?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
   यादव कुँवर
 
श्रीबिक्रम भण्डारी ।

घटना र बिचार साप्ताहिक

मात्र १३ वर्षको उमेरमा तेक्वान्दोलाई आत्मसात् गरेका उनी त्यसबेला तेक्वान्दो खेलबारे अनविज्ञ थिए। नक्कल गर्दागर्दै उनको कलिलो मस्तिष्कले तेक्वान्दोलाई आत्मसात् गरेको थियो। तर, गिलो माटो जसलाई आकार दिने काम भने दाइ उद्धव कुँवरले गरेका थिए। तेक्वान्दो खेलाडी उद्धवले घरमै प्रशिक्षण गर्दा उनीसँगै हातखुट्टा चलाउन थालेका उनले पछि तेक्वान्दोसँग माया गाँस्न पुगेका थिए। ०४३ सालदेखि तेक्वान्दो खेल्न थालेका यादवलाई त्यसपछि तेक्वान्दोको नसाले यतिसम्म गाँज्यो कि उनले आफ्नो भविष्य तेक्वान्दोमै देख्न थाले। परिणाम, स्कुलको अन्तिम घन्टीसँगै उनी प्रशिक्षणमा व्यक्त हुन थाले। खेत, बारी, आली र फाँट उनको पसिना बगाउने स्थल बन्न पुग्यो। तत्कालीन समयमा उनले बगाएको पसिना अर्थहीन भए पनि अहिले त्यो उपलब्धिपूर्ण बनेको छ। उनी रातारात चर्चाको शिखरमा पुगेका छन्। एउटै सफलताले उनलाई हिरो बनाइदिएको छ। उनी हुन् चर्चित तेक्वान्दो खेलाडी यादव कुँवर।

साथी अर्जुन सत्यालसँगै तेक्वान्दोको प्रशिक्षण लिएका यादवले केही वर्षको अन्तरालपछि भीमसेन शाही, पुष्प जोशी, रोशन खाँडजस्ता सिनियर खेलाडीसँग भरतपुर तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने मौका पाएका थिए। तेक्वान्दोप्रतिको समर्पणको भावनाले नै होला केही समयपश्चात् नै यादवले प्रशिक्षक कृष्ण चौधरी, राम थापा, विष्णु दराई, सन्तोष प्रधान र तेजबहादुर गुरुङबाट प्रशिक्षण पाएका थिए। लामो समय आफूलाई प्रशिक्षणमा खारेका यादवले सात वर्षपछि मात्रै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। ०५० सालमा प्रथम मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका यादवको उक्त प्रतियोगिता अनुभवको पाटो मात्रै सिद्ध भयो। उक्त प्रतियोगितामा यादवले कुनै चमत्कार देेखाउन सकेनन्। प्रतियोगिताको स्मरणबारे यादवको प्रतिक्रिया यस्तो थियो कहिल्यै खेलेको थिएन, पहिलोपटक खेल्दा रमाइलो लाग्यो, मलाई त पदक जित्नुभन्दा सहभागी हुनुमै आनन्द आयो। सोही साल भएको मकवानपुर आमन्त्रित तेक्वान्दो डोजाङ च्याम्पियनसिपमा भने यादवले स्वर्ण पदक जितेर सनसनी फैलाएका थिए। यादवले ४०४५ केजी जुनियर वेन्टमवेटतर्फ स्वर्ण जितेका थिए।

आफ्नो एक दशक लामो खेलजीवनमा यादवले निकै थोरै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसरमा पाएका छन्। कारण, त्यसबेला तेक्वान्दोका प्रतियोगिता निकै कम आयोजना हुन्थे। प्रतियोगिताको लामो खडेरीले गर्दा ०५१ सालमा दोस्रो मध्यमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगिता खेलेपछि यादवले सक्रिय खेलजीवनलाई नयाँ मोड दिँदै प्रशिक्षणतर्फ लागेका थिए। पढाइमा अवरोध, निरन्तर प्रशिक्षण र प्रतियोगिताको अभावले गर्दा उनी प्रशिक्षणतर्फ ढल्केका थिए। प्रशिक्षणका लागि टाँढीबाट १४ किलोमिटर टाढा भरतपुर आउनुपर्ने अर्को बाध्यताले पनि उनले सक्रिय खेलजीवनलाई पूर्णविराम लगाउनुपरेको थियो। लामो दूरी र आर्थिक अभावले गर्दा त्यतिबेला यादवसँगै भीमसेन शाही, अशोक घिमिरे, मेघराज सापकोटा, राजेन्द्र चौधरी, मनोज पौडेल र लक्ष्मण श्रेष्ठले सक्रिय खेलजीवनलाई परित्याग गरेका थिए।

०३० साल असोज ११ मा बुबा लेखबहादुर र आमा धनकुमारीका कोखबाट रत्ननगर१ बकुलहर बिर्ता चितवनमा जन्मिएका यादवले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता दक्षिण कोरियामा खेलेका थिए। व्यापारको सिलसिलामा दक्षिण कोरिया गएको अवस्थामा यादवले यो प्रतियोगिता खेल्ने अवसर पाएका थिए। सन् २००९ मा हान्मादाङ तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिताको (पुम्से)तर्फ यादवले सहभागिता जनाएका थिए। तर, यो प्रतियोगिता यादवका लागि नौलो अनुभवबाहेक अन्य बन्न सकेन। उनको मिहिनेतले सहभागिताभन्दा अर्को नाम पाउन सकेन। जसलाई उनले तीतो अनुभवको रूपमा समेटेका छन्। खेलसँगसँगै प्रशिक्षकको भूमिका पनि जिम्मेवारीपूर्ण तरिकाले निभाउँदै आएका यादवले सन् २००६ मा भियतनाममा सम्पन्न विश्व जुनियर तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै २००७ मा यादवले दक्षिण कोरियामा तेक्वान्दोको मास्टर्स कोचको प्रशिक्षण पनि लिएका छन्। २०१२ मा मलेसियामा अन्तर्राष्ट्रिय निर्णायक रेफ्री कोर्स (पुम्से र स्पाइरिङ विषयको) गरेका छन्। नेपालमा यो विषयमा कोर्स गर्ने नेपाल तेक्वान्दो सङ्घका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङ, नोर्बु लामा, मीन न्यौपाने, हीराबहादुर थापा, कुमार कार्की र राजु खड्का मात्र छन्।

दक्षिण कोरियामा कामको सिलसिलामा कार्यरत हँुदा यादव ठूलो दुर्घटनामा परेका थिए। उक्त दुर्घटनामा यादवले आफ्नो बायाँ हातको चोरऔँला र बूढीऔँलासहित आधा हत्केला गुमाउनुपरेको थियो। तीन महिना उपचारको क्रममा अस्पताल बसेका यादवको त्यसबेला आठपटक अप्रेसन भएको थियो। अप्रेसनको क्रममा यादवको शरीरको विभिन्न ठाउँको मासु काटेर उनको हातमा जोडिएको थियो। उपचारको क्रममा ६५ लाख रुपैयाँ खर्च भएको बताउने यादवले यो आफ्नो दोस्रो जीवन भएको बताएका छन्। कोरियामा नभएको भए आफ्नो हात नै काटिने थियो भन्दै अहिलेको रूपमा पुर्या इदिएकोमा कोरियाली डाक्टर, शुभेच्छुक, सहयोगी र आफ्नो परिवारप्रति आभार प्रकट गरेका छन्। यो घटना सन् २०१० को हो। दुर्घटनापश्चात् आफ्नो खेलजीवन समाप्त भएको ठानेका यादवले वर्ल्ड तेक्वान्दो रेफ्री डिभिजनका संयोजक किसाम किम (पष्कब्क पष््क) लाई भेटेपछि नयाँ मोड लिएको थियो। भेटका अवसरमा किमले यादवलाई विश्व तेक्वान्दो फेडेरेसन (डब्लूटीएफ)ले पारा तेक्वान्दोको शुभारम्भ गरेको र त्यसमा खेल भनेका थिए। किमकै प्रेरणाले पारातर्फ आकर्षित भएका यादवलाई उनकी पत्नी श्वेता कुँवरले निकै प्रोत्साहित गरेकी थिइन्। यादवलाई पारातर्फ कदम बढाउन र मार्ग प्रसस्त गर्न श्वेताले विशेष भूमिका निर्वाह गरेकी थिइन्। आफ्नी पत्नीको प्रेरणादायी भूमिकाको प्रशंसा गर्दै यादवले भने, आज म जुन स्थानमा पुग्न सफल भएको छु, त्यसमा श्वेताको विशेष भूमिका रहेको छ। उनकै प्रेरणा र आत्मबलले म पुनः खेलाडी बन्न सफल भएको हुँ। म काम गर्छु तिमी खेल, तिमी पारामा राम्रो गर्न सक्छौ भनेर प्रशिक्षणका लागि हौसला नदिएको भए सायद आज मेलै यो सफलता पाउन सक्ने थिइनँ। त्यसैले मेरो सफलतामा मेरी पत्नीको विशेष भूमिका रहेको छ।

संयोजक किम र पत्नी श्वेताको प्रेरणालाई आत्मसात् गर्दै पारातर्फ लागेका यादवको सुरुवाती अनुभव सुखमय बन्न सकेन। उनी सन् २०११ मा दक्षिण अमेरिकाको आरुवामा सम्पन्न तेस्रो विश्व पारा तेक्वान्दो प्रतियोगितामा प्राविधिक कारणले सहभागी हुन पाएनन्। कोरियामा आरुवाको राजदूतावास नहुनु र मलेसियाबाट भिसा लागेर आउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतर्फ हेन्ड डिस्याबल′को डब्लूटीएफबाट प्रमाणित भएर आउनुपर्ने भएकाले उनको सहभागिता अन्योलमा परेको थियो। यी दुवैका लागि लामो प्रोसेस र समय पनि अधिक लाग्ने भएकाले तेस्रो पारा तेक्वान्दोमा यादवले सहभागिताबाट बन्चित हुनुपरेको थियो। यो प्रतियोगितामा सहभागिता जनाउन नपाउँदाको मलाल यादवले अहिलेसम्म पालेर बसेका छन्। तर, प्रतीक्षाको फल मीठो हुन्छ भनेझैं सन् २०१३ मा स्वीटजरल्यान्डको लुसानमा हालै सम्पन्न भएको चौथो विश्व पारा तेक्वान्दो प्रतियोगितामा यादवले सहभागिता दिने अवसर पाएका थिए। प्रतियोगितामा सहभागिता जनाउन दक्षिण कोरियामा सात महिना कठोर प्रशिक्षण गरेका यादवले स्वीटजरल्यान्ड जानुअघि चर्चित तेक्वान्दा खेलाडी तथा प्रशिक्षक संगीना वैद्य र दीपक विष्टसँग दश दिनको विशेष प्रशिक्षण लिएका थिए। यो प्रशिक्षणको चाँजोपाँचो मिलाउन भाइ तथा तेक्वान्दो खेलाडी कल्याण कुँवरले विशेष सहयोग गरेका थिए। खेल्न जानुअघि नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय खेलकुद परिषद्ले यादवलाई बिदाइ गरेका थिए।

पहिलो सहभागिता यादवको मनमा निकै कुतूहल जागे पनि उनले हिम्मत भने हारेनन्। आफूभन्दा निकै लामो कदका खाइलाग्दा खेलाडीसँग भिडन्त गर्नुपर्दा केही समय त उनी रनभुल्लमा परेका थिए। तर, अन्त्यमा उनी गोर्खालीको साहस देखाउँदै म्याटमा उत्रेका थिए। चौथो विश्व पारा तेक्वान्दो प्रतियोगितामा यादवको पहिलो भिडन्त ब्राजिलका अल्मेडा फ्लेवियोसँग भएको थियो। अग्लो खेलाडीसँग भिडन्त गर्नुपर्दा मनमा अलि त्रास आए पनि यादवले आफूलाई सम्हाल्दै भिडन्त गरेका थिए। परिणाम यादवले ब्राजिलका अल्मेडा फ्लेवियालाई ५३ को अन्तरले पराजित गर्दै सनसनी फैलाएका थिए। पहिलो जितसँगै मेडल लिस्टमा परेका यादवको दोस्रो भिडन्त रसियाका इसाडिविरोभ मागोनेजागिरसँग भएको थियो। दुर्भाग्य, उक्त खेलमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि यादव पराजित हुँदा कास्य पदकमै चित्त बुझाउनुपरेको थियो। प्रतियोगितामा यादवको प्रशिक्षकको भूमिका जनार्जन केसीले निर्वाह गरेका थिए। यसरी विश्व पारा तेक्वान्दो प्रतियोगितामा पहिलो सहभागितामै कास्य पदक जितेर मुलुकलाई ऐतिहासिक सफलता दिलाउने यादव पहिलो नेपाली खेलाडी हुन्। यो सफलतालाई अविष्मरणीय क्षणको रूपमा व्याख्या गर्ने यादवले भविष्यमा नेपालमा पारा तेक्वान्दोको विकासमा लाग्ने बताएका छन्। मुलुकलाई ऐतिहासिक पदक दिलाएका यादवलाई अहिले विभिन्न सङ्घसंस्थाहरूले सम्मान गर्दै अझ उत्कृष्ट प्रदर्शन गर्नका लागि प्रेरित गरिरहेका छन्।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork