?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियाको अस्पतालमा नेपाली डाक्टर
   डा. राजेश चन्द्र जोशी
 

देवेन्द्र सम्बाहाम्फे

पछिल्लो समयमा कोरिया नेपाली युवाहरुका लागि श्रम गर्ने गन्तब्य बनिरहेको छ । यहाँ आएका कतिले दिनरात साना तथा मझौला उद्योगहरुमा पसिना बगाइ रहेका छन् भने भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरुलाई कहिले पुगौं भइरहेको छ । कतिले भने नयाँ भाषा परीक्षा खुल्ने सूचनाको प्रतिक्षा गरिरहेका छन् । कोरियालाई अधिकांश नेपाली युवाहरुले ड्रिम लेण्ड मानिरहेका बेला थेगु शहरको दोङसान अस्पतालमा डा राजेशचन्द्र जोशी भने अहोरात्र कोरियाली जनताको स्वास्थ्य उपचारमा खटिरहेका छन् ।

गत हप्ता उनको कार्यकक्षमा पंक्तिकार पुग्दा टेवलभरि फुलको गुच्छाहरु यत्रतत्र थिए र क्षण क्षणमा हाते फोनमा बधाई सन्देश आइरहेको हुन्थ्यो । उत्तरमा उनि खाम्साहाम्नीदा(धन्यवाद) लेखिरहेका हुन्थे । त्यसरी बधाई ओइरिनुको कारण भने कोरियाको फेमिली मेडिसीन एकेडेमीले गरेको एक सम्मेलनमा बालबालिका उदास हुनुको कारणहरु शीर्षकको उनको कार्यपत्र उत्कृष्ठ भएर हो । गत सेप्टेम्बर २० देखि २२ सम्म सोलको ग्रान्ड हिल्टन होटलमा आयोजित सो सम्मेलनमा कोरियाका सयौं प्रख्यात डाक्टरहरुलाई पछि पार्दै उनले अवार्ड पाएका थिए । कोरियामा चाइल्ड डिप्रेसन ठूलो समस्याको रुपमा आइरहेका बेला यस सम्बन्धी उनको प्रस्तुतिलाई मूल्याङकनकर्ताले उत्कृष्ठ ठानेका हुन् । जोशीले पाएको यो अवार्ड पहिलो भने होइन । २०११ मा पनि सरकारी स्वामित्वको टेलिभिजन केबीएसले कोरियाली समाजमा सफलता र एकताको नमूना बनेका प्रवासीहरु मध्ये डा जोशीलाई होप अफ कोरिया अवार्डबाट सम्मनित गरेको थियो । उनले पाएको प्रत्येक मान, सम्मान र अवार्डले कोरियाली समाजमा नेपाली छवि उचो बन्दै गएको छ । उनले भने यी सबै सम्मान म राष्ट्रलाई अर्पण गर्दछु ।

यो क्षणसम्म आइपुग्न भने जोशीले अनेक अनेक धपेडी भोगेका छन् । ४१ वर्षअघि काठमाण्डौमा रामचन्द्र र शुभद्रा जोशीको छोराको रुपमा जन्मिएर आर्दश बिद्यामन्दिर माविबाट प्रवेशिका र अमृत साइन्स कलेजबाट आइएस्सी गरेपछि डाक्टर बन्ने जोशमा १९९२ मा कोरिया आएका जोशीले शुरुमा सोल विश्वबिद्यालयबाट कोरियन भाषाको अध्ययन गरेका थिए । त्यसपछि प्रो जङसङ दकको सहयोगमा थेगु आएर यङनाम विश्वबिद्यालयमा पढ्न थालेका जोशीले कडा मिहेनत र परिश्रमले २००मा एमडी गरे । थेगु आएपछि फेरी यहाको स्थानीय भाषाले पनि उत्तिकै सतायो । भाषिक कठिनाइले पटक पटक हार खाएका उनलाई नजिकबाट आत्मबल दिने स्थानीय ब्यवसायी स इन सुक थिइन् । सुक लामो समयदेखि थेगु क्षेत्रमा रहेका प्रवासी मजदूरहरुकी सहयोगी पनि थिइन् । उनकै सहयोग र सान्त्वनाले जोशीले आफ्नो कार्यलाई निरन्तरता दिए । २००८ मा सुककै छोरी जङ से यङसंग जोशीले प्रेम बिबाह पनि गरे । सानैदेखि डाक्टर बन्ने दृढ इच्छा भएकाले सपना साकार गरेरै छोडे । उनले आफ्नो बिगत सम्झन्दै भने एमडी पढेका बेला चार घण्टामात्र सुत्थें ।

२००३ मा एमडी गरेपछि थेगुको खेम्यङ विश्वबिद्यालयबाट चर्म रोग बिषयमा २००५ स्नातकोत्तर गरे । हाल उनी त्यसै विश्वबिद्यालयबाट बिद्यावारिधि गरिरहेका छन् । प्रो ली क्यूसकको सहयोगमा २००३ देखि नै थेगुको दोङसान अस्पतालको चर्म विभागमा काम गर्ने मौका पाएका हुन । जोशी ब्यस्त चिकित्सक मात्र होइनन् राष्ट्र प्रेमी कुसल समाज सेवी पनि हुन् । उनकै सकृयतामा सन् २००४ मा स्थापना भएको लभ नेपाल संस्था बिकसित भएर अहिले कोरिया नेपाल एसोसिएसन भएको छ । यसको मुख्य लक्ष कोरियमा नेपाली प्रकृति,संस्कृति चिनाउनु र कोरियाली संस्कृतिलाई नेपाली समाज समक्ष पुर्याउनु रहेको छ । यस संस्थाले प्रत्येक बर्ष नेपाली साँझनामक सास्कृतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ । यस क्षेत्रका उधोगपतिका साथै लब्धप्रतिष्ठित ब्यक्तिहरुको संलग्नता भएको यस संस्थाको अध्यक्षमा डा किम दक  यङ रहेका छन् । जोशी र अन्य केहि प्राद्यापकहरुको सकृयतामा यहाँ केहि महिना अघिमात्र नेपालको बाणिज्य दूतावास स्थापना भएको छ । उनले भने यसका लागि चार बर्ष प्रयास गर्नु पर्यो ।

अस्पतालको जिम्मेवारी बहन गर्दै जोशीला जोशीले यस क्षेत्रमाका नेपाली र अन्य प्रवासी हरुको सुखदुखमा सहभागिता जनाउदै आएका छन् । चर्मरोगमा बिशेषज्ञ भए पनि यहा रहेका प्रवासीहरुलाई समेत सहयोग पुग्ने भएकाले जोशीले फेमिली मेडिसीन तर्फ चासो राखे । सो अनुसार  अस्पताल ब्यबस्थापनले २०१० बाट जोशीलाई फेमिली मेडिसीनको प्रमुखमा जिम्मेवारी दिएको छ । कोरियन भाषाकै कठिनाइका कारण कोरियामा अध्ययन गर्न आउने नेपाली बिद्यार्थीलाई गार्हो हुने उनको अनुभव छ । यहाँको सरकारले स्नातकभन्दा मुनिको तहका लागि एक वर्ष कोरियन भाषाको अध्ययनमा अनिबार्य बनाएको छ । यहाँ अध्ययन गरेर यहि सेवा गर्नेहरुका लागि उपयुक्त भए पनि स्वदेश फर्केर काम गर्न चाहनेहरुका लागि भने खासै उपयुक्त नहुने राय जोशीको छ । स्नातकोत्तर र बिद्यावारिधिका लागि अनिबार्य भाषा पढ्नु पर्ने नियम लागु हुदैन ।

इच्छा अनुसारको योग्यता हासिल गरिसकेपछि नेपाल फकिर्ने सोचमा रहेका जोशीलाई नेपालको अवस्था,परिवारको सल्लाह र यहाँका नेपाली साथी भाइहरुले आफ्नो आवश्यकता महसुस गरेपछि यतै कार्यक्षेत्र बनाउने निर्णयमा पुगेका हुन् । प्रवासमा बसियो छिटै यहाँ रहेका प्रवासीहरुको हितका स्वास्थ्यसंग सम्बन्धित एउटा काम गर्नेछु । जोशीले भविष्यको योजना खुलासा पनि गरे ।

कोरियामा अन्तराष्ट्रिय बिबाह बढ्दै गएपछि सरकारले बहुसंस्कृतिक विकासलाई प्राथमिकता दिईरहेको अवस्थामा जोशी एसियाकै नमुना बनेका छन् । यहाँको प्रमुख टेलिभिजनहरुले उनको जिबनी र दैनिकीलाई महत्वसाथ प्रचार प्रसार गरेका छन् भने थेगु क्षेत्रका उच्च पदका व्यक्तिहरुका साथै केहि मन्त्री र संसदहरुसंग उनको सम्बन्ध राम्रो छ । उनको कार्य कुसलताका कारण शाखा ख्यङजु र आन्दोङको अस्पतालहरुमा पनि सेवा दिन पुग्छन । दैनिक अस्सीदेखि सय बिरामीहरुको स्वास्थ्य परीक्षण गर्दै आएका जोशीकै प्रयास र दोङसान अस्पतालको सहयोगमा यहाँका चिकित्सकहरुले नेपालमा प्रत्येक वर्ष निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएका छन् । आउँदो बर्षका लागि पनि कुनै दुर्गम गाउँमा स्वास्थ्य शीबिर संचालन गर्ने योजना रहेको बताए । नेपाली हावा पनि राम्रो भए पनि नेपालीको स्वास्थ्य स्थिति निक्कै नाजुक रहेको जोशीको ठम्याइ छ । कोरियाली जनता स्वस्थ्यप्रति हदै सचेत रहेको अनुभव पाएका जोशी नेपालीले पनि स्वास्थ्य नै धन हो भन्ने तथ्य मनन गरेर आफ्नो स्वास्थ्य प्रति सचेत रहन सल्लाह दिन्छन् ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork