?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मनकी धनी मेनुका
   मेनुका थापा
 

लो प्रोफाइलमा बस्न रुचाउने मेनुकाले तँ आँट् म पुर्‍याउँछु भन्ने उक्तिलाई सार्थक तुल्याएकी छिन् । उनी लोकपि्रयताबाट टाढै रहन रूचाउँछिन् । धनी बन्न नभएर समाजका विकृति, विसंगति हटाउन तथा महिलाका लागि सशक्त र समुन्नत वातावरण बनाउन विगत एक दशकदेखि कार्यरत मेनुका थापा एउटा कालखण्डबाट आफूलाई पार गरेर आएकी यस्ती योद्धा हुन् जसले हजारौं महिलालाई सीप, शिक्षाका अतिरिक्त डरलाग्दो परिस्थितिबाट बाहिर निकाल्ने काम गरेकी छिन्। सहरमा अव्यवस्थित रूपमा खुलेका रेस्टुराँ, डान्स बार, मसाज पार्लर लगायत जोखिमपूर्ण स्थानमा कार्यरत महिलाहरूको अध्ययन एवं अनुसन्धान गरी त्यहाँ कार्यरत ९० प्रतिशत महिलालाई आयमूलक र सीपमूलक तालिम कार्यक्रम मार्फत पुनस्र्थापना गराउने काम गर्दै आएकी मेनुका आफ्नो कार्यमा दृढतापूर्वक लागेकी छिन्।

बाल्यकालमा आमाले भनेका शब्द अझै मेनुकालाई हेक्का छ-"नानी, ढुङ्गाले हान्नेलाई फूलले हान्नुपर्छ, सहनशील मान्छे सधै महान् हुन्छ।" तर बाल्यकालदेखि नै उनी यस विपरीत थिइन्। उनी सधैं सोच्थिन्-ढुङ्गाले हान्नेलाई किन फूलले हान्नू ? बरू परिआएको खण्डमा फूलले हान्नेलाई पनि ढुङ्गाले हान्न सक्ने साहस हुनुपर्छ।

बाल्यकाल
मेनुका गर्भमै हुँदा पिता पदमबहादुर थापाको मृत्यु भएको थियो। श्रीमान्को मृत्युबाट आहत आमा रामकुमारीले सधैं रोइरहने क्रममा, मानसिक सन्तुलन गुमाइन्। तैपनि मेनुका जन्मिन् अनि हुर्किन् पनि। ७ दिदी तथा १ दाइमध्येकी सबैभन्दा कान्छी मेनुका छोरा जन्माउने थापा परिवारको आशाकी उपज हुन्। गर्भमा छँदा बाबु मरेकाले जन्मदै उनलाई बाउ टोकुवी भन्दै अलच्छिनीको संज्ञा दियो समाजले। काकाहरूले उनीहरूलाई बाबुको सम्पत्तिबाट वञ्चित गराए। काभ्रे जिल्लाको पाटीखर्कको यो यथार्थ कथाकी पात्र मेनुका भन्छिन्-अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण घरमा खाने अन्न हुँदैनथ्यो। दिदीहरूको भनाइ अनुसार आमाको यो मेरी छोरी हो भनेर चिन्न सक्ने अवस्था थिएन। रोएका बेला दूध खान अरूले लगेर आमाको काखमा राखिदिनुपथ्र्यो। दिदीहरू मेलापात जान्थे, दिउँसो खान दिएको खाजा ल्याएर बेलुका उनलाई ख्वाएर सुताउँथे। जब उनका बाबु मरे गाउँका केही उच्छृंखल व्यक्तिले थापाका ७ वटा सस्ता छोरी घिच्याउने हो, क-कसलाई स्वास्नी चाहिएको छ ? भन्ने जस्ता अपशब्दसम्म बोलेका थिए रे।

मेनुका विगतका भयावह दिन सम्झदै भन्छिन्-"मैले देखेकी मात्र होइन भोगेकी पनि छु ती दिन। मेरा दिदीहरू आफूलाई दिएको खाजा ल्याएर मलाई दिन्थे, आफूहरू भोको पेटमा पटुका कसेर बस्थे। जब कि उनीहरूले दिनभरि अरूकहाँ काम गर्नुपथ्र्यो।" त्यस्तो अवस्थामा पनि दिदीहरूले मेनुकालाई पढाए। उनी पनि सानैदेखि तिक्ष्ण बुद्धिकी थिइन्। उनले जहिलेदेखि पढ्न थालिन् त्यति बेलादेखि उनका लागि कापी, कलम किन्नै नपर्ने भयो। हरेक क्रियाकलापमा प्रथम भए बापत प्राप्त पुरस्कारले नै उनको पढाइ खर्च धानिन्थ्यो। मेनुका भन्छिन्-"कापी, कलम, किताब, लुगाफाटो आफ्नै पैसा खर्च गरेर किन्नुपरेको भए म पढ्नै सक्दिनथें। किनभने हाम्रो त्यो अवस्था नै थिएन।" पाटीखर्ककै श्री कालिका प्रा.वि. बाट ५ कक्षा उत्तीर्ण गरेकी मेनुकाले श्रीराम मा.वि. खोपासीबाट एस.एल.सी. उत्तीर्ण गरिन्। 

युवावस्था
बुवाको मृत्युका कारण असन्तुलित आमा रामकुमारी चेन स्मोकर भइन्। दुःख बिर्सन चुरोट तान्ने नशा बसेको थियो उनमा। यता मेनुका एस.एल. सी. पछि कलेज पढ्ने सपना बुन्न थालेकी थिइन्। उनमा चढ्दो बैससँगै सहर हेर्ने, धेरै पढेर ठूलो मान्छे बन्ने रहर बढ्दो थियो। उक्त रहर झाँगिन थालेका बेला उनको जीवनमा अर्को आँधीबेहरी आयो। ०५२ सालमा आमाको मृत्युपछि उनी करिब २ वर्षसम्म केही गर्न नसक्ने भइन्। समय बित्दै जाँदा सोच आयो मरेको मान्छेको शोकमा डुबेर आफ्नो जीवनलाई किन शोकमग्न बनाउने ? अब म आफैंले केही गर्नुपर्छ। उनलाई उच्च शिक्षा हासिल गर्ने लालसाले छोडेको थिएन तर बनेपा, धुलिखेल जस्ता काभ्रेका सहरी क्षेत्रमा कोठा लिएर बस्न सक्ने स्थिति पनि थिएन। अब के गर्ने ? उनी बेचैन हुन थालिन्। उनलाई थाहा थियो काठमाडौंमा उनका थुप्रै आफन्त उच्च ओहोदामा छन्, वरिष्ठ राजनीतिज्ञ पनि छन्, तिनले त पक्कै सहयोग गर्छन्। हारगुहारका लागि उनी काठमाडौ आइपुगिन्। छैनन् गेडी सबै टेढी भनेझैं आफन्तहरू कसैले न वास्ता गरे न त आफ्नोपन नै देखाए, बरू उल्टो दुव्र्यवहार गरे। उनी बाटोमा हिँड्दा टक्क अडिएर रेडियोको आवाज सुन्थिन्। रेडियोबाट तपाईं यदि कुनै आपत्-विपत्मा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् हामी तपाईंलाई सहयोग गर्छौं...भन्ने जस्ता नारा घन्किन्थे। त्यसैको विश्वास गरी उनी कयौं एनजिओ धाएकी छिन् तर सबैले तिमी हाम्रो मापदण्डभित्र पर्दिनौ भनेर फर्काइदिन्थे। त्यसपछि उनलाई यस्ता संघ-संस्थाप्रति विश्वास लाग्न छाड्यो। यति मात्र होइन, सत्य कुरा कसैले पत्याउँदा रहेनछन् भनेर उनको मन दुख्यो। उनका साथीहरू डाक्टर, इन्जिनियर पढ्दै थिए तर उनी गायन पढ्ने इच्छाका साथ सडकमा भौँतारिरहेकी थिइन्। सानैदेखि गायिका बन्ने रुचि राख्ने मेनुकाको साथमा सधैं रेडियो हुन्थ्यो। उनी अरुणा लामा, तारा थापा तथा तारादेबीका गीत मन पराउँथिन्। दिनभरि सडकमा भौँतारिने अनि राति गि्रन लेज बैंक -हालको स्ट्यान्डर्ड चार्टड) को पेटीमा सुत्थिन् उनी। बाल्यकालमा आफूले पनि त्यस्तै दुःख पाएका बुद्ध एयरका चिफ इन्जिनियर मोहनबहादुर थापा उक्त बैंकमा कारोबारका लागि प्रायः आइरहँदा मेनुकालाई देख्थे। एकदिन उनले उनीसँग सबै कुरा सोधे। आफ्नै गोत्रकी भएकीले छोरी बनाएर लाने र फेल नहुने सर्तमा पढाउने वाचा गर्दै स्वरूप पद्म कन्या क्याम्पसमा संगीत विषयमा भर्ना गरिदिए। मेनुकाले भने सहरमा छोरी बनाएर बालबालिका बेच्छन् भन्ने सुनेकी थिइन्। त्यसैले उनलाइ पूर्ण विश्वास थिएन। मोहनकी श्रीमती मन थापाको मायालु व्यवहारले मेनुकालाई विश्वास गर्न बाध्य बनायो। फलस्वरूप उनी थापा दम्पतीसँगै बस्न थालिन्।

संघर्ष
मेनुका गाउँमै छँदाकी एउटी साथी काठमाडौंमा गार्मेन्टमा काम गर्छु भन्थिन्। एकदिन अचानक तिनै साथीसँग जम्काभेट भयो। उनलाई भेटेपछि थाहा भयो उनी त गार्मेन्टमा नभएर क्याबिनमा काम गर्थिन्। उनैमार्फत मेनुकाले क्याबिनका विषयमा अध्ययन गर्ने अवसर पाइन्। पद्म कन्यामा उनको संगीतको शिक्षा निरन्तर थियो फेल भइयो भने पढ्ने अवसर पाइँदैन त्यसैले मैले आफ्ना लागि आफैंले केही गर्नुपर्छ भन्ने धुनमा पनि थिइन् उनी। थापा पद्म कन्या स्ववियुले आयोजना गर्ने हरेक कार्यक्रममा गीत गाउन थालिन्। इच्छा राख्नुपर्छ यो संसारमा असम्भव भन्ने कुरा केही छैन भनेझैं सञ्चारकर्मी रूपा विमल कता-कताबाट उनको सम्पर्कमा आइन्। उनले मासिक १ हजार तिरिदिएर उनको क्षमताको थप निखारका लागि मधुरिमा कला केन्द्रमा भर्ना गरिदिइन्। त्यहाँ मेनुकाले १ वर्ष संगीत सिकिन्। काम गर्दै अध्ययन पूरा गर्न पाए हुन्थ्यो भन्ने सोच राख्ने मेनुका पद्म कन्याकी त्यसबेलाकी स्ववियु सभापति विनीता अधिकारी मार्फत उनको आफन्तको दोहोरी साँझमा मासिक ५ हजार ५ सयमा काम गर्न थालिन्। "महिला नै महिलाको समूहमा जन्मिएर हुर्किएकी हुनाले मेरो अगाडि कुनै पनि महिलाको अपमान असह्य हुन्थ्यो। दोहोरीमा गायिका भएर काम गर्दा त्यहाँ कार्यरत अन्य वेटर बहिनीहरूलाई ग्राहकले छोएको, जिस्काएको तथा अनावश्यक हात लगाएको देख्दा यो महिलामाथि हुने हिंसा र दुव्र्यवहार हो भन्ने लाग्यो। यो सहनु हुँदैन भनेर उनीहरू सबैलाई झकझक्याउँदै जाँदा उनीहरू पनि आफ्नो पहिचान एवं स्थान बुझ्न सक्षम हुन थाले फलस्वरूप यस्तो अन्यायका विरुद्ध आवाज उठाउनुपर्छ भन्नेमा पुगे।" आफू आज कसरी यत्तिको सशक्त भएँ भन्ने रहस्योद्घाटन गर्दै मेनुका भन्छिन्-"पहिले म आफूलाई संसारकै अभागी र बेसहारा मान्थें। जब मैले त्यहाँ अन्यायमा परेका दिदी-बहिनीलाई भेटें, उनीहरूको कथा-व्यथा सुनें अनि उनीहरूका अगाडि मेरो दुःख केही होइन जस्तो लाग्यो। कोही यहाँ काम गरेर मेरो परिवार पालेकी छु भन्थे त कोही बच्चालाई राम्रो स्कुल पढाउन यो दुःख गर्नुपरेको छ भन्थे। म त आफ्ना लागि मात्र बाँचिरहेकी रहेछु भन्ने बोध हुन थाल्यो मलाई। उनीहरू त अर्काका लागि दुःख सहने मभन्दा कयौं महान् छन् भन्ने लाग्यो। साथै उनीहरूप्रतिको सामाजिक हेय भावनाले मनभित्र उथलपुथल ल्यायो, म आन्तरिक द्वन्द्वको भुमरीमा फसेँ।"  म एकल प्रयासमा चाहेर पनि उनीहरूका लागि केही गर्न सक्ने अवस्थामा थिइन। सेवा नै धर्म हो, बाँडेर खान सिक्नुपर्छ भन्ने उनकी आमा र दिदीहरूको उपदेश उनलाई त्यतिबेला काम लाग्यो। त्यहाँ काम गर्नेमध्ये अधिकांश महिला पढ्ने इच्छा जाहेर गर्थे। निरक्षरलाई साक्षर हुने तथा साक्षरलाई शिक्षित हुने चाहना थियो त्यहाँका प्रायः महिलामा।

त्यसपछि उनी तिनै महिलाहरूका लागि थापा दम्पतीकहाँ नबसेर अलग्गै कोठा लिएर बस्न थालिन्।  प्रत्येक हप्ता बिदाको दिन उनी आफू बस्ने कोठामा ती महिलालाई जम्मा पारेर पढाउँथिन्। यसै क्रममा गौशाला, भीमसेनगोला आदि ठाउँका डान्स बार, क्याबिन तथा रेस्टुराँ आदिमा जोखिमपूर्ण काम गरिरहेका अन्य दिदीबहिनीहरू पनि सम्पर्कमा आउन थालें। जमात ठूलो हुँदै गयो। उनीहरूको मेनुकाप्रतिको व्यवहार, आस्था र विश्वास फराकिलो हुँदै गयो। उनीहरूकै सहयोगमा उनले वि.सं. २०६० सालमा रक्षा नेपाल नामक सामाजिक संस्था स्थापना गरिन्।

मेनुकाको मुख्य काम
कुनै पनि नेपाली नारीले एक गासका लागि आफ्नो अस्तित्व दाउमा लगाउनु नपरोस् भन्ने उद्देश्य राखेर स्थापना कालदेखि नै महिलालाई आर्थिक एवं मानसिक रूपमा सबल र सशक्त बनाउँदै आएको रक्षा नामक संस्थाले एउटी महिला शिक्षित तथा सक्षम भइन् भने उनका भोलिका सन्ततिले पनि तिनको जस्तो नियति भोग्नु पर्दैन भन्ने लक्ष्यअनुरूप आजका महिलालाई सबल बनाउने काम गर्छ। मेनुकाकै अवधारणामा महिलालाई शैक्षिक एवं आर्थिक रूपमा सक्षम बनाउन सकियो भने मात्र समाजबाट महिला हिंसा अन्य हुन्छ भन्ने सोचका साथ शिक्षा र सीप प्रदान गर्ने एउटा नौलो आयामको सुरुवात भयो। त्यस्ता जोखिमपूर्ण ठाउँमा काम गर्ने ९० प्रतिशतभन्दा बढी महिलाले वैकल्पिक मार्ग खोजिरहेको अवस्थामा उनले हालसम्म सयौं महिलालाई शिक्षित बनाउनुका साथै आर्थिक रूपमा आत्मनिर्भर पनि बनाइसकेकी छिन्। उनीहरूलाई तालिम दिने, विभिन्न कार्यशालामा पठाएर भित्रैदेखि सशक्त र बोल्न सक्ने बनाउने तथा सीप सिकाउने काममा उनी रातदिन खटेर लागिन्। हाल अधिकांश महिला उनीहरूकै जन्मथलो फर्किएर आफ्नो सीप विस्तार गरिरहेका छन् भने कतिपय महिला रुटका माइक्रोबस चलाउने, आफूले पढेको कुरा अरूलाई पढाउने, कपडा सिलाउने, प्लम्बिङ गर्ने आदि काममा उपत्यकामै व्यस्त छन्।

हाल मेनुकाले एउटा पुनस्र्थापना गृह, दुईवटा महिला विद्यालय, एउटा सहकारी संस्था, एउटा पोलिक्लिनिक आदि संस्था सेवा कै उद्देश्यले चलाइरहेकी छिन्। ती सबैमा पुनस्र्थापित महिला कामदार छन्। एक-एक रुपैंयाँ उठाएर सुरु गरेको सहकारीले आज विस्तारित रूप लिएको छ। "बाध्यात्मक देह व्यापार मुक्त नेपालको पहिचान" भन्ने नाराका साथ अघि बढिरहेकी मेनुका आफूलाई अधिकारकर्मी तथा गायिकाका रूपमा चिनाउन चाहन्छिन्। उनले सञ्चालन गरेको पुनस्र्थापना गृहमा हाल घरेलु एवं यौनजन्य हिंसापीडित २० जना महिला तथा ९ जना बालबालिका छन्। केटाकेटीको पठनपाठनमा उनी आफै खटिरहेकी छिन्। २० जना महिला आफ्नै रुचिका विभिन्न तालिम सकेर पुनस्र्थापना हुने तयारीमा छन्। उता रक्षा श्री सहकारीद्वारा ११ सयभन्दा बढी महिला लाभान्वित छन् भने २ वटा विद्यालयमार्फत ६ सयभन्दा बढी महिलाले शिक्षा लिइरहेका छन्। त्यसका लागि नेपाल सरकारले पाठ्यक्रममा सघाएको छ। उनीहरूको पाठ्यक्रम छोटो समयमै एस.एल.सी. उत्तीर्ण गर्न सकिने खालको छ। भविष्यमा पचहत्तरै जिल्लामा काम गर्ने लक्ष्य लिएकी मेनुका हाल काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, मकवानपुर, नेपालगञ्ज, सिन्धुली आदि एक दर्जन जिल्लामा लागि खटिइरहेकी छिन्। संयुक्त राष्ट्रसंघ अन्तर्गतको युएन एड्सकी साउथ यसियन युथ लिडर मेनुका एच.आइ.भी. तथा एड्स रोकथामका कार्यक्रममा पनि सक्रिय छिन्। सुरेश अधिकारीको संगीतमा छिट्टै सोलो एल्बम सार्वजनिक गर्ने तयारीमा व्यस्त मेनुका बहुप्रतिभाशाली छिन्। उनीसँग स्वरको जादु छ, सशक्त व्यक्तित्व छ अनि अझै अरूका लागि केही गर्नुपर्छ भन्ने सामाजिक भावना छ।

मेनुका ममीलाई भेटेपछि बाँच्ने उत्साह जाग्यो
मुना नेपाली -त्रिशूली, हालः काठमाडौं)

पहिले म घरेलु मजदुरका रूपमा काम गर्थें। पढ्नलाई समय र पैसा दुवैको अभाव थियो। यस्तो जिन्दगी पनि के जिउनु भन्ने लाग्थ्यो। रेडियोबाट रक्षा नेपालका विषयमा सुनेर यहाँ आएँ। मेनुका मम्मीलाई भेटेपछि बाँच्ने उत्साह जागेर आयो। उहाँले नै मलाई बुटिकमा तालिम लिन पठाइदिनुभयो। उहाँकै सहयोगमा अहिले आठ कक्षामा पढिरहेकी छु। उहाँ नभेटिएको भए मेरो जिन्दगी अन्धकारमय हुन्थ्यो। हामीजस्ता असहायलाई आफ्नो सन्तान बनाएर नयाँ जीवन दिइ, आफू अहिलेसम्म विवाह नगरी बस्नु उहाँको महानता हो।

उहाँलाई भेटेपछि केही गर्न सकिन्छ भन्ने आशा जागेको छ ।
रीता खड्का
२३ वर्ष, कैलाली, हाल रक्षा नेपाल

म नेपालगंजको होटलमा खाना पकाउने काम गर्थें। दाजु-भाउजू बनाएका साहु-साहुनीले मलाई असाध्यै माया गर्थे तर उनीहरूले होटल बेचेपछि अर्कै साहुजी आए। कटिङ सिक्न जाँदा काम गर्न आएको कि कटिङ सिक्न भनेर बेस्सरी गाली गरे। त्यसपछि मैले त्यो काम छोडिदिएँ। अछामको एक महिला स्वास्थ्य सम्बन्धी कार्यरत संस्थामा काम गर्ने दिदीले मलाई यहाँ पठाइदिनुभएको हो। यहाँ आएपछि मेनुका म्याडमले मलाई सिलाइ सिकाइरहनुभएको छ। पढ्न पनि प्रेरणा दिइरहनुभएको छ। उहाँलाई भेटेपछि केही गर्न सकिन्छ भन्ने आशा जागेको छ। हामीजस्ता दुःखमा पिल्सिरहेका, तड्पिरहेका महिलालाई यसरी एकै ठाउँमा राखेर जीवन बाँच्ने यसरी हो भन्ने सिकाएर उहाँले जुन गुन लगाउनु भएको छ त्यसबाट मुक्त हुन गार्‍हो छ। हामीलाई पे्ररित गर्न उहाँ हामीसँगै बसेर खाना खानुहुन्छ, नाच्नुहुन्छ, गाउनुहुन्छ र रमाइलो गर्नुहुन्छ। उहाँकै प्रेरणाले कटिङ पूरा गरिसकेपछि ५ कक्षासम्म पढेर छोडेको अधूरो पढाइ पूरा गर्ने योजनामा छु।


उहाँ मेरो अभिभावक हुनुहुन्छ
नीता राई -२१ वर्ष, सोलुखुम्बु, हालः रक्षा नेपाल

म १३ वर्ष भर्खरै लागेकी थिएँ, ५ कक्षा पढ्दै थिएँ, अर्काको घरमा काम गर्थें। बाँकी पढाइ पूरा गर्न पाइन। कुनै व्यक्तिमार्फत यहाँ आएपछि मेनुका म्याडमले स्कुल भर्ना गरिदिनुभयो। पढाइ छाडेको ९ वर्षपछि हाल म पुनः ६ कक्षामा पढ्दैछु। मलाई अहिले पनि मेनुका म्याडमले नै सम्पूर्ण सहयोग गरिरहनुभएको छ। उहाँ मेरो अभिभावक हुनुहुन्छ। हामीजस्ता दुःख पाएकाहरूका लागि उहाँले गर्नुभएको काम प्रशंसनीय छ। पढाइका अतिरिक्त उहाँले नै ब्युटिसियन कोर्स दिलाउनुभयो। अहिले म ब्युटिसियनका रूपमा काम गर्दैछु। केही वर्ष काम गरेपछि दक्ष भएर सोलुखुम्बु मै ब्युटिपार्लर खोल्ने योजना छ जुन कार्यका लागि मैले म्याडमबाट सहयोगको बचन पाएकी छु।

 

साभारः नारी

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork