?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सन्दर्भ World Cup को
   आभास सापकोटा
 
एउटा गजबको कुरा, अहिले जतासुकै (लात्ते भकुण्डो) अझ भन्ने हो भने विशिष्ट भाषामा फुटबल (World Cup) २०१४ ले सर्वसाधारण देखि विशिष्ठ भनिएका व्यक्ति समेतलाई नराम्रो नशा बनाएको छ । बास्तवमा विकशित देशहरुको लात्तिको प्रतिशपर्धा हो यो । ति देशहरु धेरै अघि बढिसकेको अवस्थामा छ । उनीहरुले गरेको जे पनि राम्रो, अझै भन्ने हो भने नौटङ्की रुपमा विना बस्त्रमा बाटोमा हिड्दा पनि झनै राम्रो । त्यो गर्दा गर्दै उनीहरु अब चन्द्र, सुर्य, तारा, ग्रह जतासुकै पुग्ने भइसके । पृथ्वीमा मात्र नभएर ब्रम्हाण्डका हरेक कुनामा आफ्नो सुरक्षा अनि गन्तव्य स्थल खोज्न थाल्ने भए । अब उनीहरु त्यहाँ बस्ति बसाल्ने जमर्कोमा लागि सके । हामीमा अझै चेतना अंकुरण भएको छैन । आफ्नो मुलुकको हालत जस्ताको तस्तै देख्दा लाग्छ कहिलेकाहीँ त चेतना अंकुरण होइन अंकुरण नहुँदै गर्भमा नै तुहिएको छ हरेकमा । कसैलाई कुनै कुराको फिक्रि छैन नकि देशको माया नै । देशका होनहार युवाहरु (हामी) पुर्खा देखिका शासकवर्गहरुको कमीजोरीका कारण आज सन् २०१४ सम्म आइपुग्दा पनि हामी र हाम्रो भुमिलाई कसरी चटकै विर्सिएर दुनियाको अगाडी लोभ लाग्दो विकास गरेर देखाउन अझै असमर्थ छौ । हामीलाई सानो काम पर्दा वा उपचारको सिलसिलामा जानुपर्दा भिषा नपाउने र पाए पनि झन्झटिलो संघर्षको सामना गर्नु पर्ने बाध्यता विद्यामान छ ।

जबकि विकसित राष्ट्र भारतका सानो पार्टी भा.ज.पा.को केन्द्रिय नेतालाई त्यो समयमा अमेरिकाले भीषा दिएन । भीषा नदिदैमा उनलाई कुनै टाउको दुखाई भएन । उनको विचार थियो एउटा व्यक्तिलाई भीषा नदिनु ठुलो कुरा होइन, कुरा हो उनी निरन्तर देश र जनताको मन जितेर अघि बढिरहे । अहिले उनको पार्टीले कायपलट गरिदियो । भ्रष्टाचारमा मुछिएको पार्टी भारतिय कांग्रेसले हार खानु पयो । उनी विशाल भारतको सत्ताको वागडोर सम्हाल्ने भए । अझै उनी अगाडी थप्छन् म एक जना व्यक्तिलाई अमेरिकाले भीषा नदिएर कुनै समस्या भएन, हामी आफ्नो देशलाई यसरी विकास गरौं कि कुनै दिन पुरै अमेरिका भारत आउनको लागि भीषाको लाइनमा बस्न परोस्, यो भनाइले हामीलाई साँच्चैनै मन छुनु पर्छ । हाम्रोमा त्यस्ता नेताहरुको धेरै खाँचो छ । देश प्राकृतिक स्रोत, साधनले भरिपुर्ण भएरपनि त्यसको सहि परिचालन गर्न नसक्नु, भएका म्यान पावरको भरपुर सदुपयोग गर्न नसक्नु, हाम्रा शासकवर्गहरुको कमजोरी हो ।

परापुर्वक कालदेखिको ऋगतिगचभ ले गाँजिएर बसेको रुढिबादि समाज विद्यामान छ । परिवर्तन नचाहने एक जमात छ । खोक्रो नारा फुक्ने अर्को जमात छ । व्यवहारमा सिन्को नभाँच्ने तमाम राजनितिज्ञहरु तपाई हाम्रा समाजमा लपक्कै छन् । कसरी आफुमात्र ऐस आराम विलासीमा सयर गर्ने त्यसैमा ध्यान केन्द्रित छन् । देश चाहे टुक्रा टुक्रा होस्, चाहे विग्रीयोस, भत्कियोस, विन्दास गफमा नतमस्तक हुनेहरु आज ध्यचमि ऋगउ को राम्रै मजा लिदैं आफ्ना पछाडी भएको विकराल खाडलको वास्ता छैन । आफु र आफ्नो देशको लागि हैन, अरुलाई देखाउन धेरै ठुलो नौटंकी नाटक गर्नेहरुले खुशी र उन्मादले सतहमा सतही बाजी मार्दै मेरो ब्राजिल, मेरो अर्जेन्टिना, मेरो स्पेन भन्दै काठमाडौंका सडकहरुमा कुनै ठुलै युद्ध जिते जस्तो विजय उत्सवको भान हुन्छ । जसमा नेपालीलाई लुत्तो विनाको कनाइ भइरहेको छ । आखिर ध्यचमि ऋगउ जुन सुकै देशले जिते पनि नेपालीको नाम काही कतै पनि आउने वाला छैन । खेल हेर्नु रमाइलो गर्नु राम्रो कुरा हो तर देशको इन्धनको सत्यनाश गरेर ताइ न तुइको नौटंकी देखाउनु भनेको मुर्ख र बकम्फुसेपनको उपज हो ।

कागलाई बेल पाक्यो हर्ष न विस्मात आफ्नो राजनितीक भविष्य उजाड भइरहेको बेला राजनिती छोडेर फुटबल नीति तिर आईरहेको बाहाना बाजी गर्नेहरु आफ्नो समाज र आफ्नो राष्ट्रको लागि होइन अरु कसैको लागि नाटक गरिरहेका छन् । अनि तिनै छिमेकीहरु रमाएको हेरेर टुलुटुलु हेरी वस्ने हाम्रा पोलिटिकल लिडरहरुको पाउ धुने हाम्रा दाजुभाईहरु आफ्ना घर, परिवार, आमा, बुबा अनि आफ्ना विदेशीएका आफन्तहरुको हालत कस्तो होला ? कसैको भाव बुझ्ने अर्थ नखोज्नेहरुका स्वार्थ अनि छलकपटले भरिएको त्यो हृदयलाई के थाहा ? विदेशी भुमिमा रगत पसिना वगाएर आफ्नो घर, परिवार, समाज, अनि देशलाई केहि होला भनेर अहोरात्र खट्नु पर्दाको पीडा ! त्यो शाषक वर्गलाई के थाहा ? विदेशिएकाहरुको रेमिट्यान्सबाट राष्ट्र धनिएको छ भनेर । अनि राष्ट्रलाई गौरव हुनुपर्ने थियो तर भएन ।

आफु र आफ्ना सन्तती लगाएत राष्ट्र सय वर्ष पछाडी परेकोमा ठुलो पिर बोकेकाहरु एकातिर छन् भने अर्कातिर पुरै राष्ट्रिय सम्पतिको दाई हाल्ने भ्रष्टाचारीहरुको उल्लासमय वातावरण छ देशमा । अपसोच नेपालको अन्नदाता वा दुध दिने गाई भनौं दक्षिण कोरियाको इतिहास आलै छ । १९४५ मा मात्र जापानको उपनिवेशबाट उन्मुक्तिको लगत्तै सन् १९५१(१९५३ सम्म भएको आफ्नै गृहयुद्धले तहस नहस भएर पनि त्यसपछि दुवै कोरियाको युद्ध शान्ति पश्चात सन् १९६०(१९७० दशकसम्म नेपालको हाराहारीमा भएको देश एकाएक पचास वर्षको समयान्तरमा कयौं फड्को अगाडी बढ्यो । जुन समयमा हामीले उनीहरुलाई सहयोग गर्नु पर्ने स्थितिमा थियौं भने अहिले उनीहरुकै पुच्छरमा हामी झुण्डिन पर्ने स्थिति अझै छ । उनीहरुले हामीलाई अब सय वर्ष पछाडी धकेलिसके । हाम्रा शाषक वर्गहरुले कहिले पाठ सिक्ने यसबाट । अझै धेरै भन्दा धेरै कामदार कोरिया पठाउने भन्दै छ निरिह सरकार, उनीहरुकै गुलामी गरेर हामी कहिले सम्म बस्ने ? देशमा कृषिको आधुनिकिकरण गरी उद्योगधन्दा, कलकारखानाहरुको निर्माण गरेर आफ्नो देशको नागरीकलाई आफ्नै देशमा रोजगार दिइ देश बनाउनुको सट्टा भएका उद्योग धन्दालाई धारासाइ पारेर बन्द गर्दै वेरोजगार युवा शक्तिलाई विदेश पलाएनको ढोका खालीदिने सरकार वैदेशिक रोजगारीको कोटामात्र बढाउदै बस्दछ । सम्पुर्ण विदेशिएकाहरुलाई आफ्नै ठाउँमा केहि गर्ने इच्छा आकांक्षा हुँदा हुँदै आफुमा भएको प्रतिभा शक्ति विदेशी भुमिमा खर्च हुने बाध्यता छ । दिनानुदिन देश परनिर्भर बनाइरहेछ । हामी संग पैसा त हुन्छ तर खाने चिज हुन्न छिमेकी मुलुकसंग किनेर खान पर्ने बाध्यता हुन्छ । उब्जनी योग्य जग्गा जमीनहरु दिन प्रतिदिन मरुभुमि बन्दै छ । गाउँगाउँमा युवावर्गहरु बस्न छोड्दै शहरी विलाशिताको सपनाले खाडीमुलुक पस्नेहरुको लावा लस्कर देख्दा लाग्छ एक दिन गाउँका वस्तिहरुमा बुढा पाका र बच्चाबच्चिहरुको मात्र देश हुनेछ । शृजनशिल प्रतिभावान विदेश पलाएनले गर्दा हाम्रो उर्वरयुक्त भुमि मरुभुमिमा परिणत हुनेछ । हरेक ठाउँमा सरकारहरुकै कमीकमजोरीका कारण देश झन कमजोर बन्दै गइरहेको छ । सुरक्षा खोइ देशमा र लगानी गर्नेले लगानी गर्छन् र रोजगार सृजना हुन्छ अनि देश बन्छ त ?

दिनदहाडै हत्या, हिंसा, अपहरण, बलत्कार, असुरक्षा, चोरी, डकैतीको सिमा नागी सक्यो देशमा राम्रो मान्छे जन्मियो भने अस्तित्व मेटिदिन्छ मान्छे, राम्री छोरी जन्मी भने बलत्कार गरी मारी दिन्छ मान्छे, असल मान्छे देख्नै हुन्न । भ्रष्टाचार नगरी हुन्न देशको बलत्कार गरी अस्तिपञ्जर मात्र बाँकि गर्छन मान्छे । अब हुँदा हुँदा घरघरमा परिवार परिवारमा बलत्कारीहरुको बलत्कारी हिंसा बढाउछन् मान्छे, हामी कस्तो मान्छे ?अन्धविश्वास र संस्कृतिमय भएर कहिले सम्म बस्छ मान्छे । जातजात धर्म धर्म भनेर आफ्नो कट्टर भावना कहिले सम्म रुमल्लिरहन्छ मान्छे । समाजमा विद्यामान खराव तत्वहरु हत्या, हिंसा, अपहरण र बलत्कार संबन्धि कानुन कडा कानुनी मापदण्ड भई बलत्कारी एवं अपहरणकारीहरुलाई हदैसम्मको कार्वाही होस्, यानीकी फेरी बारम्बार सोहि प्रकृतिको घटनाहरु नघटोस् उसको दिमागमा पुरै परिवर्तन आओस् अनि मात्र हरेक मानिसमा चेतना आउछ । सुरक्षाको कारणले केहि गरौं कि नगरौं भनी पछाडी हटेका तपाई हाम्रा साथीभाईहरुको मनोवल बढेर आउछ । उदाहरणको लागि दक्षिण कोरियनहरु एवं जापानीजहरु दैनिक अठ्ठार घण्टा सम्म खट्छन् के हामी खट्न सक्दैनौ र ? सरकारले प्रत्येक व्यक्तिलाई दैनिक बाहृ घण्टा नखटीकन खान नपुग्ने नियम कानुन बनाओस् र दुई करोड पचास लाख नेपाली सबैलाई बाहृ घण्टा देखि सोहृ घण्टा सम्म खट्नुपर्ने बाध्यता (कोरिया जस्तो) बनाईदिओस्, आफ्नो देशको चार किल्ला सिमानाको सुरक्षित गर्दै भारतिय विस्तारवादी एवं हेपाह प्रवृतिको विरुद्ध सबै जनता एक जुट भई लोक कल्याणकारी सरकारको स्थापना भएमा मात्र बन्ला देश ! आशा गरौं भर नपरौं तर आफ्नो थाप्लोमा जिम्मेवारी छ त्यसलाई कर्तव्य संझेर अघि बढौं । ठगेर, मागेर अनि लुटेर खान छोडौं आफ्नै परिश्रमको कमाई खाऔं । सबैलाई समान व्यवहार गरी समान रुपले हेरौं । सबैलाई मायाममता गर्ने बानी बसालौं । बलत्कारी अनि भ्रष्टाचारी भावना त्यागौं । यी दुवै व्यक्ति र देशका लागी घातक हुन् ।

एकातिर जातजात धर्मधर्म भनेर अलमल्लिइ रहने प्रथा छ भने अर्का तिर हाम्रा छिमेकिहरु संसार जित्ने खेलमा दौडिरहेछन् । हामी भने त्यसलाई टुलुटुलु हेरेर बस्न बाध्य हाम्रो समाजको सानमान, इज्जत, प्रतिष्ठालाई जोगाउन ठुलै चमत्कार हामीले गर्नै पर्छ । अब सायद कुनै दिन पुराना गल्तीहरुलाई पश्चाताप गर्दै भावना सुन्य मानसपटलमा भावनामय मानवताको विजारोपणको साथै सबैमा नयाँ जोस जाँगर र उमंगको अङकुरण हुनेछ । यसैको प्रतिविम्बबाट यथोचित रुपमा कुनै अदृश्य शक्तिले चमत्कारीक विकास हामी सारा नेपालीहरुमा ल्याइदिएको होस ! कामना ।।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork