?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
   पुष्पा बस्नेत
 

अश्विनी कोइराला

नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक  ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्।  साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।

यो उमेरमा धेरै युवा आफ्नो भविष्य कहाँ छ भनेर खोजिरहेका छन्, तपाईं भने एकाएक सेलिब्रेटी हुनुभयो, अचम्म होइन ?

एकाएक त होइन है। ८ वर्षदेखि म सबै कुरा बिर्सिएर जेलमा रहेका निर्दोष बालबालिकालाई नयाँ जीवन दिइरहेकी छु। म इमान्दार भएर पवित्र उद्देश्यमा नलागेका भए यो जस पाउने थिइनँ। देश-विदेशका सञ्चारकर्मीहरूले धेरै विचार गरेर मात्र मलाई सीएनएन हिरोमा सेलेक्ट गर्नुभएको हो।

आखिर इन्टरनेटका माध्यमबाट भोट त नेपाली जनताले दिएका हुन्, उनीहरूका कारण यो स्थानमा पुगें भन्ने लाग्दैन ?

भोट दिने काम त पछि भएको हो। संसारका लाखौं व्यक्ति समाजसेवामा लागेका छन्, तीमध्ये १० मा पार्ने जुन काम भयो, त्यो नै मेरा लागि टर्निङ प्वाइन्ट हो। यद्यपि पछि संसारभरिका नेपालीहरूले जुन माया दर्साउनुभयो, त्यसका कारण आज बालबालिकाको भविष्य केही सुरक्षित भएको हो। सबैले मलाई विश्वास गर्नुभयो।

आज दैनिकजसो तपाईंको फोटो पत्रपत्रिकामा आउन थालेको छ, यस्तो देख्दा म पनि केही हुँ भन्ने भाव आउँदो होला, हैन ?

मलाई त लाग्दैन, आउँदैन पनि होला किनभने मैले नामका लागि काम गरेकी हुँदै होइन।

तपाईंको उमेर अहिले पनि काँचै छ, मानिसहरूको प्रशंसाले म केही हुँ भन्ने पार्दैन भन्ने कसरी पत्याउने ?

म त्यही केटी हुँ, जसलाई यो समाजले हतोत्साहित गर्थ्यो । धेरै खर्च गरेर पढाउँदा पनि म एसएलसी फेल भएँ, त्यो बेला छोरीलाई पढाउने  पैसाले बिजनेस गरेको भए हुन्थ्यो भन्ने सुझाव पनि बुवालाई दिइएको थियो। जुन शिक्षक हिजो मेरो पढाइबाट दिक्क हुनुहुन्थ्यो, आज उहाँहरू  भन्नुहुन्छ, मलाई त थाहा थियो, पुष्पामा केही दम छ। यसको अर्थ के हो भने मानिसले सफलतालाई प्रशंसा र विफलतालाई गाली गर्छ,  व्यक्तिलाई होइन। हिजो गाली गर्ने समाजले आज प्रशंसा गरिरहेको छ। हेर्दै गर्नुहोला, भोलि अलिकति तलमाथि पर्ने बित्तिकै यही समाजले  मलाई गाली गर्नेछ। यही नै समाजको नियम हो।

धेरै गम्भीर कुरा गर्नुभयो, कसरी थाहा पाउनुभयो ?

यो संसारमा अनुभवभन्दा ठूलो पाठशाला केही छैन। मानिसले विद्यालय-कलेजबाट भन्दा अनुभवबाट बढि सिक्छ। गान्धीजस्ता अहिंसक नेतालाई गोली हान्ने पनि मान्छे नै हो। साई बाबालाई बाँचुन्जेल भगवान मान्नेहरूले मृत्युपछि उहाँले गरेको भविष्यवाणी मिलेन भनेर गाली गरे। अदभुत छ मान्छेको जात।

यस्तै कुरा सोचेर एसएलसी फेल हुनुभएको हो ?

त्यो बेला यस्ता कुरा कसरी थाहा पाउनु ? मलाई पढ्नचाहिँ मन लाग्दैनथ्यो। म खेलकुदमा राम्रो  थिएँ। कसैले हेपेर बोल्यो भने रिस उठ्थ्यो।  पढाइमा कमजोर छु भन्ने लागेर सकेसम्म शिक्षकले केही नसोधे हुन्थ्यो भनेर मुन्टो लुकाएर बस्थे। जब सरले केही सोध्नुहुन्थ्यो, साथीहरू  गलल्ल हाँस्थे। यस्तो मान्छे कसरी माथि उठ्न सक्छ ? यद्यपि दोस्रो पल्टमा एसएलसी पास गरेंरै छाडें।

तपाईं केटाहरू कुट्न पनि माहिर हुनुहुन्थ्यो रे, कसरी हिम्मत आउँथ्यो ?

मलाई केटाहरूले हेपेर बोलेको मन पर्दैन। महिलालाई इज्जत नगर्ने मान्छेलाई अहिले पनि म देख्न सक्दिनँ। होस्टेलमा पढ्दा एउटा केटाले  हामीलाई बारम्बार हेप्थ्यो। जुन दिन मैले उसलाई दनक दिएँ, त्यसपछि सपनामा पनि उसले केटी जिस्क्याउने हिम्मत गरेन। आजभोलि  महिलामाथि जुन घटना घटिरहेको छ, त्यो सुन्दा र पढ्दा म छक्क पर्छु। ए बाबा, किन कसैलाई ह्यारेस गर्नु ? मन छ भने यौनकर्मीकहाँ गए  भैहाल्यो नि।

कलेज पढ्दा हाजिर नपुगेको भनेर रेस्टिकेट हुनुभएको थियो रे, कलेज छाडेर कहाँ जानुहुन्थ्यो ?

धेरै विद्यार्थी कलेज बंक गरेर डिस्को, सिनेमा र डेडिङमा जान्छन्। हामी तीन जना साथी भने बजारमा घुम्थ्यौं वा घर फर्कन्थ्यौं। मैले कहिल्यै  गलत बाटो हिँड्ने प्रयास गरिनँ। एक पटक डिस्को नगएकी होइन, तर म त्यहाँ रमाउन सकिनँ। त्यो बेलासम्म जीवनको उद्देश्य थिएन, पढाइ  छल्न मात्र कलेज बंक गर्थे।

जुन बेला कलेजबाट रेस्टिकेट हुनुभयो, त्यो बेलाको कुरा सम्झनुहुन्छ ?

म जोसँग मिलेर कलेज बंक गर्थे उनीहरू रेस्टिकेट भएनन्। किनभने उनीहरू पढाइमा राम्रा थिए। पास हुने सम्भावना भएकाले उनीहरूलाई  कलेज प्रशासनले सहयोग गर्‍यो। म मात्र रेस्टिकेट भएँ। जव म माथि मात्र किन पक्षपात भयो भनेर कम्प्लेन गर्न प्रिन्सिपलकहाँ गएँ, उहाँले  मेरो कुरै नसुनी गाली गर्दै कोठाबाट निकाल्नुभयो। सबैका अघि भएको त्यो अपमान मैले पचाउन सकिन, रुँदै कोठाबाट निस्किएँ। त्यो दृश्य  अहिले पनि मेरो आँखामा नाचिरहन्छ।

फेरि अर्को वर्ष त्यही कलेज पढ्नु भयो, सामान्यतः यस्ता विद्यार्थीले कलेज परिवर्तन गर्छन्, होइन र ?

मलाई आमा-बुवाले हौसला दिनुभयो। तिमी आफूलाई साँच्चै निर्दोष मान्छौ भने त्यही कलेजबाट ब्याचलर गर भनेर हिम्मत दिनुभयो। म धेरै  कुरामा कमजोर छु, तर हिम्मत हार्ने व्यक्तिमा पर्दिन। त्यसैले म आफूभन्दा जुनियर विद्यार्थीसँग पढ्न थाले।

सबैतिरबाट असफल व्यक्ति आज अचानक जुन स्थानमा हुनुहुन्छ, त्यसको कारक तत्व केलाई मान्नुहुन्छ ?

जेलमा परेकी एउटी बच्ची नै मलाई परिवर्तन गर्ने माध्यम बनिन्। कुरा के पर्‍यो भने म सोसल वर्ककी विद्यार्थी थिएँ। कलेजबाट फिल्डवर्क  गर्न पठाइन्थ्यो। म फिल्डवर्ककै सिलसिलामा जेल हेर्न पुगेकी थिएँ। त्यहाँ श्रीमान्को हत्या गरेर जेल परेकी आमासँगै एउटी बच्ची देखें।  उसलाई बोकेकी मात्र के थिएँ, त्यहाँ कसैले यसकी आमा मानसिक रुपमा रौद्र छे, छोरी बोकेको देखेर मार्ली भनेर तर्साए। मैले हतार-हतार  बच्चीलाई भुइँमा राखिदिएँ, तर ऊ मेरो कुर्ताको फेर समाएर रुन थाली। मानौं भनिरहेकी छे, "पुष्पा, मलाई यो जेलबाट उद्धार  गर।" उक्त  घटना घटेको केही दिनमै म कलेजबाट रेस्टिकेट भएँ। मलाई मेरो चोट र त्यो बालिकाको चोट एउटै लाग्यो। लाग्यो हामी दुबै निर्दोष छौ तर  परिस्थितिले जेलमा पुर्‍याएको छ। ऊ साँच्चैको जेलमा छे, म परिस्थितिको जेलमा छु। बस्, मैले संस्था खोलें र काम सुरु गरें।

ती दुई घटना नघटेको भए आज तपाईं यो स्थानमा पुग्नुहुने थिएन होइन ?

मैले अप्ठयारोमा परेका धेरै सडक वालवालिका देखेकी थिएँ। नेपालका धेरै-धेरै गम्भीर समस्या सुनेकी  थिएँ। ती सबैले मलाई परिवर्तन गर्न  सकेनन्। जुन चोट मनमा पर्‍यो, त्यो बुद्ध भगवानले रोगी, वृद्ध र मरेको मान्छे देखर घर छाड्न विवश भएजस्तै अनौठो संयोग बनेर आयो।  सायद मलाई यही हुनु थियो र यी घटना घटे। केही वर्षअघिसम्म म सोच्थे, प्रिन्सिपललाई भेट्न पाए, एकपल्ट मुख छाडेर गाली गर्छु। आज  ममा उहाँप्रति ठूलो श्रद्धा छ। उहाँ विदेशमा हुनुहुन्छ, कुनै दिन भेटेर हृदयदेखि नै धन्यवाद दिन पाए हुन्थ्यो भन्ने लागेको छ।

आज ४६ सन्तानकी आमा हुनुभएको छ, वालवालिकाको महत्व पनि थाहा भयो। तर श्रीमान् वा प्रेमीको माया पाउन सक्नुभएको छैन। रहर  लागेको छैन ?

कुनै बेला रहर पनि थियो होला। अहिले ती रहर यी बच्चाको मुस्कानका अघि फिक्का देख्छु। मेरा धेरै साथीले विवाह गरेका छन्। म उनीहरू को जीवन नियाल्छु र आफूलाई उनीहरूभन्दा निकै सुखी पाउँछु। मेरा साथीहरू धेरै भए, तर कोही प्रेमी भएनन्। ममा कुनै केटालाई प्रेमी  बनाउने रहर पनि छैन। सायद अब म प्रेम र विवाहको झन्झटमा पर्दिन। यी बच्चाको भविष्य, यिनीहरूको स्याहार र यिनीहरूको मुस्कान नै  मेरो संसार हो।

मानिसको जात कस्तो छ भने ऊ सधैं सन्तुष्ट हुन सक्दैन। ऊ आफूलाई माया गर्ने व्यक्ति होस् भन्ने चाहन्छ, होइन र ?

मेरा बुवा-आमा हुनुहुन्छ नि। जब म दुःखी हुन्छु, मेरी आमासँग गएर एक छिन् बस्छु। उहाँका बुढयौली हुँदै गएका हात सुम्सुम्याउँछु र  जीवनको नयाँ मार्गदर्शन गर्छु। आमाको जस्तो स्वच्छ माया कुनै केटाले गर्न सक्दैन भन्ने कुरा मैले बुझ्न थालिसककेकी छु। यति बुझिसके पछि कसैले विवाह गर्ने भूल गर्छ भने त्यो मानिसलाई विचराबाहेक केही भन्न सकिदैन।

सधैंभरि आमा-बुवा रहदैनन् भन्ने कुरा पनि उत्तिकै सत्य हो नि, होइन र ?

जब म आमा बिनाको संसारको कल्पना गर्छु, मलाई गाह्रो हुन्छ। यो विटर ट्रुथ (तीतो सत्य) हो, तपाईंले सम्झाइदिनु भयो...। (लामो समय  भावुक भएपछि ) ...सम्भवतः त्यसपछि मलाई माया गर्ने मेरा छोराछोरी हुन्छन्।

स्कुल कलेजमा प्रेमी वा प्रेमिका नहुनु आजका युवाहरूका लागि दुःखको विषय हो, तपाईंका प्रेमी भएनन्, आखिर किन ?

हरेक युवक राम्रो मन भन्दा पनि वाहिर राम्री देखिने युवतीको खोजी गर्छन्। आफ्नी प्रेमीका चिटिक्क परेर भेट्न आओस् भन्ने चाहन्छन्। म  देखिहाल्नु भयो, अलि मोटी छु। म अरुका लागि राम्रो बन्नुपर्छ भन्ने कुराको विरोध गर्छु। प्रेमी पाउन वा राम्री देखिन मेरो मनले मानेन। मेरो  बुबाले काम गर्ने कम्पनीका लुगा मात्र लगाएको देखेर कत्तिले म गरिबकी छोरी हुँ भनेको मैले थाहा पाएँ। उनीहरूलाई म गरीवकी छोरी हो इन भन्ने देखाउन पनि मन लागेन। सायद, यिनै कारण हुनुपर्छ।

भविष्यको कल्पना कसरी गर्नुहुन्छ ?

यी बालबालिकाहरूलाई सक्षम बनाउने, चाहे भने यिनीहरूकै नेतृत्वमा पुतली घरको ब्रान्च खोल्दै जाने, यसको आफ्नै वासस्थान बनाउने र  मैले बोकेको जिम्मेवारी यिनीहरूलाई नै सुम्पने कल्पना गर्छु।

 

कान्तिपुर

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork