?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

देशले खोजेको नयाँ विचार
   युवराज संग्रौला
 

निर्वाचन वैशाख/जेठका लागि टांगिएको छ। सरकार निर्माण हुन सकेको छैन। विगत एक वर्षले अर्को एक जना मानिसलाई असफल घोषित गरेको छ। दीक्षा सम्पन्न भएपछि वा कान चिरेपछि एक जना मानिस साधुमा परिणत हुन्छ। विस्तारै विस्तारै ऊ पुरानो साधुमा परिणत हुन्छ र उसलाई महात्मा भनिन्छ। जबसम्म ऊ महात्मामा परिणत भएको हुन्छ, ऊ शारीरिक कमजोरी, मानसिक रुग्णता र अन्धविश्वासको दास भइसकेको हन्छ। त्यसको तात्पर्य हो, उसले सिक्न छोड्छ। अरुका विचारसँग आफ्ना विचार तुलना गर्न छाड्छ। आफ्नो विचार शतप्रतिशत सत्य छ भन्ने पूर्वाग्रहको शिकार भइसकेको हुन्छ। यी कमजोरी सबै मानिसका जीवनमा आउने कुरा हुन्। तर राजनीतिमा यस्ता कुराले सबै मानिसको जीवनलाई प्रभावित पार्छन्। नेपालको राजनीतिमा अहिले यो ठूलो समस्याका रूपमा खडा छ। विचार परिवर्तनसँग सापेक्षित कुरा हो। परिवर्तन नयाँ विचारबाट जन्मन्छ र परिवर्तनले नयाँ विचारलाई जन्म दिन्छ। यसरी एउटा इतिहासको जन्म हुन्छ।
वर्तमान प्रधानमन्त्री पनि विचारविहीन मानिसका कोटीमा समावेश भइसकेका छन्। त्यसरी उहाँको सत्ता यात्रा पनि राष्ट्रका लागि दुर्भाग्य नै हुनेछ। अर्थात् परिवर्तनको आशा गर्नुपर्ने ठाउँ अब उहाँसँग छैन। उहाँको सत्ता निरन्तरताले एउटा निर्वाचनको खेल सम्पन्न गर्योन भने पनि त्यो उहाँको सत्ताको आयुको लामोपन मात्र हो। देशले झन् बढी दुर्घटना भोग्नुपर्नेछ। असल मानिसहरू समयमा सान्दर्भिक घटनाहरूको प्रभाव बुझेर त्यस्तो प्रभावलाई आफ्ना र अरु सबैको भलाइका लागि प्रयोग गर्ने खुबी राख्छन्। त्यसैले भनिएको हो एउटा असल मानिस विज्ञानका नियम बुझ्न सक्ने पारखी हुन्छ। विज्ञानको सहयोगले भएका घटनाको विश्लेषण गर्छ। त्यस विश्लेषणका आधारमा पुराना कमजोरीबाट मुक्त हुन्छ र परिवर्तनको नयाँ बाटो निर्माण गर्छ। नेपालका राजनीतिक नेताहरूमा विज्ञानको पारख छैन। परिवर्तनको द्वन्द्ववादी नियमलाई उनीहरू बुझ्न सक्तैनन्। त्यसैले उनीहरू कोही क्रान्तिका यान्त्रिक विचारबाट यथास्थितिवादी बनेका छन् भने कोही लोकतन्त्रका नाममा यथास्थितिवादी बनेका छन्।
प्रसिद्ध दार्शनिक डेभिड ह्युमले भने अनुभवबाट सिकेको ज्ञान नै यथार्थता हो र "यस्तो छ" बाट "कस्तो हुनुपर्छ" भन्ने अनुमान गर्न मिल्दैन। इमान्युल काण्ट त्यसको फरक विचार राख्थे। मानिसको "सोच" बाट अनुभवले सिकेका ज्ञानहरूले आकार प्राप्त गर्छन् र त्यसरी सत्यको पर्दापण गर्न सकिन्छ। "सत्याधारमा आधारित सोच" ले नै सत्यको प्रतिनिधित्व गर्छ। उनीहरूका यी दार्शनिक विवाद एक्काइसौं शताब्दीमा विज्ञानको सहयोगले निराकरण गर्ने प्रयास गरिन्छ। अर्थात् मानिसमा विज्ञानले नै पुष्टि गरेको छ भने "विज्ञानको सहयोगले के ठिक र के बेठिक हो" भन्ने देखाउन सकिन्छ।
राजनीति सामाजिक विज्ञान हो। सामाजिक विज्ञानले राजनीतिक घटनाहरूको विश्लेषण गर्ने पारख प्रदान गरेको छ। केही सिद्धान्तहरू पुष्टि भएका छन्। राजनीति, आर्थिक, सामाजिक एवं मानिसका मनोवैज्ञानिक सोचाइहरूबाट प्रभावित हुन्छ। यो अकाट्य नियम हो। नेपाली राजनीति यस यथार्थताबाट विमुख भएको छ। नेपालका राजनीतिक नेताहरू नेपाली समाजको सामाजिक एवं आर्थिक परिवर्तनको चाहनालाई बुझ्न नचाहेर राष्ट्रलाई अर्कोतिर ठेल्न खोजिरहेका छन्। उनीहरूले आफ्नो राजनीतिको धारलाई जनताको चाहनासँग गाँस्नुपर्ने आवश्यकता छ। त्यसो गर्न अवरोध पुर्याउने वर्तमान राजनीतिका खेलाडीहरू असफल मात्रै होइनन्, इतिहासमा कलंकका पात्र हुनेछन्।
इतिहास व्यक्तिले निर्माण गर्दैन। इतिहासमा समाज परिवर्तनमा भूमिका खेल्ने नियमहरूबाट प्रक्षेपित घटनाहरूले व्यक्तिको महत्त्व स्थापित गर्छन्। जसले घटनाहरूको पृष्ठभूमि र तिनीहरूको निर्माणमा भूमिका खेल्ने "कारण र परिणाम" को सिद्धान्तलाई बुझ्न सक्छ, ऊ परिवर्तनको सहायक बन्छ र समयले उसलाई योग्य मानिसका रूपमा स्थापित गर्छ। जसले परिवर्तनको स्वरूपलाई आफ्नो सोचअनुसार गलत व्याख्या गर्दै मानिसलाई प्रभावित गर्छ, उसले छोटो समयका लागि आफूलाई नायक स्थापित गर्न सक्छ। तर सत्य र यथार्थतालाई लामो समयसम्म ढाकछोप गर्न सक्दैन। त्यसपछि ऊ नेपोलियन जस्तै खलनायकमा परिणत हुन्छ।
राजनीतिक विज्ञानको यस यथार्थतालाई विश्लेषण गर्नु नेपाली राष्ट्रको अस्तित्वका लागि सही काम गर्नु हो। देशले अहिले नेता होइन, विचारकको खोजी गरिरहेको छ। देशले अहिले नयाँ विचार निर्माण खोजिरहेको छ। जुनजुन व्यक्तित्व आफ्ना स्वार्थ र फाइदाका लागि अडानहरू निर्माण गरेर बस्नुभएको छ, ती पूर्वाग्रहले देशलाई समाप्त पार्नेछ र देश समाप्त भयो भने त्यस्ता व्यक्तिको पहिचान पनि समाप्त हुनेछ।
यस यथार्थतालाई बुझ्न २० वर्षको अन्तर्राष्ट्रिय घटनाले निर्माण गरेको असर, नेपालमा देखिएका विचार र चेतनाका विकासहरूको विश्लेषण नगरी कसरी राजनीति गर्न सकिन्छ? भारत र चीन आर्थिक र राजनीतिक शक्तिका रूपमा विकसित हुँदैछन् र यस घटना वा विकासले विश्वको अर्थतन्त्रको राजनीतिक मञ्चमा व्यापक असरहरू निर्माण गरेको छ। विश्व अर्थतन्त्रको नेतृत्व गर्ने युरोप समस्याग्रस्त छ। त्यहाँ देखिएको सांस्कृतिक एंव पुराना मान्यताहरूको क्षय र नयाँ मान्यताहरूको सिर्जनामा देखिएको ह्रास डरलाग्दो छ। युरोप अरिस्टोटल, डिर्काट, काण्ट, हेगेल, मार्क्स आदि जन्माउने बूढो गाई भएको छ। अर्थतन्त्र र ज्ञानको खोजी गर्ने कोरली गाई एसियातर्फ बसाइ सरेको छ। एसिया विश्वको अर्थतन्त्र, ज्ञान, विज्ञान र राजनीतिक व्यवस्थाहरूको प्रयोग थलो बनिरहेको छ। यस्तो सुनौलो अवसरमा भारत र चीनका बीचमा रहन पाउनु नेपालका लागि एउटा अवसर हो। तर अवसर आफैं प्रकट हुँदैन। यसलाई व्यक्तिले राजनीतिक नेतृत्वको माध्यमबाट प्रकट गर्नुपर्छ। नेपालको राजनीति होइन, राजनीतिमा बसेका छट्टु, अल्छी, लोभी र अकर्मण्य व्यक्तिहरू यो अवसरको फाइदा लिन असफल भएका छन्। तर नेपाली राजनीतिक सोध यस सकारात्मक विकासको बाटोमा हिँड्न संघर्ष गरिरहेको छ। एसियाको यस विकासबाट पश्चिमी राजनीति ज्यादै नै प्रभावित छ। अमेरिकी अर्थतन्त्र सम्पन्न धनी दश प्रतिशतको पूर्ण कब्जामा बन्दी बनेको छ। त्यहाँ मध्यम वर्ग गरिबीको खाडलमा खसेको छ। काला, एसियन, स्पेनिस र देशलाई बिर्सिएर डिभी भरेर त्यहाँ पुगेकाहरूको जीवन कष्टकर बन्दैछ।
अमेरिका र युरोप एसियाको लगानीमा निर्भर गर्न बाध्य हुँदैछन्। चीन, भारत, दक्षिण एसिया र ब्राजिलले सस्तोमा सामानहरू उपलब्ध गराउन सकेनन् भने युरोप र अमेरिकामा गरिबहरूको जीवन नर्क हुने खतरा छ। तर भारत, चीन र पूर्वी एसियाले राजनीतिक सहमति बनाएर सहकार्य गर्न सक्यो भने पश्चिमी राजनीतिक प्रभावको युगको अन्त हुन जानेछ। यो जानकारी अहिले युरोप र अमेरिकामा देखिएको छ। त्यसैले भारत, चीन र पूर्वी एसियाको विभाजनमा पश्चिमी राजनीति घनिभूत भइरहेके छ। भारतलाई साथ लिन अमेरिकाले दक्षिण एसियामा भारतलाई निर्णायक शक्तिको भूमिका दिने रणनीति लिएको छ भने हिन्द-चीन सागरमा चीन र पूर्वी एसियाका बीचमा विवाद देखिएका छन्। भारत र चीनको व्यापार बढेको र "ट्रयाक दुई" को कूटनीति घनीभूत पनि भएको छ। तर भारत र चीनका बीचमा प्रभावको परम्परागत प्रतिस्पर्धा पनि व्यापक भएको छ। भारतको सम्बन्ध दक्षिण एसियाका छिमेकीहरूसँग प्रगाढ छैन अर्थात् भारतप्रति दक्षिण एसियाका जनताको मनोविज्ञान डरपूर्ण छ।
यस पृष्ठभूमिमा नेपालको राजनीति परिवर्तनका लागि संघर्ष गरिरहेको छ। नेपालले आफूलाई स्थायित्वमा रूपान्तरण गरेर आर्थिक, सामाजिक विकासका साथै भारत र चीनसँग कूटनीतिक सम्बन्ध सन्तुलन र उनीहरूबाट लिनुपर्ने फाइदा लिन सक्ने क्षमता प्राप्त गर्नु आवश्यक छ। तर ठिक त्यसको विपरित एसियाको आर्थिक राजनीतिक उदयको व्यापक प्रभाव अहिले नेपालमा परेको छ। नेपालका समस्याहरूका कारण अहिले गरिबी र पछौटेपनमात्र होइन, यसलाई बुझ्न नेपाली मदारीहरू असफल भएका छन्। भारत चीनका रणनीतिक योजनाहरू, भारत र चीनका व्यापार र भारत र चीन प्रभावका प्रतिस्पर्धा र उनीहरूका प्रकट/अप्रकट अभिलाषाहरूबाट नेपालको राजनीति प्रभावित छ। विगतमा पश्चिम नेपालमा तटस्थ शक्तिको रूपमा सहयोगी थियो। तर अहिले ऊ भारतलाई बेखुसी पारेर नेपालमा राजनीति नगर्ने मान्यतामा छ। त्यसैले नेपालमा दुई ध्रुवीय प्रतिस्पर्धाको व्यापक प्रभाव निर्माण भएको छ। यस यथार्थताको विश्लेषण गर्ने विश्वविद्यालय राजनीतिक अखडा बनेका छन्। प्राध्यापक बुद्धिजीवी धर्म, जात र भूगोलको सीमित घेरामा फर्किएका छन्। राजनीतिक नेता विचारमा यथास्थितिवादी, चरित्रमा बेइमानी, स्वाभावमा अहंकारी, धर्ममा पथभ्रष्ट र सुविधाका लागि भ्रष्टाचारी बनिरहेका छन्।
अर्कातिर नेपाली जनता निराशावादी, भोगवादी, श्रमप्रति घृणा गर्ने र आशा हराएका जत्थादारी संस्कृतिबाट प्रभावित छन्। अहिले विचार र परिवर्तनभन्दा नाक प्यारो भएको छ। तसर्थ नेपालले विज्ञानको पारखलाई बोकेर विचारको छलफलमा उत्रनु आवश्यक छ। राजनीतिक पार्टीलाई यो अवसर पनि हो। जसले आफूलाई अग्रगामी सोचको बाहक बनाउँछ, उसले आफ्नो सुखद् भाविष्य निर्माण पनि गर्न सक्छ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork