?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

देशको चौथो अंग माथी माओवादी निकटको ललकार
   सुरज गिरी
 
दैलेखको घटनाले सम्पूर्ण पत्रकार जगतलाई नै चुनौती दिइरहेका बेला माघ १० गते माओवादी निकट वाईसीएलका कार्यकर्ताले पुनः १० पत्रकारलाई डेकेन्द्र जस्तै बनाउने चेतावनी दिएकाछन् भनी समाचार पढ्दा अचम्म र आश्चर्य लाग्न थालेको छ । आफ्नै सरकार र आफ्नै पार्टिका प्रधानमन्त्री भएका बखतमा पनि माओवादी निकटले यसरी देशको चौथो अंगलाईलाई चुनौती दिनु कहाँको न्याय हो । दमन, शोषण र हत्यालाई नै प्रमुखता मान्दै सरकार चलाउने दुश्साहस गर्ने हो भने पुनः माओवादीलाई अमेरीकाले पहिलाकै स्थान र आफ्नो यथास्थिती सूचीमा राखेर बिचार गर्न पुग्ने कुरालाई नकार्न सकिंदै दण्डहिनताको चरमबिन्दुमा सरकार फस्दै जानुका कारण सर्वसाधारणले सुरक्षाको लागी विदेश शरणार्थी बनेर हिड्नु पर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न । एकातिर पत्रकारहरु डेकेन्द्रराज थापालाई न्यायको माग गरिरहेका बेला विपक्षीले आगोमा घिऊ थपिरहेका छन् भने अर्कातिर माओवादीले विपक्षीको आन्दोलनलाई निश्कृय पार्ने निहुमा पत्रकारहरु लाई मार्ने धम्की दिइरहेको छ । यस्तो परिस्थितीको सिर्जना हुनु भनेको पञ्चायतीकाल पूर्वका राणाशासकहरुले देखाएको राजनीति भित्रको रणनीति र जनतामा सोझै दबाबको सिर्जना गर्न खोजेको जस्तै सिलसिला सुरु भएको हो भन्नु गलत हुदैन । पटक पटक स्थानीय पत्रकारहरु क्रान्तीको सिकार भएका छन् । कहिले क्रान्तिको नाममा, कहिले प्रजातन्त्रको नाममा, कहिले गणतन्त्रको नाममा त कहिले जातजातीको नाममा पत्रकारहरुले आफुलाई बलिदान दिंदै आएको इतिहास हाम्रा सामु छर्लङ्गछ । हत्यारालाई सजाय दिनुको सट्टा, हत्याको पक्षमा सरकारसंग न्याय माग गर्ने माथि नै अर्को नृसंस हत्या हुनसक्ने चेतावनी दिएर पत्रकार जगतलाई नै माओवदीले कुल्चीन त खोजेको होइन ? यदी होइन भने यस्ता मुद्दाको छिटोभन्दा छिटो किनारा लगाइ पत्रकार र स्थानीय जनतालाई राहत दिने तर्फ सरकारको ध्यान जाओस् ।

आफ्नो दलीय स्वार्थ पुरा गर्नका लागि पक्ष र विपक्षको नाममा सोझा साझा जनताहरुलाई सडकमा उतार्न तल्लीन राजनीतिक दलहरुको रणनीतिलाई अभिलम्बन अन्त्य गरी देशमा सुसाशन र शान्तीको सिघ्रताका अविलम्बन गरिनु पर्दछ । यस्तै स्थिती रहिरहने हो भने पक्ष र विपक्षको भिडन्त सडकमा जनताहरु उतार्ने वहानावाजी मात्रै हुने छ र आफ्नो पक्षमा कुर्सि सुरक्षीत गराउने कुटिल चाल हुने छ । देशका विभिन्न ठाउँमा भइरहेका महिला हिंसा विरुद्धको जागरण, पत्रकारहरुमाथी गरिएको दुव्र्यवहार र हत्याको विरोधमा आन्दोलन, लोडसेडिङ्गका नाममा जनतालाई गुमराह गर्ने सरकारको अर्को नीति, यातायात र सडक सुविधाको नाममा बजेटको अभाव भनि देखाइएको एउटा सुन्दर भाषण, संघीयताको नाममा नेपालीलाई जातजातीबीच लडाइ लडाएर नेपाललाई खण्डित गर्ने सपना र नेपालको अस्तित्वलाई नै समाप्त पार्ने खालका अभिव्यक्ति, विदेशसंग गरिने अनौपचारीक सम्झौताले नेपाललाई विश्व समुदायको अगाडी टाउको निहुराउनु पर्ने वाध्यता सिर्जना गराउने बहुदलिय प्रजातान्त्रीक गणतन्त्रका अनुयायीहरुको यो दण्डहिनता अब चरमसिमासम्म पुगिसकेको छ भन्नु सार्दभीक नै होला । नेपाल र नेपालीको गौरव गाउँने विश्वले आज अपलेहित नजरहरु नेपालीको स्वाभीमान तर्फ हेर्ने गरेका छन् । यसको प्रतिफल सरकारको लागि लुछाचुँडीमा लागेका राजनैतिक दल र तिनका नेताहरुले जनतालाई गुमराह गर्दै जानुको कारण नै हो भन्नु गलत पनि हुँदैन ।

स्वतन्त्र पत्रकारीताको न्यायको खोज गर्दै अगाडी बढेका दैलेखका पत्रकारहरुलाई राजनैतिक दलहरुले सरकारसँग झगडाको विजारोपण भएको सोच लिएर त्यहि क्षेत्रबाट सरकार गिराऊ आन्दोलन गर्नु कतै ठीक थिएन । जसले गर्दा पत्रकारहरु पनि राजनीतिक पार्टिका कठपुतलि बनेर सरकार विरोधी क्रान्तिको नाम जोडिन त पुग्दैन भनि सोच्नु पर्ने अवस्था सिर्जना भएको छ । जनता एकातिर, दलहरु अर्कोतिर, प्र.म. र माओवादीदल भिन्दै बोली लगाउँदैछन् भने पत्रकारहरु आफ्नो सुरक्षाको माग गर्दै विस्तापित भएका छन् । यसरी एउटै देशभित्र चारशक्तिहरु चारतिर मुख फर्काउने अवस्थाको सिर्जना हुनु जेठ १४ नै हो । संविधान निर्माणार्थ भएको संविधान सभाको चुनाव विना संविधान गर्भमा नै तुहिन पुग्यो । बुढापाका भन्थे गर्भमा बच्चा भएको बेला मृत्यु भयो भने त्यस बच्चलाई गर्भबाट ननिकाली दाहसंस्कार गर्नु हुदैन । साँच्चै संविधान पनि संविधानसभाको गर्भमा नै तुहिएको छ तसर्थ संविधानमा सहमति हुन बाँकी बुँदाहरुलाई सहमतिबाट हल गरेर मात्रै पुनः अको चुनावबाट संविधान घोषणा गर्नुपर्दछ नत्र पाप लाग्ने छ । जनताका आशा निराशा बन्ने पाप, राष्ट्रलाई खण्डित तुल्याउन हेतु जातिय सद्भाव खलबलाउने पाप, देशका स्वभीमानी पत्रकारहरुलाई पैदालाले कुल्चन खोज्ने पाप, मानवताको अवमुल्य गर्ने पाप, देशलाई द्वन्द्वतिर लैजाने पाप, राष्ट्रको सार्वभौमिकतामाथी विदेशीले औंला उठाउने समयको आगमन गराउने पाप...... ।

सरकारले ज्ञानेन्द्रनीति लिएका कारण विपक्षीदलहरुले क्रान्तिकारी नीति लिन खोज्दैछन् तर जनताहरु भने, जुन जोगी आएपनि कानै चिरेका भन्ने उखानको रट लगाएर तमासा हेर्दैछन् । बुझ्नु पर्ने तथ्य कुरा के भने, जनताले पार्टीका पक्ष र विपक्षका लागि धेरै लडाइ लडी सके । कहिले पञ्चे ढाल्न, कहिले निर्दलीय व्यवस्था ढाल्न र, कहिले रोलवाला राजालाई ढाल्न । तर, कुनै पनि क्रान्तिको परिवर्तनपछि जनताका लागि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएन । समस्या उहि राणाकालिन नै छन् । नेताहरुलाई र सरकारमा बस्नेहरुलाई त पूर्वकालमा पनि लोकतन्त्र आएकै थियो । लोकतन्त्र आएपछि सुख हुन्छ, चैन हुन्छ, काम, माम र दाम पाइन्छ भन्ने कथन जनताको लागि कहिल्यै सिद्ध भएन तर नेतातन्त्रहरुका भागमा संधै लोकतन्त्र र गणतन्त्र आइनै रहेको छ । मुस्ताङे गाडी चढ्ने बाबुरामजी प्रधानमन्त्री भएयता देशका विभिन्न ठाउँमा भ्रमण गर्दा चार्टर गरिएका हेलिकप्टर र विमानको रकम नै ३ करोडको हाराहारी पुगेको देखिन्छ । ४४ घण्टाभन्दा बढी आकाशमा उडेका प्र.म. बाबुराम जंगलमा आफ्ना कार्यकर्ता र शुभचिन्तकलाई के भनेर लडाइमा होमेका थिए त्यो पनि विर्सेछन् । राष्ट्रपति एकपटक विदेश भ्रमण जाँदा भ्रमण खर्च भनि डेढ करोड छुट्टयाउँछन् । यस्तै तरिकाले अन्य मन्त्रीहरुको पनि आआफ्नै तरिकाले देशको ढुकुटी खर्च गर्ने माध्यमहरु होलान् । विदेशी सहयोग अर्थमन्त्रालयमा थन्केर खर्च गर्ने ठाउँ कुरिबस्छ । देशमा विकासको अभावले सड्क, विजुली र खानेपानी जस्ता दैनिक उपभोग्य क्षेत्रहरु तहस नहस भएकाछन् । सरकारी कर्मचारीहरु दिन कसरी बिताउने भनि जाडोमा घाम तापिर हन्छन् तर जनताका दुःख सुन्ने फुर्सद छैन । वित्तिय संस्थाहरु कर्जा प्रवाह गर्ने नाममा अनेक बहानाबाजी गरेर आफन्तलाई मात्र ऋण प्रवाह गर्छ तर साधारण व्यापारमा लागेका व्यापारीहरुसंग दैनिक वचतको नाममा पैसा असुल गरिरहन्छ । यस्तै यस्तै यो देशमा भइरहेको छ । यस्तै यस्तै गरी यो देश उँधोगतितिर लम्किरहेको छ । स्वस्च्छ छवि र विचार भएका देशभक्तहरुलाई अनेक लान्छना र मुद्धा लगाइ कानुनको दायरामा ल्याउँछ तर देशको बागडोर समातेर बसेको सरकार प्रमुखले दिन दाहाडै गोली चलाउने आदेश दिन्छ अनि अपराधीलाई छुटकारा दिने तर्क राख्दै जनतालाई मन्त्र सुनाउँछ ।

न त यहाँ जनताले विपक्षीको साथ दिन्छन्, न त सरकारको साथ दिन्छन् । पहिला पनि नेपाली कांग्रेस र एमालेको सरकार भएकै थियो तर केही लछारपाटो लगाउन सकेनन् । अहिले पनि नयाँ नेपालको नारा बोकेर आएको माओवादी थियो उ पनि न्याय माग्ने न्यायप्रेमीलाई मार्ने धम्की बोल्दै हिड्छ भने जनता केका लागि पछि लाग्ने ? अब राजनीतिक दल र तिनलाई सरकारमा बसाउनको लागि होइन कि अब युवा जमातले आफ्नो लागि लडाइ लड्नु पर्छ । राजनीतिक दलका लागि धेरै लडिसकेका जनताहरुको दुःख, पिर, मर्का ज्यूँका त्यूँ छन् भन्दा पनि अझै खस्कीएका छन् भने अब फेरी त्यही प्र.म.को कुर्सिका लागि तिनै दलहरुलाई साथ दिन किन आफ्नो छाति खोलेर अगाडी बढ्ने ? त्यसको सट्टा देशमा आर्थिक क्रान्ति ल्याउनको लागि सम्पूर्ण जनता र युवाहरु एककृत भइ सरकार र दल विरुद्धमा क्रान्ति छेड्ने हो भने के होला ? अबका दिन पनि यसै गरी पार्टिको पक्षपोषण गर्दै जनता लडाइका सिपाही बन्दै जाने हो भने यो देश कहिल्यै पनि नेपाली जनताका लागि लोकतान्त्रिक गणतन्त्रको देश हुन सक्दैन ।

माओवादीले आफ्नो नीतिलाई युद्धकालिन नाराहरु सरह सञ्चालन गर्ने हो भने जनतालाई अन्य कुनै पार्टि विशेषका पछाडी हिड्ने मनशाय पक्कै पनि छैन होला । तर, भर्खरैको एक मुद्धा डेकेन्द्रराज थापाका हत्याराहरुलाई बचाउने अभिप्राय देखाउने प्र.म. र न्याय माग्दै हिडेका थप १० पत्रकारहरुलाइ पनि डेकेन्द्रकै हालत पुयाउने ठाडेा हाँक दिने माओवादी निकटलाई समर्थन गर्नु साँच्ची नै पूर्खाको भाषामा राँडीको राज्य भने जस्तै भएको छ । निकट भविष्यमा आफ्नो छविलाई अझ नधमिल्याउने हो भने अति छिटो माओवादीले आपूmलाई सहि गोरेटोमा ल्याउनु उपयुक्त हुनेछ । जसले गर्दा भोलीका अन्य पार्टिहरुको सरकार स्थापना पश्चात माओवादीले आफुलाई विस्तारै विस्तारै जनताको मुटु बनाउन सफल हुनेछ ।

जयदेश

सुरज गिरी

कावासोती, नवलपरासी

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork