?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
   गगन थापा
 

नेपाली कांग्रेसमा सभासद छनोट प्रक्रियाप्रति नोट अफ डिसेन्ट लेख्नुभएका कांग्रेस नेता गगन थापासँग समानुपातिक निर्वाचन प्रणालीमा देखिएका विकृति हटाउने उपायबारे अनलाइनखबरले कुराकानी गरेको छ । समानुपातिक निर्वाचन प्रणालीबारे पुनर्विचार गर्नुपर्ने बताउँदै सभासद थापाले भन्नुभयो- अहिले समानुपातिक प्रणालीमा देखिएका जुन प्रकारका विकृति छन्, यसले के देखाएको छ भने अब निर्वाचन प्रणालीबारे नयाँ ढंगले छलफल थालिनुपर्छ ।
 
नेपाली कांग्रेसमा सभासद छनोटप्रति तीव्र विवाद देखिएको छ, तपाईलगायत केही नेताले यसबारे नोट अफ डिसेन्ट लेख्नुको कारण के हो ?
पहिलो कुरा त हामीले सभासद छनोटको मापदण्ड बनाएका थियौं, त्यो मापदण्डबमोजिम सांसद छान भन्ने हाम्रो अडान हो । दोस्रो कुरा, समानुपातिकका सभासद ६० र ४० प्रतिशत गरेर भागवण्डा नगर भनेका हौं ।
मेरो आपत्ति भनेको यो पटकको सभासद छनोटमा पार्टीको निर्णय नभई मोर्चाको निर्णय भयो । सुशील कोइरालाले ६० प्रतिशत लिने र शेरबहादुर देउवाले ४० प्रतिशत लिने भने यो पार्टीको निर्णय नभई दुईवटा समूहको निर्णय हो । दुईवटा गुटको निर्णय ल्याएर केन्द्रीय समितिमा सुनाउने ?
गुटका लागि भागवण्डा गर्दा धनुषाबाट ८ जना पारियो भने कुनै जिल्लामा एकजना पनि परेनन् । गुटको निर्णयमा पार्टीमा राम्रो काम गर्नेलाई भन्दा हाम्रा मान्छेलाई काखी च्याप्ने काम भयो । महिला संघको अध्यक्षलाई पनि पारिएन ।
हरिहर विरही, धर्मेन्द्र झा, रामेश्वर खनाल र श्रवण मुकारुङलाई पाखा लगाइयो । कांग्रेस बाहिरका मान्छे ल्याएर यी चारजनालाई किन उपहासको पात्र बनाइयो ? सभासद छनोट गर्दा योगदान, उमेर र कुनै आधार बनाइएन । बनाइयो त दुईवटा गुट छुट्याइयो, त्यही गुटले मनपरि सभासद छान्ने काम भयो ।
यत्रो दिनसम्मको झगडा भनेको सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलसहितको भागवण्डा नमिलेर भएको हो । अन्तिममा उनीहरुले भागवण्डा मिलाएर पार्टीको निर्णय भन्दै हामी केन्द्रीय सदस्यहरुलाई सुनाएकाले हामीले त्यसमा आपत्ति जनाएका हौं । यो प्रकृया हेर्दा पार्टी भएन, मोर्चा मात्रै भयो ।

तपाई त सभासद बन्नुभएकै थियो, फेरि किन असहमति ?
को पर्‍यो, को परेन भन्नेमा मेरो सरोकार होइन । पार्टीचाँहि एउटा पद्धतिले चल्नुपर्छ भन्ने मेरो सरोकार हो । टिकट बाँड्नुभन्दा पहिले केन्द्रीय समितिमा मैले प्रस्ताव राखेको थिएँ, पद्धति बनाएर बाडौं । तर, मेरो कुरा सुनेनन् ।
समानुपातिकको निर्णय गर्न बसेको बैठकमा लिखित प्रस्ताव राखें सुनेनन् । समानुपातिकको निर्णयमा पनि हामी १२ जनाले असहमति जाहेर गरेका हौं, हामी थोरैले भए पनि पार्टीभित्रको गुट र मोर्चाको विरोध गरेका हौं । समानुपातिक छानिएको निर्णय पुस्तिकमा मैले नातावाद, कृपावाद र गुटबादबाट प्रेरित यो निर्णय चरम अराजनीतिक छ भनेर नोटअफ डिसेन्ट लेखेको छु ।

के तपाईहरुको विरोधले पार्टीको निर्णय सच्चिएला ?
आजको दिनमा पर्नेले पर्‍यो, नपर्नेले नपर्‍यो भनेर चुपचाप हिँड्यो भने केही हुँदैन । तर, यो गलत कुराविरुद्ध भिड्दै र लड्दै जाने कि नजाने भन्ने कुरा हो । हुन त ठूला नेताले गरेको यो निर्णयलाई मैले समर्थन गरेर दुई मिनेट भाषण गरिदिएको भए पनि हुने थियो, त्यसो गरेर मैले ठूला नेताबाट स्याबासी पनि पाउने थिएँ । तर, के त्यसो गर्दैमा पार्टी सही बाटोमा जान्थ्यो त ? जाँदैन ।

अहिले समानुपातिक निर्वाचनलाई लिएर एउटामात्रै होइन, सबै पार्टीहरुमा समस्या देखिएको छ, यसको कारण के होला ?
सबैजना बराबर अवस्था भएको मान्छेलाई प्रतियोगितामा दौडायो भने पहिलो हुने निर्वाचन प्रणाली ठीक हुने रहेछ । तर, हाम्रो समाजको अवस्था भनेको सबैजना बराबर भएको स्थिति होइन । त्यसैले यसलाई समावेशी बनाउनुपर्छ भन्ने हाम्रो दायित्व पनि हो।

 उसोभए यस्तै मिश्रित प्रणाली नै ठीक छ ?
 पहिलो कुरा, संविधानसभा वा संसदमा जनतासँग प्रत्यक्ष उत्तरदायी नभइकन पार्टीसँग मात्र उत्तरदायी भएर भएन । अर्को कुरा समानपातिकबाट संसदमा ल्याइएको मान्छे उसको समुदायप्रति भन्दा बढी उसलाई ल्याउने मान्छेप्रति बढी उत्तरदायी भयो । समुदायप्रति उत्तरदायी नहुने मान्छे सजाउन राखिएको गहना जस्तो मात्र भयो । जस्तै कांग्रेसबाट आएका मान्छेहरु मध्यरातिसम्म नेताको घर-घर धाउने बनाएर उनीहरुको स्वाभिमान निचोरेर पशुजस्तो बनाइएको छ । मधेसीदेखि अन्य पार्टीले पनि सरकारले थाहा पाउने गरी आर्थिक कारोबार गरेर सभासद बनाउने काम भएको छ ।
सांसद भनेको त कुनै दलको मात्र होइन, त्यो नेपाली जनताको साझा व्यक्ति हो । उ त सारा देशबासीप्रति उत्तरदायी हुनुपर्छ । सभासदजस्तो जिम्मेवार पदमा आउने मान्छे पार्टीलाई पैसा बुझाएर, आर्थिक कारोवार गरेर आएको छ भने त्यसले जनताको भावनालाई सम्वोधन कसरी गर्छ ? एक करोड, दुई करोड खर्चेर संविधानसभामा पुग्ने वातावरण दलहरुले बनाएका छन् ।

हाम्रो देशमा समानुपातिक निर्वाचन प्रणाली नै खराब शिद्ध भएको हो कि ?
 अहिले समानुपातिक प्रणालीमा देखिएका जुन प्रकारका विकृति छन्, यसले के देखाएको छ भने अब निर्वाचन प्रणालीबारे नयाँ ढंगले छलफल थालिनुपर्छ ।
पहिलो हुने निर्वाचन प्रणालीले मात्रै पनि भएन हामीलाई । अहिले भइरहेको मिश्रति निर्वाचन प्रणालीमा विकृति देखिइसकेका छन् । जनताबाट प्रत्यक्ष निर्वाचित नहुँदा मात्रै पनि नहुनेरहेछ । समानुपातिकका नाममा अहिले जुनखालको पैसाले मान्छे किनबेच गर्ने खेल भइरहेको छ, यसको कुनै काम छैन ।

अब के गर्ने त उसोभए ?
दुईवटा कुरा हुनैपर्छ, एउटा जनताबाट प्रत्यक्ष निर्वाचित हुनैपर्छ । अर्को भनेको हाम्रो जनप्रतिनिधिमूलक संसद या संविधानसभा अनिवार्य समावेशी हुनैपर्छ । यी दुईटै कुरालाई विकृतिरहित बनाउन अब नयाँ ढंगले बहस शुरु हुन जरुरी छ ।
अहिलेको २ सय ४० निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार बनाइँदा अनिवार्य समावेशी बनाइनु जरुरी छ, एउटा त्यो बाटोमा जान सकिएला । अर्को भनेको हाम्रा जति चुनाव क्षेत्र छन् ती क्षेत्रहरुमै समावेशी गराउन पालैपालो चुनाव लडाउन सकिएला । तर, अहिलेको यो मिश्रति प्रणालीको निवार्चन बारेर अब गम्भीररुपमा बहस हुनु जरुरी छ ।
अहिलेको निर्वाचनमा जुनखालका विकृति बाहिर आएका छन्, तिनलाई रोक्न अब नयाँ ढंगबाट छलफल हुन आवश्यक छ । संविधानसभाजस्तो गरिमामय ठाउँमा जानका लागि जुनखालको पैसाको लगानी भइरहेको छ, त्यसलाई अहिले सबैले आँखा चिम्लने काम भएको छ । अहिलेसम्म कसैले प्रश्नै उठाउने हिम्मत गरेका छैनन् ।
अबको संविधानसभामा यो विषयलाई हामी संस्थागत हुने गरी उठाउँछौ । कांग्रेसको चुनावी घोषणापत्र बनाउने क्रममा मैले भूमिका खेलेकाले निर्वाचन प्रणाली मिश्रति हुने तर जनताप्रति उत्तरादायी बनाउने कुरा लेखिएको छ । समानुपातिक प्रणाली भनेको त पार्टीभित्रको समावेशी अवस्थालाई अझ मजबुत बनाउने उपाय हो ।

चुनावमा पैसाको चलखेल रोक्ने कानून नै नभएको पनि हैन । २५ हजार भन्दाबढी चन्दा दिनेको नाम सार्वजनिक गर्नुपर्छ भन्ने कानूनमा प्रष्ट व्यवस्था छ, पैसा लिएर सभासद बनाउनु त झन अपराध होइन र ? यस्तो कार्यलाई किन कानूनको दायरामा नल्याउने ?
मैले कांग्रेसको केन्द्रीय समिति बैठक पनि यसबारे कुरा उठाएको थिएँ । हाम्रो पार्टीलाई क-कसले कहाँ-कहाँबाट चन्दा दिएका छन्, सार्वजनिक हुनुपर्छ । हाम्रो पार्टीका चन्दादाता को-को हुन् भनेर हामीले जान्न त पाउनुपर्‍यो नि । सूचनाको हकले पनि हामीलाई त्यो अधिकार दिएको छ । २५ हजारभन्दा बढी चन्दा दिनेहरुको विवरण सार्वजनिक गर्नु भनेर कानुनले भनेको कुरा दलहरुले अटेर गरेको अवस्था छ ।
चन्दा दिएर को सभासद भए भएनन् एउटा कुरा होला, तर चन्दा दिनेहरुबारे जान्न पाउने हाम्रो अधिकारको कुरा हो । जनताको पनि अधिकारको कुरा हो । राज्यलक्ष्मी गोल्छाले एमालेलाई कति चन्दा दिएकी थिइन् भन्ने मैले पनि जान्न पाउनुपर्छ । पार्टी भनेको सार्वजनिक संस्था हो, पार्टीलाई पनि सूचनाको हकले समात्छ । चन्दा लिएर सभासद बनाउने हो भने अहिलेको निर्वाचन प्रणाली त पंगु भयो नि ।

 

Source: Onlinekhabar.

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork