?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
   यम श्रीस मगर
 

संस्थापक सचिब ,बाग्लुङ्ग पोखरा मगर समाज पोखरा २०६३ हाल दक्षिण कोरिया,महासचिब नेपाल आदिवासी जनजाति महासंघ,२०११ देखि हाल सम्म सचिव बाग्लुङ्ग सम्पर्क समिति दक्षिण कोरिया। २०१० देखि हाल सम्म संस्थापक अध्यक्ष गाजा बिहानी युवा क्लब दुदिलाभाटी २०५४ देखि २०५८ सम्म।
मानिसले आफ्नो लागि त जसले पनि सोचिरहेको हुन्छ जसले आफ्नो स्वार्थ बाहेक अन्य मानिस, समुदाय वा समाजको लागि केहि निस्वार्थ भावनाले परोपकारीको कार्य गरिरहेको हुन्छ त्यो हो मेरो बुझाईमा समाज सेवा वा परोपकारी काम । समाजमा बिभिन्न किसिमका बिचार र ब्यवहार भएका मानिसहरु छन र त्यही अनुसारका कार्यहरु पनि गर्दै गइरहेका हुन्छन्। जसलाई जस्तो कार्य गर्दा आत्मसन्तुष्ति हुन्छ त्यस्तै खालका कामहरु गर्छन्, मलाई पनि केहि ब्यक्तिगत बिकाश,पारिवारिक बिकास लगायत समाज बिकास र देश बिकाश गर्नका लागि आत्मै देखि आईरहेको बिचार र त्यही अनुसार को ब्यवहार र कार्यहरुको संगालो नै समाज सेवा बन्न पुग्यो र समाजसेवीको बिल्ला भिड्न पुगे। बास्तबमा म पेशेवर समाजसेवि होईन र कहलिएको समाजसेबि पनि होईन र नाम र दामको लागि गरेको समाजसेवा पनि होईन्। आफ्नो ब्यक्तिगत काम बाहेकको फुर्सदको समयलाई समाज र देश बिकासको लागि गरेको सानो पहल मात्र हो। यस लेख मार्फत कसरी म बिभिन्न समाजिक संस्थामा आवद्ध भए र केहि समाज सेवाका कार्य गरे त्यो उल्लेख गर्न चाहान्छु जुन कुरा आउने युवा पुस्तालाई एउता प्रेरणाको श्रोत बन्न सक्छ भन्ने मुल उद्देश्य हो।

२०४६।४७ सालको जनआन्दोलन पश्चात बिभिन्न राजनितिक संस्था र सामाजिक संस्थाहरु सक्रिय तथा स्थापित हुदै गए, यसै क्रममा २०४७ सालमा मेरो गाँउ बाग्लुङ्ग जिल्ला दुदिलाभाटी गा.बि.स वडा नं. २ पात्लेखोलामा बिहानी साँस्कृतिक परिवार गठन भयो र प्रगतिशिल गीत संगीतको माध्यमबाट जनचेतना जगाउन भन्दै जिल्लाब्यापी अभियानमा सहभागी भयौं पार्टीको बिभिन्न आमसभा, भेला, सम्मेलन, भैलो कार्यक्रममा साँस्कृतिक कार्यक्रम गर्ने जिम्मा हाम्रो टोली लाई हुने गर्दथ्यो। यो क्रम २०५७ सम्म सक्रिय रुपमा रहयो। हम्रो साँस्कृतिक परिवारको हरेक महिनामा कम्तिमा एक बैठक बस्ने गर्दथ्यौं र हरेक बैठकमा बिभिन्न किसिमका कार्यक्रमको छलफल र निर्णय गरेपछि अन्तमा आलोचना र आत्माआलोचना गर्ने गर्दथ्यौं यो आलोचना र आत्माआलोचना नै मान्छेको नराम्रो ब्यहार लाई सुधार गर्ने उपाय थियो। यो आत्माआलोचना र आलोचना गर्ने बेलामा साथीहरुबाट कुनै टिप्पणी नहोस भनेर अत्यन्तै सजग हुने गर्दथे अर्थात अनुशासित हुने प्रयाश गरिरहेको थिए। यसबाट नै संस्था प्रतिको बुझाई सकरात्मक बन्दै गयो, गाँउका साथी भाईहरुको सोचाई नै परिबर्तन भयो सके सम्म नराम्रो काम गर्नु हुदैन भन्ने धारणा बन्दै गयो र शिक्षा प्रति पनि लगाब बढ्दै गयो आज पात्लेखोला गाँउ केहि सकरात्मक सोच भएको एउटा राम्रो गाँउ बन्न पुगेको छ। र पछि बिद्यार्थी संगठनमा पनि काम गर्दै गए। २०५१ सालको एस एल सी पछि पोखरामा उच्च शिक्षा अध्ययन गर्न पि एन क्याम्पसमा आई एड मा भर्ना भए र पोखमामा पनि आफ्नो राजनितिक विद्यार्थी संगठन र नेपाल मगर बिद्यार्थी संगठनमा सक्रिय भए र सांस्किृतिक कार्यक्रममा बढि सक्रिय नै भइयो। आफुले पाएको जिम्मालाई इमान्दार संग पुरा गर्दै गएकोले साथीहरुले बिश्वाश गर्दै गए र अझ बढि जिम्माहरु दिदै गए।२०५४ मा आइ एड को परिक्षा सके पछि गाँउमा नै फर्कियो र क्याम्पसमा मेजर बिषय गणित र बिज्ञान लिएको र सरकारी स्कुलमा पढेकाले अंग्रजी माध्यममा पढ्नलाई अन्यन्त कठिन भयो र अवका गाँउका बिद्यार्थीहरुलाई अंगे्रजी माध्यमबाट शिक्षा दिनु पर्छ भन्ने बुझाईले दुदिलाभाटीमा नै पहिलो पटक ४ जना साथीहरु गुमान सिंह बुढाथाकी, लाल प्रशाद श्रीस ,यम पुन र म यम श्रीस मिलेर न्यु होराईजन इङ्गलिस बोर्डिङ्ग स्कुल स्थापना गरियो। बि.स २०५४ देखि २०५८ सम्म नर्सरी देखि ४ कक्षा सम्म पुगेको थियो तर बिडम्बना जनयुद्धको बेला माआबादीकै कारण बिद्यायलय बन्द गर्न पुग्यौं।
सो ४ बर्ष सम्म मलाई बोर्डिङ्ग स्कुलको प्रिन्पिलको जिम्मा दिइएको थियो र आफ्नो कर्तब्य राम्रै संग पुरा गरेको महशुश गरेको थिए। सोहि समयमा मैले स्कुलमात्र संचालन नगरि समाज सेवापनि गर्ने मौका पाए। गाजा बिहानी युवा क्लब पात्लेखोला दुदिलाभाटी बि. स २०५४ मा स्थापना गरि जि.प्र.का बाग्लुङ्गमा संस्था दर्ता गरि संस्थापक अध्यक्षको हैशियतले २०५८ सम्म सक्रिय रुपमा काम गरे।क्लबले ४ बर्षको अवधिमा केहि उल्लेखनिय कार्य गरेको थियो। डि.सी.आर.डि.सी बाग्लुङ्गको सहयोगमा दुदिलाभाटीका बिभिन्न वडाहरुमा लघु जलविद्युत निकाल्नको लागि पुर्व सम्भाब्यता अध्ययन गर्नको लागि फर्म भर्ने र कोअर्डिनेसन गर्ने कार्य हाम्रो क्लबले गरेको थियो जस अनुसार भण्डारबन वडा नंं. ६ मा १७ किलोवाट को बिद्युत निकाल्न सफल भएका थिए। क्लवले बिभिन्न किसिमका जनचेतना मुलक कार्यहरु पनि गरेको थियो। एन.जि.ओ महासंघ बाग्लुङ्गको सहयोगमा दुदिलाभाटीको २ ठाँउ भैंसे र दुदिलाभाटी बजार मा १०।१० महिने बाल शिक्षा कक्षा र ७ वटा वडाहरुमा ३ महिने अभिभावक शिक्षाका कक्षाहरु संचालन गरेको थियो। घरेलु तथा साना उद्योग बिकास समिति बाग्लुङ्गको सहयोगमा ३ महिने बाँस तथा निगालो तालिम संचालन गरेको थियो,त्यस्तै साँस्कृतिक कायृक्रम,खेलकुद कार्यक्रम,साना तालिम तथा बिभिन्न किसिमका कार्यहरु गर्दै आईरहेको थियो। तर बिडम्वना २०५९ देखि यो संस्था पनि निश्क्रिय रहन गयो कारण म बि.एड अध्ययन गर्न पुन पोखरा लागे र क्लबका अन्य पदाधिकारीहरु सक्रिय भईदिएनन्।
२०५९ मा सरस्वति मा.वि दुदिलाभाटिको बिद्यालय संचालन गर्नको लागि खेलिएको भैलो कार्यक्रममा साँस्कृतिक टोली प्रमुख हुन पाए र करिब ७ लाख रुपयाँ संकलन गर्न सफल भएकोमा अति खुशी भएको थिए। २०५७।५८ मा पात्लेखोलामा पनि एक सामुदायिक भवन करिब २ लाख भन्दा बढिको लागत मा निर्माण गरिएको थियो । जि.बि.स बाग्लुङ्ग, गा.बि.स, आमा समुह,गाजा बिहानी युवा क्लव,विहानी साँस्कृतिक परिवार,पात्लेखोला खानेपानी तथा सरसफाई आयोजना तथा वडा कार्यालयको १०।१० हजार रुपयाँको सामुहिक सहयोग र जनश्रमदानबाट निर्माण गरिएको थियो जसको संयोजन गर्ने अवसर पनि पाएको थिए। २०५८ देखि २०५९ सम्म १ बर्ष चौराहा उच्च मा.बि मा नि.मा.बि तहमा बिज्ञान तथा गणित बिषयको शिक्षक हुने अवसर प्राप्त भयो,सो अवसरमा आफ्नो खुबि र क्षमतालाई राम्रै संग प्रदर्शन गर्ने मौका पाए। अभिभाबक र बिधार्थीहरुको मन जित्न सफल भए जस्तो लागेको थियो,त्यही बेला बिद्यालयमा पुस्तकालय,बिज्ञान प्रयोगशाला निर्माण गर्ने भन्दै बिधालयको तर्फबाट शिक्षक साथी नर ब. थापा र मेरो नेतृन्वमा भैलो खेल्यौ झण्डै ७०।८० हजार रुपयाँ संकलन पनि गरिएको थियो।सोही बिद्यालयमा मैले २०४४।४५ सालमा२ बर्ष कक्षा ४ र५ मा अध्ययन गरेको थिए जुन बेला बिद्यालयको भवन पुरानो र कक्षा ७ सम्म सन्चालन थियो। आज त्यही बिधालय आकर्षक भवन अन्य सुबिधा सहित उच्च मा.बि सम्म पुगि सकेको छ, स्थानिय अभिभाबक ,समाजसेबि, बुद्धिजीबि, शिक्षक र बिद्यार्थीहरुको मिहेनतकै कारण आज स्वर्ण जयन्ती मनाउन पाईएको छ।अव ब्यवसायीक, उत्पादनमुलक शिक्षा र गुणस्तरिय शिक्षाको लागि बिद्यालयले थप योजनाको साथ अगाडि बढ्नु पर्दछ र सम्बन्धित पक्षहरुले आ आफ्नो ठाउँबाट सहयोग गर्नु अपरिहार्य रहेको छ। आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै उत्तरोउत्तर प्रगतिको पनि कामना गर्दछु।
बि.स २०६० देखि पोखराको कुँडहरमा रहेको बेथानी बोर्डिङ्ग स्कुलमा पढाउन लागे र २०६३ मा बाग्लुङ्ग पोखरा मगर समाज पोखराको स्थापना गरि संस्थापक सचिबको रुपमा कार्य गर्ने अवसर प्राप्त भयो र संस्थालाई संस्थागत रुपमा संचालन गर्नको लागि बिभिन्न किसिमका सामाजिक कार्यहरु पनि गर्दै गइयो। साना तिना कार्य त थुप्रै गरिएको छ तर एउटा महत्वपुर्ण कार्य बाग्लुङ्गको ग्वालीचौर र अधिकारी चौरमा २०६४ सालको असारमा गएको भिषण बाढीपहिरोमा परि ठुलो जनधनको क्षति ,दजनौ ब्यक्तिहरुको मृत्यु र दर्जनौ ब्यक्तिहरु घाईते भएका थिए। घाइते भएका करिब ३० जना बिरामीहरुलाई हेलिकप्टरबाट पोखराको गण्डगी अस्पतालमा उपचार गर्न ल्याईएको थियो। उनीहरुको आफन्त भन्ने कोहि थिएनन् पोखरामा। बाग्लुङ्ग बाट गंगा भुजेल र शुनिल सेरचन बिरामीको उपचारको लागि ब्यवस्था मिलाउन आएका थिए।हामी बाग्लुङ्ग पोखरा मगर समाजले उनीहरुको रेखदेख गर्ने तथा उपचारको लागि रकम संकलन र लत्ताकपडा संकलन गर्ने कार्य गरियो। पोखराको रामबजार क्षेत्रमा घरदैलो अभियान गरि करिब ८०००० (असि हजार) रुपयाँ संकलन गरि सहयोग प्रदान गरियो, २ जना बिरामीको मृत्यु भयो उनीहररुको अन्तिम दाहसंस्कार पनि हामिले गरेका थियौं।र अन्य बिरामीको उपचार पश्चात घर फर्किएका थिए। १ जना बिरामी यम ब. थापाको पहिरोको कारण घुडा सुन्निएर अपरेशन नै गर्नु परेको थियो। अपरेशनको लागि ७००० रुपयाँ डिपोजित गर्न अस्पतालले भनेको थियो।रकम जति सबै बाग्लुङ्गको दैबि प्रकोप उद्धार समितिमा र अस्पताल तथा विरामीको उपचार, खाना आदिमा खर्च गरि सकिएको थियो।
बाग्लुङ्गमा तत्कालिन सि.डि.ओ सापलाई फोन गरि रकम पठाईदिन अनुरोध गर्दा तत्काल पठाउन नसकिने जानकारी गराउनु भयो,यता डिपोजीत नगरे घुडा नै काटेर फाल्नु पर्ने अवस्था आई पर्यो र मैले ब्यक्तिगत रुपमा ऋण खोजेर ७००० रुपयाँ डिपोजित गरे पश्चात बिरामी यम ब. थापाको अपरेशन भयो र सफल पनि भयो।मलाई त्यो ७००० रुपयाँ बाग्लुङ्गको दैबि प्रकोप उद्धार समितिबाट लिन ६ महिना लाग्यो।यति धेरै पटक फोन गरे,सि.डि.यो साप संग रिसाए पनि तर के गर्नु सरकारी काम कहिले जाला घाम भन्ने सुनेको थिए त्यो रकम निकाल्दा थाहा पाँए। आज त्यही संस्था बाग्लुङ्ग पोखरा मगर समाज जि.प्र.का कास्की र समाज कल्याण परिषदमा दर्ता भई बाग्लुङ्गबाट पोखरामा आई बिभिन्न पेशा ब्यवशाय रअस्थायी वा स्थायी बसोबास गरिरहेका मगर समुदायलाई समेट्दै अगाडी बढेको संस्थाले केहि बढि सामाजिक कार्य गरि सकेको छ ,आफ्नो भाषा,संस्कृति र हकअधिकारको लागि सचेत संगठित हुदैं आपत बिपतमा परेका नेपाली समुदाय तथा बाग्लुङ्गे मगर समुदायहरुलाई सहयोग प्रदान गर्दै अगाडी बढीरहेको समाजको अझ प्रगतिको पनि शुभकामना ब्यक्त गर्न चाहान्छु।
बेथानी बोर्डिङ्ग स्कुलमा पढाउदै गर्दा २०६३ मा सोहि बिद्यालयका तत्कालिन प्रिन्सीपल श्री लिल पुन र म यम श्रीस मगर मिलेर काली गण्डगी एस.एल.सी होस्टेल स्थापना गरि २ बर्ष सम्म संचालन गरियो र धेरै बिद्यार्थीको समेत भविश्य उज्ज्वल बनाउन सफल भयौं।पछि २०६५ को शैक्षिक शत्र देखि र एस.एल.सी होस्तेललाई बन्द गरि साथीहरु संग मिलेर न्यु मुनलाईट बोर्डिङ्ग स्कुल किनेर शेयरमा संचालन गर्न लाग्यौं। मेरो परिवारको आवश्यकता बढ्दै गएका थिए बच्चाहरु हुर्कदै गएका थिए र सोच्दै पनि थिए अलि राम्रो कमाई हुने देश पाए भने विदेश जान्छु भनेर ,म यति व्यस्त थिएकी बिहान बेलुकी होस्टेलमा ब्यवस्थापन गर्नु पर्ने,पढाउनु पर्ने, दिनमा स्कुल यस्तो अवस्थामा पनि मुश्किलले बिहानको साढे १ घन्टा मेरो लागि अति महत्व पुर्ण समय निकालेर कोरियन भाषा अध्ययन गर्न थाले। २०६४ चैत्र १६ गते कोरियन भाषाको परिक्षा काठमाण्डौंमा थियो यता स्कुलमा अन्तिम बार्षिक परिक्षा चलिरहेको थियो त्यही बिचमा मेरो आमाको पित्तमा पठ्ठरी (स्टोन) परेकोले पद्यम नर्सिङ्ग होम पोखरामा चैत्र ६ गते भर्ना गरे १० गते अपरेशन र १४ तारिख डिस्चार्ज गरि त्यही राती काठमाण्डौं प्रस्थान गरे परिक्षा अस्तब्यस्त स्थितिमा दिइयो तर भाग्यबस भाषा परिक्षामा पास भइयो र अन्य सबै प्रक्रिया पुरा गरि २०६५पौष २८ तारिख अर्थात सन् २००९ जनवरि १२तारिख घर परिवार बिद्यालय र समाज सबैलाई छोडेर मासिक ५०।६० हजार रुपयाँ कमाउन कोरियातिर लागे।कोरियाको बसाईलाई र कामलाई सुरुका ६ महिना सम्म केहि अप्ठ्यारो महशुस गरे पनि पारिवारिक बाध्यताले धैर्य गरेर काम गर्न थाले र आज ४ बर्ष पनि यति छिटो बित्यो कि पत्तो नै पाईन। यता कोरियामा पनि आपत बिपतमा परेका नेपालीहरुलाई सहयोग गर्नको लागि धेरै सामाजिक संस्था,राजनितिक संस्थाका भातृ संस्था,जातिय संस्था,धार्मिक संस्था तथा क्षेत्रिय संस्थाहरु सन १९९० को दसक देखि नै स्थापना भएर क्रियाशिल रहेछन्। मेरो गृह जिल्ला बाग्लुङ्गको संस्था बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया पनि सन २००१ मा नै स्थापना गरिएको रहेछ। आउदा साथ स्वागत गर्दै साथीहरुले शुरुमा नै संस्थाको सचिबमा बस्ने प्रस्ताव गरे तर मैले भरखर आएको यहाँको परिबेश ,भाषा,बाटो नचिनेकोले इन्कार गरे तर सदस्यमा सन २००९ मा नै राखे,पछि सहकोषाध्यक्ष र २०१० को चौथो अबिधेशनबाट सचिबमा नै सर्बसम्मत चयन गरे साथीहरुले।
यो २ बर्षको अवधिमा पनि केहि साना ठुला सामाजिक कार्यहरु गर्ने अवसर मिल्यो। संस्थालाई संस्थागतरुपमा संचालन गर्नको लागि बिभिन्न किसिमका योजना बनाउने,छलफल गर्ने,निर्णय गर्ने,कार्यान्वयन गर्ने अवसर र चुनौति दुबै भए। बाग्लुङ्ग सम्पर्क समिति पहिलादेखि नै केहि चर्चित संस्थाको रुपमा भएकोले आपत बिपतमा परेका नेपालीहरुलाई संस्थाले सकेको साना ठुला सहयोग नियमित रुपमा गर्दै आएकोछ। संस्थालाई आर्थिकरुपमा बलियो बनाउनको लागि केहि आर्थिक नितिहरु लिई कार्यान्वयन गरियो।जस्तै कोरियामा कार्यरत बाग्लुङ्गबासीहरुबाट मासिक लेबिको सट्टा एकमुष्ठ १लाख कोरियन वन (नेपाल जाने बेलामा फिर्ता हुने)संकलन गरि आन्तरिक रुपमा परिचालन गर्न लागियो। जुन सदस्यको संख्या ८० जना भन्दा बढि रहेका छन्।यसबाट प्राप्त ब्याजले संस्था संचालन गर्न आर्थिकरुपमा धेरै सहज भयो।त्यस्तै अन्य आयमुलक कार्यमा भलिबल प्रतियोगिताको आयोजना २००९ र २०११ मा गरियो। जसमा भाग्यशाली चिट्ठा र खाजा बिक्रि बितरण गरि ६५ लाख कोरियन वन संकलन गर्न सफल भयौं। सन २००८फेब्रुरी को सलनालमा धौलागिरी सांगितिक सौगात भाग १ सफलता पूर्बक सम्पन्न गरि ३० लाख वन बचत गरेको थियो सोही रकममा बाग्लुङ्गवासी लगायत अन्य नेपालीहरुबाट समेत रकम संकलन गरि २०१२ को जनवरिमा धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा रु ५ लाख को विशेष स्वास्थ्य सेवा अक्षयकोष स्थापना गरिएको छ। बाग्लुङ्ग बुर्तिबाङका बिरामी हिरामति घर्ति मगरलाई जाल पुन र बाग्लुङ्ग सम्पर्क समितिको पहलमा रु १ लाख संकलन गरि सहयोग प्रदान गरिएको छ। २ जनालाई जहाज टिकट काटेर नेपाल पठाइएको छ। २०११ को अक्टुबरमा बाग्लुङ्गको रेशमा गएको पहिरोबाट ५जनाको मृत्यु भएको र दर्जनौ महिला गम्भिर घाईते भएकाले घटना भएको ४ दिनमै पहिरो पिडितलाई रु १६७००० सहयोग प्रदान गरिएको थियो। २०१२ अप्रिलमा बाग्लुङ्ग शिशाखानीका मृगौलाका बिरामी रेवति पौडेल लाई रु २८००० संकलन गरि पठाइएको छ।
हालै यहि भदौ १४ गते बाग्लुङ्ग जैदिका मृगौलाका बिरामी हेम राना लाई रु ५०,००० संकलन गरि सहयोग गरिएको छ। गत बर्ष म्याग्दी जिल्ला घर भएकी लिला राम्जालिको दुबै हात (हत्केला) मेशिनमा परि गुमेको थियो । उनको एउटा हात पुनः राख्नका लागि म्याग्दी समाजले चालेको अभियानमा बाग्लुङ्ग सम्पर्क समिति कोरियाद्वारा साथीहरुसंग समेत सहयोग संकलन गरि ३३०००० वन प्रदान गरिएको थियो। गत बैशाख २३ गते कास्कीको सेति नदिमा आएको भिषण बाढीबाट करोडौंको जन धनको क्षति भएकोले कास्की परिवार कोरियाले राहत स्वरुप सहयोग संकलन अभियान चालेकोले बाग्लुङ्ग सम्पर्क समितिद्वारा यहि मे २७ तारिखका दिन ३,६०,००० वन प्रदान गरिएको छ। हेल्प नेपाल नेटवर्क लाई २ लाख वन, सि. एन.एन हिरो पुस्पा बस्नेत लाई सम्मान सहित १ लाख १ हजार वन प्रदान गरिएको छ।,सन २०११ को फेब्रुरी २ सलनालमा तत्कालीन बिश्वको सबै भन्दा होचो ब्यक्ति श्री खगेन्द्र थापा मगर लाई रात्रीभोजको साथमा सम्मान सहित ५ लाख वन र जिन्सी उपहार प्रदान गरिएको थियो।नेपाल आदिवासी जनजाति महासंघ कोरियाले पढाउन लागेका बिधार्थीको लागि संस्थाबाट २ लाख र बाग्लुङ्गे साथीहरुबाट १५ लाख वन भन्दा बढि सहयोग गरिएको छ।कोरियामा कार्यरत १० जना बाग्लुङ्गे बिरामीहरुलाई जनही १ लाख वनका दरले र बाहिरी जिल्लाका ५ जना बिरामीहरुलाई ३५०००० वन सहयोग स्वरुप प्रदान गरिएको छ। र हाल २०१२ को सेप्टेम्बर ३० मा धौलागिरी सांगितिक सौगात भाग २ कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ र यस कार्यक्रमबाट १ करोड ८० लाख कोरियन वन झण्डै १४ लाख रुपयाँ बचत गरेको छ, यस कार्यक्रमको उद्देश्य अनुसारनै बाग्लुङ्ग जिल्लाको दुर्गम क्षेत्रमा शैक्षिक बिकाश गर्न विद्यालयको भवन निर्माण गर्नको लागि रु ५ लाख रुपयाँ बिनियोजन गरिएको छ भने कोरियाको लागि आपतकालिन राहतकोष निर्माण गर्नको लागि ५० लाख कोरियन वन (करिब ४ लाख रुपयाँ) बिनियोजन गरिएको छ। अति आवश्यक ठाउँमा बिद्यालयको भवन २ कोठा निर्माण गर्नको लागि जिल्लाशिक्षा कार्यालय बाग्लुङ्ग संग समन्वय गरेर अगाडी बढिनेछ भने अर्को उद्देश्य कोरियामा रहेका नेपालीहरु जो आपतकालिन अवस्थामा पर्छन उनीहरुको सहयोगको लागि राहतकोष स्थापना गर्ने रहेको छ।
अर्कोतिर सन २०१० देखिनै नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको सचिव र २०११ देखि महासचिव हुने अवसर पनि प्राप्त भई कार्य गर्दै आएको छु।महासंघले आदिवासी जनजातिहरुको हक अधिकार प्राप्ति गर्नको लागि प्रवाशमा समेत सचेतना बढाउनकोलागि बिभिन्न किसिमका कार्यहरु गर्दै आईरहेको छ, साथै कोरियामा रहेका संघ संस्थाहरुसंग सहकार्य गर्दै आपतबिपतमा परेका नेपालीहरुलाई पनि सहयोग गर्दै आएको छ भने नेपालकै अति दुर्गम जिल्ला डोल्पाका ३ जना बाल बालिकालाई पोखराको दिपमा रहेको सूर्योदय बोर्डिङ्ग स्कुलमा सम्पुर्ण खर्च बेहोर्ने गरि २०६८ देखि होस्तेलमा राखी पढाउँदै आएका छौं जुन खर्चको लागि कोरियामा यो २ बर्षको अवधिमा झण्डै १० लाख रुपयाँ संकलन गरिएको छ। ति ३ जना बालबालिका मध्ये २ जना बालिकाले यू.के.जी मा र बालकले कक्षा ४ मा अध्ययन गर्दै छन्। उनीहरुलाई १० कक्षा सम्म अध्ययन गराउन र थप बिद्यार्थीहरुलाई अध्ययन गराउनको लागि लाखौ रकम खर्च हुने अनुमान गरिएको छ ,शुन्य रकमबाट शुरु गरिएको अभियानमा १० औं लाख रुपयाँ संकलन भइसकेको छ र हाम्रो अभियानमा धेरै महानुभावहरुले सहयोग गरिसकेका छन् अझ सहयोग आउनेक्रम र पहल गने क्रम तिब्ररुपमा अगाडी बढिरहेको छ।। यस अभियानको लागि अन्य देशमा भएका नेपालीहरुसंग साथै बिभिन्न दातृनिकाय संग सम्बन्ध राख्दै अगाडी बढ्ने योजना पनि रहेको छ। यस किसिमको छात्रबृत्ति कायृक्रमलाई दिगो रुपमा संचालन गर्नको लागि २०१३ फेब्रुरीको १० तारिख नेपालदेखि ५ जना चर्चित कलाकारहरुलाई निमन्त्रणा गरि कोरियामा एक बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। त्यसै गरि नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाका पुर्व अध्यक्ष श्री चङ्ग कुमारको नेतृत्वमा कास्कीको लेखनाथमा एक ब्यवसायीक तरकारी खेतीको शुरुवात गरिएको छ। यसबाट हुने मुनाफा पनि बाल बच्चाहरुको शिक्षामा लगानी गरिनेछ।यसरी हेर्दा मैले जुन संस्थामा काम गरिरहेको छु त्यहाँ केहि राम्रा काम भएका छन् र हुनेछन्।
मात्र ईच्छा,प्रतिबद्ध,लगनशिल, ईमान्दार,पारदर्शिता,दुरदर्शक हुनु पर्छ।यसैमा आत्मसन्तुष्ति प्राप्त भएको छ। आज नेपालको पुर्व पश्चिमका असल र राम्रा मान्छे संगको सम्बन्ध जुन रुपमा भईरहेको छ त्यो अवसर दुदिलाभाटीले प्रदान गरेको छ खुशी लाग्छ र सबै युवा युवतिहरुलाई देश बिकाश गर्नको लागि सकरात्मक शोचका साथ आ आफ्नो ठाउँबाट जति सहयोग र पहल गर्न सकिन्छ त्यति गर्दा देशको मुहार नै परिवर्तन हुन सक्दछ ।

२०१३ जनवरि २० सउल कोरिया।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork