?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

यस्तो छ उत्तर कोरिया
   राजाराम बर्तौला
 

उत्तर कोरियाको यात्रा जीवनको एउटा अविस्मरणीय यात्रा हुने कुरा पक्का थियो । उत्तर कोरियाको विषयमा नसुन्ने मानिसहरु विरलै होलान् । झन उत्तर कोरियाले सन् २०१२ को डिसेम्बर र २०१३ को फेब्रुअरीमा गरेको रकेट प्रक्षेपणले अन्तरराष्ट्रिय जगत स्तब्ध भएको छ । कहिले यो मुलुक भोकमरीको समाचारले अन्तराष्ट्रिय सञ्चार जगतमा छाएको हुन्छ त कहिले आणविक परीक्षणको खवरले । जे भएपनि यो मुलुकको नाम चर्चामा आईरहनेमा पर्दछ । चर्चामा आउनु नराम्रो त होईन तर नकारात्मक चित्रण गरेर गरिने चर्चा भने अध्ययनको पाटो नै रहने गर्दछ । सानो छंदा भोटाहिटीको गल्लीमा पाईने किम ईल सुंगका रंगिन चित्र अंकित चिल्ला पत्रिकाहरु हामीहरुको आकर्षण हुने गर्दथे । खास भन्ने हो भने एक पटक राम्रा चित्रहरु हेर्न र कितावमा गाता राख्न यी पत्रिकाहरु हमाीहरुको रोजाईमा पर्दथे । सानो छंदामा नै किम ईल सुंगको विषयमा केही जानकारी भएको र यिनको तिलस्मी कथाहरु पनि पढेको हुंदा उत्तर कोरियासंगको एउटा आकर्षण सानो छंदा देखि नै थियो । अथवा यो मुलुकको नेतृत्वले आफ्ना जनतालाई उपनिवेसमुक्त गराएकोमा कोरियाई जनताको भाग्य उदय भएको होला भन्ने कल्पनामा थिए म । साम्यवादी सोचबाट शाषित उत्तर कोरिया किम ईल सुंगको जुछे विचारबाट अभिप्रेरित छ । जुछे विचार भन्नाले आत्म निर्भर भन्ने बुझ्नु पर्ने हुन्छ । अर्थात अरुकोमा भर नपरी आफैमा निर्भर भएर आफ्नो चौतर्फि विकास गर्ने । यो विचारलाई आम जनतामा संप्रेषण गर्ने अभिप्रायले प्योङयाङमा जुछे टावर को पनि निर्माण गरिएको छ ।
सन् ९० को दशकमा विश्वभर प्रभाव राख्न सफल सोभियत रुसको पतन पश्चात साम्यवादको पर्खाल भत्केपछि वर्तमान अवस्थामा साम्यवाद विश्वको दुई मुलुक उत्तर कोरिया र क्यूवामा मात्र सिमित रहेको अवस्था छ । माओवादको प्रवर्तक मुलुक चीन पनि पुंजीवादी भौतिक विकासको आकर्षणमा डुबी नै सकेको अवस्था छ । चीन अहिले आर्थिक रुपमा पूंजीवादी र राजनीतिक तथा सामाजिक रुपमा समाजवादीको अभ्यासमा रहेको देखिंदा तात्विकरुपमा साम्यवादलाई नै अवलम्वन गर्ने राष्ट्रहरु भने उत्तर कोरिया र क्यूवा नै हुन् । हाम्रा नेपाली नेताहरुले पृष्ठपोषण गरिने गरेको साम्यवाद के सांच्चिकै गरिव निमुखा र सर्वहारा वर्गको जनमुक्तिको मसिहा हो त भन्ने जिज्ञासा रहनु स्वाभाविकै हो । विश्ववाट हराउंदै गएको साम्यवादको वास्तविकता एकातिर छ भने नेपालमा यसको प्रभाव बढ्दो देखिएको छ । अहिले विश्वमा वांकी रहेको साम्यवादी शासन व्यवस्थालाई हेर्न नपाए पछिका सन्ततीले ईतिहासका पुस्तकहरुमा पढ्न मात्र पाईने अवस्था एकातिर छ भने अर्को तर्फ क्यूवा र उत्तर कोरियाबाट पनि साम्यवादी शासन व्यवस्था हराएर नेपालमा मात्र त्यसको विज रहने होकी भन्ने पनि सम्भावना देखिदै गएको छ ।
उत्तर कोरिया पुगेर आउने केही साम्यवादी नेपाली नेताहरुले उत्तर कोरिया आधुनिक भौतिक तथा तकनिकी विकासमा धेरै अगाडी रहेको देखिएको र आफू त्यसबाट धेरै नै प्रभावित भएकोे कुरा वताउदथे । अन्तर्राष्ट्रिय समुदायबाट एक्लिएको, भुखमरीबाट लाखौ मानिसको ज्यान गएको तर परमाणवीक विकासमा उल्लेख्य प्रगति गरेको यो मुलुकलाई हेर्ने उत्कट चाहना परिस्थितिवस पूरा हुन लागेको चाल पाएर आह्रै खुसी लाग्यो । उत्तर कोरियामाथि लागेको अन्र्तराष्ट्रिय नाकाबन्दीको कारणले अन्तर्राष्ट्रिय हवाई उडान चीनको बेजिंग र मंगोलियाको उलानवटारबाट मात्र सम्भव छ ।
स्यालको सिंग पाउन सजिलो होला तर उत्तर कोरिया यात्राको लागि भिसा पाउन त्यति नै कठीन छ । हवाई टिकट लगायत होटल बुकिङ र टुर गाईडको व्यवस्था गरेको प्रमाण पेश गरेपश्चात मात्र भ्रमणको लागि भिषा प्राप्त हुने रहेछ । यात्राको लागि आवश्यक सवै तयारी पछि पोङयाङको लागि कोर्यो विमानमा बस्दा मनमा एक किसिमको आनन्द तर किंचित मसिनो त्रासले वास गरेको थियो । त्रास किनभने नितान्त भिन्न परिवेसमा नयां अनुभव र अनुभुतिको लागि प्रस्थान गरेको थिएं ।
प्योङयाङ सुनान अन्र्तराष्ट्रिय हवाई अड्डामा विमान अवतरण गर्दाको पहिलो अनुभव निकै सुखद रह्यो । विमान यति सरल र हलुका तरिकाले अवतरण गराईएको थियो की विमानको चक्काले जमिन छुंदा अलिकति पनि झट्का महशुस गर्नु परेन । उत्तर कोरियाको जमिनमा यति सहज हवाई अवतरण एउटा सुखद अनुभुति थियो । यहांको विमानस्थल फराकिलो लामो रन(वे भएको र आकर्षक रहेछ । अलिक परका केही थुमका थुम्थी र किंचित अग्ला पहाडहरु, र हरियो मैदानको बीच निर्मित यो विमानस्थल सुन्दर देखिन्छ । स्पष्ठ सफा निलो आकाश, हरिया फांट र टाढा टाढासम्म पनि देखिने पहाडी दृश्यले यहांको प्राकृतिक वातावरण मनोरम र वातावरणीय प्रदुषणको प्रभाववाट निकै नै पर रहेको प्रष्ट देखिन्थ्यो । यस्तो लाग्यो कि यो मुलुक अन्य मुलुकहरु भन्दा पृथक औद्योगिक कारखानाहरुबाट निसृत विशाक्त प्रदुषणबाट मुक्त रहेछ ।
मेरो नाम किम । म यहांको पथप्रदर्शक । अद्यागमनबाट निस्कंदा पहिलो पाईलामा नै भेटिए उनी । यतिशिघ्र अध्यागमनको व्दारमा नै भेटिने छन् भन्ने कल्पना पनि गरेको थिईन र यति सहज तरिकाले उनैले चिन्दछन् होला भन्ने सोचेको पनि थिईन मैले । केही कदम पर रहेका पदाधिकारीले शिष्ट भाषामा विद्युतीय यन्त्र वा संचारका यन्त्रहरु भए विमानस्थलमा नै जम्मा गरी जानु होला भनि स्मरण गराए । यसको अर्थ थियो कम्प्युटर लगायत मोवाईल फोनहरु साथमा लिएर जान नपाईने आदेश । हातमा रहेको मोवाईल फोन र क्यामेरा समेत हस्तान्तरण गरेकोमा एउटा सानो हाते क्यामेरा भने साथमा लिएर जान पाईने भयो । यस्ता र अरु आईपर्ने आकस्मिकताको लागि तयार भएर नै गएकोले केही विस्मात लागेन । एक अर्थमा यो यात्रानुभुति अरु भन्दा फरक हुने भएकोमा खुसी नै लाग्यो । सञ्चार सम्पर्कबाट बिच्छेद भएर यात्राको आनन्दमा नै समय विताउन पाउनु पनि एउटा सुखद अनुभव नै
हो ।
मेरो पथप्रदर्शक या भनुं सहयात्री सैनिक सेवाबाट पथप्रदर्शक सेवामा खटाईका रहेछन् । कुनैपनि वार्ताको शुरु हाम्रा महान नेताले भन्नु भएको छ भन्ने वाक्यवाट शुरु गर्दथे र अन्तमा उत्तर कोरिया एउटा समृद्ध र सामथ्र्यवान मुलुक हो भन्ने स्मरण गराउंदथे । पथप्रदर्शक, त्यसमा पनि सेनाको सेवाबाट खटाईएका, व्यक्तिलाई सहयात्रीको रुपमा पाएपछि पोङयाङको बसाईमा सुरक्षाको कुनै चिन्ता लिनुपर्ने भएन । उत्तर कोरियाको बसाई अवधिभर छांयाले छोड्यो होला कुनै बेला तर यी सहयात्रीले छोडेनन् । होटेल लवीको छेवैमा कोठा लिई वसेका रहेछन् यिनी । यिनको आंखा छलेर वाहिर जाउला भन्ने नसोचे पनि हुने । एक दिन राती नौ बजे एक्लै वाहिर निक्लें सहरलाई नजिकबाट नियाल्न । वाहिर स्ट्रिट ल्याम्पमा पढिरहेका विद्यार्थीहरुसंग केही कुरा गर्न खोज्दै थिएं मेरा पथप्रदर्शक अगाडी आएर भने यहांबाट फर्कनु नै राम्रो हुन्छ । अर्थात तिमीलाई यसरी एक्लै हिंडने अनुमति छैन । यो सहरको विशेषता के पनि रहेको छ भने यहां नेपालको जस्तो वा अन्य कुनै विकासशील मुलुकको जस्तो सडक छेउमा वनेका घरहरुमा पसल या वजार देख्न सकिंदैन । आक्कल झुक्कल केही दोकानहरु, खाजाघरहरु देखिएपनि क्रेता र विके्रताहरुको भिड देखिने असन वा ईन्द्रचोक जस्तो वजार देख्न सकिंदैन ।
यहांको सहर सुन्दर शान्त र विशाल छ । अग्ला अग्ला गगनचुम्बी घरहरु निर्माण गरिएका छन् । सडकहरु फराकिला र व्यवस्थित छन् । यी अग्ला भवनहरु र फराकिला र व्यवस्थित सडकहरुको निर्माण सोभियत संघको सहयोगमा भएका रहेछन् । विद्युत आपूर्तिको ठूलो समश्या रहेको हुंदा अग्ला भवनहरुमा प्राय मानिस नवस्ने रहेछन् । सडकहरु प्राय सुनसान रहन्छन् । सवारीसाधनहरु यदाकदा मात्र गुडेका देखिन्छन् । प्राय सडकमा गुड्ने सावारीसाधनहरु भनेका सरकारी सवारी साधनहरु मात्र हुन् । केही निजी सवारी साधन चलेको देखिए पनि ती सम्भवत सरकारी उच्चपदाधिकारीहरुको नै होला भन्ने अनुमान लगाउन सजिलो छ । पोङयाङको सडक चौबाटोको बीचमा बसेर महिला ट्राफिकले यातायात व्यवस्थित गरेको आकर्षक देखिन्छ । सहरी यातायातलाई आधुनिक ट्राफिक लाईटले नभई महिलाबाट व्यवस्थित गरेको देखिएको यो पहिलो अनुभव थियो । मानिसहरु पैदल हिंड्न नै रुचाएका देखिन्थे । यद्यपी, सार्वजनिक यातायताको रुपमा वस, र सव(वे पनि रहेका छन् । सहरवासीहरु केही घण्टाको अन्तरालमा आउने सार्वजनिक वसलाई प्रतिक्षलयमा धैर्यताकासाथ पर्खेर बसेका देखिन्थे । नेपालको साझा बस जस्तो लाग्ने यी वसहरुमा सयौ यात्रुहरु कोचिएर यात्रा गरेको देखियो । पोङयाङमा पुग्ने जो कोहीले पनि हेर्न नछुटाउने यहांको सव(वे पनि एक हो । यो जमिनवाट करिव १०० मिटर तल निर्माण गरिएको छ । सहरको सार्वजनिक यातायातको ठूलो भार यसैले व्यहोरेको छ । सव(वेसम्म पुग्न र वाहिर निक्लन ठूला ठूला लिफ्टहरु चलाईएका छन् र यी लिफ्टहरु आकर्षक देखिन्छन् ।
जसरी चीनको राजधानी बेजिंग पुग्ने यात्रुहरु थियानम्यान चोकमा रहेको माओको समाधीस्थल (म्यूसोलियम) हेर्न ईच्छुक रहन्छन् त्यसैगरी पोङयाङ आउने यात्रीहरु उत्तर कोरियाको महाननेता किम ईल सुङको समाधिस्थल (म्यूसोलियम) नहेरी फर्कदैनन् । पोङयाङदेखि पचिस तीस किलोमिटर जति उत्तरमा रहेको कुमसुसान दरवारमा किम ईल सुङको समाधिस्थल (म्यूसोलियम) रहेको छ । महाननेता किम ईल सुङको देहावसान पछि उहांको आवासको लागि निर्माण गरिएको विशाल भवनमा शवलाई सुरक्षित गरी राखिएको छ । उहांपछि उहांको उत्तराधिकारी किम जंग ईलको शवलाई पनि त्यसैगरी सोही स्थानमा सुरक्षित गरी राखिएको छ । साम्यवादी मुलुकका ठूला नेताहरु लेलिन, माओ, किम ईल सुङ, किम जंङ ईलका शवहरुलाई सदगत नगरी सुरक्षित गरी राख्नुको खास कारण के रहेछ बुझ्न सकिएको छैन ।
किम ईल सुङ महान नेता थिए । कोरिया प्रायव्दिपबाट जापानी औपनिवेसिक शासनलाई विस्तापित गरी कोरियालाई स्वतन्त्र गराउनमा यिनको ठूलो योगदान रहेको छ । त्यसैले होला कोरियाली जनताको यिनीमाथी ठूलो स्नेह र आदरभाव रहेको देखिन्छ । यिनको अवसान पछि पनि यीनलाई श्रद्धा सुमन चढाउने कोरियन नागरिकहरुको ठूलो संख्या रहेको छ । यि महाननेतालाई श्रद्धा अर्पण गर्न यिनको समाधिस्थलमा जांदा अपूर्व दृष्य देख्न पाईयो । सयौं महिला तथा पुरुषहरु कोकोहोलो गरेर भावविह्वल स्थितिमा रहेको देखिएको थियो । एउटा २५ जना अटाउने लिफ्टबाट ३९ जनाको एक लर्को सिपाहीहरु निक्लिएका थिए समाधिस्थलमा महाननेताको दर्शनको लागि भने अर्को स्थानबाट त्यस्तै ४०, ५० जनाको लर्को । दुईटा कुराले मनलाई विस्मित बनायो । यि पातला सिपाहीहरु र ती महिलाहरु के सांच्चिकै महाननेता प्रतिको स्नेह र आदरभावबाट भावविह्वल भएका थिए । सोही साझं फर्केर होटलमा आएपछि देखिएको दृष्यले यस्तो सोच्न बाध्य पायो ।
उत्तर कोरियाले अवलम्वन गरेको जुछे विचारको एउटा मूल विशेषता भनेको सेना पहिलो भन्ने पनि हो । अर्थात राज्यले सामान्य नागरिकलाई भन्दा सेनालाई पहिलो प्राथमिकता दिने भनिएको हो । २५ जना अटाउने लिफ्टमा ३९ जना अटाएको दृश्यले मनलाई चिमोटी रह्यो । सांझ दिनभरीको व्यस्तता पछि स्विमिङ गर्ने विचारले होटलको बेसमेन्टमा रहेको पौडीपोखरीमा पौडिदै गर्दा सेनाको मेजर, उनको श्रीमती र केटाकेटी पनि पौडिरहेको भेटेेंं । लाग्यो यहांको सेना भित्रपनि सानो र ठूलोबीचको ठूलै खाडल रहेछ । दिउंसो देखिएको ती पातला सिपाही र शोकमग्न महिलाहरुको तस्बीर आंखा अगाडी आयो । सवै भौतिक सुविधायुक्त पांचतारे यो कोर्यो होटल मा आफ्नो परिवार सहित जलकृडामा रहेका ती मेजर अनि महान नेताको सम्झनामा आंसु पिउने साधारण कोरियन नागरिक बीचको सामान्जस्यता साम्यवादमा कही कतै पनि फेला पार्न सकिन मैले ।
विश्वका महान नेताहरुको जीवनी हेर्दा धेरै नेताहरु सामान्य र गरिव परिवारमा जन्मेर अभावको भुवरीमा पिसिएर संघर्ष गर्दै सफलताको शिखरमा पुगेको देखिन्छ । उत्तर कोरियाका महाननेता किम ईल सुङ पनि यस कुरोको अपवाद रहेनछन् । यी नेता जन्मेर हुर्केको घरलाई जस्ताको तस्तै संरक्षण गरी राखिएको रहेछ । घर सामान्य छ । कृषि उपज राख्ने भण्डार कोठा, परिवारका सदस्यहरु सुत्ने कोठा, खाना पकाउने र खाने ठाउंलाई जस्ताको तस्तै सुरक्षित राखिएको रहेछ । यि महाननेताको यौवनकाल वितेको घर परिवेस चीनको चियरमेन माओ र दक्षिण कोरियाको पूर्व राष्ट्रपति पार्क चुङ हीको वासस्थान एकै किसिमको उस्तै उस्तै जस्तो लाग्यो । सायद मानव सभ्यताको विकासमा भौगोलिक तथा सामाजिक परिवेश, कालखण्ड र वैज्ञानिक तथा तकनिकी विकासको असर एकै किसिमले पर्ने भएर होला यस किसिमको सामिप्यता मिलेको ।
पांच दिनको उत्तर कोरिया वसाई अविस्मरणीय रह्यो । केही उपहारका सामान किन्न र सम्झनाको लागि उत्तर कोरियाली सिक्का वा नोट प्राप्त गर्ने मेरो पांच दिन देखिको अथक प्रयाश सफल नभएपनि मनभरी असंख्य सम्झनाका तस्बीरहरु लिएर विदा भएं । सन् २००९ देखि आजसम्म आईपुग्दा उत्तर कोरियाका महान संघर्षशील जनताहरुले निकै उन्नती एवम् प्रगति हासिल गरेहोलान भनी अहिले कामना गरिरहेको छु ।

( बर्तौला दक्षिण कोरीया स्थित नेपाली दूतावासको उपनियोग प्रमुख हुनुहुन्छ ।)

Nayapatrika

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork