?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मणिचोर कृष्ण र दिलशोभा
   अरुणा उप्रेती
 

कृष्णलाई मणि चोरेको आरोप लागेको थियो रे, उनले चतुर्थीको चन्द्रमालाई हेर्दा। कृष्णले अनेक पुरुषार्थ गरेर आफूलाई लागेको आरोप गलत रहेछ भनेर सिद्ध गरे। त्यो बेलामा फेसबुक, इमेल, ट्विटर आदि समाजिक सञ्जाल भएको भए कृष्णले शायद यी सबै प्रयोग गर्थे र आरोप झुटो हो भनेर भन्थे होलान्। पौराणिककालमा यी सञ्जाल थिएनन्, त्यसैले कृष्णले आफ्नो बाहुबलले नै लडेर, मणिचोर पत्ता लगाएर जुन राजाको हो उनैलाई दिए। उनी चोरीको आरोपबाट मुक्त भए तर आरोप रहुन्जेलसम्म उनी कति मानसिक रुपमा प्रताडित भए होलान्?
 
अहिले यौनदुराचारको आरोपमा दिलशोभा प्रताडित भएकी छिन्। मानसिक रुपमा र प्रत्येक चोटी फोनमा कुरा गर्दा उनी भक्कानिन्छिन्, नगरेको दोष मलाई लाग्यो। अहिले विभिन्न पत्रपत्रिका र टिभीमा आएको समाचारले उनका सहयोगी हातहरु प्नि रोकिए। बूढीआमालाई दूध ख्वाउन पैसा छैन, हरियो तरकारी पनि खान पाएका छैनन, हरियो तरकारी ल्याइदिनु भए हुन्छ, आलु त मलाई एक हप्तालाई पुग्ने छ, मैले दिलशोभालाई फोन गरेर सोद्धा उनले भनिन्। चामल पनि एक हप्तालाई पुग्ने छ, तपाईले बोरा ल्याएर राख्नु भयो भने पनि राख्ने ठाउँ छैन। उनले एक हप्ताको खानेकुरा छ, पछि ल्याइदिनुस् भनेको सुन्दा मलाई लाग्यो उनलाई आफ्नो कामप्रति विश्वास छ र सहयोगी हातहरुप्रति पनि अझै विश्वास।
 
त्यसैले एकैचोटि धेरै जम्मा गरेर राख्न चाहन्नन् र साँच्ची नै उनीकहाँ बोराबोरा चामल राख्न पनि ठाउँ छैन। अहिले केही पत्रपत्रिकामा दिलशोभालाई आरोप लागेको मात्र होइन, मानौं दोषी नै ठहर भइसकिन्जस्तै गरेर लेखिएको छ। यसले गर्दा सामाजिक काममा लागेकाहरुलाई मनमा दुःख छ र चिन्ता पनि लागेको छ, कतै अलिकति अगाडि आउनेबित्तिकै हामीलाई पनि यस्तै आरोप लगाइदिने कि? दिलशोभाले हिसाबकिताब राख्न जानिनन् रे, दिलशोभाले बच्चालाई माया दिइन् तर मासु, दूध, दही भात ख्वाएर मोटो बनाउन सकिनन्। उनले बच्चाहरुले चकचक गर्दा झपारिन् पनि रे।
 
तर, के यस्ता कामहरु गर्दैमा दिलशोभामाथि बच्चालाई मानसिक यातना दिएको, प्रताडना गरेको र त्योभन्दा पनि डरलाग्दो एउटा फोन रिकर्डको भरमा यौन दुराचार आरोप लगाइदिनु ठीक हो र?
 
अदालतले न्यायिक कठघरामा उभ्याएर उनलाई दोषी त सिद्ध गरेको छैन। उनको घरबाट लगेका बच्चाहरु बिरामी देखिए भन्दैमा उनलाई यौन दुराचार को आरोप लगाइहाल्न पनि सकिन्न नि। उनले बालबालिका राख्न कानुन पालना गर्न सकेकी थिइनन् भने, कानुन उल्लङ्घन गरेको आरोप लगाउनु एउटा कुरा हो तर यौनसम्बन्धी मामला भनेर आरोप नै लगाइदिनु पनि गलत हो, यसरी आरोप लगाउँदा त कलम को गलत प्रयोग भएको देखिन्छ कि? दिलशोभाकहाँ सेक्रेटरी छैनन्, त्यसैले उनलाई फोन गर्दा उनी आफै उठाउँछिन् र केही प्रश्न गर्यो‍ भने सबै जवाफ दिन्छिन्।
 
फोनमा बोलेको मान्छे को हो, केको लागि प्रश्न गरेको भन्नेसम्म उनी सोद्धिनन्। फूलको आँखामा फूल संसार काँडाको आँखामा काँडै संसार भनेझैँ उनी आफ्नो कामप्रति यति विश्वास गर्छिन् कि उनलाई कसैले गलत नियतले फोन गरेर, अन्तर्वार्ता लिएको शायद विचार नै आउँदैन होला। राम्रो काम गर्दागर्दै व्यवस्थापनमा केही कमजोरी हुन सक्छ, उनले सहयोग गर्ने मानिस राख्न नसकेको वा व्यवस्थापन गर्ने जिम्मा अरुलाई दिनु पर्छ भन्ने सोच नभएकाले पनि उनलाई केही समस्या परेको हुन सक्छ। यदि उनको हिसाब किताबमा केही समस्या थियो भने समाज कल्याण मन्त्रालयले प्रत्येक वर्ष हिसाब किताब र कार्यक्रमहरु हेर्दा केही पनि किन भनेन होला?
 
अहिलेचाँहि दिलशोभाले कम्प्युटर किनिन् भन्ने अर्को आरोप पनि छ। कुनै संस्था चलाउने मानिसले संस्थाको काम गर्दा सजिलो होस् भनेर कसैले दिएको सहयोग कम्प्युटर किन्नमा खर्च गरिन् त के भयो र? हुन सक्छ उनले कम्प्युटर नै किन्न सहयोग मागेकी थिइन् कि? वा कसैले कम्प्युटर नै किनेर दिएको थियो कि? वृद्धाहरुलाई राख्ने संस्थामा कम्प्युटर चाहिँदैन भनेर कसैले भन्न सक्छ र? उनले कुनै घोटाला गरेर कम्प्युटर किनेको भए, त्यही आरोप लगाउनु एउटा कुरा हो तर यौन दुराचारको आरोप लगाएर बारम्बार सामाजिक संजालमा लेखिनु, पत्रिकामा लेखिनु त पत्रकारिताको मर्यादा पनि होइन कि? बदमासी, डाका, यौन पिपासु, बलात्कारी, घोटाला, राजनीतिक बदमासीबारे पत्रपत्रिकाले लेखेर जनसमक्ष धेरै ज्ञान दिएका छन, साथै समाजमा भएका राम्रा कामहरुको बारेमा पनि लेखेर सबैलाई गुण लगाएका छन्।
 
समाज परिवर्तनमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्। बोलेका कुराभन्दा प्राय हामीहरुले पत्रपत्रिकामा छापिएको पछिका कुराहरु सत्य हुन् भन्ने लाग्छ। कतिपय छापिएका कुराहरु ठीक होइन भन्ने थाहा भएपछि पत्रिकाहरुले सार्वजनिक रुपमा माफी पनि माग्छन् र त्यसले पत्रिकाको मर्यादा बढाउँछ नै तर कलमलाई अरुको मानमर्दन गर्ने हतियार बनाउनु हुदैन भन्ने तथ्य त पत्रकारहरुभन्दा बढी कमले बुझ्न सक्छ र? यदि दिलशोभाले यौन दुराचार गरेको प्रमाणित भयो भने अदालतले उनलाई त्यही अनुसारको सजाय दिने नै छ, होइन उनलाई लागेको यौन दुराचारको आरोप सिद्ध भएन भने अनि के त? पत्रिकाहरु र पत्रकारहरुले आफ्नो लेखनीको लागि क्षमा माग्लान् त? लौ, क्षमा मागे पनि दिलशोभालाई परेको मानसिक आघात यो आरोपले गर्दा उनलाई आउन बन्द भएको सहयोग आदिको परिपूर्ति कसरी गर्ने होला? कुनै रकम तिरेर यो भरपाई गर्न सकिन्छ र?
 
अहिले मिडियाप्रति नै जनविश्वास गुम्ने हो कि भन्ने डरले पनि सताउन थालेको छ हामीलाई । यसैले हामी मिडियालाई नै आग्रह पनि गनै चाहन्छौँ ,सत्य के हो बुझेर लेखिदिनुस्। आरोप लाग्दैमा दोषी ठहर हुँदैन भन्ने तथ्य पनि बुझिदिनुस्। यदि आरोप सिद्ध नै नभइकन दोषी मान्ने हो भने त कृष्ण पनि मणिचोर नै हुन् त आरोपको भरमा मात्रै उनलाई कृष्णलाई झैँ प्रताडित गरिरहने?

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork