?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

ज्ञानेन्द्रले झन्डै गोली ठोकेर मारे
  
 

ज्ञानेन्द्रले झन्डै गोली ठोकेर मारे
मान्छेले तपाईंका कुरा बढो चाख मानेर सुन्छन् तर सिरियस्ली लिन्छन्जस्तो लाग्छ कि हावा भन्छन् ?
सिरियस्ली लिन्छन् नि । नत्र फर्कीफर्की पदमा आउ भनेर किन अनुरोध गर्थे ? एमाले, राजा र माओवादी सबैलाई चाहिने मजस्तो मान्छे को छ ?

राजासँग पनि तपाईंको सिरियस कुरा भयो ?
यति सिरियस कुरा भयो कि झन्डै गोली हानेर मारे । मलाई ४० मिनेटको समय दिएर बोलाइएको थियो तर कुरा गर्दागर्दै तीन घन्टा बित्यो ।

राजालाई के योजना सुनाउनुभयो ?
देश विकासको पूरै योजना मसँग थियो, मैले फटाफट सुनाएँ । प्रभावित भएर राजाले भने, "लेट्स वर्क टुगेदर, गिभ मि योर मोबाइल नम्बर ।" मोबाइल नम्बर साटासाट भयो, बडो गजबको कुरा भयो ।

गजबको कुरा भएछ, गोली हान्ने कुरा कहाँबाट आयो ?
अन्तिममा राजाले राजतन्त्रको भविष्य के छ भनेर सोधेका थिए, मैले त भविष्य छैन, सकुन्जेल मिलेर काम गरौँ भनिदिएँ । राजाले "किन" भनेर सोधे, मैले वीरेन्द्रको वंश विनाश हुनुमा दोष कसको छ थाहा छैन, तर मान्छेहरूले सरकारलाई नै भन्छन्, भनिदिएँ । मेरी आमाले यी राजाको मुख देख्नुसाथ टिभी बन्द गर्नुहुन्छ । पारसको ताल त्यस्तो छ । अनि कसरी राजतन्त्र टिक्छ भनिदिनूँ ।

राजतन्त्रको भविष्य सुरक्षित कसरी हुन्छ त भनेर सोधेनन् ?
मैले भनिदिएँ, नागार्जुनलाई लभपार्क बनाइदिनू । दिनमा १० हजार केटाकेटी मोटरसाइकल लगेर नागार्जुनको जंगलमा लभ गर्न पाए राजाको जयकार गर्थे । विकास आयोजना पनि नचलाउने, आफ्नो सम्पत्ति पनि च्यापेर राख्ने, सामाजिक सेवा पनि नगर्ने हो भने राजतन्त्र खत्तम हुन्छ भन्न मात्र पाएको थिए, अब बोल्ने होइन, बेसी बोल्ने होइन भनेर थर्काए ।

अनि खुरुक्क आउन दिए तपाईंलाई ?
पशुपतिभक्त महर्जनले मलाई सेना लगाएर त्यहीँ झन्डै मार्‍या । ४० मिनेटको समय लिएर तीन घन्टा बोल्ने भनेर मलाई हप्कीदप्की गरे । मैले तीन घन्टा आफैँ बस्या हो र ? तिम्रो राजाले प्रश्न गरे, मैले जवाफ दिएँ, मैले के बिराएँ भनेर जवाफ दिएँ । अझ राजासँग पनि औँला नचाएर कुरा गर्‍यो पो भन्छन् । मैले त जोसमा कुरा गरेको हो, औँला कता थियो थाहा भएन ।

बचाउन आउने तपाईंलाई कोही थिए कि ?
त्यो विवेक शाह थियो । उसले पनि थर्काउन खोज्दै थियो । मैले भनिदिएँ, "अस्ति चौरमा बसेर सँगै दारु खाने, अहिले दरबारभित्र बसेर मलाई थर्काउने ?" ऊ कराउँदै थियो, म हिँडेँ ।

त्यसपछि तपाईंलाई राजाकै पाला पनि मेयर बनाए नि ?
यो त जननिर्वाचित मेयर हुँदाको पाला हो । पछि त उनीहरूले आफैँ बनाए नि ।

आफैँ कसरी बनाए ?
कमल थापा सञ्चारमन्त्री थिए, म एफएमको लाइसेन्स लिन गएको थिएँ । ओ केशवजी ! सहयोग गर्नुपर्‍यो भने उनले । मैले भनेँ, "मलाई मेयर बनाउनुस्, राजालाई ढाँट्न काम लाग्छ । म ड्याङडुङ पारिहाल्छु । धुमधाम काम भएको छ भनेर राजा दंग परिहाल्छन्, अनि तपाईं गरिखानूस् ।" उनले त्यहीँबाट प्रधानमन्त्री सूर्यबहादुर थापालाई फोन गरे, अर्को दिन थापाकहाँ जानबित्तिकै लौ काम गर्ने मान्छेसँग अँगालो मार्नुपर्‍यो भनेर अँगालो मारे । अनि मलाई मेयर बनाए, काम सुरु गरेँ । राजालाई भेट्नै परेन ।

त्यतिवेला माओवादीसँग पनि सम्बन्ध थियो तपाईंको ?
उनीहरूको एफएम मैले नै ल्याइदिएको हो । क्यानडाबाट मैले ल्याइदिएकोले डोकोमा बोकेर गाउँगाउँ हिँडे । चाइनामा गएर जुत्ताको कुरा गर्ने मै हो, उनीहरूलाई हरियो बर्दीको लाइन मिलाइदिने मै हो । मैले मिलाइदिएपछि त उनीहरूले त्यस्तो बर्दी लगाउन थालेका हुन् ।

त्यति धेरै लुगा कहाँबाट ल्याउनुभयो ?
चाइनामा एकजना मान्छे थिए । मैले प्रस्ताव मात्र राखेको थिएँ, मसँग यस्तो कुरा गर्ने हो भनेर रिसायो । यस्तो कुरा त फलानोसँग गर्नुपर्छ भनेर अर्काको नाम लियो । मैले कुरा बुझिहालेँ, अर्को मान्छेलाई समातेँ । काम भयो ।

हतियार पनि मिलाइदिनुभयो भन्छन् नि ?
कुरा के हो भने दोस्रोपटक वार्ता टोली आयो,  सबैतिर डेरा खोजेछन्, कहीँ भेटेनछन् । पहिले एमालेमा भएका एकजना मित्रले तपाईंकै घरमा नेताहरूलाई बसाउनुपर्‍यो भने, मैले हुन्छ भनेँ । १०/१५ जना गार्ड सहित बादल आए । बेलुका सँगै थियौँ, मैले भनेँ, "मेरो त दारु खाने वेला भयो, तपाईंहरू खानुहुन्छ ?" उनीहरूले खान त खाइन्छ तर आज कतै बोलाउन सक्छन्, नखाउँ भने । मैले खाएर गफ दिन थालेँ ।

के गफ गर्नुभयो ?
मैले भनेँ कि तपाईंहरू टुंगिनुपर्‍यो, कि जित्नुपर्‍यो । जित्ने हो भने झापा विद्रोह जस्तो गरेर आज गर्ने, वर्ष दिनपछि थाहा पाउने हुनुहुन्न, जनताले तत्काल थाहा पाउनुपर्छ । तपाईंहरूलाई एफएम चाहिन्छ, टिभी चाहिन्छ, पत्रिका चाहिन्छ, जमाना अनुसारको युद्ध गर्नुस्, जित्नुहुन्छ । नत्र वैदेशिक रोजगार भन्दै सबै युवा विदेश जान्छन्, तपाईंको युद्ध सकिन्छ भनिदिएँ । तपाईंले के के सहयोग गर्नुहुन्छ त भनेर सोधे । मैले रेडियो चाहिए रेडियो, टिभी चाहिए टिभी, कपडा चाहिए कपडा, हतियार चाहिए हतियार सबै ल्याइदिन्छु, भनिदिएँ । त्यसको केही समयपछि उनीहरूले दाङ हाने, भूमिगत भइहाले ।

पछि कसरी सम्पर्क भयो ?
उनीहरू युद्धमा गए पनि केही मान्छे त फेरि यतै सक्रिय भए । एफएम चाहियो भनेर आए, म अमेरिका गएँ । त्यसपछि क्यानडा पुगेर एफएम ल्याइदिएँ ।

अनि, हतियारको कुरा नि ?
मैले यतै एकजना विदेशी दूतसँग कुरा गरेको थिएँ । कमिसन-समिसनका लागि होइन यो युद्ध हो, कि माओवादी सिद्धिनुपर्‍यो कि राजा सिद्धिनुपर्‍यो, टुंगो छिटो लाउनुपर्‍यो, हतियार मिलाइदिनूस् भनेँ । उनले यो सम्भव नै छैन भनेर मलाई पठाए, म उठेर बाहिर आउन नपाउँदै राजाका मान्छेलाई फोन गरिदिएछन् । पछि फेरि लफडा भयो ।

लफडा कसले गर्‍यो ?
आर्मीको खास मान्छेले मलाई दसैँको टीकाको दिन डाकेर भने, "ल आज मेरो हातको टीका भाइले लाउने, भाइको हातको मैले लगाउने ।" टीका लगाइयो, दारु खान बसियो । खाँदै गएपछि त अचानक भन्छ, "माओवादीलाई एफएम किनिदिने ? हतियार मिलाइदिने ?" दारु  त भाग्यो । तैपनि भनिदिएँ, "माओवादीले दीर्घकालीन जनयुद्ध भन्छन्, दीर्घकालसम्म यो लफडा कसले सहने ? फैसला छिटो हुनुपर्‍यो भन्ने मेरो मान्यता हो ।"

माओवादीले पनि तपाईंलाई थर्काए नि ?
गरे नि । त्यो एकजना छ नि सेनाको बालाजु क्याम्पमा जुत्ताको तुनाले आत्महत्या गरेको । अँ... साधुराम देवकोटा, हो त्यसले मलाई ज्यान लिन खोज्याथ्यो ।

के आरोप लगाए तपाईंमाथि ?
सोल्टी होटलमा कार्यक्रम थियो, कार्यक्रममा मोबाइल अफ थियो । पछि दारु पनि खाइयो । हिँड्ने वेलामा मोबाइल अन गरेको त साधुरामले फोन गरेर भन्छ, "ए साला, कुकुरको मुत खाएर बसेको ?" अनि मैले भनेँ, "तँचाहिँ जनताको रगत खाएर बस्ने ?" झन् कस्सिएर "बाहिर निस्की तलाईं ठोक्छु" भन्छ । मैले भनेँ, "हेर भाइ, तँ पनि कम्युनिस्ट, म पनि कम्युनिस्ट, हतियारले हान्न पाइँदैन, फाइट खेल्ने भए खेलौँ ।" अनि पुलिस-सुलिसलाई फोन गर्ने हैन है भन्छ । मैले भनेँ, "फोन नकाटी जाउँ, पुलिसलाई फोन गर्ने चान्स नै भएन ।"
महाराजगन्ज भेट्ने कुरा भयो, फोनमा गाली गरागर । मेरो ड्राइभर कापिरहेको थियो, वडाध्यक्षले त झन्डै पाइन्टमै पिसाब फेरेछ । महाराजगन्ज पुगेपछि चाबहिल जाउँ भन्छ । मैले भनेँ, "ठोक्नचाहिँ पाइँदैन, जहाँ भने पनि जान्छु ।" मेरो गाडीका अगाडि-पछाडि उनीहरूका मोटरसाइकल । गाली बेइज्जती त कति कति  त्योबीचमा त्यसको अर्को मोबाइलमा फोन आयो, उता कुरा गरेर मलाई भन्छ, "तँलाई आज नठोक्नु भन्ने खबर आएकोले बचिस् ।" म त झसंग भएँ ।  भनेँ, "ए बेइमान, तैले मार्न पो खोज्याथिस्, फाइट मात्र खेल्ने भनेको होइन ?" झुक्याएर झन्डै मारेछ ।

तपाईं अहिले कुन पार्टीमा हुनुहुन्छ ?
म बल्खु नजाने एमाले ।

बल्खु किन जानुहुन्न ?
जनकपुर महाधिवेशनमा प्रतिनिधि बनाएर लग्ने-लग्ने भने, अन्तिममा रेडियोबाट समाचार फुकाए- केशव स्थापित छानिएन भनेर । आफ्नै पार्टीबाट निर्वाचित महानगरपालिकाको मेयर, अनि त्यो चाहिँ पार्टीको महाधिवेशनमा प्रतिनिधिको रूपमा पनि नजाने ? झोंक चल्यो, तेरा पार्टी तैँ गरिखा भनेर छाडिदिएँ ।

माओवादी प्रधानमन्त्री भएका वेला जिम्मेवारी कसरी पाउनुभयो ?
सुकुम्बासीको इस्यु लिएर हिसिलालाई भेट्न गाथेँ । सुकुम्बासीका घरटहरा उठाउँछौँ भनेर थर्काउने, यो शैली त अमानवीय भयो भनेर मैले भनेँ । मैले बाटो विस्तारदेखि सुकुम्बासीका समस्या कसरी समाधान गर्ने भनेर यही डायरीमा टिपेको थिएँ, हिसिलालाई देखाएँ, हिसिला त डायरी बोकेर कुद्दै गइन् । एकैछिनमा बाबुरामलाई लिएर आइन् । केशवले त चमत्कार गरेको छ भनेर बाबुरामलाई भनिन् । के चमत्कार भनेर उनले सोधे । मैले डायरी पल्टाएर योजना देखाएँ । उनीहरूले मलाई बेलुका आउनु अनि कुरा गरौँला भने ।

अनि, बेलुका जानुभयो ?
बेलुका जाँदा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल लगायत सबै मान्छे थिए । त्यतिवेला लाजिम्पाटमा सडक भत्काउने तयारी थियो, मैले रोक्नुस् भनेँ । बाबुराम पनि झ्वाँकी मान्छे, तपाईंले भन्दैमा रोक्छु, तपाईंले भत्काउन हुने, मैले भत्काउन नहुने भनेर सोधे । मैले भत्काउन त भत्काउने हो तर चाँजोपाँजो सबै मिलाउनुपर्छ भनेर कन्भिन्स गरेँ । उनले तत्कालै रोके ।

विकास आयुक्त कसरी बन्नुभयो त ?
करिब एक महिनापछि हावाबाट बिजुली निकाल्ने "विन्ड मिल"को कुरा लगेर गाथेँ फेरि बेलुका आउनुस् भने । म बेलुका गएँ । जानासाथ बाबुरामले भने, "कांग्रेसले यो देश बनाउँदैन, एमालेले बनाउँदैन, राप्रपाले बनाउँदैन, मलाई तपाईं जस्तै मान्छे चाहियो, तपाईंको फोटोकपी एकजना दिनुस् ।" दुई/तीनपटक फोटोकपी फोटोकपी भन्छन् । मैले भनेँ, "तपाईंले मुख फोरेर भन्न नसकेको, फोटोकपी होइन मै चाहिएको हो तपाईंलाई ?" बाबुराम दंग परेर मलाई सोधे, "तपाईं मान्नुहुन्छ ?" मैले तत्कालै हात मिलाएँ ।

निर्णय त अलि विवादित भयो नि होइन ?
प्रधानमन्त्रीले तत्काल मन्त्रीकहाँ जानुस् भने । हृदयश त्रिपाठीले "मान्छे त मलाई तपाईंजस्तै चाहिने हो तर अर्कै मान्छेको नाम सिफारिस भइसक्यो" भन्छन् । सचिवकहाँ गएको "तपाईं आईए पासले कहाँ हुन्छ" भन्छन् । म फेरि घुमेर प्रधानमन्त्रीकहाँ गएँ । यस्तो-यस्तो भयो भनेर मैले सबै रिपोर्टिङ गरेँ । एक दिन बिहानै मन्त्रिपरिषद् बैठक बस्यो, कताकता लब्ध प्रतिष्ठित पनि राख्ने व्यवस्था रहेछ, त्यही व्यवस्थामा टेकेर लब्ध प्रतिष्ठितका रूपमा मलाई नियुक्ति दिइयो ।

तर, तपाईंजस्तो  लब्धप्रतिष्ठित विकास आयुक्त भएपछि थापाथलीको सुकुम्बासी वस्तीमा डोजर लगाइयो नि ?
यहाँ, द्वैध शासन छ, त्यो त मान्नुपर्‍यो नि । प्रधानमन्त्री र मैले वैकल्पिक व्यवस्था गर्न खोज्दै थियौँ, बाग्मतीको किनारमा ढल बनाउने भनेर प्रहरीले डोजर लगाएछ । केही मान्छेलाई हतारो भएछ, सबै कुरा बिगारे ।

तपाईं जहिले पनि लभ पार्क लभपार्क भन्नुहुन्छ, तपाईंको मन रोमान्टिक भएर हो कि भिजन पनि छ ?
तपाईं १० रुपैयाँको साग किन्न जानुभयो भने कतिपटक ओल्टाइपल्टाई गर्नुहुन्छ ? कीरा छ कि, प्वाल परेको छ कि, सुकेको छ कि भनेर हेर्नुहुन्छ । आज खाएर भोलि मल हुने कुरामा मान्छेले कति बुद्धि लगाउँछन् । अनि, मेरो छोरीले जिन्दगी बिताउने मान्छे कस्तो छ भनेर बुझ्न नपाउने ? सास गन्हाउँछ कि, दीर्घरोगी छ कि, जाँडरक्सी खान्छ कि, वेश्यावृत्ति गर्छ कि भनेर बुझ्न नपाउने ? बाबुआमाको अगाडि उभिएर एकपालि हेर्दैमा थाहा हुन्छ, लभ गर्नु परेन । पार्कमा बसेर कविता सुन्नु/सुनाउनु परेन । तब पो कुरो बुझिन्छ र आफ्नो लायकको छानिन्छ ।

लभ त मान्छेले गरेकै छन्, लभ म्यारिज पनि गरेकै छन्, रोकिएको छ र ?
अहो, कस्तो बिजोग छ, हेर्नुस् त । चोभारमा हिमाल सिमेन्टको छेउमा गयो भने सयवटा मोटरसाइकल हुन्छन् । अलि उतापट्ट िछाता ओढेर बसेर कानमा कुरा गरिरहेका हुन्छन् । त्यहाँमाथि पुलिसले समातेर गाली/बेइज्जत गरेर, मोबाइल खोसेर बाबुआमालाई बुझाउँछ । के अपराध गरेको छ, यो अमानवीय समाज भयो । यसलाई काउन्टर दिन लभ पार्क चाहिन्छ, जहाँ युवायुवतीले वैधानिक रूपमै लभ गर्न पाऊन् ।

कुरा त धेरै भयो, तपाईंले पछिल्लो नियुक्ति पाएको पनि एक सय २० दिन भइसक्यो, एक/दुई दिनमै गर्छु भन्नुहुन्थ्यो ?
चम्पादेवीमा पार्क बनाउनै थालेको त हो नि । त्यहाँ सबै योजना बन्दै थियो, तर त्यहाँका स्थानीय अगुवा र अरूबीच ग्याङफाइट भयो । के-के लफडा छ, म गएँ भने सम्झाउन सक्छु ।

नौ बजे नै रेस्टुरेन्ट सबै बन्द हुन्छन्, काठमाडौं कस्तो महानगर हो ?
मैले उठाएको कुरै यही हो । रेस्टुरेन्ट बार त रातभरि चलाउनुपर्‍यो नि । मापसे गरेर गाडी चलाउन पाइएन, तर ट्याक्सीमा अथवा ड्राइभरले चलाएको आफ्नै गाडीमा जान्छु भन्नेले खान त पाउनुपर्‍यो । तर, साँझै रेस्टुरेन्ट सबै बन्द हुन्छन्, पहिला थियो- अच्युत प्रवृत्ति । अच्युतकृष्ण खरेल आइजिपी भएका वेला लामो कपाल पालेकालाई समातेर कारबाही गर्ने, डिंगो जुत्ता लगाएकालाई चोर भनेर समात्ने, त्यस्तो पनि पुलिस हुन्छ ? अहिले मिनिस्कर्ट लगाएर हिँड्छन्, युवतीहरू, तिनलाई पिट्ने ? यो सब गर्नुहुन्न ।

तपाईं वामदेव गौतमको विश्वासपात्र, सम्बन्ध कस्तो छ अहिले ?
सम्बन्ध ठीकै छ । वामदेवजी सोझो मान्छे हो, तर यो आफ्नो मान्छे हो भन्नुहुन्न । केपी ओली हेर्नुस् न, जस्तोसुकै भए पनि आफ्नो मान्छे हो भनेपछि छपक्कै छोपेर राख्नुहुन्छ । वामदेवजीमा त्यो भावना छैन ।

अनि, माधव नेपाल कस्तो मान्छे हुनुहुन्छ ?
माधव नेपालजी दुईटा डायरी लिएर बस्नुहुन्छ । एउटा कालो, अर्को रातो । हरेक व्यक्तिको परिचय दुईवटै डायरीमा लेख्नुहुन्छ । नराम्रा कुरा कालो डायरीमा, राम्रा कुरा रातो डायरीमा । गाली गर्नुपर्‍यो भने कालो डायरी पल्टाउनुहुन्छ, रातो डायरी हेर्दै हेर्नुहुन्न । प्रशंसा गर्नुपर्‍यो भने रातो डायरी पल्टाउनुहुन्छ, कालो हेर्दै हेर्नुहुन्न । कालो डायरी हेरेकै वेलामा मार थर्काउनुहुन्छ । रातो डायरी हेर्दा अहो तपाईंजस्तो कार्यकर्ता कोही छैन भनेर प्रशंसा गरेरै थाक्नुहुन्न ।

दारु खाने कार्यकर्तालाई माधव नेपालले असाध्यै गाली गर्नुहुन्छ भन्छन्, तपाईं गाली खानेमा पर्नुभयो कि भएन ?
भयानक सम्झना छ, मलाई । एकदिन बोलाउनुभो, अगाडि राखेर ह्याँ गरेर यता फर्किनुहुन्छ, ह्वाँ गरेर उता र्फकनुहुन्छ, कुनै ताल हो यो भन्नुहुन्छ, अनि यसरी बन्छ देश भन्नुहुन्छ । घरि टाउको यता बटार्नुहुन्छ, घरी उता बटार्नुहुन्छ । मैले कुरै बुझिनँ । धेरैबेरसम्म ह्याँ र ह्वाँ गरेर थर्काउनुभो । कुरा खोल्नुभएन । म उहाँको सामुन्ने कहिल्यै चुरोट नखाने मान्छे, चुरोट सल्काएर तानिदिएँ । त्यसपछि उहाँ झन् उपि|mनुभो । फेरि भन्नुहुन्छ, "यसरी देश बन्छ ?" अनि मलाई हाँसो लाग्यो । "ए नेतृत्वको अगाडि हाँस्ने ?" भनेर फेरि थर्काउनुहुन्छ । "के थर्काउनुहुन्छ, भन्नुस् न कुरा ?" मैले भनेपछि उहाँले एउटा बिल निकाल्दै भन्न थाल्नुभयो, "नेकपा एमालेको कार्यकर्ता भएर १७ हजारको रक्सी खाने, यही हो इज्जत ? यसरी बन्छ पार्टी, यसरी बन्छ देश ?"

तपाईंले खाएको रक्सीको बिल माधव नेपालकोमा कसरी पुगेछ ?
अहिले साउदी अरबमा राजदूत हुनुहुन्छ नि, उदयराज पाण्डे । उहाँको नयाँ बजारमा घर, बाउसँग खट्पट् । अहिले त मिल्छ, त्यतिवेला राजनीति नमिल्ने । घरको भाडा बाउले महिना मर्नु चार/पाँच दिनअघि नै उठाएर लग्ने, छोरालाई कहिल्यै नदिने । अति भएपछि उदयजीले डेरामा बस्ने सबैलाई एक दिन भन्नुभएछ, "आज मलाई भाडा नदिने हो भने राम्रो हुन्नँ ।" उहाँले अचानक १७ हजार पाँच सय उठाउनुभएछ । "भोलि बाउ पैसा माग्न आउँछन्, आज यो पैसा कसरी मास्ने ?" भन्दै उहाँ आउनुभयो । मैले भनेँ, "एकै रातमा त्यत्रो पैसा सक्न त दारु खानुपर्छ, त्यो पनि ब्लू लेबल ।" साढे आठ हजारमा ब्लू लेबल किनेर हामी आँगन रेस्टुरेन्टमा गयौँ । मजाले विभिन्न स्न्याक्ससहित खायौँ । बाउलाई देखाइदिने भनेर रक्सीको बिल पनि रेस्टुरेन्टकै बिलमा लेख्न लगायौँ । साढे १७ हजार बिल भयो, पाँच सय रुपैयाँ टिप्स दिएर हिँड्यौँ । खाने टोलीमा एकजना माधव नेपालको खुफिया रहेछ, बिल लगेर दिएछ । माधवजीले कालो डायरीमा बिल राख्नुभएको रहेछ, पाँच वर्षपछि निकालेर मलाई थर्काउनुभयो ।

तपाईं कसरी उम्कनुभयो त ?
मैले घटना सबै बताएँ । मैले भनेँ, "कमरेड तपाईंको अगाडि झुट बोल्दिनँ । सानोमा हामीले चिया खाएनौँ, यही खाएर हुर्केको हो, अहिले पनि कहिलेकाहीँ खाइन्छ ।" उहाँले कति खानुहुन्छ भनेर सोध्नुभयो । मैले पञ्जा देखाएर "पाँच पेग" भनेँ । तत्कालै उहाँले भन्नुभो, "घटाउनुस्, आजदेखि तीन पेग खानूस् ।" मैले भनेँ, "कमरेडले निर्देशन दिनुभयो, म आजदेखि तीन पेगभन्दा बढी खान्नँ ।" उहाँले त्यहीबाट भीम रावललाई फोन लगाएर थर्काउन थाल्नुभयो, "ए भीमजी, यस्तो इमानदार कार्यकर्ताको विषयमा पोल लगाउने, तीन पेग खाउभन्दा तीन पेग मात्रै खाने यस्तो आज्ञाकारी कार्यकर्ता को हुन्छ ? यस्ता कुरा नलगाउनुहोला ।" मलाई पनि हिँड्ने वेलामा भन्नुभो, "लिमिटभन्दा माथि नजानू है ।" मैले "हवस् कमरेड" भनेर अभिवादन गरेँ ।

तपाईंले त आफू मेयर हुँदा उपमेयर विदुर मैनालीलाई काजमा कास्की पठाइदिनुभयो, जनप्रतिनिधिलाई पनि काजमा पठाएर अनौठो उदाहरण देखाउनुभयो नि ?
त्यो वेला एमाले फुट्यो, म मालेमा लागेँ । उपमेयर मैनालीजी, एमालेमा । पार्टीको कुरा मिलेन, हाम्रो कुरा कसरी मिलोस् । मैले जे गरे पनि उहाँले विरोध गर्ने, अवरोध गर्ने । तैपनि मैले पेलेरै काम गर्दै गएँ । तर त्यही वेला १० दिन जतिको लागि UN को कार्यक्रममा भाग लिन म बाहिर जानुपर्ने भयो । मेयर बाहिर जाँदै छ, हाम्रो पालो बल्ल आउँदै छ भनेर विदुरजीले गोप्य मिटिङ गर्नुभएछ । मैले वर्षौं लगाएर गरेका निर्णय १० दिनमा उथलपुथल गर्ने तयारी भएको थाहा पाएपछि मलाई रातभरि निद्रा लागेन । राति महानगरपालिकाको नियमावली पल्टाएर हेरेँ, त्यहाँ त मेयरले उपमेयरसहित जनप्रतिनिधिलाई पनि काजमा पठाउन सक्नेछ भन्ने लेखिएको रहेछ । त्यसपछि राति नै ठूलो म्युजिक लगाएर कोठामा एक्लै हंगामा गरेँ ।

अनि, पत्र के भनेर दिनुभयो त ?
म विदेश जाने हो, तपाईंको काम यही देशमा छ भनेर भनिदिएँ । उनी त जिम्मेवारी आउने भनेर मख्ख । अघिल्लो दिन मैले कोटको खल्तीबाट खाम निकालेर भनेँ, "पत्र तयार छ, भोलि दिन्छु ।" उनी खुसी भए । कार्यवाहक दिन पत्र तयार भएछ भन्ने लाग्यो, उनलाई । उड्ने दिन विमानस्थलमा बिदाइ गर्न पनि आए, फूलमाला लगाएर मेरो अबिरजात्रा गरे, उपहार पनि दिए । म गेटभित्र छिरेर बाहिर उभिएका उनलाई पत्र दिएँ, उनी मख्ख परे । मभित्र छिरिसकेपछि खोल्दा त उनी बेहोस जस्तै भएछन् । सीधै एभरेस्ट होटल गएर दिउँसै दारु खाएछन् । दुःखको कुरा खल्तीमा पैसा रहेनछ, महानगर पालिकाका कार्यकारी अधिकृतले उद्धार गरेर घर लगेछन् । कार्यवाहक त मैले आफ्नो पक्षका वडा अध्यक्ष श्याम चित्रकारलाई दिइसकेको थिएँ ।

तपाईं एकपटक कालभैरव नृत्यमा पनि लाग्नुभएको थियो नि ?
कालभैरव नाच्न त भैरवजस्तो शरीर चाहिन्छ नि । अब जिउ कंकाल भइसक्यो, नृत्य गर्‍यो भने कंकाल नृत्य हुन्छ । विकास प्राधिकरणमा आएपछि ज्यान खत्तम भयो । ७२ किलो पुगिसकेको थिएँ, ८४ किलो पुगेर कालभैरव जस्तो बन्ने योजना थियो, यता आएपछि यस्तो छ । त्यतिवेला त १८/२० वटा अन्डा खान्थेँ । एक/एक वटा खान झ्याउ लागेर एकैपटक घोलेर पिउँथेँ ।

सिनेमातिर रुचि छैन ?
मेयरसाब भन्ने फिल्म बनाउने योजना छ, तर तत्काल होइन ।

अनिल कपुरको नायक जस्तै ?
ठ्याक्कै त्यस्तो होइन, पेज थ्री र नायकको बीचको फिल्म बनाउने योजना छ । अहिले "झ्याम्मै" भन्ने कार्यक्रम टेलिभिजनबाट चलाउन मन लागेको छ, त्यसमा नेता, तस्कर, घुस्याहा कर्मचारी सबैलाई झ्याम्मै एक्स्पोज गर्ने योजना छ । अहिले पनि "यसो गरे कसो होला" भन्ने कार्यक्रम त आइरहेकै छ ।

तपाइ आफैँ नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, यसो गरे कसो होला भनेर कसलाई सोध्नुहुन्छ ?
होइन, मेरो दिमागमा भएको कुरा व्यक्ति-व्यक्तिलाई भेटेर भन्यो भने त वर्षौं लाग्छ, टेलिभिजनबाट एकैपटक भन्यो भने त धेरैले थाहा पाउँछन् । त्यसैले जनमत बनाउन मिडिया चाहिन्छ । मेरो कार्यक्रम त राष्ट्रपतिले हेर्छन्, प्रधानमन्त्रीले हेर्छन्, कर्मचारीले हेर्छन्, सर्वसाधारणले हेर्छन् । सबैलाई एकैपटक सन्देश जान्छ ।


उमेश चौहान

नागरिक

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork