?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
   जुनु गुरुङ
 

३६ बर्षअघि लम्जुङमा जन्मिएकी जुनु गुरुङ कोरियामा रहेका नेपाली महिलाहरुको संस्था प्रवासी महिलाहरुका लागि महिला को अध्यक्षमा हालै चुनिएकी छिन् । नेपालमा रहंदा पनि महिलासंग सम्बन्धित विभिन्न संस्थामा रहेर काम गरेकी गुरुङ बिगत ६ वर्षदेखि यहाँ ब्याबसाय गरी रहेकी छिन । बैबाहिक भिसामा कोरिया आएका प्रवासी महिलाहरु चरम घरेलु हिंसामा रहेको उनको अनुभव छ । यसै सिलसिलामा यहाँ कार्यरत नेपाली महिलाहरुको स्थितिबारे पत्रकार देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानीः

१. माइग्रेन्ट वोमन फर वोमन(प्रवासी महिलाका लागि महिला)को अध्यक्ष चुनिनु भएको छ कस्तो लागिरहेको छ ?

कोरियामा विभिन्न प्रकारका संस्थाहरु भए पनि नेपाली महिलाहरुका लागि काम गर्ने संस्था यो मात्र हो । बैबाहिक भिसा र कामदार भिसामा यहाँ आउनु भएका नेपाली दिदीबहिनीहरुको धेरै समस्याहरु रहेका छन् । यस्तो अवस्थामा पाएको यो जिम्मेवारीलाई मैले समाज सेवा गर्ने अवसर र चुनौतिको रुपमा सम्झेको छु ।

२ .यो कस्तो सस्था हो ? र के काम गर्छ ?

कोरियामा रहेका नेपाली महिलाहरुको साझा सामाजिक संस्था हो । यो संस्थाले बैबाहिक भिसामा आएर घरेलु हिंसामा परेका नेपाली महिलाहरुको उद्धारमा सहयोग गर्नका साथै बेरोजगार,दुर्घटना,मृत्यु जस्ता आपत बिपतमा परेका महिलाहरुलाई कानुनी सहयोग र परामर्श दिने काम गर्छ । विपतमा परेका महिलाहरुलाई बस्नको लागि सेल्टरको संचालन पनि गर्दै आएका छौ ।

३ . त्यसरी घरेलु हिंसामा परेका महिलाहरुको उद्धार गर्दा कसको सहयोग बढी लिनुहुन्छ?

घरेलु हिंसामा परेका छन् भनेर हामीलाई खबर गर्ने व्यक्ति वा निकायबाट नै सकेसम्म हामी धेरै सहयोग लिने प्रयास गर्छौ त्यसपछि नेपाली दूताबास र अन्य संस्था तथा बुद्धिजीबिहरुको सहयोग लिने गरेको छौं ।

४ तपाई यहाँ के गर्दै हुनुहुन्छ?

म ब्यबसाय गर्छु । बाँकी समयमा अन्य संस्थाहरुसंग हातेमालो र सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु गरेर आथिर्क रुपमा यो संस्थालाई बलियो बनाउने प्रयास गर्दै छु ।

५ कस्ता कार्यक्रमहरु संचालन गर्नु भएको छ ?

नेपाली चाडपर्व दशै,तिहार,नारी दिवस तीज जस्ता पर्वहरुमा कार्यक्रम आयोजना गरि आथिर्क संकलन गरेका छौ । यो संस्थालाई आर्थिकरुपमा अझ बलियो बनाउन आगामी दिनमा नेपालबाट राष्ट्रिय स्तरका कलाकारहरु आमन्त्रण गरेर बृहत साँस्कृतिक कार्यक्रम गर्ने योजनामा गरेको छु ।

६. व्यवसाय गर्न कोरिया नै किन आउनुभयो ?

व्यापार ब्यबसाय यहाँ नै आउनुपर्छ भन्ने त होइन तर म भने संयोगले यहाँ आइपुगे ।

७.कोरियामा नेपाली ब्यापारीहरुको कमाइ कस्तो हुन्छ?

गर्न सक्यो भने यहाँ राम्रै हुन्छ ।

८. कोरियामा रहेका नेपाली महिलाहरुको स्थिति समग्रमा कस्तो छ त ?

बैबाहिक भिसामा आएका मध्ये ९० प्रतिशत र इपीएसबाट कामदार भिसामा आएका ७० प्रतिशत दिदीबहिनीहरु दुः खमा छन् । अझ कृषि भिसामा आएकाहरुको दुख व्यथा भनि साध्य छैन । सुखी भनिएकाहरुको पनि सुख मात्र हो । उनीहरु पनि मानसिक रुपले दुःखी नै छन् ।

९. कामदारका रुपमा आएका महिलाहरुले कस्ता कस्ता कठिनाइहरु भोग्नुपर्छ ?

कामदारको रुपमा आएकाहरु मध्ये औद्योगीक उत्पादन क्षेत्रको तुलनामा कृषि भिसामा आएकाहरुको काम गाह्रो छ । त्यसमा पनि भाषाको समस्या, १२ घण्टा लगातार काम, कोरियन साहुहरुबाट हुने रुखो ब्यबहार, समय मै कम्पनीहरुले तलब नदिनु जस्ता समस्याहरु रहेका छन् । यी कारणहरुले गर्दा महिलाको स्थिति नाजुक छ ।

१० .बैबाहिक भिसामा आएका नेपाली महिलाहरुले दुःख पाउनुको मुख्य कारण चाही के हो नि ?

बैबाहिक भिसामा आएका सबैले त नभनौ तर अधिकाश घरेलु हिंसामा रहेका छन् । त्यसको मुख्य कारण चाहि पहिलो घरबार बिग्रिएका र गरीब कोरियन केटाहरुले गरिब देशका केटीहरु बिहे गरेका हुछन् । उनीहरु धेरै जाड रक्सी सेवन गर्ने, झगडालु स्वभावको हुन्छन भने कति चाही दुर्गम क्षेत्रका अपाङग, सुस्त मनस्थितिका र दुर्ब्यसन कुलतमा फसेका पनि हुन्छन । आफ्नो श्रीमान त्यस्तो भएपछि महिलाहरुलाई दुःख लाग्नु स्वाभाविक हो । उनीहरुले श्रीमानबाट सुखी, सम्पन्न र समृद्ध परिवारको अपेक्षा गरेका हुछन । सोचे जस्तो नभएपछि समस्या हुन्छ नै । श्रीमानसंग उमेरको धैरै भिन्नता हुनु पनि प्रमुख समस्या भएको छ । यस्ता अनेकौ समस्याका कारण केहि दिनअघि मात्र एक भियतनामी महिलाले अपार्टमेन्टमा १८ तल्लाबाट आफनो छोरा र छोरीसंगै हाम्फालेर आत्माहत्या गरेका थिए । यहाँको भाषा, संस्कृति, परम्परासंग मेल खान पनि एकदमै गाह्रो छ भने बिदेशी नारीहरुको हक हितको आवाज उठाई दिने भरपर्दो संस्था पनि छैनन् । सम्पन्न र राम्रो परिवारको कोरियन पुरुषले गरिब मुलुकको केटीहरु बिहे गर्दैनन् ।

अर्कोतिर पेपर म्यारिजमा आएका दिदीबहिनीहरुले चाही नेपालबाट आउदै पैसा धेरै तिरेर आएका हुन्छन र यहाँ आएपछि अबैधानिक हुन् बाध्य हुन्छन । अबैधानिक भएपछि सोचे जस्तो काम पाउन गाह्रो पनि छ । आउंदा लागेको ऋण नै नतिरी पनि कति पक्राउ पर्ने गरेका छन् । पैसा कमाउने हिसाबले केहि समय कोरियन पुरुषसंग बस्ने अनि भागेर काम गर्ने उद्धेश्यले आएका दिदीबहिनीले झन दुःख पाएका छन् ।

११. त्यस्ता पीडित नेपाली महिलाहरु अहिले तपाइको सम्पर्क र सेल्टरमा कति छन् ?

संख्याको हिसाबले धेरै छन् । सेल्टरमा दैनिक ५,६ जना आउने जाने क्रम भइरहन्छ ।

१२. सेल्टर संचालनको खर्च कसरि जुटाउनु भएको छ त ?

सेल्टर संचालनका लागि अहिले महिनामा ४ लाख वन(३० हजार नेरु) जति खर्च हुन्छ । यसको ७० प्रतिशत सउलको हाना ह्वी नामक चर्चले सहयोग गर्दै आएको छ । बाँकी ३० प्रतिशत विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगबाट पूर्ति गर्दै आएका छौं ।

१३. बैबाहिक रुपमा नेपाली महिला कोरिया आउने प्रथालाई कसरी रोक्न सकिन्छ?

यहाँ आएर दुःख पाएका नेपाली महिलाहरुको बारे तपाईहरुले बारम्बार सञ्चार माध्यममा लेखिरहनु भएको छ । यति हुदाहुदै पनि दलालहरुको विभिन्न प्रलोभनमा परेर वा सुखी महलमा बस्ने सपना साँचेर नेपाली दिदिबहिनीहरुले हाम्फाल्ने गरेका छन् । यो उहाँहरुको कमजोरीहरु हो । कतिले आमा बुबा परिवारलाई सम्म ढाँटेर यहाँ आएका पनि पाएको छु । यसमा म्यारिज ब्युरोको भूमिका पनि प्रमुख रहेको छ । यस प्रथालाई रोक्न सरकारले गम्भीर तरिकाले कानुन बनाउनुपर्छ ।

१४.बैबाहिक भिसामा कोरिया आउन चाहने नेपाली महिलाहरुलाई के भन्न चाहनु हुन्छ?

उहाँहरुलाई के भन्न चाहन्छु भने दलालको प्रलोभनमा नपरी यहाँको वास्तविकता इन्टरनेट र पत्रपत्रिका वा यहाँ रहेका आफन्तहरु मार्फत बुझेर मात्र निर्णय गर्न आग्रह गर्दछु ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork