?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सामुहिक लगानीसम्बन्धि सेमिनार सम्पन्न, पहिलो दिनमै डेढ करोड रुँपैया संकलन
   सरोज खड्का
 

गैर आवासीय नेपाली संघ(एनआरएन) कोरियाद्वारा आयोजित सामुहिक लगानी सम्बन्धि बृहत सेमिनार सम्पन्न भएको छ । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नको लागि एनआरएनद्वारा सन्चालित नेपाल हाउसमा भएको कार्यक्रममा रु. डेढ करोड संकलन भएको आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रममा कोरियामा रहेका नेपाली व्यवसायी, विद्यार्थी, श्रमिक लगाएत विभिन्न पेशमा आवद्ध व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सामुहिक लगानी सम्बन्धि सेमिनारमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले आफू डेढ वर्ष अघि कोरिया आएदेखि कोरियाबाट सानै भएपनि छुट्टै रुपमा जलविद्युतमा लगानी लानको लागि उत्साहित, प्रोत्साहित गरेको र आज सामुहिक रुपमा नेपालको जलविद्युत्मा लगानी सम्बन्धि कार्यक्रम आफ्नो अगाडि आएकोमा निकै खुशी रहेको र लगानीका लागि जापान भन्दा पनि बढी सम्भावना कोरियाबाट रहेको कुरा बताउनुभयो ।

एनआरएनको सामुहिक लगानीको अवधारणा अन्तर्गत नेपालमा दर्ता भएको एनआरएन इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एउटा व्यक्ति हो । यो नेपालमा कम्पनी रजिष्ट्रार ऐन अन्तर्गत दर्ता भएको कानुनी मान्यता प्राप्त कम्पनी हो । अहिले त्यो कम्पनीको संस्थापक शेयर लिनको लागि गरिएको आव्हान हो र एनआरएन नेपालमा लगानी गर्नको लागि ठूलो आशा गरिएको संस्था भएकोले यसले लगानी भित्र्याउनको लागि दर्ता गरेको नेपाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडमा निर्धक्क भएर, ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ, उपनियोग प्रमुख बर्तौलाले भन्नुभयो ।

नेपालमा जलविद्युतको माग हाल दुई हजार मेगावाट रहेको तर आपूर्ति भने सात सय मेगावाट मात्र हुन सकिरहेको अवस्थामा जलविद्युत्मा गरिएको लगानी प्राकृतिक विपत्तिबाहेक नाफैनाफा छ भन्दै उहाँले यो कम्पनीले हाल जलविद्युतमा लगानी गर्ने पहिलो प्राथमिकता दिए तापनि नेपालमा कृषि, पर्यटन लगायत अन्य क्षेत्रमा पनि लगानी गर्ने ठूलो सम्भावना बोकेको बताउनुभयो ।

कार्यक्रमका सभापति एनआरएन कोरियाका अध्यक्ष केपि सिटौलाले भाद्र ३१ गते तदनुसार १६ सेप्टेम्बर सन् २०१२ मा एनआरएन लगानी कोष विधिवत रुपमा दर्ता भएको जानकारी दिदै आगामी डिसेम्बर ३१ तारिख सम्ममा तोकिएको बैंकमा आफूले लगानी गर्न चाहेको रकम जम्मा गर्न अनुरोध गर्नुभयो । रु.१ लाख लगानी गर्न चाहानेले रु. १ लाख नै रकम आगामी डिसेम्बर ३१ सम्म जम्मा गर्नुपर्ने र त्यो भन्दा बढि लगानी गर्न चाहानेले लगानी गर्न चाहेको रकमको २५ प्रतिशत रकम जम्मा गनुपर्छ । र बाँकी रकम ६ महिनाभित्र सम्वन्धित बैंक खातामा जम्मा गरिसक्नुपर्छ अध्यक्ष सिटौलाले भन्नुभयो । साथै पैसा नेपालबाटै पनि तोकिएको बैंकमा जम्मा गर्न सकिने जानकारी समेत उहाँले दिनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै सामुहिक लगानी कोषका कोरिया संयोजक तथा एनआरएन पूर्वअध्यक्ष विनोद कुँवरले जलविद्युत उत्पादनको प्रचुर सम्भावना बोकेको नेपालमा लोडसेडिङको अवस्था आइरहेकोले अब त्यस्तो अवस्थालाई हटाउन विदेशमा रहेका हामी नेपाली सामुहिक लगानी मार्फत अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका अतिथि एनआरएन अन्तर्राष्ट्रिय समन्वय समिति (आइसिसि) प्रतिनिधी डा. देवी बहादुर बस्नेतले सामुहिक लगानी सम्बन्धि पावरप्वाइन्ट प्रिजेन्टेसन देखाउनुभएको थियो । एनआरएनको मुख्य उदेश्य विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपालको विकासमा लगाउने रहेको र अहिले विदेशमा रहेका नेपालीहरुले कमाएको पैसालाई सामुहिक लगानी कोषमार्फत जलविद्युत आयोजनाको सन्चालन गर्न गइरहेको कुरा उहाँले बताउनुभयो ।

नेपालमा रेमिट्यान्सको रुपमा ३ अर्ब अमेरिकी डलर भित्रिन्छ, तर त्यो पैसाको ७८.५ प्रतिशत हिस्सा घरजग्गामा लगानी हुने गरेको तथ्यांक छ । नेपालको विकासका लागि उत्पादनमुलक क्षेत्रमा लगानी हुनुपर्दछ । त्यसैका लागि एनआरएनले यो सामुहिक लगानीको अवधारणा ल्याएको हो । आइसिसि सदस्य बस्नेतले भन्नुभयो । यसरी गरिएको लगानीले नेपालसँग भावनात्मक रुपमा पनि नजिक बनाउने र त्यसले परिवर्तन ल्याउन सकिने धारणा राख्दै उहाँले विश्व मानचित्रमा ०.०३ प्रतिशत भुभाग ओगटेको नेपालमा विश्वको ३ प्रतिशत विद्युत उत्पादन गर्न सक्ने क्षमता रहेको तर मागअनुसारको विद्युत आपूर्ति हुन नसक्दा नेपालीहरुले लोडसेडिङको मार खेप्नुपरेकोले रु. १ लाख देखि रु.१ करोडसम्म जति सकिन्छ त्यति रकम लगानी गर्न कोरियामा रहेका नेपालीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका अर्का अतिथि आदिवासी जनजाति महासंघ, कोरियाका अध्यक्ष भक्त शेरचनले नेपालको विकास हाइड्रो र कृषि क्रान्तिबाट नै सम्भव छ भन्दै हाल इपिएस मार्फत शिक्षित युवाहरु कोरियामा आएकोले नेपालको विकासका लागि सामुहिक लगानीमा सहभागी हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका अर्का अतिथि नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसीले देशमा विद्युतको अभावले गर्दा विकास हुन नसकिरहेको अवस्थामा हामीले सामुहिक लगानी मार्फत देशको विकासमा सहभागी हुनुपर्छ भन्नुभयो । मन्तव्यकै क्रममा व्यवसायी तथा समाजसेवी मनोज कार्कीले मन फुकारएर देशको विकासमा लगानी गर्नको लागि कोरियामा रहेका नेपालीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको सन्चालन एनआरएन कोरियाका महासचिव प्रकाश धमलाले गर्नुभएको थियो ।

सामुहिक लगानीमा सहभागी हुन चाहानुहुने महानुभावहरुले निम्न व्यक्तिहरुसँग सम्पर्क गर्न सक्नुहुनेछ ।

केपि सिटौला:010-4767-5248
बिनोद कुँवर: 010-3281-4786
डा. देवी बहादुर बस्नेत:010-3943-4725
प्रकाश धमला:010-2720-3129
राजु क्षेत्री: 010-5098-7604

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बिदाको अबसर पारेर सरसफाईमा जुटे कोरियामा रहेका झापालीहरु
कन्काई साँगितिक सैागातको आय ब्याय सार्बजनिक
" हिमचुलीमा " बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक
वुमन फर वुमनले सेप्टेम्बर ४ मा तीज मनाउने
रामचन्द्र बचाऊ अभियानको लागि कोरियाबाट उठाइएको रकम आपतकालिन राहत कोषमा राखिने(संस्थाको प्रेस बिज्ञप्ति सहित)
कोरियाको प्रसिद् गुम्बामा कन्काई सांगितिक सैागातको पोस्टर सार्बजनिक हुंदै
जुलाई ३१ म्याग्दी रनिङ् कपमा (के एम ई रेमिट) नेपाल इन्भेष्टमेन्ट बैंक को खाता खोल्न सकिने ।
दक्षिण कोरियामा रहेका झापालीहरु (कन्काई साङ्गितिक सैागात) को तयारिमा जुटदै
कोरियाको महान चाड चुसकमा झापा मिलन समाजले बुहत सांस्कृतिक कार्यक्रम गर्ने
भिमा कुमारी बचाउ अभियान कोरियामा संकलित झण्डै साढे अडचालीस लाख वोन आजै जापान पठाइयो, सहयोगी हातप्रती बिरामी भिमाद्धारा आभार प्रकट
नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
कोरिया भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
NCC ले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्ने
कोरियन क्रीकेट एसोसिएसन च्याम्पियनसिप कपमा नेपाली क्रीकेट टोली सहभागि हुने
नेपाल कोरिया न्युजको ब्याडमिन्टन प्रतियोगिता जुन १९ तारिख हुने
कुक्मिन बैंकबाट बिना खाता सरल र सहज रेमिट सेवा सुरु :
घुम्ती ऎना ( कन्भेक्स मिरर ) उदघाटन तथा हस्तान्तरण
नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङको सडक दुर्घटनामा मृत्यु
कोरियाली भाषा परीक्षाका आवेदन केन्द्र तोकिए
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork