?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

"बर्तौला पथ" मा कमरेड लामा
   चिराग विवेक
 

गत बर्ष डिसेम्बर १७ को रात बाहिर माइनस १५ डिग्रीको चिसो थियो | सउलको एउटा नेपाली रेस्टुरेन्टमा कोरियाका लागि प्रथम नेपाली राजदूत कमलप्रसाद कोइरालालाई बिदाई गर्न आएका नेपालीहरुको खचाखच भिड थियो | एक कर्तब्य परायण अभिभावकलाई बिदाई गर्नुपर्दा त्यहाँ उपस्थित धेरै नेपाली भावुक थिए | बिशेष अतिथि थिइन् नेपालीहरुकी आमा ली कुम ह्यन् | ह्यन् ती भावुक आफ्ना सन्तानहरुलाई सान्त्वना दिदै नयाँ आउने राजदूतबाट पनि राम्रै अभिभावकत्व पाइने आशा जाहेर गरेकी थिईन् | त्यसरी नै बिदाई हुन लागेका कोइरालाले पनि आफुभन्दा सक्षम राजदूत आउने र यहाँ रहेका सबै खाले समस्याहरुको निदान हुने आश्वासन दिएका थिए | आमा ह्यन र राजदूत कोइरालाको सान्त्वना र आश्वासन पाएर भावुक भएका नेपालीहरु केहि हासिल बनेका थिए र राती अबेरसम्म भावी सुखद जीवनका लागि कोइरालालाई शुभकामना दिईरहे |

एक हिसाबले त्यो रात शुभकामनाको रात थियो भने नेपाली कामदारको लागि त्यो रात कलंकको बिज उम्रने रात पनि थियो | त्यो रात कोइरलासंग म्यासेन्जर दावा शेर्पा पनि थिए | म्यासेन्जर शेर्पा नेपाली कामदारको लागि पृय थिए | उनि कोरियन अंग्रेजी भाषा राम्रो जान्ने भएकाले कामदार र कम्पनी व्यबस्थापनका समस्याहरूलाई छर्लङ्ग पार्थे | तर बिडम्बना त्यहि रात कोइरालालाई सहयोग गर्न आएका म्यासेन्जरले आफुलाई नसोधी गएको भन्दै त्यसको दिनपछि काबाको राजदूत राजाराम बर्तौलाले दूताबासबाट निकाली दिए | त्यसपछि दुताबासको अनुदार शृंखला शुरु हुन्छ | अर्को केहि महिना बित्न नपाउदै नेपालमा काम गरेर आएकी कीम हि सुलाई पनि बर्तौलाले आफ्नो दूताबासबाट निकालि दिए | उनि पनि अंग्रेजी र नेपाली राम्रो बोल्ने भएकाले दुताबासबाट बुझ्नु पर्ने बिषयहरु नेपाली कामदारहरूले राम्ररी बुझ्थे | यी दुइ उदार व्यक्तिहरुको सट्टामा यतिखेर नयाँ कोरियन महिलाहरुलाई उनै बर्तौलाले नियुक्त गरेका छन् | नियुक्त भएका ती कोरियन कर्मचारिहरु नेपाली भाषा जान्दैनन् | त्यसैले नेपाली मजदुरहरुको समस्याहरु समाधान हुन सकेको छैनन | उनीहरू नेपाली आनीबानी र संस्कृतिबारे जानकार पनि छैनन् | त्यसैले उनीहरु केवल दूताबासको सोकेसमा दुर्लभ पुतली झैं सजिएका मात्र छन् | यसबारे धेरै नेपलीहरूले आपत्ती जनाएका छन् | सुचना र सामाजिक संजालाहरुमा गुनासाहरु पोखाएका छन् | तर खोइ त ती जायज गुनासाहरुको सुनुवाई र सम्बोधन? बरू ती गुनासाहरुलाई दूताबासले विभिन्न अभिव्यक्तिहरु मार्फत लत्याउने चेष्टा गरेको छ | दूताबास भनेको नेपाल सरकारको आधिकारिक निकाय भएकाले यहाँ रहेका नेपालीहरु यसले सेवाग्राहीहरुको अधिकतम हितमा काम गरोस भन्ने चाहान्छन्, श्रम सम्बन्धी सुचनाहरू नेपाली श्रमिकहरुलाई नहिच्किचाइकन उपलब्ध हुन् भन्ने चाहान्छन् र यहाँको नेपाली समाजमा सिर्जना भएका र हुने सबै खाले समस्याहरु सहकार्य गरेर, हातेमालो गरेर समाधान होस् भन्ने चाहान्छन् | जसरि यसअघि भएका थिए |

हिजो दुताबास नहुँदा हेपिनुको पीडा यहाँको नेपाली समाजले अझै बिर्सेका छैन | त्यो पीडा अहिलेको दुताबास टीमले सायद अनुभूति गर्नसम्म पनि नसक्ला | अहिलेको दुताबास टीमलाई त्यो पनि थाहा नहोला दुताबास स्थपनाका लागि यिनै संस्थाहरुले प्रधानमन्त्री ,मन्त्रि,सांसद र पार्टी नेताहरुलाई निबेदन,डेलिगेसन गर्नु नगर्नु के के गरेका थिए भन्ने कुरा | चाहे उनीहरु बैधानिक हुन् या अबैधानिक हुन् | यहाँ अबैधानिकताको प्रसङ्ग उठिरहँदा भर्खरै बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम साझा सवालमा राजदूत कमानसिंह लामाको अभिव्यक्तितिरमा प्रसङ्ग जोड्न चाहन्छु | राजदूत लामाका ती अभिव्यक्तिहरुले त्यतिखेरका काबा बर्तौलाले शुरु गरेको दूताबासको अनुदार श्रृङ्खलाई निरन्तरता दिन खोजेको छन् | अथवा बर्तौला पथलाई लामाले हुबहु अनुसरण गरेका छन् ती अभिव्यक्तिहरू मार्फत | लामाकै भनाइतिर जाने हो भने यहाँको सबैकुरा अबैधनिक नेपालीले बिगारेका छन् तर महामहिम लामा ज्युलाई म के सम्झाउन चाहन्छु भने १५ देशका कामदार मध्ये सबैभन्दा कम अबैधानिक नेपालीहरु छन् र ती नेपालीहरु अन्यदेश्को तुलनामा हदै इमान्दार पनि छन् |

अर्को कुरा अबैधानिक कामदारहरुको प्रयोग बिना देशको कलकारखानाहरु ठप्प हुन्छन् र आफ्ना नागरिकहरु पनि अमेरिका क्यानाडा,जापान,फिलिपिन्स जस्ता देशहरुमा अवैधानिक छन् भन्नेकुरा यहाँको सरकारलाई राम्रो थाहा छ | त्यसै सवालमा राजदूत लामाले हुन्डीको प्रसङ्ग उठाएका छन् | हो हुण्डी संजाल अवैधानिक हो यसले देशको राजश्व चुहावटलाई पृष्ठपोषण गरिरहेको छ यसको निवारण तुरून्त हुन आवश्यक छ | यस सन्दर्भमा म के भन्न चाहान्छु भने यदि दुताबास पनि सरकारकै अंग हो भने यसको निवारणको निम्ति उस्ले सरकारी नीति निर्माणको तहमा हालसम्म के के सुझावहरू पेश गरेको छ ? यो प्रश्न महामहिमहरूले भाषण गर्नु आगावै एकफेर आफैलाई सोध्ने प्रश्न हो | यो शुन्यता दूताबासको बौद्धिक दिवालियापना हो कि संसारमा कतै नभएको कुटनीतिक गोप्यता हो ? यस्ता प्रश्नहरु सहज रुपमा धेरै उठ्न सक्छन् | दूताबासले "अरुको सबै काम खराब र आफ्नो सबै काम पुण्य" सम्झेर उपेक्षा नीति अख्तियार गर्दै यहाँको समाजलाई बाइपास गरे भावी दिनमा फलामको चिउरा निक्कै चपाउनु पर्ने छ |

आजभन्दा ४ महिना अघिको कुनै एक कार्यक्रममा प्रमुख अतिथि बनेका काबा राजदूत बर्तौलाले बैबाहिक भिसामा आएका महिलाहरुको बिषयलाई लिएर गैरजिम्मेवारी अभिव्यक्ति दिएपछि त्यस कार्यक्रमको अध्यक्षता गरेका अध्यक्षले तिनको झाँको झारिदिएका थिए | ती अभागी महिलाहरूको बिषयमा आज राजदूत लामा "जसो जसो बराजु उसै उसै नाती" भने झैँ "बर्तौला पथ" मा लम्कीरहेका छन् | राजदूत लामाले बैबाहिक सम्बन्धमा आएका नेपाली महिलाहरुप्रति पनि त्यसरीनै अनुदार र गैर जिम्मेवार अभिव्यक्ति दिएका छन् | राजदूत लामालाई यो थाहा हुन जरूरी छ कि एक प्रकारले बर्तौला यहाँको सामाजिक बहिस्करणमा परिसकेका व्यक्ति हुन् | तीतो तथ्य ओकल्नै पर्ने हुन्छ | बर्तौला आफ्नै पाखण्डले कतारबाट पनि कार्यकाल पुरा नहुदै फर्केका हुन् | आज दूताबास कै मिलीभगत अनुदारताले यहाँका श्रमिक र पीडित नेपालीहरु चर्चको सहारा लिन पुगेका छन् र उनीहरु एक छाक खान र एक रात सुत्नका लागि आफ्नो गायत्री मन्त्र बिर्सिएर जबर्जस्ती हानानीम् (प्रभु येसु) पुकार्न बाध्य भएका छन् | आफ्ना श्रम सम्बन्धी समस्याहरुलाई लिएर प्रवासी मजदूर केन्द्रतिर लम्कीरहेका छन् | तिनै दीन दुःखीहरुको पसिना डकारेर चिल्लो गाडी र सुबिधा सम्पन्न आलिशान महलमा बसेर उनीहरुलाई नै दोषको सबै भागिदार बनाउन खोज्नु यो दूताबास टीमको कस्तो नैतिकता हो ? ४० डिग्रीको यो प्रचण्ड गर्मीमा महामहिमहरू वातानुकूलित घरमा बस्नु भएको होला तर कोरियन श्रीमानको घरेलु हिंसामा परेका नेपाली चेलीहरु काखे बच्चाको भोटो किन्नलाई जुठो भाँडा मोल्दै बिदारक पसिना बगाईरहेका छन् | खोइ यहाँनिर तपाईहरुको सहनुभुति? खोइ यहाँनेर तपाइँहरुको मानवता?खोइ यहाँनेर तपाईहरुको कर्तब्य परायणता ?खोइ यहाँनेर तपाईहरुको अभिभावकत्व? तपाईहरुलाई सोध्ने यस्ता प्रश्नहरु मसंग भन्दा पनि जो साहुको पिटाइ खाएर चर्च वा सेल्टरको खोजीमा भौतारी रहेका छन् अथवा जो कोरियन श्रीमानको पिटाइ खाएर चौडा सडकमा बिमुढ बनेका छन्, उनीहरुसंग अझ धेरै हुनसक्छ |

दूताबासको अनुदारतालाई मैले यहाँ कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहमा लेखिरहेको छैन | उसको अनुदारतालाई विभिन्न सर्भेक्षणले पनि प्रस्ट पार्दछ | कोरियाकै एक बिश्वबिध्यलायामा विध्यावारिधि गरेका नेपाली बिद्यार्थीले हालै सार्बजनिक गरेको एउटा तथ्यांकमा राजदूताबासको भूमिकाबारे पनि उल्लेख गरिएको छ | ६ सय नेपाली श्रमिकहरुसंग गरिएको सो अनुसन्धानको प्रारम्भिक सर्वेक्षणमा नेपाली श्रमिकहरुले समस्या परेको बेलामा आफ्नो कुराहरु दूतावास समक्ष राख्ने मौकासम्म नदिएको गुनासो गरेका छन् । भाषागत समस्या तथा गारो काम भएर कम्पनी परिवर्तन गर्न चाहेका श्रमिकहरुले दूतावासमा टेलिफोन सम्पर्क गरि सहयोग माग्दा रोजगार केन्द्रमा जान वा नेपाल फर्कन सल्लाह दिने गरेको बताएका छन् । कतिपय मजदूरहरुलाई नेपाली राजदूतावास कहाँ छ भन्ने पनि थाहा नभएको र उनिहरुले कोरियाको बारेमा आवश्यक सूचनाहरु बुझ्न तथा भाषामा दखल नभएका कारण कोरियन श्रम कानूनको ज्ञान सजिलै पाउन नसकेको जनाएका छन् । त्यति मात्र होइन हालै नेपाली पत्रकार मिनप्रकाश उप्रेतीले गरेको श्रम सम्बन्धी समस्या कोबाट समाधान भएको छ ? भन्ने सर्भेक्षणले केवल १० प्रतिशत नेपाली कामदारले मात्र दूताबासबाट समाधान भएको उत्तर दिएका छन् | यी तथ्याङ्कहरूले दूताबासको अनुदारतालाई घामजस्तै छर्लङ पारेको छ | त्यसैले लामा कमरेडलाई "बर्तौला पथ" को अनुयायी बन्नुभन्दा तथ्या तथ्य बुझेर बोल्न र काम गर्न म अनुरोध गर्दछु | यहाँ रहेका सबै सबै नेपालीहरूको मर्म र भावना बुझेर नेपालीहरूको मात्र साझा अभिभावक बनेर काम गर्न आग्रह गर्दछु |

sharmabibek08@yahoo.com

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork