?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा नेपाली कामदारको वास्तविकता
   रामप्रसाद आचार्य
 

पहिले पहिले भारत नै नेपालीको रोजगारीको मूल थलो थियो । नेपालसँग खुला सीमा भएको कारणले सजिलै र थोरै रकममा भारतको विभिन्न ठाँउमा गएर मजदूरी गरी घरपरिवार पाल्ने नेपालीको पूरानो चलन भएको थियो । त्यससमयमा सरकारी नोकरी पनि पाइने भएकोले धेरै नेपालीहरु भारतीय सेनामा भर्ती भएका छन् भने केही अन्य सरकारी कार्यालय तथा मन्दिरहरुमा पूजाआजा गरी सम्मानपूर्वक बसेका पनि छन् । तर यसरी भारतमा जाने युवाहरु खाडी मुलुक दुवइ, कतार, मलेसिया, कुवेतलगायतका देशमा लाखौंको संख्यामा गएका छन् ।

सन् २००८ देखि नेपाल इपिएस प्रणाली लागू भएपछि  सर्वसाधारण तथा गरिबका छोराछोरी पनि भाषा परीक्षा पास गरेर कम खर्चमा आउन थालेका छन् । यस अघि मुनड्रष्स तथा लुम्बिनी मेनपावरबाट मोटो रकम खर्च गरेर आउने गर्दथे । २००८ देखि २०१३ सम्म आइपुग्दा इपिएस  मार्फत झण्डै १४१५ हजारको संख्यामा नेपाली युवायुवती रोजगारको सिलसिलामा कोरिया आइपुगेका छन् भने ठूलै संख्यामा अन्य तरीकाले बस्ने नेपाली पनि छन् । गरिबीको कारण नेपाली युवायुवती आफ्नो माटोमा रगत पसीना बगाउने समयमा विदेशिएका छन् । अत्यन्त कडा परिश्रमी र इमान्दारीपूर्वबक काम गरेर देशको छोटो समयमा छिटो प्रगति गरेको देशमा हामी जस्ता कामचोर, समयको महत्व नबुझ्ने तथा चिया गफमा नै सम्पूर्ण जिन्दगी बिताउने देशका नागरिकलाई यी कोरियनहरुसँग काम गर्न सोचे जस्तो भने छैन । मर्नु भन्दा बहुलाउनु निको भन्ने उखानलाई आत्मसात गरी युवायुवतीहरु विदेशिएका छन् । त्यसै गरी कसैलाई कोरिया जानु सपनाको संसारमा पुगे जस्तो हुनसक्छ । नेपालीको बानी तिललाई पहाड बनाउने भएकोले कोरियामा आउन चाहने वा कोरियामा आउने लाइनमा बसेकालाई कति बेला पुगौं भन्ने हुन सक्छ । तर तपाई नआत्तिनुस् । कोरिया आउनु अघि भाषाको राम्रो अध्ययन गर्नुुस् । पास गर्नको लागि होइन, बोल्न र जान्नको लागि । किनकी भाषा नै तपाईको लागि कोरियामा बस्न र काम  गर्नको लागि चाहिने पहिलो खुट्किलो बन्न सक्छ । भाषाको अभावमा कार्यस्थलमा काम गर्दा कोरियन कामदार (तपाइ भन्दा सिनियर) ले अह्राएको कुरा नबुझ्दा उनीहरुको निकै रुखो व्यवहार खेप्नु पर्दछ । शुरुमा कामबाट प्रभाव पार्न सकिएन भने यिनीहरुको नजरमा सधै नजान्ने भइन्छ । यिनीहरुको स्वभाव भेडाको जस्तो हुने भएकोले शुरुमा राम्रो काम गरेर देखाउन भाषा नै महत्वपूर्ण कडी हो । शुरुमा  तपाईलाई विश्वास गयो भने पछि गर्ने गल्तीलाई पनि सहज मान्छ तर शुरुमा मन पराएन पछि जतिसुकै राम्रो काम गर्दा पनि तपाईलाई गर्ने व्यवहार रुखो हुन्छ । जसले गर्दा तपाई मानसिक तथा शारीरिक अप्ठेरोमा जुधेर काम गर्नु पर्ने हुन्छ जसले गर्दा तपाई माथि अकल्पनीय घटना घट्न सक्छ । हुनत कोरियनहरु अत्यन्त मेहनतका साथ काम गर्ने भएकोले अरुबाट पनि सोही अपेक्षा राख्दछ ।

अफिसिल काम गर्ने कर्मचारी र कम्पनीभित्र काम गर्ने कामदारको बोली व्यवहार अलि फरक हुन्छ, कम्पनीभित्र काम गर्ने कामदार कम पढेलेखेका र अंग्रेजी भाषा पटक्कै नबुझ्ने हुन्छन् । त्यसकारण पनि भाषाको अभावमा काम गर्न कठीन हुन्छ । यहाँ आफूभन्दा सिनियरले जे भनेपनि मान्नै पर्ने हुन्छ, जुनियरले सिनियरको कुरा काट्ने वा नटेर्ने चलन हुँदैन् । सिनियरले आफूले गरेको गल्ती पनि जुनियरको टाउकोमा थोपर्ने चलन भएकोले कहिलेकाही सिनियर र जुनियर बीच तनावको स्थिति पैदा हुन्छ ।

इपिएस अन्र्तगत कोरिया आउनेक्रममा नेपालका तालिम केन्द्र तथा भाषा सिकाउने क्रममा र कोरिया आइसकेपछि पनि २ दिन दिइने प्रशिक्षणमा साहु र आफू भन्दा सिनियर कामदारलाई कसरी अभिवादन गर्ने भन्ने सिकाइन्छ । साहुलाई ४५ डिग्री निहुरेर गर्नुपर्ने र अरुलाई १५ देखि ३० डिग्री झुक्नुपर्ने भनी सिकाइएअनुसार यहाँ व्यवहारमा त्यसो नभएकोले साहुलाई पनि सामान्यरुपमा अभिवादन गरे हुने र कामदारको हकमा बुढापाका कामदारले मात्र अभिवादन खोज्ने तर युवापुस्तामा अभिवादनलाई महत्व दिइदैन् । त्यसकारण अभिवादनलाई सामान्यरुपमा लिइ समय र कामलाई महत्वदिन सके तपाईको कोरिया बसाई सजिलो र तनावविहिन बन्न सक्छ । कहिलेकाही कामदारले गलत व्यवहार गरेको बेला त्यसको गम्भिरतापूर्वक जवाफ दिनुपर्दछ । ताकी त्यस्तो क्रियाकलाप पुनः नदोहोराओस् यसको मतलब यो होइन कि उसले हातपात गर्दा आफूले पनि हातपात गर्ने । सबैभन्दा महत्वपूर्ण कुरा नै यो छ कि यहाँको कानून अनुसार कसैलाई हात उठाउनु कानूनीरुपमा दण्डनीय मानिन्छ ।

कोरियाको थ्रि डि काम(डटी, डेन्जर र डिफिकल्ट) फोहोर, खतरा र कठिन काम नै कोरियाको विशेषता हो । हुनत सेतो धन आर्जन गर्न कही पनि सजिलो छैन् । पसिना बगाउनु नै पर्छ । हामी जस्तो कामचोर,अल्छी, समयको महत्व नबुझ्ने र सधै हावा गफ गरी दैनिक जीवन गुजार्ने बानी परेका देशका नागरिकलाई काम गरी खान गाह्रो हुनु स्वभाविक नै हो तापनि कोरियनहरुको जिब्रोमा झुण्डिएको शब्द (पाल्ली पाल्ली) छिटो छिटो, त्यो पनि होशियारीपूर्वक काम गर्नु पर्ने त्यसमाथि कोरियनको रुखो व्यवहारले पनि काम गर्न अलि गाह्रो हुनसक्छ, यसबारे पनि सजगता अपनाउनुपर्दछ । आजभोलि नेपाली नेपाली बीच पनि आपसमा असहमति भएर काम गर्न र कम्पनीमा बस्न धेरै अप्ठेरो भएका घटनाहरु सार्वजनिक भएका छन् । यी र यस्तै कारणले कोरियामा धेरै दुर्घटना भइरहन्छन् । कोरियाको औद्योगिक विभागले दिएको जानकारी अनुसार इपिएस प्रणाली लागू भएपछि ९३,२९२ जना कामदार दुर्घटनामा परेका छन् । प्रतिवर्ष विदेशी नागरिक ५,५९१ जना दुर्घटनामा परेका, ९६ जनाको मृत्यु भएको, कुल कामदार मध्ये प्रति दिन २६० जना दुर्घटनामा पर्ने र ६ को मृत्यु हुने गर्दछ । ३१ प्रतिशत रोजगार लागेको ३० दिनमा हुने, ३ महिनामा ५० प्रतिशत र काम शुरु गरेको २ घण्टा भित्र बढी दुर्घटना हुने पनि विभागले जानकारी दियो । सबैभन्दा बढी हातका औलामा दुर्घटना हुने, राम्ररी नहिँड्ने, जथाभावी फोहोर फाल्ने र त्यसैमा अड्किएर दुर्घटना हुनेको संख्या पनि कम छैन । ८८ प्रतिशत दुर्घटना मानविय लापरवाही, १० प्रतिशत सामान जथाभावी फालेर र २ प्रतिशत चाहिने भन्दा बढी आत्मविश्वास भनेर डाटा दिएपनि विदेशी कामदारलाई गर्ने व्यवहार, मानसिक तनाव, यातना, शारीरिक तनाव, भाषाको अज्ञानताले पनि दुर्घटना भएका छन् भने मानसिक तनाव दिने र शारीरिक यातना दिने कार्यले आत्महत्या गर्नेको संख्या पनि दिनप्रतिदिन बढेको छ । गएका दिनमा एउटा बन्दै गरेको भवनमा असावधानीका कारण ग्यास पड्किएर एकै पटक ४० जनाको ज्यान गएको थियो भने एकै परिवारका ६ जना चिनियाँ कामदारहरुको मृत्यु भएको थियो, त्यसपछि कोरियामा एकै परिवारका  सबै सदस्यले काम गर्नु हुन्न भन्नै गर्दछन् । त्यस्तै अर्को एक कम्पनीमा जमीनमुनीको तल्लामा वेल्डिङ्ग गर्दा एकै पटकमा ५७ जनाको मृत्यु भएको पनि विभागले जानकारी गरायो । यसबाट प्रष्ट हुन्छ कोरियामा कति जोखिमपूर्ण काम गर्नुपर्छ भन्ने कुरा । औद्यौगिक क्षेत्रको तुलनामा कृषि तथा पशुपालन क्षेत्रमा कम जोखिम देखिन्छ तर मत्स्यपालनमा भने सबैभन्दा कठिन छ । कृषिमा जति काम गरेपनि तलब निश्चित हुने र ओभरटाइमको व्यवस्था हुँदैन ।

यति हुँदा हुँदै पनि दक्षिण कोरिया नेपालीहरुमाझ निकै नै चर्चामा आएको छ । देशमा हरेक दिन बढ्दो वेरोजगारीले ग्रस्त नेपालीको भविष्यलाई केही हदसम्म राहत दिन सक्ने भएकोले आत्मअनुशासन र मेहनत गर्न सक्ने क्षमता भएमा युवा युवती कोरियामा आइ कमसेकम ५ वर्ष काम गर्न सके जिन्दगीको अर्को पाटोलाई सजिलो गर्न पक्कै पनि मदत पुग्नेछ । इमान्दारपूर्वक काम गर्ने, स्वस्थ र मेहनती कामदारले कम्पनी हेरीकन प्रति महिना ८० हजारदेखि १ लाख पचास हजारसम्म आम्दानी गरेका छन् । यो रकमलाई हाम्रो जस्तो विद्युत, पर्यटन, कृषि, जडीबुटीजस्ता प्रशस्त सम्भावना बोकेका क्षेत्रमा राज्यको असल उपस्थितिमा लगानी गर्न सके आगामी पुस्ता रोजगारीको निम्ति विदेश जानु पर्ने थिएन ।


दक्षिण कोरिया
मोवाइल +८२१०६८७३३०५९

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork