?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दक्षिण कोरियामा नेपथ्यसँग ३ हजार दर्शक
  
 
तीन वर्षअघि हामी दक्षिण कोरिया आउँदा यहाँ ६ हजार नेपाली बसोबास गर्थे । आज म सुन्दैछु, यो संख्या २५ हजार पुगिसकेको छ । हाम्रो देशले रोजगारी दिन नसकेकै कारण तपाईहरु यहाँ आइपुग्नुभएको हो । जेजस्तो भए पनि स्वदेशका निम्ति केही योगदान पुर्‍याउनु हामी सबैको कर्तब्य हो । तन्नेरीवयमै आफ्नो माटो र घरपरिवार छाडेर विदेशिनुपरेका संसारभरका आप्रवासी कामदारहरुलाई म अभिवादन गर्छु । त्यसैले सर्बप्रथम म नै तपाईहरुका निम्ति ताली बजाउँछु । नेपथ्यका अग्र गायक अमृत गुरुङले यति भनेर दर्शकहरुका निम्ति ताली बजाउन थालेपछि सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा जम्मा भएका हजारौं दर्शकले पनि प्रत्युत्तरमा ताली बजाएर स्वागत गरेका थिए । दर्शक घेरामा रहेका कतिपय स्तब्ध थिए भने कतिपयको आँखा टिल्पिल देखिन्थ्यो ।
नेपथ्यले यसअघि पनि दक्षिण कोरियामा सन् २००५ र २०१० मा आफूलाई प्रस्तुत गरिसकेको थियो । तर, यसपटकको प्रस्तुती भने प्राविधिक विशेषतादेखि दर्शकको विशाल उपस्थितीसम्मले गर्दा सर्वाधिक भब्य बन्न पुग्यो ।
कार्यक्रममा तीन हजारभन्दा बढी दर्शक आएका थिए, आयोजक कमिटिका सदस्य झक थापा भन्छन्, कोरियामा आजसम्मै आयोजित नेपाली कार्यक्रममा यति धेरै दर्शक जम्मा भएको यो पहिलोपटक हो ।
नेपाली तन्नेरीका निम्ति श्रम गर्न कोरिया धेरै वर्षदेखि महत्वपूर्ण गन्तब्य रहँदै आएको छ । सरकारी तवरबाटै पछिल्लो समय इम्प्लोयमेन्ट पर्मिट सिस्टम (इपीएस)को बन्दोबस्त भएपछि त यो संख्या अचानक अकाशिएको छ । गायक अमृतले भनेजस्तै केवल चार वर्षमै यो नेपाली श्रमिकको संख्या यहाँ छ हजारबाट २५ हजार पुगिसकेको छ ।
कोरिया आउनु र यहाँको कामको चापमा आफूलाई शारिरिक र मानशिक रुपले अभ्यस्त बनाउनु नेपालीका निम्ति निकै कठिन भए पनि पारिश्रमिक भने आकर्षक हुनेगरेको छ, अर्का श्रमिक नविन कला भन्छन्, यहाँ आउने जोसुकैले महिनाको एक लाख रुपैयाँ सजिलै बचाउन सक्छन् जुन नेपालमा बसेको बेला सपना देखेजत्तिकै हो ।
दुई घन्टा लामो प्रस्तुतीका बेला अमृतले दर्शकलाई उनीहरु जन्मे हुर्केको पहाड पखेरा र बस्तीहरुको रमाइलो यात्रा गराएका थिए । कार्यक्रममा नेपथ्यले संकलन गरेका लोकलयसँगै भिडियो पनि देखाइएको थियो जसमा छाडेर आएका उनीहरुकै बस्ती र समाज अटाएको थियो । पूर्वी नेपालको सम्झना गराउने रेशम, लाङटाङ भेगमा संकलित भेँडाको ऊनजस्तो, गण्डकीका सुसेली बोकेको तालको पानी र लामपाते सुरती देखि पश्चिमी नेपालको सा कर्णालीसम्म हलमा गुञ्जिँदा दर्शक तालसँगै नाचेका थिए । मुलुकको कुना काप्चामा गीत संकलन गर्दै घुमिहिँड्दा अमृतले ती भेगका सुन्दर दृश्यलाई पनि सँधै आफुसँगै बोकेर ल्याउने गरेका छन् जसलाई उनले रैथाने भाकासँगै मिलाएर प्रस्तुत गर्छन् ।
त्यो सालै जो भाका मेरै गाउँबाट संकलन गरेको भन्ने सुन्दा जति घत परेको थियो, गीतसँगै गाउँका दृश्य पनि देख्दा झनै आनन्द लाग्यो, पूर्ण राना भनिरहेका थिए, देशको कुना काप्चामा पुगेर त्यहाँको रस ठम्याउने काम सबैले गर्न सक्दैनन् । अमृतदाईको यो गुणले नै नेपथ्यको कन्सर्ट सबैभन्दा विशेष बन्ने गर्छ ।
कार्यक्रममा रेशम र भेँडाको ऊनजस्तोले दर्शकलाई सँधैजस्तो यसको मिठासमा बाँधेको थियो भने यो जिन्दगानी र यौटा चिठ्ठीले भावुक बनाएको थियो । त्यसैगरि गाउँ गाउँ बाट उठ र रातो र चन्द्रसूर्य जस्ता गीतहरुले राष्ट्रप्रेमको भावना पैदागरेको थियो । यसरी यो प्रस्तुती पनि विभिन्न रसका गीतहरुको स्वादलाग्दो मिश्रण बन्नपुगेको थियो ।
तपाईहरुका निम्ति छुसोकको एउटा उपहार पनि मैले ल्याएको छु, कोरियामा सुरुभएको राष्ट्रिय पर्वलाई उदृत गर्दै अमृतले बीचैमा भने, आजसम्म रेकर्ड नभएको यो एकदम नयाँ गीत पहिलोपटक तपाईहरुका निम्ति गाउँदैछु ।
त्यसपछि सुरुभए
हो रामा रामा...हो रामा रामा...
है माया हाँसी दिँदा
देब्रे गाला डिम्पल ...
यो अप्रत्याशित उपहार पाएपछि सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा भरिएका तीन हजार दर्शकमध्ये कोहि पनि सिटमा बसिरहन सकेनन् । एक त त्यसै पनि सिंगो कोरिया पर्वको माहोलमा डुबेको बेला यो कुनाले अझ रोमाञ्चकता बढाइदिएको थियो । छुसोकलाई कोरियालीहरु अमेरिकामा थ्यांक्स गिभिङ पर्वजस्तै मनाउने गर्छन्, जसमा परिवारका सबै सदस्य जम्मा भएर एकअर्कालाई शुभकामना एवं धन्यवाद आदान प्रदान गर्ने गरिन्छ । यति पर आइपुगेपछि त्यही मौकालाई छोपेर अमृत र उनको नेपथ्य टोलीले समेत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने कोरियावासी नेपालीहरुप्रति धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रममा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुबिन, गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए । कोरियास्थित नेपाल मगर संघको आयोजना रहेको यस कार्यक्रमलाई नेपालयले संयोजन गरेको थियो ।
नेपथ्यको प्रस्तुती अगाडि बहुचर्चित नृत्यांगना तेरिया मगरले केही नृत्य देखाएकी थिइन् ।setopati
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बिदाको अबसर पारेर सरसफाईमा जुटे कोरियामा रहेका झापालीहरु
कन्काई साँगितिक सैागातको आय ब्याय सार्बजनिक
" हिमचुलीमा " बोलको गीतको भिडियो कान्तिपुर गोल्ड टेलिभिजन मार्फत केही दिन अघि सार्वजनिक
वुमन फर वुमनले सेप्टेम्बर ४ मा तीज मनाउने
रामचन्द्र बचाऊ अभियानको लागि कोरियाबाट उठाइएको रकम आपतकालिन राहत कोषमा राखिने(संस्थाको प्रेस बिज्ञप्ति सहित)
कोरियाको प्रसिद् गुम्बामा कन्काई सांगितिक सैागातको पोस्टर सार्बजनिक हुंदै
जुलाई ३१ म्याग्दी रनिङ् कपमा (के एम ई रेमिट) नेपाल इन्भेष्टमेन्ट बैंक को खाता खोल्न सकिने ।
दक्षिण कोरियामा रहेका झापालीहरु (कन्काई साङ्गितिक सैागात) को तयारिमा जुटदै
कोरियाको महान चाड चुसकमा झापा मिलन समाजले बुहत सांस्कृतिक कार्यक्रम गर्ने
भिमा कुमारी बचाउ अभियान कोरियामा संकलित झण्डै साढे अडचालीस लाख वोन आजै जापान पठाइयो, सहयोगी हातप्रती बिरामी भिमाद्धारा आभार प्रकट
नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
कोरिया भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
NCC ले छुसकका लागि कार्यक्रम बाँडफाँड गर्ने
कोरियन क्रीकेट एसोसिएसन च्याम्पियनसिप कपमा नेपाली क्रीकेट टोली सहभागि हुने
नेपाल कोरिया न्युजको ब्याडमिन्टन प्रतियोगिता जुन १९ तारिख हुने
कुक्मिन बैंकबाट बिना खाता सरल र सहज रेमिट सेवा सुरु :
घुम्ती ऎना ( कन्भेक्स मिरर ) उदघाटन तथा हस्तान्तरण
नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङको सडक दुर्घटनामा मृत्यु
कोरियाली भाषा परीक्षाका आवेदन केन्द्र तोकिए
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork