?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मेरो ६ बर्षको कोरिया बसाई
   रघु त्रिपाठी, दक्षिण कोरियाबाट
 


६ वर्षअघि रोजगारीको शिलशिलामा कोरिया आउन लागेको क्षण म मा निक्कै कौतहलता थियो सायद जीवनको पहिलो विदेश यात्रा भएकोले होला  ती क्षणहरू म अझै सम्झिन्छु । रातको समयमा जब म चढेको जाहाज कोरियाको ईन्छन शहरमा अवतरण हुदै थियो तव बलेको झिलीमिली बत्तीले मेरो मन अत्यन्त रोमाञ्चक भएको थियो । करिव ६ घण्टाको हवाई यात्रापछि संसारको उत्कृष्ट विमानस्थल मानिएको इन्छन् विमानस्थलमा उत्रदा कोरियाली जनताले गरेको विज्ञान ,प्रविधिको चमत्कार,विकास र सम्वृद्धिलाई सराहना गर्नु बाहेक विकल्प थिएन । तर लामो बसाईपछि मलाई दक्षिण कोरियाबाट धेरै कुराहरु सिक्ने, बुझ्ने र अनुशरण गर्ने अवसरहरु प्राप्त भएको छ ।
 
जननी जन्मभुमिश्च, स्वर्गादपी गरियसी भनेझै संसारको जुन कुनामा पुगे पनि आफ्नो देशको माटोको सुवास र आफ्नो मातृभुमिको न्यानो अनुभुतीलाई कसरी बिर्सन सकिन्छ र ? त्यसैले कोरियाको व्यस्त जीवन शैलीमा अभ्यस्त हुदै गरेको म पुनःपूर्व अवस्थाको जीवनमा फर्किन चाहेकोमा अलिकत अचम्मित र अलिकत उत्साहित भएको छु । मेरो कोरिया बसाँईकै क्रममा एक कोरियाली कवयित्री मित्र जस्लाई मैले नेपालको वर्णन गरेर घुम्न पठाएको थिएं उनी फर्केपछि मलाई लेखेको इमेलको स्मरण आयो । उनले लेखेकी थिइन की जीवनको शुरुवात देखि नै धेरै नाम सुनेको नेपाल प्रथम पटक पुग्दा उनी स्तव्ध भएकी थिइन रे । अन्तर्राष्ट्रिय विमानस्थलदेखि शहरका प्रत्येक भागमा देखिने अव्यवस्था र अस्तव्यस्थता अनि फोहरका दुर्गन्धहरुले धेरै बर्षदेखि जाउं जाउं लागेको नेपाल व्यर्थ आईएछ भन्ने लागेको थियो रे ।
 
मलाई अझ केही वर्ष कोरिया बस्ने अवशरहरु प्राप्त हुँदा हुँदै पनि स्वदेश मै केहि गर्नुपर्छ भन्ने आकांक्षाबाट अभिप्रेरित भएर कोरियाबाट नेपाल फर्कदै छु । त्यस कारण म रोमाञ्चक, उत्साही अनी आशाबादी पनि भएको छु  तर ति मित्रको ईमेलले मेरा ती सोचहरुमा केही निराशाका बादलले घेर्यो । मैले नेपालको बारेमा बर्णन गरेर नेपाल पठाएका एक दर्जनभन्दा बढी परिचित कोरियाली मित्रहरुले के सोचे होलान ? भन्ने बारेमा पनि सम्झे, एक मनले विचार पनि गरे तर पून उनै कोरियाली मित्रले लेखेको अर्को ईमेलका हरफलाई सम्झें । उनले सो ईमेलमा लेखेका थिए कि जब म पोखरा शहर पुगेँ त्यहाँ केहि सफा ,आकर्षक र मनमोहक दृश्यहरुले मेरो मनलाई छोएको थियो । अनी सुन्दर फेवातालमा टल्किने माछापुच्छ्रे हिमाल देख्दा स्वर्ग नै पुगेको आभाष भयो रे । कोरियाले मेहनत,इमान्दारिता र सकारात्मक सोचका साथअघि बढेको कारण आज संमृद्धिको शिखरतिर लम्किदै गरेको हो भन्ने यथार्थबाट म परिचित भएकोले तुलनात्मक रुपमा उर्वर, सुन्दर अनी रमणीय देश नेपालको भविष्य उज्जल रहेकोमा आफूलाई निर्धक्क पारेको छु  ।
 
कोरियाबाट नेपाल फर्कदा ७ घण्टाको फरकमा हामीले भौतिक रुपमा मात्र नभई मानिसहरुको सोच अनि व्यवहारमा पनि ठूलो फरक त पाउँछौ नै त्यो यथार्थता हो । तर जहाँ पुगेपनि प्रथम परिचय बनेर उभिने देशको यथार्थता नसुधारिएसम्म कुनै नागरिकको स्वाभिमान र आत्म सम्मान नजोगिने कुराको अनुभूति राम्रैसंग गरिरहेको छु मैले । त्यस कारण अस्तव्यस्ततामा रोग, भोग, गरिबी, अशिक्षा र अराजकताका बाबजुत पनि देशभित्र असंख्य सम्भावनाहरु खोज्ने धृढ संकल्प गर्दै नेपाल फर्कने तयारीमा छु । किनकी हामी नेपालीहरुले सांचो अर्थमा आफ्नो सुरक्षित र सुन्दर भविश्य प्राप्त गर्ने हो भने नेपाललाई सम्मुन्नत बनाउनु बाहेक कुनै पनि विकल्प छैन ।
 
हामी कोरियामा रहेर जतिसुकै दुःख गरे पनि एउटा अवधि पश्चात आफ्नो देश जानैपर्छ । त्यसैले मेरो अनुरोध छ विशेषगरी मेरा श्रमिक साथीहरुमा, हामीहरु कोरिया बसेर जति मजदुरी गरेपनि एउटा मजदूरकै दर्जामा रहने छौँ । मुस्किलले त्यो भन्दा माथि पुग्न सक्छौँ । यदि हामी भिसा अवधि सकिएपछि नेपाल जानु र दुई चार वर्ष अवैधानिक बसेर नेपाल जानुमा आखिर हाम्रो जीवनमा तात्विक रुपमा केही फरक पर्ला जस्तो लाग्दैन । फरक जति हुन्छ त्यो हाम्रो मेहनतले बचाएको ५ देखी ६ वर्षभित्र भइसक्छ । त्यसकारण हामी सबैले बुझ्नुपर्ने एउटै कुरो के हो भने जति अवैधानिक बसे पनि आखिर नेपाल जानैपर्छ र नेपाल गएपछि नै नयाँ ढङ्गबाट हाम्रो वास्तविक जीवनको शुरुवात हुन्छ ।

कोरियामा सिकेका सीप,ज्ञान र कमाएको अर्थलाई नेपाल लान सक्यौ भने हामीले स्वदेशमा गएर गर्न सक्ने धेरै कुराहरु छन् । कोरिया बसेर नेपालको बारेमा जति पनि सुनिएका समाचारहरु छन् त्यसबाट विचलित भई नेपालमा गर्न सक्ने स्थिति नै छैन विदेशकै जस्तो वातावरण नेपालमा भएमा मात्र हामी फर्कन सक्छौं भनेर बस्ने हो भने हाम्रो देशको लागि कस्ले गर्ने ? कस्ले सोच्ने ? सबै क्षेत्र भ्रष्ट हुदै गएको देशलाई समृद्ध कस्ले बनाउने ? त्यहाँ रहेका भ्रष्ट राजनीतिज्ञ तथा कर्मचारीहरुलाई कस्ले सुधार्ने ? त्यसैले पत्रकार रबिन्द्र मिश्र हुन् कि बिज्ञ महाबिर पुन वहाहरुलाइ पछ्याउनु पर्छ । तमासा मात्र हेरेर बस्ने र कुनै योगदान नपुर्याउने ? कोठे गफ र चिन्ताले के गर्छ ? जब सम्म सतहमा कार्यान्वयन  गर्दैनौ भने ? अब वाध्यतावस बिदेशीएका देशका युवा जनशक्तिहरु बिस्तारै नेपाल फर्कनै पर्छ र बिदेशमा सिकेको ज्ञान, शिप, र अर्थबाट स्वदेशमै बिकाशको मुल फुटाउँनु पर्छ भन्ने मेरो मान्यता हो ।

संसारका प्रत्येक देश र समाजका सबल र नकारात्मक दुबै पक्षहरु हुन्छन । कोरियाली र नेपाली समाज पनि त्योभन्दा फरक अनि अछुतो छैन भन्ने मेरो व्यक्तिगत विचार हो । कोरिया बसाईको क्रममा अथाह परिश्रम गनुपर्ने श्रमिक दाजुभाई तथा अन्य बर्गहरुले पनि यहाँको बसाईलाई अत्यधिक फलदायी बनाउन सकारात्मक पक्षहरुको अनुशरण गर्दै अधिकतम आर्थिक उपार्जनमा दत्त चित्त हुनुपर्ने कुरालाई सदैव मनन गर्नै पर्दछ ।

कोरियालीहरुले गर्ने मेहनत, लगनशिलता, शिष्ट बोलीचाली सरसफाई र भएको पूँजीलाई चलाएमान बनाउने गुण नै कोरियाली आम जनताका साझा विशेषता हुन । सदैव नयाँ कुरा सिक्ने चाहाना अनी लगाव नै विज्ञान र प्रविधिको विकासका कडी हुन । पैसा कमाउनु जत्ति महत्वपूर्ण छ पैसाको अधिकतम सदुपयोग त्यो भन्दा पनि बढी महत्वपूर्ण हुन्छ । सुरक्षित भविश्यको नाममा नेपालका देखिएको घर जग्गाको अप्राकृतिक मूल्य बृद्धि अनी त्यसमा लगानी गरेर क्षणिक आत्म सन्तुष्टी लिने प्रवृत्ति त्याग्न जरुरी छ जस्तो लाग्छ ।विदेश बसाईको क्रममा स्वदेश फर्केपछि गर्ने कामको सिप आर्जन गरी त्यसका लागि आर्थिक पूर्वाधार तयार गर्न सके भोलिको पुस्ताले अन्य मूलुकका सामु शीर निहुराउनु पर्ने थिएन । वर्तमान नेपाल इतिहासको सबैभन्दा कठिन क्षणमा उभिएको छ । क्षणिक राजनीतिक स्वार्थका लागि परस्पर कटुता र वैमनश्यताको विजारोपण गरिएको अवस्था छ । उत्तरदायित्व र जिम्मेवारी बोधलाई अरुमाथि थोपर्ने प्रवृत्तिलाई हामीले व्यक्तिगत रुपमा त्याग्न सके त्यसले अभियानको रुप लिन सक्छ । एक व्यक्तिले नेपालमा फैलिएको अराजकता, भष्ट्रचार, कुशासन र नकारात्मक सोच हटाउन नसक्ला तर आफू भित्रको नकारात्मकता हटाउन अवश्य सकिन्छ त्यहि नै हाम्रो समाजको सुख र समृद्धिको लागि कडी बन्न सक्छ भन्ने मेरो ठहर हो ।
 
अन्त्यमा, म स्वयं कोरियाको मजदुरी पेशामा आबद्ध रहेको कारण नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीको श्रम र मेहनतलाई पनि नजिकबाट नियाल्ने मौका मिलेको छ । यसै क्रममा नेपालका प्राचीन सभ्यता सस्कृति तथा समाजिक र राजनीतिकका साथै कोरियामा रहेका नेपालीहरुका थुप्रै समस्या तथा विबिध गतिविधिहरुलाई अनलाईन पत्रपत्रिकाहरुको माध्यमबाट अवगत गराउदै आएको छु । समस्या देखेर आँखा चिम्लनु भन्दा त्यस्को निदान पनि गर्नुपर्छ भनेर मान्यताका साथ नेपालको संचार क्षेत्रमा पहुच भएका बीबीसी नेपाली सेवाका प्रमूख रबीन्द्र मिश्रदेखी बिबिसी साझा सवालका नरायण श्रेष्ठसम्म नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झादेखि वर्तमान अध्यक्ष शिव गाउँले सम्मलाई कोरिया बोलाएर बिभिन्न अन्तरकृया कार्यक्रमको माध्यमबाट समस्याको चुरो खोज्ने प्रयास गरेको छु । ६ वर्षे कोरिया बसाईको क्रममा कठिन श्रमको बावजुद पनि आफ्नै नेतृत्वमा दूई पटक नेपाल डे कार्यक्रमको आयोजना गरेर शुन्दर देश नेपाललाई कोरियाली माझ चिनाउँने प्रयत्न गरेको छु । नेपालका दर्जनौ श्रष्टाहरुलाई कोरिया आमन्त्रण गरेर नेपालको कला र साहित्यलाई चिनाउँन अद्धभूत साहित्यिक कार्यक्रमको आयोजना गरेको छु ।

भर्खरै हेल्प नेपाल नेटवर्कले स्थापना गर्न लागेको १० करोड रुपैयाको परोपकारी अक्षय कोषका लागि झण्डै ११ लाख रुपैयाँ संकलन गर्न महत्वपूर्ण भूमिका निर्भाह गरेको छु । यहाँसम्म मलाई सहयोग र मौका दिनुभएकोमा सबै पक्षप्रति आभारी छु साथै आउने दिनहरुमा पनि सहयोगको आशा राखेको छु । बिशेष गरेर मेरो कोरिया बसाईका क्रममा पत्रकार, बिद्यार्थी मित्रहरु, व्यापारी, बुद्धिजिवी तथा सम्पूर्ण श्रमिक मित्रहरु र केहि कोरियाली समाजसेवीहरुको सहयोगमा धेरै यात्रा र अनुभव संगाल्ने अवसर मिलेकोमा मैले आफूलाई गौरवान्वित महशुस पनि गरेको छु ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork