?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
  
 
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
म अहिले पनि दाजुसँगै बस्छु, दुवै दाजुभाइ मरिमेटेर काम गर्दा पनि महँगी थेग्न गाह्रो परिरहेको छ,ु स्नातकोत्तर पढिरहेका उनी भन्छन्।
थाक्लेकै राजन दाहालसँग त महँगीको अझ पुरानो अनुभव छ। उनी २०४६ सालको जनआन्दोलनदेखि नै राजधानीमा छन्। जनआन्दोलनका दौरान सडकमा ओर्लिएर प्रजातन्त्रका लागि लडेको बताउँछन्। र, सँगसँगै यो पनि अनुभव गरेका छन्, राजनीतिक घटनाक्रमसँगै महँगी बढ्न थाल्यो।
कराँतेका राष्ट्रिय प्रशिक्षकसमेत रहेका राजनको आफ्नै स्त्र्किन प्रिन्ट व्यवसाय छ। आफूसँग स्त्र्किन प्रिन्ट गर्ने कला, सिप र क्षमता भए पनि लगानी गर्न नसकेकै कारण सीमित आयबाट गुजारा चलाउनुपरेको उनी सुनाउँछन्।
म स्कुलहरूमा कराँते सिकाउँछु, स्त्र्किन प्रिन्टको व्यवसाय पनि चलेकै छ, श्रीमती पनि स्कुलमा पढाउँछिन्,राजनले नागरिकसँग भने, दुवै जनाको कमाइले पनि महँगीसँगको लडाइँ जित्न सकेको छैन। छोराको पढाइ र खेलकुदप्रतिको आबद्धताले काठमाडौं छाड्न नसकेको बताउने उनको महँगीबारे आफ्नै ठम्याइ छ। सामानको मनमानी मूल्य राख्ने व्यापारिक प्रवृत्ति र जति दाम भए पनि तिर्न तयार हुने उच्च आयस्रोत वर्गकै कारण महँगी अनियन्त्रित बनेको उनले भेउ पाएका छन्। महँगीले थिच्या थिच्यै, आय जति बढेुनि धान्न नसकिने, निश्चित, सीमित आय हुनेका लागि काठमाडौं बस्नयोग्य नै रहेन, उनको निचोड छ। सीमित कमाइ हुनेहरूलाई मात्र महँगीले छुन्छ, उनीहरूको मसिनो आवाज कल्ले सुन्नेरु,राजनले भने, चल्न सकुञ्जेल चल्ने हो, नभए आफ्नै गाउँ थाक्ले छँदैछ। उता लामो समयदेखि शिक्षण गर्दै आएका कमलप्रसाद भट्टराई शिक्षा, स्वास्थ्य, यातायात खर्च र घरभाडा अत्यधिक महँगो हुँदै गएको बताउँछन्। तलब पनि बढेकै छ, तर बढेको तलबले महँगी दरलाई जित्न सकेको छैन, भक्तपुर ठिमीको आदर्श उच्च माध्यमिक विद्यालयमा पढाउने उनले भने, देशको बदलिँदो सामाजिकआर्थिक अवस्थाले पनि महँगीमा बल पुर्यावएको छ। एकाउन्टका शिक्षक भट्टराईको विश्लेषणमा, यहाँ उत्पादन कम छ, जनसंख्या बढ्दो छ। त्यसमाथि राजनीतिक अस्थिरताको फाइदा उठाउँदै व्यवसायीहरू कृत्रिम महँगी सिर्जना गरिरहेका छन्। ुस्थिर राजनीति भएको भए महँगीले यतिसाह्रो चेप्ने थिएन होला, उनले भने, नियमकानुन पालना भएको देखिँदैन, जतासुकै अराजकता छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा २०६२र६३ को जनआन्दोलनपछि महँगी दर उकालो चढेको देखिन्छ। नागरिकले कुरा गरेका दाहाल दाजुभाइ र भट्टराईको अनुभवमा यसबीच मासिक कमाइको आधा हिस्सा घरभाडा र बालबच्चाको पढाइमै खर्च गर्नुपर्ने अवस्था छ। बाँकीले घरखर्च चलाउनुपर्छ।
श्याम २०६३ मा मैतिदेवीको डेरामा बस्थे। मासिक भाडा थियो, १५ सय। अहिले डेराभाडा ७ हजार पुगेको छ। कोठाको स्तर उस्तैउस्तै हो। राजनको अनुभव पनि योभन्दा फरक छैन।
प्रत्येक निर्वाचन र राजनीतिक आन्दोलन बेला दालचामल लगायत उपभोग्य सामग्रीको भाउ बढ्छ, त्यसपछि घट्दैन,ु राजन भन्छन्, यहाँ अनुगमन र निमयन भन्ने छैन, जसले जति लिनसक्यो उति लिइरहेका छन्। तिर्न सक्नेले तिरिरहेका छन्।ु तिर्न सक्ने वर्गमा धेरैले सरकारी कर्मचारीलाई पनि राखेका हुन्छन्। सरकारी कर्मचारीको तलब बढ्नुले पनि महँगीमा चाप परेको तर्कसमेत गरिन्छ। यो केही हदसम्म सत्य भए पनि अहिलेको महँगीले कर्मचारी पनि सुखी छैनन्।
नेपाल निजामती कर्मचारी संघका प्रवक्ता विश्वबन्धु रेग्मी अधिकांश कर्मचारीलाई महँगी छिचोल्न मुश्किल परिरहेको बताउँछन्। उनका अनुसार पछिल्ला दुई वर्ष लगातार कर्मचारीको तलब बढे पनि महँगी दर त्योभन्दा धेरै उकालो लागेको छ। छोराको स्कुल शुल्क र घरभाडा तिर्दा नै आधा तलब सकिन्छ, अधिकृत जागिरे रेग्मी भन्छन्, बाँकीले भातभान्सा चलाउँदैमा ठिक्क हुन्छ। श्रीमती पनि जागिरे भएकाले जसोतसो महँगी धान्न सकेको उनको भनाइ छ।
भुक्तभोगीका अनुभवमा पछिल्लो एक दशकमा घरभाडा कम्तीमा तीन गुणा बढेको छ भने सार्वजनिक यातायात भाडा ४ गुणा। प्याब्सन, एनप्याब्सनको निर्देशनमा २०६२ यता स्कुलको शुल्क १ सय २३ प्रतिशत वृद्धि भएको देखिन्छ। के यो महँगीका पछाडि राजनीतिक घटनाक्रम जिम्मेवार छन् तरु अर्थशास्त्रीहरू ठाडै राजनीतिक कारणु भनेर औंल्याउँदैनन्। तर, आर्थिक कारणलाई मात्र पनि जिम्मेवार ठान्दैनन्। एसियाली विकास बैंक (एडिबी) को नेपाल आवासीय नियोगका एसोसियट इकोनोमिस्ट चन्दन सापकोटा नेपालको बजार अर्थशास्त्रको नीतिअनुसार चल्न नसकेको टिप्पणी गर्छन्। नेपाली मुद्राको भारतीय रूपैयाँसँग स्थिर विनियम दर भएको र अधिकांश आयातनिर्यात भारतसँगै हुने गरेकाले महँगी पनि उस्तैउस्तै हुनुपर्ने उनको तर्क छ। जब कि यथार्थमा यहाँको महँगी भारतको तुलनामा बढी छ। भारतमा मूल्य वृद्धिदर ६ प्रतिशत रहेका बेला यहाँ ९ प्रतिशतभन्दा बढी हुनुमा खुला बजारविपरीतका अन्य राजनीतिकसामाजिक पक्ष जिम्मेवार रहेको सापकोटा बताउँछन्।
खासगरी स्न २००७ देखि नेपाल र भारतको मूल्य वृद्धिमा भिन्नता देखिएको उनको विश्लेषण छ। यो विश्वव्यापी रूपमै खाद्यान्न संकट आएको वर्ष हो। खाद्यान्न उत्पादनमा सुधार आएपछि भारतलगायत देशमा मूल्य तल झर्न थाल्यो भने यहाँ एकपटक उकालो लागेको मूल्य तल झरेन, उनी भन्छन्, यसले निश्चित आय भएका मध्यमवर्गीय सबैभन्दा मारमा छन्।
साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इनभायरोमेन्ट (साउती) का कार्यकारी अध्यक्ष पोषराज पाण्डे पनि नेपालमा अर्थशास्त्रको सिद्धान्तअनुसार खुला बजार चल्न नसकेको धारणा राख्छन्।
यहाँ नाफाखोर प्रवृत्तिको सबैभन्दा खतरा छ, उनले भने, ठूला उद्यमी, व्यापारीबीच सतहमा प्रतिस्पर्धा देखिए पनि भित्रभित्रै उनीहरूबीच त्यस्तो प्रतिस्पर्धा हुँदैन। एउटाले भाउ बढायो भने अर्कोले पनि बढाउन थाल्छ। उनीहरू एकअर्कालाई नसिध्याउने खेलमा छन्।
पैसाको खेला
अत्यधिक मूल्यवृद्धि हुनुमा प्रशस्त पैसा बजारमा छरिनुलाई कारण मान्छन् कतिपय अर्थशास्त्री।
नेपालमा अघिल्लो वर्षभन्दा चालु आर्थिक वर्ष करिब २० प्रतिशत अर्थात् २ सय ५० अर्बभन्दा बढी रकम कारोबार भएको छ। यसले मूल्य वृद्धिलाई सहयोग पुर्या०एको पाण्डे विश्लेषण गर्छन्। हाम्रो आर्थिक वृद्धिदर ५ प्रतिशत हाराहारी छ, बजारमा अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी पैसा आएको छ, पाण्डेले भने, यस्तो अवस्थामा मूल्यवृद्धि हुन्छ नै। चालु आर्थिक वर्ष छ खर्ब रुपैयाँ विदेशबाट रेमिटेन्सका रूपमा भित्रिएको छ। यसअतिरिक्त विदेशी दातृ निकायले गर्ने खर्च, विभिन्न संघसंस्था र अभियानका लागि दृश्यअदृश्य रूपमा आउने पैसाका कारण पनि मूल्यवृद्धि भएको व्यवसायीहरू बताउँछन्।
हामीकहाँ पैसाको खोलो बगेको छ, राजनीतिक, सामाजिक, धार्मिकजस्ता नाम र नारामा ठूलो परिणाममा पैसा आइरहेको छ, एक व्यवसायीले भने, नियमविपरीत कमाउनेहरू धेरै छन्, जति पैसाको चलखेल बढ्यो, महँगी उति बढ्छ। अत्यधिक पैसा बजार आएकाले नै अस्वाभाविक मूल्य वृद्धि भएको उनको दाबी छ। अवैध कारोबार गर्नेहरू लुटको धन फुपूको श्राद्धझैं खर्च गरिरहेका छन्, उनीहरूलाई महँगीले छोएको छैन,ु उनले भने, निश्चित आय हुने सामान्य मानिस रोइरहेका छन्। मूल्य बढाउने अर्थशास्त्रको नियमले नेपालमा खासै भूमिका नखेलेको दाबी गर्छन्।
अपारदर्शी मूल्य नीति
केही वर्षअघि सीमित व्यक्ति र व्यापारिक घरानाको नियन्त्रणमा रहेको आयात व्यापार अहिले विस्तार भएको छ। बजारमा सयौं आयातकर्ता छन्। त्यसैअनुसार प्रतिस्पर्धा छ। तीन वर्षयता ठूलो परिमाणमा सामान भण्डारण गर्ने प्रवृत्ति कम भएको कालिमाटीका एक थोक बिक्रेता बताउँछन्।
पहिले बन्दहडताल हुने भएकाले कतिपयले ठूलो परिमाणमा भण्डार गरेर बजारमा आफ्नो प्रभृत्व राख्थे,उनले भने, अहिले भण्डार गर्ने परिपाटी अन्त्य भएको छ, केही हदसम्म प्रतिस्पर्धा बढेको छ।ु प्रतिस्पर्धाकै कारण खाने तेल, चिनी, खाद्यान्न पोहोरभन्दा सस्तो भएको उनी दाबी गर्छन्।
तर, के उनले भनेजस्तै पारदर्शी छ त नेपालको बजार व्यवस्था
सतहमा प्रतिस्पर्धी देखिए पनि आयातकर्ता, थोक बिक्रेता, खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्दा बजार मूल्य अचाक्ली बढ्ने गरेको पाण्डे बताउँछन्। आयातकर्ता र उद्योगीले बजारको मागअनुसार मूल्य राख्नुपर्नेमा उनीहरूको संगठनले मनमानी रूपमा तोक्ने गरेको छ।
खुद्रा व्यापार संघ, काठमाडौंका अध्यक्ष पवित्र महर्जन भन्छन्, हामीले थोकबिक्रेताले तोकेको मूल्यमा ५१० प्रतिशत मार्जिन राखेर बेच्ने हो।
थोकबिक्रेताले कसरी मूल्य राख्छन्
थोकव्यापारीको संस्था नेपाल खाद्य किनारा संघका अध्यक्ष देवेन्द्रमान श्रेष्ठ भन्छन्, हामी उद्यमी, आयातकर्ताबाट पाएको मूल्यमा २३ प्रतिशत थपेर मूल्य कायम गर्छौं।
आयातकर्ता वा उद्यमीले कति मार्जिन राख्छन्
नेपाल समुद्रपार निकासी पैठारी संघका पूर्वअध्यक्ष अखिलकुमार चापागाईं भन्छन्, आयातकर्ताले सामान हेरेर १०१५ प्रतिशतसम्म नाफा राख्छन्। उनका अनुसार अत्यावश्यक वस्तुमा कम मार्जिन हुन्छ भने बिक्री हुन लामो समय लाग्ने वस्तुमा अलि बढी।
व्यवसायीकै कथनलाई आधार मान्दा आयातीत सामानमा आयातकर्ता, थोकबिक्रेता हुँदै खुद्रा तहसम्म पुग्दा उपभोक्ताले कम्तीमा २५ प्रतिशत बढी तिर्नुपर्छ। भारतबाट आयात हुने दालचामल, चिनीलगायत सामान ठूलो परिमाणमा आउने भएकाले यिनमा कम मार्जिन हुनुपर्ने हो। तर, व्यवहारमा ठूला व्यवसायीबीचको कार्टेलिङले यस्तो भइरहेको छैन। एक व्यवसायीका अनुसार यहाँ एक किलो चामलमा आयातकर्ताले कम्तीमा २० रुपैयाँ मार्जिन राखेको देखिन्छ। त्यसैमा थपिँदै जाँदा अन्ततः उपभोक्ता ठूलो मारमा पर्छन्। भारतमा कारखाना मूल्य २५२६ रुपैयाँ प्रतिकिलो पर्ने चिनी काठमाडौंसम्म आइपुग्दा ६० रुपैयाँमा बेच्दा पनि नाफा हुन्छ, उनले भने, तर, त्यही चिनीको खुद्रा मूल्य ६७७० कायम भएको छ।
अनुगमन खै
काठमाडौंमा १३०१४० रुपैयाँ खुद्रा मूल्य रहेको मासको दालको भन्सार मूल्य आयाकर्ताहरूले ३० रुपैयाँ कायम गरेका छन्। यही दाल काठमाडौं आइपुग्दा कसरी १ सय ३० पुग्छ
यसमा दोष सरकारकै छ। सरकारले ३० रुपैयाँ भन्सार दर कायम गरेको दाल बजारमा १ सय ३० मा बिक्री हुँदा पनि सोधिखोजी गरिँदैन। हामीकहाँ अनुगमन भन्ने कुरा नै छैन,ु राष्ट्रिय उपभोक्ता फोरमका अध्यक्ष प्रेमलाल महर्जनले भने, अत्यावश्यक वस्तु तथा सेवा ऐन लगाएर बजार अनुगमन र हस्तक्षेप गर्न सकिन्छ, तर सरकार त्यसबाट पछि हटेको छ।ु कानुनमा अधिकतम २० प्रतिशतसम्म नाफा लिनसक्ने प्रावधान छ। तर, आयातकर्ता, थोकबिक्रेता र खुद्राबिक्रेता सबै तहपिच्छे २०२० प्रतिशत नाफा लिँदै जाँदा मूल्य दोब्बर हुने महर्जन बताउँछन्।
खुला बजारमा राज्यको काम अनुगमन गर्ने हो, पाण्डेले भने, ुराज्य त्यही काममा चुकेको छ।nagariknews
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork