?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाल आदिवासी जनजाति महासंघ कोरियाद्वारा १८ औ विश्व आदिवासी दिवश मनाईने
   अगष्ट ५ आईतबार मनाइने दिवसको स्थान निश्चित हुन बाँकी
 

नेपाल कोरिया न्युज सम्बाददाता
२०१२ जुन ३०

आदिवासी जनजाति समुदायले आफ्नो हक अधिका र आफुहरु माथि हुँदै आएको र भइरहेको विभेद तथा दमन उत्पीडनका विरुद्धमा गर्दै आएको सघर्ष र आन्दोलनको परिणाम सन् १९८२ मा संयुक्त राष्ट्रसंघ मानब अधिकार आयोगको “अल्पसंख्यक हरुको संरक्षण तथा भेदभावको रोकथाम सम्बन्धि उप–आयोग” अन्र्तगत आदिवासी जनजातिहरुको बारेमा रिपोर्ट तयार गर्न ५ जना विज्ञहरुको एक ‘आदिवासी जनसंख्या सम्बन्धि कार्यदल’ (Working Group on Indigenous Population) गठन भएको थियो।

त्यो कार्यदलले सन् १९८५ मा राष्ट्रसंघीय साधारण सभाले पारित तथा घोषणा गर्ने गरी ‘आदिवासी अधिकार सम्बन्धि घोषणपत्रको मस्यौदा’ तयार गर्ने निर्णय गरी घोषणा पत्र तयारी प्रारम्भ गरेको थियो। सन् १९८९ मा कार्यदलले ‘आदिवासी अधिकार सम्बन्धि घोषणा पत्रको प्रथम मस्यौदा’ प्रकाशित गर्यो। तत्पश्चात सन् १९९३ मा कार्यदलले मस्यौदालाई अन्तिमरुप दिदै त्यो बर्षलाई ‘अन्र्तराष्ट्रिय आदिवासी बर्ष’को घोषणा गर्न समेत सिफारिस गरेको थियो। कार्यदलको सिफारिस अनुसार सन १९९३ लाई संयुक्त राष्ट्रसंघले ‘आदिवासी जनताः नयाँ साभेmदारी’ (Indigenous People: A New Partnership)को नारा सहित विश्व आदिवासी वर्ष घोषणा गरेको थियो। त्यही वर्ष अष्ट्रियाको राजधानी भियनामा सम्पन्न विश्व मानव अधिकार तेस्रो सम्मेलनबाट पारित घोषणा पत्रले माग गरे बमोजिम संयुक्त राष्ट्रसंघको साधारण सभाले ‘आदिवासी जनता सहकार्य’ (Indigenous People: Partnership in Action_) को नारा सहित सन् १९९५ देखि २००४ सम्मलाई “विश्व आदिवासी दसक”को घोषणा गरेको थियो। साथै ९ अगस्त लाई ‘विश्व आदिवासी दिवश’ (International Indigenous Day) को पनि घोषणा गरेको थियो। त्यसै कारण सन १९९५ देखि ९ अगष्ट लाई विश्व आदिवासी दिवसको रुपमा संसारभर मनाउन थालिएको हो।

विशेष गरि प्रवाशमा रहेका नेपालीहरुको समयलाई ध्यानमा राख्दै, नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले बर्षनै मनाउदै आएको विश्व आदिवासी दिवश यस बर्ष १८ औं विश्व आदिवासी दिवश यहि अगस्त ५ तारिख आइतबार मनाउन गईरहेका छौ । अतः दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, नेपाली संघ संस्थाहरु जातिय क्षेत्रिय, धार्मिक, राजनैतिक र सामाजिक संस्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु, समाजसेवी, ब्यापारी, बुद्धिजिवी, विद्यार्थी तथा विभिन्न पेशा व्यबसायमा कार्यरत महानुभावहरुलाई विश्व आदिवासी दिवशका दिन उपस्थित भई कार्यक्रम सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

मितिः २०१२ अगस्त ५ तारिख
स्थानः सउल एरिया(कार्यक्रम हल पछि जानकारी गराईने छ)

सम्पर्कको लागि
का.बा. अध्यक्ष श्री भक्त शेरचन (०१०२६७२९५७६)
महासचिव श्री यम श्रीस मगर (०१०७६२७२७३०)

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कोरियामा एक नेपाली द्वारा आत्महत्याको प्रयास
नेपाली जन संपर्क समिती वुसान क्षेत्रको क्षेत्रिय अधिबेसन सम्पन्न
नेपाल गोरखा परिवारद्वारा रु. ७ लाख ७८ हजारको अक्षयकोष स्थापना
छोरा बुहारीद्वारा फालिएकी आमाले साहारा पाइन्
आर्थिक सहयोगको लागि कास्की परिवारको अनुरोध
लमजुङ् परिवारद्वारा संकलित आर्थिक सहयोग हस्तान्तरण
अव सरकारी विधालयमा कम्प्युटर प्रयोगशाला, एनआरएनले साझेदारी गर्ने
दोस्रो तिलिचो कप फुटबल प्रतियोगिताको टिम दर्ता गर्ने समय खुल्ला
कोरियामा दिलशोभा सम्मान कार्यक्रम र वास्तविकता
लोटस लाल्टिन फेष्टिभलमा उपस्थित हुन कोरियायाबासी नेपालीहरुलाई आग्रह
कोरिया आइपुग्यो लुम्बिनीको शान्तिद्वीप
किरात याक्थुङ चुम्लुङद्वारा बिभिन्न ब्यक्तिहरुलाई २४ लाख ३० हजार आर्थिक सहयोग प्रदान
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले सामाजिक बिकास गर्न ठुलो रकमको सहयोग र परिचालन गर्ने निर्णय।
संखुवासभा परिवार दक्षिण कोरियाबाट अग्नि पिडितलाई सहयोग
दिलशोभा आमा सम्मान कार्यक्रम बारे आयोजकको प्रेस बिज्ञप्ति
वमन फोर वमनको सक्रीयतामा निशुल्क मेडिकल सेवा
स्याङ्जा परिवारको १६औं वार्षिकोत्सव तथा नंया वर्ष २०७०को शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न
आउदो मे १२ बाट ने.ज.स.स.कोरियाको अधिबेसन सुरु हुने
अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी राजु छेत्री गोल्ड कार्ड द्वारा सम्मानित
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork