¥याई उनलाई एवार्ड दिने निर्णय गरेको हो ।
अमेरीका भर लाखौंको संख्यामा रहेका ठ(ज्ञज्ञ, भलेरो, बृटिस प्रेटोलीयम, कोनोको , भिसाकार्ड, भेरी फोन, माष्टरकार्ड जस्ता कम्पनीले प्रयोग गर्दै आएको प्रविधी भन्दा बासु दाहालले आबिष्कार गरेको प्रबिधी सुरक्षित र भरपर्दो भएको कारण उनलाई यो सम्मान प्रदान गरिएको सि एस न्यूजले जनाएको छ ।
सम्मान समारोहमा बासुले अमेरीका भरबाट आएका बिभिन्न कम्पनीका प्रतिनिधीका अगाडी आफुले आबिष्कार गरेको प्रबिधी प्रस्तुत गर्दा सबै सहभागीहरुको समर्थनको तालीपाउनुको साथै सयौं अमेरीकी कंम्पनीका प्रमुखहरुबाट स्याबासी पाएका थिए ।
एवार्ड प्राप्त गर्दाको क्षण संझदै बासु भन्छन् । बिशेष तरिकाबाट सिंगारिएको बिशाल हलमा सयौं अमेरीकीहरुको अगाडी सम्मानीत हुंदा शिर सगरमाथा जस्तो ठाडो र छाती समथर मैदान झैं फुकेको भान भएको थियो । तत्कालिन अबस्थामा आफु सपना हो वा बिपना हो भनेर पटक पटक झस्केको उनी बताउछन् । सम्मान पछि धेरैले बधाई दिदै तिमी ईन्डिएन हौ भनी सेधेका थिए । त्यस अबसरमा आफुले गर्वको साथ नेपालको नाम लिएको र नेपाललाई बिश्वको सामु चिनाउने ठुलो अबशर पाएकोमा दाहाल गर्व गर्दछन् ।
सम्मान समारोहमा दाहाललाई सि एस न्यूजका इडिटरिङ्ग चिफ डन लम्बो ले एवार्ड हस्तान्तरण गर्दै सम्मान गरेका थिए । सि एस न्यूजको एघारौं कन्फ्रेन्समा उनलाई सम्मान गरिएको हो । सि एस न्यूजले बिगत एघार बर्ष देखी अमेरीका भर रहेका साना स्टोरमा स्योक्यूरिटी सिष्टममा प्रगोग गरिएका नयां प्रबिधीहरुको मुल्याङ्क गरी उत्कृष्ट ठहरिएको प्रविधीलाई एवार्ड प्रदान गर्दै आएको छ ।
के एण्ड जि कोनोको कम्पनीमा ईन्फरमेसन टेक्नोलोजी डेरेक्टरको रुपमा कार्यरत बासुलाई सुरुमा आफु आबद्ध कम्पनी सानो भएको कारण आफुले आबिश्कार गरेको प्रबिधीको के मुल्याङ्कन होलार जस्तो भान भएको थियो । नोमीनेसनमा मात्र आÏनो नाम पर्दा उनले त्यसैलाई गर्व ठानेका थिए । अहिले आफुले आबिष्कार गरेको सिष्टमको उच्च मुल्याङ्कन गर्दै लाखौं संञ्जाल भएका कम्पनीका अगाडी आफु सम्मानीत हुनपाउंदा त्यो खुसी ब्याक्त गर्ने शब्दनै नभएको बासुको भनाई रहेको छ ।
चितवनको भण्डारामा जन्मेका बासु अध्यानको शिल शिलामा १९९७ मा अमेरीका पसेका थिए । जन्म भुमीमा बसेर त्यती ठुलो प्रगती केही गर्न नसके पनि कर्म भुमीबाट बिश्वको अगाडी गर्वका साथ मातृ भुमीको नाम लिन पाउदा ज्यादै खुसी लागेको उनी बताएका छन् ।