?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

रानी जीन सेङपछिकी पार्क गुन हे
   पार्क गुन् हे
 

देवेन्द्र सम्बाहाम्फे

लगभग ३० प्रतिशत मतगणना सकिने बित्तिकै शुभेच्छुकहरूले शुभकामना दिन थालेका थिए उनलाई । त्यही बेला गाङनामस्थित आफू बस्दै आएको घरबाट बाहिर निस्केर हल्का हात हल्लाएकी थिइन् उनले । त्यसको केही घन्टा नबित्दै निर्वाचन आयोगले १८ औं कार्यकालका लागि उनी राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको थियो । उनी थिइन्-दक्षिण कोरियाकी नवनिर्वाचित राष्ट्रपति पार्क गुन हे ।

पार्क गत डिसेम्बर १९ मा भएको निर्वाचनमा सत्तारुढ दल सेनुरी अर्थात न्यू फ्रन्टियर पार्टीका तर्फबाट उम्मेदवार थिइन् । निर्वाचनमा ७५ दशमलव ८ प्रतिशत मतदाताले मतदान गरेका थिए । जसमध्ये पार्कले १ करोड ५७ लाख ७३ हजार १ सय २८ मत अर्थात् ५१.६ मत प्राप्त गरेकी थिइन् भने उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक युनाइटेड पार्टीका मुन जे इनले १ करोड ४६ लाख ९२ हजार ६ सय ३२ अर्थात् ४८ दशमलव ०२ प्रतिशत मत प्राप्त गरेका थिए । कोरियाका १७ मध्ये १३ प्रदेशबाट पार्कले बहुमत ल्याएकी थिइन् ।

आधुनिक कोरियाली इतिहासमा पार्क प्रथम महिला राष्ट्रपतिमात्र नभएर सन् ८८७ देखि ८९७ सम्म सीला अधिराज्यमा शासन गरेकी रानी जीन सेङपछि राष्ट्रको शासन सत्ता सम्हाल्ने प्रथम कोरियाली महिला बनेकी छिन् । त्यतिमात्र होइन उनले राष्ट्रपतिकी छोरी राष्ट्रपति भएको रेकर्ड पनि राखेकी छिन् । अझ उनी उत्तरपूर्वी एसियाका ६ वटा राष्ट्रकै प्रथम महिला राष्ट्रपति पनि भएकी छिन् । पार्क सन् १९८७ यताको राष्ट्रपति निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने प्रथम उम्मेदवार पनि बनेकी छिन् । उनीभन्दा अघिल्ला ५ राष्ट्रपतिले ५० प्रतिशतभन्दा कम मत ल्याएका थिए ।

पार्क गुन् हे भूतपूर्व कोरियाली राष्ट्रपति पार्क जङ हीकी जेठी छोरी हुन् । निर्वाचन आयोगले विजय भएको औपचारिक घोषणा गरेपछि ग्वाङ्ह्वामुन स्थित १५ औं शताब्दीका कन्फ्युसियन राजा सेजोङको सालिक नजिकै रहेको स्टेजबाट उनले देशवासीहरू प्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त अवसरमा नव निर्वाचित राष्ट्रपतिले निर्वाचन प्रचार-प्रसारका क्रममा आफूले गरेको वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता पनि प्रकट गरिन् । त्यसपछि उनले पूर्व राष्ट्रपतिहरू ई सुङ मान, पार्क जङ ही तथा किम दे जुङको समाधि स्थलमा पुगेर श्रद्धासुमन अर्पण गरिन् । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै अमेरिकी राष्ट्रपति बाराक ओवामाले पार्कलाई बधाई दिँदै अमेरिका र कोरियाबीच आपसी चासोका विषयमा घनिष्ट सम्बन्धका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दुवै राष्ट्रपतिले उत्तरपूर्वी एसियाको सुरक्षाका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसरी नै शुभकामना दिँदै संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले कोरियाली प्रायद्वीपको शान्ति र स्थिरताका लागि पार्क प्रशासनसँग काम गर्न इच्छुक रहेको बताएका छन् । नवनिर्वाचित पार्कले पनि उत्तर कोरिया, जापान तथा चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै कोरियाली जनताको समृद्धिका साथै आर्थिक रूपमा राष्ट्रलाई सम्पन्न बनाउन आफू तल्लीन रहने बताएकी छिन् ।

अविवाहित पार्क सन् १९५२ को फेब्रुवरी २ मा सामदोक दोङ थेगु, दक्षिण कोरियामा जन्मिएकी हुन् । उनकी एक बहिनी तथा एक भाइ छन् । सन् १९५३ मा परिवार सउलमा बसाइ सरेपछि उनले सङसिम माध्यमिक विद्यालयबाट माध्यमिक तहसम्म अध्ययन गरेकी थिइन् । उनले सउल कै सोङगाङ विश्वविद्यालयबाट सन् १९७४ मा इलेक्ट्रोनिक विषयमा इन्जिनियर गरेकी छिन् । त्यसपछि फ्रान्सको ग्रेनोबल विश्वविद्यालयमा अध्ययन गरिरहेका बेला आमा युक योङ सुको सन् १९७४ अगस्त १५ मा भएको हत्याका कारण उनको अध्ययनमा पूर्णविराम लागेको थियो । आमाको हत्यापछि सन् १९७९ सम्म उनलाई फस्ट लेडीको सम्मान दिइएको थियो । उनका पिता राष्ट्रपति पाक जङ हीको पनि हत्या गरिए पछि ब्लु हाउसबाट आँसु पुछ्दै निस्किएकी पार्क ३४ वर्षपछि राष्ट्रको शासन सत्ताको बागडोर लिएर ५ वर्षका लागि ब्लु हाउस प्रवेश गर्दैछिन् । उनले आगामी फेब्रुवरी २५ देखि कार्यभार सम्हाल्ने छिन् ।

पार्कले गत अप्रील ११ मा भएको १९ औं संसदीय निर्वाचमा आफ्नो पार्टीलाई बहुमत दिलाउन ठूलो योगदान पुर्‍याएकी थिइन् । उनले गाउँगाउँमा गएर किसानहरूको पीडा-मर्का र चाहना बुझेकी थिइन् भने यसपालिको निर्वाचन प्रचारमा आफ्ना बुबाको १६ वर्षे कार्यकाल सन् १९६३ देखि १९७९ मा भएका गल्ती-कमजोरीहरूप्रति जनतासँग माफी माग्दै कोरियाको राजनीतिक सुधार तथा आर्थिक उन्नतिको नारा दिएकी थिइन् । उनका पिता पाक चुङ हीले सन् १९६३ देखि १९७९ सम्म देशको राष्ट्रपतिको हैसियतमा सैनिक शासनको नेतृत्व गरेका थिए । वर्तमान कोरियाको आर्थिक, सामाजिक तथा औद्योगिक सम्पन्नताको श्रेय सैनिक शासन अवधिमा पार्क जङ हीले गरेको सुधारलाई मानिन्छ ।

पार्क आफ्ना बुबाको अधूरो काम पूरा गर्न सन् १९९८ मा तत्कालीन ग्रान्ड नेसनल पार्टी बाट राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी चार पल्ट सांसद भैसकेकी छिन् । पार्कले सन् २००८ मा राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरे पनि अन्तर पार्टी निर्वाचनमा पराजित भएकी थिइन् । त्यसपछि पार्टी सुधार राजनीतिमा लागेकी पार्कले समय सापेक्ष पार्टी संचालन गर्न ग्रेन्ड नेसनल पार्टीको नाम परिवर्तन गरी न्यू फ्रन्टियर पार्टी बनाएकी छिन् । यो पार्टीकी उनी महिला अध्यक्ष पनि हुन् ।

पार्कको विजयले छिमेकी राष्ट्रहरूका साथै एसिया मै एक प्रकारको तरङ्ग पैदा भएको छ भने कोरियामा नयाँ युगको प्रारम्भ भएको तर्क गरिएको छ । वर्तमान राष्ट्रपति ली म्यङ बाकको कार्यकालमा बढेको लैगिक असमानता, युवा बेरोजगारी तथा उत्तर कोरियासँग चिसिएको सम्बन्धमात्र होइन राष्ट्रपति लीका दाइ तथा छोराको भ्रष्टाचार काण्डबाट बिग्रिएको पार्टीको छवि समेत सुध्रने आशा उनका शुभेच्छुकहरूले गरेका छन् । निर्वाचन कै पूर्वसन्ध्यामा सफलतापूर्वक लामो दूरीको रकेट प्रक्षेपण गरेको उत्तर कोरियासँगको पार्क नीतिलाई विश्लेषकहरूले रुचि पूर्वक पर्खिरहेका छन् ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork