?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
   बाग्लुङ्ग सम्पर्क समिति
 

कुञ्जमा गई लुक्छौ भने त्यहाँ पनि संघर्ष गर्नै पर्छ नत्र भुसुनाले टोक्छभन्ने एक नेपाली कविको भनाई अतिनै सान्दर्भिक छ। हो मानिस या कुनै पनि प्राणीले आफु बाच्नको लागि संघर्ष गर्नै पर्ने हुन्छ नत्र भने उसको अस्तित्व नै संकटमा पर्ने गर्दछ। कुनै पनि मानिसले अव मलाई केहि पनि चाहिदैन भनेर जो योगी बनेर या बिभिन्न रुप धारण गरेर जंगलमा हिड्ने गर्दछ उसलाई बाँच्नको लागि या कुनै पनि क्रियाकलाप गर्नको लागि कसैको भर पर्नै पर्ने हुन्छ या उसलाई बाहिरी तत्वहरुबाट आक्रमण गरिएको पनि हुन्छ ती सबैबाट जोगिनका लागि उसले संघर्ष गर्नै पर्ने हुन्छ। अर्थात भन्न खोजेको कुरा के भने कुनै पनि ब्यक्ति उ एक्लै बाँच्न सक्दैन, उसलाई कुनै न कुनै ब्यक्ति, समाज, देश वा राष्ट्रको सहयोग चाहिन्छ र उसले महशुस गर्छ आपत बिपत परेको बेला होस या खुशी कै क्षणमा होस कसैको सहयोग चाहिन्छ वा समाज चाहिन्छ ।

मानिस एक विवेकशील प्राणी भएको कारणले उसले नितान्त आफनो ब्यक्तिगत जिबनको चोतर्फी बिकाशका लागि सोचिरहेको हुन्छ र आफनो समृद्ध जीवन जीउनको लागि शिक्षा रोजगार, पेशा ब्यवसाय गर्नको लागि देश बिदेशमा जाने गरेको पाइन्छ । यसै क्रममा सन १९९० को दशक देखि नेपालीहरु पनि दक्षिण कोरियामा बिभिन्न पेशा, ब्यवसाय, रोजगार र शिक्षा आर्जन गर्नका लागि आएको पाईन्छ। मानिसहरुलाई यी बिभिन्न क्रियाकलाप गर्दा बिभिन्न समस्याहरु परिराखेको हुन्छ वा सुखका दिनहरुमा पनि एक अर्काको सहयोग चाहिन्छ। यी यस्तै शुख दुखमा सहयोगहरु आदान प्रदान गर्नको लागि नेपालीहरुले पनि बिभिन्न उद्देश्य राखेर बिभिन्न किसिमका संस्थाहरु स्थापना गर्ने लहर नै चल्यो र कोरियाली भूमिमा करिब ५०/६० वटा जति नेपाली संघ संस्थाहरु खोलिएका छन। त्यस मध्ये सम्पूर्ण बाग्लुङ्ग जिल्लावासीहरुको साझा संस्थाको नाममा बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया पनि एक सामाजिक संस्था सन २००१ मा स्थापना गरिएको क्षेत्रिय संस्था हो ।

बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया सन २००१ को जुन महिनामा लक्ष्मण पुन र स्याम छन्त्यालको पहलमा ईन्छनमा करिब ४० जना बाग्लुङ्गबासीहरुको भेलाबाट स्थापित एक सामाजिक संस्था हो । यस संस्थाको उद्देश्य आपत बिपतमा परेका बाग्लुङ्गबासी तथा नेपालीहरुलाई सहयोग आदानप्रदान गर्ने नै मुख्य लक्ष्य हो । यस प्रवासी भूमिमा प्रवासी नेपालीहरु बीच सुमधुर सम्बन्ध स्थापना गर्दै बिभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्ने र सहभागी हुने, खेलकुदको बिकाश, नेपाली संस्कृतिको प्रचार प्रसार गरि कोरियन पर्यटकहरुलाई नेपालमा आकर्षण गराउन पहल गर्ने र गृह जिल्ला बाग्लुङ्ग तथा नेपाल कै बिभिन्न क्षेत्रमा दैवी प्रकोप, बाढी पहिरो तथा शिक्षा, स्थास्थ्य र पर्यटन जस्ता क्षेत्रहरुमा सक्दो सहयोग प्रदान गर्नु संस्थाका अन्य उद्देश्यहरु हुन । संस्थाको उद्देश्य अनुसार समितिले कोरिया तथा नेपालमा उल्लेखनीय कार्य गर्दै आएको छ । दक्षिण कोरियामा बिभिन्न पेशा र ब्यवसाय र रोजगारमा आएका नेपालीहरुमा पर्ने दुःखद दुर्घटना, मृत्यु, बिरामी तथा नेपालमा हुने दुःखद दुर्घटना बाढी पहिरो तथा ठुला बिरामीहरुलाई आफुले सकेको सहयोग गर्दै आएको छ । साथै यहाँ दक्षिण कोरियामा हुने सुखद कार्यहरुमा पनि सहयोग सहभागी र सहकार्य गर्दै आएको छ ।

यस संस्थाको स्थापना कालदेखि हालसम्म गरेका सामाजिक कार्यहरुको सुची निम्नअनुसार रहेको छः
१। केही बर्ष पहिले आफ्नो कम्पनीमा काम गर्दा गर्दै बाग्लुङ्ग निवासी होम छन्त्यालको हात मेसीनमा परि १ हात गुमाएका थिए । उनको उपचारका लागि समितिको सकृयतामा करिब ४० लाख कोरियन वन संकलन गरी सहयोग प्रदान गरेको थियो ।
२। सन २००८ मा बाग्लुङ्गको पाण्डबखानी रमुवामा गएको पहिरो पीडित परिवारहरुलाई रु ५० हजार सहयोग संकलन गरि पठाएको थियो।
३। २००८ को सलनालमा धौलागिरी सांगितिक सौगात भाग १ सफलता पूर्बक सम्पन्न गरि ३० लाख वन बचत गरेको थियो सोही रकममा बाग्लुङ्गवासी लगायत अन्य नेपालीहरुबाट समेत रकम संकलन गरि २०१२ को जनवरीमा धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा रु ५ लाखको स्वास्थ्य सेवा अक्षयकोष स्थापना गरेको छ।
४। बाग्लुङ्ग बुर्तिबाङका बिरामी हिरामति घर्ति मगरलाई जाल पुन र बाग्लुङ्ग सम्पर्क समितिको पहलमा रु १ लाख संकलन गरि सहयोग प्रदान गरी यी २ जनालाई जहाज टिकट काटेर नेपाल फर्कन सहयोग गरेको थियो ।
५। २०११ को अक्टुबरमा बाग्लुङ्गको रेशमा गएको पहिरो पीडितहरुलाई रु १६७००० सहयोग प्रदान गरिएको थियो।
६। २०१२ अप्रिलमा बाग्लुङ्ग शिशाखानीका मृगौलाका बिरामी रेवति पौडेललाई रु २८००० संकलन गरि पठाइएको छ।
७। यहि भदौ १४ गते बाग्लुङ्ग जैदिका मृगौलाका बिरामी हेम रानालाई रु ५०,००० संकलन गरि सहयोग गरिएको छ।
८। गत बर्ष म्याग्दी जिल्ला घर भएकी लिला राम्जालीको दुबै हात (हत्केला) मेसीनमा परि गुमेको थियो । उनको एउटा हात पुनः राख्नका लागि म्याग्दी समाजले चालेको अभियानमा बाग्लुङ्ग सम्पर्क समिति कोरियाद्वारा साथीहरुसंग समेत सहयोग संकलन गरि ३३०००० वन प्रदान गरिएको थियो।
९। गत बैशाख २३ गते कास्कीको सेती नदीमा गएको भिषण बाढीबाट करोडौंको जन धनको क्षति भएकोले कास्की परिवार कोरियाले राहत स्वरुप सहयोग संकलन अभियान चालेकाले बाग्लुङ्ग सम्पर्क समितिद्वारा यहि मे २७ तारिखका दिन ३,६०,००० वन प्रदान गरिएको छ।
१०। हेल्प नेपाल नेटवर्क लाई २ लाख वन सहयोग गरियो ।
११। नेपाल कोरिया न्युज डटकमको पहलमा भएको पुष्पा बस्नेत सम्मान समारोहमा समाजसेवी पुस्पा बस्नेतलाई सम्मान सहित १ लाख १ हजार वन प्रदान गरिएको थियो ।
१२। सन २०११ को फेब्रुरी २ सलनालमा तत्कालीन बिश्वको सबै भन्दा होचो ब्यक्ति खगेन्द्र थापा मगरलाई रात्रीभोजको साथमा सम्मान सहित ५ लाख वन र जिन्सी उपहार प्रदान गरिएको थियो।
१३। नेपाल आदिवासी जनजाति महासंघ कोरियाले पढाउन लागेका बिद्यार्थीको लागि संस्थाबाट २ लाख र बाग्लुङ्गे साथीहरुबाट १५ लाख भन्दा बढी सहयोग गरिएको छ।
१४। कोरियामा कार्यरत १० जना बाग्लुङ्गे बिरामीहरुलाई जनही १ लाखका दरले र बाहिरी जिल्लाका ५ जना बिरामीहरुलाई ३५०००० वन सहयोग स्वरुप प्रदान गरिएको छ।

र यी यस्ता साना तिना सहयोग त धेरैनै गरेका छौ र अन्य संस्थाहरुले आयोजना गर्ने हरेक क्रियाकलापमा सहभागी सहकार्य र सहयोग गरेको कुरा त सबैलाई अवगत नै छ। १ लाख र ५० हजार त धेरै बिरामीहरुलाई र संघ संस्थाहरुलाई सहयोग गरिएको छ। भलिबल खेलमा समेत सहभागी र खेल आयोजना गर्दै आएको पनि छ । सन २०१० मा ३ पटक सम्म प्रथम र धेरै पटक दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ। सन २००८ को अप्रिल ११ तारिखमा भएको आरिराङ्ग फेष्टिभलमा यस बाग्लुङ्ग सम्पर्क समितिका कलाकारहरुले पञ्चेबाजा बजाई प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । कोरियाको चाड सलनाल छुसक र अन्य शिलशिलामा आउने बाग्लुङ्गे लगायत अन्य नेपाली कलाकारहरु र खेलाडीहरुलाई सम्मान पनि गर्दै आएको छ।

यसरी बाग्लुङ जिल्ला र जिल्लावासी नेपालीहरुका साथै अन्य संघसंस्था एवम सम्पूर्ण नेपालीहरुलाई यसरी उल्लखनीय रुपमा सहयोग गर्न सक्नुको  मुख्य श्रोत त चन्दा नै हो समाजसेवा गर्ने मन भएका बाग्लुङ्गवासी लयायत नेपाली दाजुभाईहरु तथा नेपाली संघ संस्थाहरु नै मुख्य हुन र यस संस्थाले समय समयमा गर्ने बिभिन्न कार्यक्रम नै मुख्य श्रोत हो ।

सन २००७ को जनवरीमा भाग्यशाली चिट्ठाबाट ३१ लाख वन बचत गरेको थियो । सन२००८को धौलागिरी सांस्कृतिक कार्यक्रमबाट ३० वन बचत गरिएको थियो । सन २००९ को अगष्टमा भलिबल खेल तथा चिट्ठाबाट २६ लाख वन बचत गरेको थियो तथा २०११ को अगष्टमा आयोजित भलिबल खेल तथा चिट्ठा कार्यक्रमबाट करिब ४० लाख वन बचत गरिएको थियो भने समितिले संस्थालाई आर्थिक रुपमा दिगो रुपमा संचालन गर्नको लागि यो संस्था हाम्रो हो र हामीले केही गर्न सक्छौ भन्ने भावना जागृत गराई कोरियामा क्रियाशील बाग्लुङ्गवासीहरुवाट मासिक लेवीको सट्टामा सन २००९ देखि प्रत्येक बाग्लुङ्गेहरुले १ १ लाख वन (नेपाल जाने बेलामा फिर्ता हुने) संकलन गरि आन्तरिक रुपमा परिचालन गरिएको छ र यसबाट प्राप्त हुने ब्याज पनि अर्को स्थायी श्रोत हो यसरी संकलन गर्ने सदस्यहरु पनि ८० जना भन्दा बढी छन।

त्यस्तै गरि बाग्लुङ्ग काडेबाँसका भोजेन्द्र कंडेलले २० लाख वन संस्थामा बिना ब्याज चलाउन दिनु भएको छ। र हाल २०१२ को सेप्टेम्बर ३० मा धौलागिरी सांगितिक सौगात भाग २ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ र यसको हिसाव किताव पनि केहि समयमा डिटेलमा आउने नै छ। अहिलेलाई मोटामोटी रुपमा हेर्दा १ करोड ७० लाख वन भन्दा बढि रकम बचत हुने देखिएको छ । यस कार्यक्रमको उद्देश्य अनुसार नै बाग्लुङ्ग जिल्लाको दुर्गम क्षेत्रमा शैक्षिक बिकाश गर्न विद्यालयको भवन निर्माण वा पुस्तकालय, बिज्ञान प्रयोगशाला, कम्प्युर शिक्षा, फर्निचर निर्माण शैक्षिक सामाग्री प्रदान गरिने छ । यसको लागि जिल्ला शिक्षा कार्यलय बाग्लुङ्गसंग समन्वय गरेर अगाडी बढिने छ । र अर्को उद्देश्य भनेको कोरियाको लागि आपतकालिन राहत कोष स्थापना गर्नु रहेको छ र यसको लागि निश्चित बजेत बिनियोजन गरिने छ जसलाई बाग्लुङ्ग सम्पर्क समितिले आफै संचालन गर्दै आपत बिपतमा परेका नेपालीहरुलाई निश्चित रकम प्रदान गर्नेछ। नयाँ सोचमा कोरियामा कार्यरत बाग्लुङ्गेहरुसंग छलफल र सहकार्य गर्दै प्रत्येक गा.बि.स का साथीहरुसंग मिलेर सम्बन्धित गा.बि.समा कुनै न कुनै किसिमका कम्तिमा १ वटा समाजसेवाको कार्य गर्दै जाने रहेको छ । सबै बाग्लुङ्गेहरुको डाटा संकलन, निकट भविष्यमा नै पाँचौ अधिवेशनको आयोजना गर्ने र संस्थालाई द्रुतगतिमा अगाडी बढाउने नै रहेको छ।

अन्तमा बिभिन्न क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगको आदान प्रदान गर्ने आशा राख्दछौं।

लेखकः यम श्रीस मगर, सचिव बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork